नियम कार्यान्वयन नगर्ने कम्पनीलाई कालोसूचिमा राखिने

 - विष्णुप्रसाद चापागाई/ दमाम
२८ डिसेम्बर । साउदी अरबका कम्पनीहरुमा कार्यरत नेपालीहरुको हितको लागि नेपाली दूतावास रियादले साउदी कम्पनी बिरुद्ध कडा कदम चाल्ने भएको छ । साउदीमा आउने नेपाली कामदारहरुको समस्याहरु हरेकदिन बढिरहेकोले त्यसलाई न्यूनिकरण गर्न दूतावासले यस्तो योजना अघि सारेको हो । गैर आवासीय नेपाली संघ साउदी अरबले दमाममा आयोजना गरेको बनभोज कार्यक्रममा बोल्दै महामहिम राजदूतले यी कुरा बताउनुभएको हो ।

साउदी अरबमा सप्ह्री ल्होसारको अन्तिम तयारीमा

बिगत बर्षहरुमा झैँ यस बर्ष पनि साउदी अरबका तमूहरुले सप्ह्री ल्होसार धुमधामसंग मनाउने अन्तिम तयारी पुरा भएको छ यही आउदो २८ डिसेम्बर २०१२ का दिन तल उल्लेखित मिति समय स्थानमा सम्पूर्ण साउदी अरबमा रहनु हुने तमूहरुमा हार्दिक निमन्त्रणा सहित उपस्थितिको लागि अनुरोध गर्दछौ ।
 

थाहै नपाइ कतै मैले

- राजेश रुम्बा लामा
         दोहा, कतार


थाहै नपाइ कतै मैले विश्वास घात पो गरेकी?
आफ्नु मुटु सम्झिनेले आजकल मेरो विश्वासलाइ तोडेको छ

थाहै नपाई कतै मैले उसको बाटो छेके कि?
आफ्नु भन्नेले मलाई छली,अन्तै पाइला मोडेको छ !

थाहै नपाइ कतै मैले नि उसलाई ढाट्यो की ?
आफ्नु ज्यान सम्झिनेले आजकल ढाटेको छ

थाहै नपाइ कतै मैले उसको मुटु पो दुखायो कि ?
आफ्नु प्राण सम्झिने ले आजकल अन्तैतिर माया लाउन आटेको छ !

न मैले माया पो गर्न जानेन की उसलाई?
आजकल सुरु उनले गरेको छ अन्तै माया लाउन

साउदी अरबको दमाममा डेढसय नेपाली कामदारको विचल्ली


-    विष्णुप्रसाद चापागा, दमाम

२९ मंसिर/ साउदी अरब पूर्वी क्षेत्रको दमामशहर अन्तर्गत पर्ने अलदैया स्थित अल-अब्दुल रहमन कन्ट्रयाक्टिङ एण्ड ट्रेडिङ कम्पनिमा कार्यरत १५० भन्दा बढी नेपाली कामदारहरू  महिना अघिदेखि विचल्लीमा परेका छन् । विचल्ली पर्नेमा नेपाल, भारत, फिलिपिन्स लगायत विभिन्न देशका श्रमिकहरूको संख्या २५० बढि रहेको छ ।  करिब तीनसयको संख्यामा रहेका कामदारहरूमध्ये २५० विचल्लीमा परेपछि बाँकी पचास कामदारहरू पनि जोखिममा परेका छन् ।

नेताकै कारण विदेशिन वाध्य नेपालीहरू

-    विष्णुप्रसाद चापागा, दमाम
५ मंसिर/ नेपाली दूतावास रियादको सहकार्यमा गैर वासीय नेपाली संघ साउदी अरबले ज एक अनपचारिक भेटघाट  कार्यक्रमको योजना गरेको छ । मुख्य गन्तव्य अजरबैजान र लेबनानको बेरूतमा हुन गइरहेको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिने भए तापनि भूतपूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ट नेता श्री माधव कुमार नेपाल कुवेत पछि साउदी अरबको भ्रमणमा आउनुभएको हो । गतः आइतबार (१८ नोभेम्बरमा) वहांले नेपाली दूतावास रियादकै प्राङ्गणमा त्यहांका नेपालीहरूसंग अन्तरकृया गर्नुभएको थियो भने मंगलबार (२० नोभेम्बरमा) साउदी अरबको पूर्वी शहर खोबारको गल्फदरबार होटलमा उक्त कार्यक्रम राखिएको हो । साउदी अरबको भ्रमण र त्यहाँ रहेका नेपाली कामदारहरूको अवस्थाको जानकारी लिने उद्देश्यले यो अनपचारिक कार्यक्रमको योजना गरिएको हो ।

देउसी-भैलोको शुरूवात कहिलेदेखि ?

- कृष्ण अविरल
नेपाली समाजमा प्रचलित लोकभाकाहरुमध्ये अति लोकप्रिय भाका हुन् देउसी-भैली । विशेषतः तिहारको लक्ष्मी पूजाको दिन कुमारी केटीहरुले सामुहिक रुपमा भैली गाउने र त्यसको भोलिपल्टदेखि केटाहरुले देउसी खेल्ने परम्परा भए पनि अहिले सामुहिक रुपमा देउसी-भैली गाउन थालिएको छ । खेल्ने दिन पनि काग तिहारदेखि भाइटीकाको भोलिपल्टसम्म जारी रहन्छ । राजनीतिक दलका सांस्कृतिक भातृ संगठन र कतिपय संघसंस्थाहरुले त देउसी भैलीलाई संस्थागत आयआर्जनको माध्यम पनि बनाएका छन् । यसका नाममा कतिपय घरधनीलाई सताउने र चर्को आवाजमा गानबजान गरेर ध्वनि प्रदूषणसमेत गर्न थालिएको छ । विकृति बढेकाले सरकारले समेत नियम बनाएर कडाइ गर्नुपर्ने बाध्यता बन्दै गएको छ ।
 
बत्तीको झिलिमिलीसँगै मनाइने तिहारको महत्व नै देउसी-भैलीसँग गाँसिएको छ । दशैंलाई ब्राहृमणवादीहरुको पर्व भन्दै टीका बहिष्कार गर्ने तथा गर्न दवाव दिनेहरु समेत तिहारमा हुल बाँधेर देउसी-भैली खेल्न हिंड्छन् । सबै जातजाति र भाषाभाषीलाई आत्मीयता र भातृत्वको मालामा गाँस्न सक्नु नै तिहारको सबैभन्दा सवल पक्ष हो । गेय र भावको सरलता देउसीको सुन्दर विशेषता हो । असी नाघेर बसी खाने उमेर पुगेका बूढापाकादेखि तोतेबोली बोल्दै गरेका केटाकेटी सबैले गाउन सक्ने भएकैले पनि देउसी भैलीको लोकपि्रयता नेपाली माझ सर्वव्यापी भएको हो । अझ देउसी भैली गाउँदा आर्थिक उपार्जन सजिलै हुने भएकाले पनि यसप्रति जो कोही आकषिर्त हुने गरेका छन् । देउसी भैली मनाउने परम्परा नै नभएका झापा-मोरङका राजवंशी तथा पहाडी मूलका मानिसहरुको बस्ती भएका राजविराज, विरगञ्ज, भैरहवा, नेपालगञ्ज, धनगढी आदि ठाउँका अन्य जातिका केटाकेटीले समेत समुह बाँधेर देउसी-भैली खेल्नुले यसको लोकपि्रयता थाहा पाउन सकिन्छ ।

जून र दीप

- विष्णु बैकुण्ठे

जूनको उज्यालोलाई

सूर्यले चुनौति दिन्छ

दीपलाई राँकोले चुनति दिन्छ

राँको र सूर्य आवेशमा आएका अस्त्र जस्तै बन्दा

दीप र जून

निडर, शान्त र शालिन बनी

अन्धकारमा आफ्नो असल परिचय गराउन

अभ्यस्त छन्

नाइजेरियामा पनि दशैं कार्यक्रम

- हिक्मत थापा, लेगोस/नाइजेरिया
२९ अक्टुबर, पश्चिमी अफ्रिकी मुलुक नाइजेरियाको लेगोसमा अवस्थित गैर आवासीय नेपालीहरुले सामूहिक रुपमा दशैं मिलन कार्यक्रम आयोजना गरेका छन् । एनआरएनए नाइजेरियाको आयोजनामा सम्पन्न कार्यक्रममा गैर आवासीय नेपाली संघका अफ्रिका क्षेत्रिय संयोजक हिक्मत थापाले दशैंको शुभकामना व्यक्त गर्दै नयाँ सदस्यहरुको स्वागत तथा परिचय गराउनुभएको थियो ।

साउदी अरबको जुबेलमा भलिवल प्रतियोगिता शुरू

- विष्णुप्रसाद चापागाई, दमाम
२५ अक्टुबर/ हिन्दूहरूको महान चाड विजया दशमी तथा इश्लामिक पर्व बकरइदको शुभ अवसरमा एनआरएनए स्थानिय समन्वय समिति दमाम र प्रवासी नेपाली एकता समाज ९१ क्षेत्र दमामको संयुक्त योजनामा जदेखि साउदी अरबको जुबेल शहरमा अन्तर क्लब स्तरिय खुल्ला भलिवल प्रतियोगिता शुरू भएको छ । विदेशमा रहेका नेपालीहरूमा रहेको कला, कशल तथा प्रतिभाको कदर गर्न र विदेशी भूमिमा नेपालीको उत्कृष्ठ पहिचान गराउन यस्तो कार्यक्रमको योजना गरिएको हो ।

साउदी अरबमा दशैं

बिमल गौतम, रियाद
३ आश्विन, नेपाली राजदुतावास साउदी अरबले बिजया दशमी २०६९ को उपलक्षमा शुभकामना आदान प्रदान सहित रात्रिभोजको आयोजना गर्यो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्नुहुंदै महामहिम उदयराज पाण्डेले उपस्थित नेपालीहरुलाई बडादसैं, तिहार, छट, नेपाल सम्बत तथा मुस्लिम धर्मावलम्बीहरुको बक्रइदको शुभकामना दिदै सबैको सुख, सम्वृद्धि, प्रगति, सुस्वास्थ्य तथा शान्ति र मित्रताको कामना गर्नुभयो । राजदुत पाण्डेले प्राचिनकालमा मेसोपोटामिया सभ्यतामा अन्न उत्पादन सुरुगर्दा जौंको बेर्नालाई खुशी र सम्मानले शिरमा लागाउने प्रचलन शिन्धुघांटिहुंदै नेपाल भित्रिएर जमरा शिरमा लगाउने प्रचलन रहेको भन्दै यो पर्व मान्यजनबाट आशिर्वाद लिने र नेपाली बिचको एकता सद्भाव र मेलमिलाप तथा खुशीको पर्व रहेको बताउनुभयो ।

सम्बन्ध-विच्छेद

- अज्ञात
जब म त्यस रात घरमा पुगेँ, मेरी श्रीमती खान पस्किन तरखर गर्दै थिइन् । उनको हात समात्दै मैले भनें: "तिमिसित एउटा कुरा गर्नुछ"। उनी बसिन् र चुपचाप खान थालिन् । मैले उनको आँखामा उदासीपन महसुस गरें । अचानक मेरो वाक्य बन्द भयो । तर जे कुरा मैले धेरै दिनदेखि सोचिरहेको थिएँ, त्यो भन्न जरुरी थियो– "म उनीसँग सम्बन्ध बिच्छेद गर्न गैरहेको थिएँ ।" तरपनि मैले आफ्नो कुरा संयम्‌का साथ राखेँ ।

मेरो कुराबाट तिनी बिस्मयचकित् भएको पाइन, बरु नम्र भएर सोधिन्- किन? मैले तिनको प्रश्नलाई टार्न खोजेँ । तिनी रिसाइन् र चप्स्टिक हुर्याएर मलाई 'नामर्द' भन्दै चिच्याइन् । त्यस रात हामी दुवैबीच कुराकानी भएन, तिनी रोइरहेकी थिइन् । हाम्रो बैबाहिक सम्बन्धमा के त्यस्तो खोट देखापर्यो भन्ने कुरा तिनले जान्न चाहनु स्वभाविकै कुरो हो । तर मसंग तिनलाई दिने त्यस्तो सन्तोषजनक जवाफ थिएन । जेन भन्ने महिलाले मेरो हृदय जितिसकेको थियो र मैले मेरो श्रीमतीलाई माया गर्न छोडिसकेको थिएँ । तिनिप्रति दया जागेर आयो । गह्रुँगो अपराधबोधका साथ मैले एउटा सम्बन्ध बिच्छेदको सम्झौता-पत्र तयार पारेँ, जसानुसार हाम्रो घर, गाडी र मेरो कम्पनीको ३० प्रतिशत शेयरमा तिनलाई हकदार बनाएँ । तिनले त्यो सम्झौता-पत्रमा एक नजर दिइन् र माडेर च्यातच्युत पारिन् ।

साउदीका कामदार र श्रम तथा रोजगारविभागका उच्चाधिकारीहरूबिच अन्तरकृया सम्पन्न

- धरम के.सी., दमाम
नेपाली दूतावास रियाद र एनआरएनए साउदी अरबको संयुक्त आयोजना तथा संयोजनमा साउदी अरबको खोबरस्थित अप्सरा रेष्टुरेण्टको सभाकक्षमा आज एक बिशेष अन्तरकृया सम्पन्न भएको छ । यस कार्यक्रममा श्रम तथा रोजगार मन्त्रालयका सचिव सोमलाल सुवेदी, बैदेशिक रोजगार बिभागका महा निर्देशक पुर्णचन्द्र भटराई, श्रम मन्त्रालयकै सहसचिव बिनोद के.सी., उपसचिव कमल राज भण्डारी र परराष्ट्र मन्त्रालयका शाखा अधिकृत बिशाल भटराई नेपालदेखि आउनुभएको थियो भने साउदी अरबको नेपाली समुदायबाट एनआरएनए साउदी अरब, नेपाली जनप्रगतिशिल मञ्च, लुम्बिनी प्रबासी सम्पर्क मञ्च, प्रबासी नेपाली सेवा समिति, तमुधीं प्रबास एकता समाज, लांघाली मगर संघ का प्रतिनिधीहरू, म्यानपावर ब्यवसायीहरू, रेमिटान्स कम्पनीका प्रतिनिधीहरू, पत्रकार, ब्यवसायी, बुद्धिजिबीहरूका साथै पीडित कामदारहरू समेत गरी ६० भन्दा बढीको सहभागिता रहेको थियो । नेपाली दूतावासका द्वीतिय सचिव बासुदेव देबकोटा तथा पुर्बी क्षेत्रका लागि स्थानीय कर्मचारी हरि घिमिरेको सहयोगमा दूतावासका श्रम सहचारी चण्डेश्वर आचार्यले अन्तरकृया सञ्चालन गर्नुभएको थियो ।

साउदीमा नेपाली कामदारहरु अलपत्र

- योगेन्द्र गिरी, रियाद
बैदेशिक रोजगारीको सिलसिलामा नेपालका के.एल. म्यानवापर बिजुली बजार, ए.एन.एस. म्यानपावर गैह्रीधारा र के.वि.एल. म्यानपावर रियादबाट साउदी अरवको राल ईन्टरनेश्नल कम्पनीमा २ वर्षको लागि महिनाको ८०० रियाल तलव भनि सम्झौता पत्रमा दस्तखत गरेर गएका नेपालीहरु ३ वर्षसम्ममा पनि ६०० रियालमा काम गर्नु परेको छ । उनीहरुले पटक पटक सम्झौता बमोजिमको तलव माग्दा पनि नदिएको उनीहरुको गुनासो छ ।

साउदी अरवमा यसरी ३ वर्ष बसेर पनि उनीहरु नेपाल फर्कन नपाउँदा छट्पटाई छट्पटाई दिन काट्ने गरिरहेका छन् । साँच्चै भन्नु पर्दा उनीहरुले अहिलेसम्म भगवान र आमा बाबाको नाम जपेर कहिले नेपाल फर्कन पाईने हो भनेर दिन काट्न बाध्य भईरहेका छन् । नेपालीहरुको महान चाड बडा दशै नजिकिदै गर्दा उनिहरुलाइ आफ्नो घरको यादले अझ सताइरहेको र यसपालीको दशै आफ्नै घरमा परिवार परिवार सँग मनाउने सपना फेरी सपनामै सिमित हने होकी भनेर चिन्तित रहेको उनिहरु बताउँछन् । 

अघोरीहरु

- भाउपन्थी
राति कतिबेला हो, त्यो थाहा भएन। तर, त्यो एउटा मुसो पानीको बाल्टीमा खसेर मरेछ। छप्ल्यांग आवाज आएको पनि सुनिएन। सायद पानी 'साइलेन्ट किलर' बनिदिएछ। पानीले भरिएको बाल्टी ढाक्नुपर्ने थियो। प्रचार पनि यही गरिन्छ अर्थात् स्वास्थ्यका लागि पानी ढाकेर राख्नुपर्छ। सजिलो कुरो हो, पानी ढाक्नुपर्छ भन्नु।

तर, प्रश्न यो जन्मन्छ, पानी नै नआउने धारामा पानी कसरी झार्ने र कुन भाँडालाई किन ढाक्ने ! टुटी छ, कनेक्सन पनि छ तर पानी छैन। कहीँ आउँदो हो पानी हप्ताको एकचोटि वा दुईचोटि तर उसको धारामा पानी नआएको महिनौँ बितिसक्यो। उहिले कहिले हो, धारामा पानी आउँथ्यो भन्ने लोकोक्तिजस्तो बन्न पुगेको छ यो समय। धाराबाट पानी नोटबाट राजाको तस्विर झैँ गायब भएको छ। त्यसैले उनीहरू बाहिरफेर सार्वजनिक धारामा पानी थाप्छन्, रत्ति भाँडा लाइन राखेर पालो कुर्दै।

यी चित्रहरु कलात्मक कि अराजक ?

- टेकराज थामी, काठमाडौं
हिन्दू देवी–देवतालाई अनौठा भंगीमामा प्रस्तुत गरेर बनाइएका चित्रहरू विवादमा परेका छन् । युवा कलाकार मनीष हरिजनको एकल चित्रकला प्रदर्शनीमा ११ दिनदेखि ती चित्रहरू राखिएका थिए । हिन्दू संगठनले आपत्ति जनाएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले मंगलबार नै बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीलाई सिल गरेको छ । कलाकार हरिजनले यसमा पूर्वीय र पश्चिमी कलाको फ्युजन गरेको बताएका छन् भने विश्वहिन्दू महासंघले हिन्दू देवीदेवताको अपमान भएको जनाएको छ ।

‘द राइज अफ द कोलाट्रल’ नाम दिइएको प्रदर्शनीमा हरिजनका ११ वटा विभिन्न आकृतिका चित्रकला राखिएका छन् । ११ वटै चित्रकलामा हिन्दू देवी तथा देवतालाई विभिन्न भावभंगीमामा उतारिएका छन् । पश्चिमा ‘कमिक बुकमा पाइने काल्पनिक पात्र सुपरम्यानसित देवीदेवतालाई दाँजिएका चित्र पनि छन् ।

रानीमहलमा भेट्न नपाइएका भूतहरू

- धीरकुमार श्रेष्ठ
“रानीमहल जाने बाटो कता होला ?” पाल्पा बसपार्कमा भेटिएका एक जना अपरिचितसँगको जिज्ञासा थियो मेरो । “था’ छैन” ती अपरिचितको जवाफ थियो । “आगराको ताजमहलजस्तै नेपाली ताजमहल भनेर पत्रपत्रिकामा खुब समाचार आउँछ नि ...” कतै समाधान निस्किहाल्छ कि भनी अर्थ्याउन थालेको थिएँ म । मेरो वाक्य पूरा नहुँदै बीचैमा कुरा काट्दै उनी भन्न थालेका थिए, “ए रानीघाट भन्नु भा’ त्यो यताबाट” ।

त्यति बेलामात्र थाहा भयो, रानीमहललाई स्थानीयरूपमा रानीघाट भनिदो रहेछ । देखाइएको बाटोमा हामी हिँड्न थाल्यौँ । हामी अर्थात् करिब तीस जनाको शैक्षिक भ्रमणको टोली । रानीमहलतर्फ हिँड्दै गर्दा एक जना सानो भाई “म देखाउँछु तपाईंहरूलाई बाटो” भन्दै हामीसँगैसँगै हिँड्न थाल्यो । केही क्षण बाटो देखाएर फर्किहाल्ने होला भनी उसको सामीप्यलाई स्वीकार गरेको त ऊ हामीसँग झन्झन् लेपासिन थाल्यो र हाम्रो पाल्पा बसाइभरि हामीसँगै बस्यो । स्कुल पढ्न छाडेर ऊ पाल्पा आउने नवागन्तुकसँग घुम्न र घुमाउन पल्किसकेको रहेछ ।

बैरागी काइलाले पाए एक लाखको मुन्धुम पुरस्कार

- गणेश राई/ ललितपुर
भाद्र १७ - नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काइँला (तिलविक्रम नेम्बाङ) लाई एक लाख रुपैयाँ राशिको 'रत्नशोभा-शुभलक्ष्मी मुन्धुम पुरस्कार' प्रदान गरिएको छ । लिम्बु जातिको सामाजिक संस्था किराँत याक्थुङ चुम्लुङको २४ औं स्थापना दिवसका सन्दर्भमा आइतबार प्रदान गरिएको हो । संस्कृतिविद् सत्यमोहन जोशी र पुरस्कारका संस्थापक मञ्जुलकुमार याक्थुम्बाले संयुक्त रूपमा ताम्रपत्र र नगद पुरस्कार प्रदान गरेका हुन् ।

“हामीले तेरी आमालाई मारिसक्यौं”

- हरिप्रसाद कोइराला
‘हामीले तेरी आमालाई मारेर साउदी अरबको नेपाली दुताबासमा बुझाइ सक्यौं । फोन गरेर धेरै किचकिच नगर, कानूनले जे गर्छ गरोस्’, सुन्दै अप्रिय लाग्ने टेलिफोनबाट आएको यस्तो धम्कीले आज पनि उर्लाबारी-२ का अमन पाँचकोटीलाई सताइरहेको छ ।

गत माघमा दलालमार्फत साउदी अरव पुगेकी अमनकी आमा मुना परियार (पाँचकोटी)लाई एक अमीरले ३ महिनाअघि नै मारेर नेपाली दुतावासमा बुझाएको खबर दिएपनि पाँचकोटी परिवारले अझै शव ल्याउन सकेको छैन । छोरा अमनका अनुसार दमक कृष्णमन्दिरकी रविना न्यौपानेमार्फत साउदी अरब पुगेकी ४२ वर्षीया मुना रियादका एक अमीरको वंगालामा घरेलु काम गर्ने गर्थिन् । एकलाख रुपैयाँ खर्चेर साउदी पुगेकी उनको काम सुरुदेखि नै मालिकसँग खटपट भएको थियो । ‘बैसाखको तेस्रो साता आमाको फोन आयो’, अमनले उनकी आमाले भनेका कुरा सुनाए, ‘छोरा, मलाई साहुले कुटेर एकातर्फको पातो भाँचिसक्यो, मलाई एक दुई दिन भित्रमा नै फाँसी दिँदैछन्,जसरी भए पनि मेरो उद्दार गर ।’

अनलाईन हाजिरी जवाफ प्रतियोगिताको २३औं भाग सार्वजनिक

विनेसाम/अनेसास साउदी अरेवियाले संयुक्त रुपमा यो प्रतियोगिताको आयोजना गरेको हो । विश्वमा छरिएर रहेका नेपालीहरुलाई नयां ज्ञान र वुद्धिको श्रृजना हुन अति नै सहयोगी हुने देखिन्छ यो प्रतियोगिता । अझै भन्ने हो भने सम्बन्धित क्षेत्रका युवा वर्गहरुलाई बौद्विक विकासमा केही सानो-तिनो सहयोग पनि यस प्रतियोगिताले दिलाउने हामीले अपेक्षा राखेका छौं । 
नियमहरुः

बिजय लिम्बुका लागि एनआरएनए द्वारा सहयोग राशी हस्तान्तरण

- विष्णु प्रसाद चापागाई, दमाम
 २५ अगस्त २०१२, ९ महिना अघि साउदी अरबको दमाममा सडक दुर्घटनामा परी ब्रेन ड्यामेजका कारण अर्ध चेतन अवस्थाका विजय कुमार लिम्बूलाई आज एक कार्यक्रमको बीच साउदी रियाल १,१६१ (करीब २७१०० ने.रू.) सहयोग रकम हस्तान्तरण गरिएको छ । गैर आवासीय नेपाली संघ, स्थानीय समन्वय समिति दमाम, साउदी अरबले आयोजना गरेको “स्थानीय लेवर टास्क फोर्स दमामको पुनर्गठन तथा ने‌पाली दूतावासका पूर्वी क्षेत्रका स्थानीय कर्मचारी हरी घिमिरेज्यूको स्वागत एवं सहयोग राशी हस्तान्तरण कार्यक्रम” को अवसर पारेर यो रकम पीडितलाई हस्तान्तरण गरिएको हो ।

नेपाली दूतावास रियादको पहलमा झन्डै एक महिना पहिला नै अर्ध चेतन अवस्थामै विजय कुमार लिम्बूलाई एक फिलिपिनो नर्सको साथमा नेपाल पठाइएको भए तापनि निजको भरणपोषणमा सहयोग गर्ने हेतुले एनआरएनए साउदी अरब राष्ट्रिय समन्वय समितिका अध्यक्ष श्री धरम के. सी. र स्थानीय समन्वय समिति दमामका अध्यक्ष श्री सी.एम. राजन खरेलले राहत स्वरूप उपलब्ध गराइएको सहयोग राशी अर्जुन घिमिरेलाई हस्तान्तरण गर्नुभएको हो । एनआरएनए साउदी अरब, पूर्वी क्षेत्रिय समन्वय समितिको अगुवाईमा एनआरएनएकै सहयोगी हातहरूबाट उक्त रकम संकलन गरिएको थियो ।

साउदी अरबमा ऐतिहासिक भलिबल प्रतियोगिता सम्पन्न

तेज थापा, दमाम
गत भाद्र २ गते शनिवार तदनुसार १८ अगस्त, २०१२ का दिन, साउदी अरबको पुर्बी क्षेत्र देहरान स्थित नेस्मा क्याम्पमा नेस्मा पार्टनर्स, रवाबी ग्रुप र नेस्मा ट्रेडिंग नेपाली समाज (NRTNC) ले मुस्लिम धर्मालम्बीहरुको महान चाड इद-उल-फितरको अवसर पारेर भलिबल प्रतियोगिता राखेको थियो । नेपालीद्वारा खेलाइएको भलिबल प्रतियोगिता मध्ये साउदी अरबको इतिहासमा अहिलेसम्मकै उच्च स्तरीय प्रतियोगिता भएको प्रत्यक्षदर्शीहरुको भनाइ छ ।

नेपाली राजदुतावास रियादका महामहिम राजदुत उदयराज पाण्डेज्युको प्रमुख आथित्यमा उक्त कार्यक्रमको उद्घाटन भएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै महामहिम राजदुत उदयराज पाण्डेज्युले खेलकुदको माध्यमद्वारा नेपाली सद्भाव र एकता झल्काउन अहम भूमिका खेल्ने विचार ब्यक्त गर्नु भएको थियो । आयोजक प्रति आभार प्रकट गर्दै साउदी अरबको विषम परिस्थिति र अनगिन्ति चुनौतिको बाबजुद विभिन्न क्षेत्रमा कार्यरत त्यति धेरै नेपालीहरुलाई जमघट गराउने NRTNC को प्रयास निकै सराहनीय रहेको भनाइ राख्नु भएको थियो ।

स्यालको हुइय्याँ (लघुकथा)

 - डा. दीनबन्धु शर्मा
उनले एउटा सुन्दर कविता लेखेर तत्कालीन मूर्धन्य कविलाई देखाए। मूर्धन्यले नाक खुम्च्याएर भने –'यसमा परिस्कारको अभाव छ।' उनले एउटा अर्को कविता लेखे र यसपटक अर्का क्रान्तिकारी वरिष्ठ कविलाई देखाए। वरिष्ठले भने- 'यसमा प्रगतिशीलताको शून्यता छ।' उनले एउटा नाटक लेखे र समकालीन नाटक-सम्राट्लाई देखाए। सम्राट्ले भने – 'यसमा अभिनय कलात्मकताको प्रस्तुति छैन।'

उनले एउटा कथा लेखे र प्रख्यात् कथाकारलाई देखाए। उनले भने- 'यो कथा एक शताब्दी पछाडि परेको छ।' उनले यी सबै कृति बटुलेर प्रकाण्ड समालोचकलाई देखाए। समालोचकले भने – 'यी कृतिहरूमा उल्लेखनीय केही छैन।' उनले जताततै स्याल हुइय्याँ सुने। उनी आफ्ना कृतिहरूको महत्त्व केही नभएको थाहा पाएर मरे। तर आज उनको जन्म-जयन्तीमा कवि, लेखक, नाटककार, समालोचक आदि सबै मूर्धन्य साहित्यकारहरूले एकै स्वरमा भने – 'उनी साहित्यका प्रत्येक विधामा विलक्षण प्रतिभा देखाउने महान् स्रष्टा थिए।'

गुरुजी ट्याक्सीमा छुस छ ?

- विश्वासदीप तिगेला
केही समय अघिको कुरा हो । निक्कै लामो समय परदॆशमा विताएर सम्भवत मेरो जीवन अवधिमा आएको एकमात्र अवसर संविधान सभाको चुनावको लागि घरदेश पुगेको थिए । धेरै कुरा उमेरमा निर्भर रहन्छ भन्ने हाम्रो मान्यता अनुसार यस पटक मलाई मोटर वाइकमा मनखुसी हुइकिन मन लागेन । काठमाण्डौको अस्तब्यस्त ट्राफिक ब्यवस्थाले त झन राजधानी एकैछिन पनि नबसुँ झैँ लाग्यो । चुनाव ताका साच्चै नै काठमाण्डौ राज्य विहीन थियो । कुनै ब्यक्तिले कसैको कतैको डर मान्ने गरेको पाइन । स्वयं आफू जोगिनु नै सबैभन्दा ठूलो उपलब्धि जस्तो लाग्थ्यो ।
देश कै एउटा राजनैतिक महोत्सव भनौ संविधान सभा निर्वाचनको वेला बाध्यात्मकवस धेरै पटक अर्थात कहिलेकहि दिनभर जस्तो ट्याक्सीमा हिड्नु पथ्र्यो । एउटै दुरीको एउटै बाटोमा ट्याक्सी भाडा फरकफरक उठ्थ्यो । यति सम्मकी कहिले त पत्यारै नलाग्ने भाडा उठ्थ्यो । ट्याक्सी हकाइ पनि फरकफरक हुन्थ्यो । काठमाडौको ट्राफिक त्यसमा कतैकतै बिग्रिएको बाटो अनि ड्राइभरको हकाइ धेरै अनौठो लाग्थ्यो ।

मलाई मेरो ‘बिगत’ नसोध्नुहोस्

 – धरम के.सी.
बिबाह भएको केही महिनामै पेटमा गर्भ लिएर माइती फर्केकी सुर्खेत लाटिकोइली – ४ नयां घुस्रा की निर्मला चौधरी फेरी कहिल्यै फर्किनन् आफ्नो पतिको घरमा । किन त? भन्ने मेरो जिज्ञासामा उनले “मलाई मेरो बिगत नसोध्नुहोस” भन्दै रूनै थाले पछि मैले त्यो प्रश्न फेरी दोहोर्याइन । उनले माइती मै जन्माएकी ती छोरी अहिले ७ बर्षकी भैसकेकी छिन् । उनको त्यो अब्यक्त बेदना पक्कै निकै गहिरो रहेको अनुमान गरें मैले ।

यसरी नै नेपालमा हाम्रा छोरी चेली, दिदी बहिनीहरू कुनै न कुनै ठोकर (चोट) खाएरै बांकी जिन्दगी जिउने चिन्तामा छटपटाइरहेको बेला हाम्रै नेपाली दलालहरूले भावनात्मक अपहरण गर्दै, सपनाका स्वर्णिम संसार देखाउंदै, ललाई फकाई भारत हुंदै खाडीका मुलुकहरूमा ल्याइपुर्याएका छन । निर्मला तिनै अभागी चेलीहरूमध्येकी एक हुन् ।

मैले देखेको नेपाल

आयुमी फुकाइ हिराचन
म नेपालीको छोरी भएर पनि जापान मै जन्मिए हुर्किए । पढाइ पनि जापानमै सकियो र काम पनि उतै गर्दैछु । म नेपालीकी छोरी हुं तर मेरो रहन सहन जापानिज नै छ । मेरो नेपाली भाषा त्यति राम्रो छैन । मलाइ नेपाल धेरै मन पर्छ । समय मिलाएर म नेपाल आइरहन्छु । नेपाल आउँदा यहाँका रमाईला ठाउँहरु घुम्न जान मन गर्छु । नेपाली साथीभाइलाइ भेट्ने काम गर्छु ।

आज भन्दा पाँच छ वर्ष अघि नेपाली भाषा सिक्नको लागि नेपालमा मेरो बसाइ लगातार डेढ वर्ष जति भएको थियो । नेपालको राम्रो क्याम्पस मध्य विश्वभाषा क्याम्पसमा नेपाली भाषा पढेको थिएँ । त्यहाँ पढ्दा राम्रो विचार भएको नेपाली साथीहरु पाएँ । डेढ वर्षको मेरो नेपाल बसाईमा एउटा रमाइलो अनुभव के रह्यो भने नेपाली सँस्कृति चालचलन सिक्न र बुझ्नको लागि नै मैले सोर्हखुट्टेमा एउटा कोठा लिएर बसेको थिएँ । त्यहीबाट आफ्नो कलेज (विश्वभाषा) जाने आउने गर्थेँ ।

एनआरएनए साउदी अरबद्वारा थप ४ महिलाको उद्धार

NRNA साउदी अरब
घरेलु कामदारका रूपमा साउदी अरब आएर दुख पाएर नेपाली दूतावास रियादको शरणमा पुग्ने मध्ये थप ४ जना महिलाहरूलाई एनआरएनए साउदी अरबले आफ्नो नेपाली महिला उद्धार कोषबाट हवाई टिकट उपलब्ध गराउंदै स्वदेश फिर्तिमा सघाउ पुर्याएको छ । यी ४ महिलाको हवाई टिकट खरिद गर्न जनही ८१० का दरले कूल ३,२४० साउदी रियाल कोषबाट निकासा गरिएको छ । १९ जुलाईमा नेपाल पुगेका यी ४ जना सहित अब यस कोषबाट उद्धार गरिनेको संख्या २२ पुगेको छ ।

नेपाली दूतावास रियादले महिला उद्धारमा बिगत केही महिनामा अवलम्बन गरेको ‘दलाल केन्द्रित’ नीति अनुरूप लामो समयसम्म महिला बेच्ने दलालहरूबाटै धेरैको हवाई टिकट जुटाउंदै आएको थियो, कतिको रोजगारदाता (साउदी मालिकबाट) र केही पीडित आंफैले पनि हवाई टिकटको खर्च ब्यवस्थापन गैर्दै आएका थिए । हाल नेपाली दूतावासको शरणमा पुग्ने हर कोही नेपाली महिलाहरूलाई दूतावासको ढोका (प्रबेशद्वार) मै “तिमिलाई बेच्ने दलाल को हो?” भनि सोधिन्छ र रजिष्टरमा दलालको नाम, ठेगाना, सम्पर्क नम्बर सबै टिपोट पनि गरिन्छ ।

हाजिरी जवाफ प्रतियोगिताको २२औं भाग सार्वजनिक

विनेसाम/अनेसास साउदी अरेवियाले संयुक्त रुपमा यो प्रतियोगिताको आयोजना गरेको हो । विश्वमा छरिएर रहेका नेपालीहरुलाई नयां ज्ञान र वुद्धिको श्रृजना हुन अति नै सहयोगी हुने देखिन्छ यो प्रतियोगिता । अझै भन्ने हो भने सम्बन्धित क्षेत्रका युवा वर्गहरुलाई बौद्विक विकासमा केही सानो-तिनो सहयोग पनि यस प्रतियोगिताले दिलाउने हामीले अपेक्षा राखेका छौं ।

नियमहरुः

प्रकाश दहालको बिकार, एक तीर-दुई शिकार

- बिमल गौतम, रियाद
यसो गमेर हेर्दा कमरेड प्रकाश बढो क्रान्तिकारी लाग्यो । उन्ले यो सरकार र आफ्नै पार्टी बिरुद्ध क्रान्तिकारी छलाङ जो मारे नमारुन् पनि किन ? जस्ले शान्ती कायम गर्न र संबिधान जारी गर्न ज्यान र धन (धन जुटाउन खेपेको सास्ती थाहै छ) को बाजी राखेर सगरमाथा चुम्यो फर्किदा आफ्नै पर्टीका मुखिया बाबु प्रचन्ड को फड्के साक्षिमा प्रधानमन्त्री अङ्कल बाबुराम ले न शान्ती बचाइ दिए न सम्बिधान बनाए बरु दूबै सम्भावना लाई समाधिस्त गरिदिए । 

बिदेशमा बिचल्ली पार्नेलाई कडा कार्बाहीको माग

नेपालको कपिल म्यानपावर कम्पनीको ठगी, लापर्बाही, बेइमानी र गैरजिम्मेवारीपनका कारण बिगत ३ महिनादेखि ठूलो मानसिक तनाव र चिन्ता, शारीरिक यातना र दोहोरो अर्थिक क्षति ब्यहोर्दै आएका मोरङ डांगीहाट – ३ का होमनाथ बास्कोटाले आज २४ जुनमा बल्ल स्वदेश फर्किन पाएका छन । नेपाली दूतावास रियादको कुटनैतिक तथा प्रशासनिक पहल तथा एनआरएनए साउदी अरबको केही आर्थिक, नैतिक र सामाजिक सहयोग पश्चात उनको स्वदेश फिर्ती सम्भव बनेको हो ।

गतः शुक्रबार २२ जुनका दिन एनआरएनए साउदी अरबको कल्याणकारी कोषबाट सहयोग स्वरूप काटिएको हवाई टिकट पीडित होमनाथलाई हस्तान्तरण गर्दै एनआरएनए कतिफ स्थानिय लेबर टास्क फोर्स कमिटीले आयोजना गरेको एक परिचयात्मक तथा छलफल कार्यकममा एनआरएनए एनसिसी साउदी अरबका अध्यक्ष धरम के.सी.ले भन्नुभयो “होमनाथ खाडी क्षेत्रमा म्यानपावर कम्पनीहरूबाट पीडित हजारौं नेपाली श्रमिकहरूका प्रतिनिधी पात्र हुन, होमनाथहरूलाई पीडित र बिचल्ली पार्नमा स्वयम बैदेशिक रोजगार बिभागका कर्मचारी पनि दोषी छन, यसैले यो केशमा पीडितले न्याय र पूर्ण क्षतिपुर्ति पाउंछन या पाउंदैनन्, दोषी म्यानपावर कम्पनी र बिभागका सम्बन्धित कर्मचारीलाई के कस्तो कानूनी कार्बाही हुन्छ या हुंदैन भन्ने कुराको उत्सुकताका साथ अनुगमन गर्ने बताउंदै बैदेशिक रोजागार बिभागलाई एनआरएनए साउदी अरबका तर्फबाट लेखिएको पत्र त्यहां उपस्थित पचासौं कामदारहरू माझ बाचन गरी सुनाउनुभएको थियो।”

नेपाली दूतावासद्वारा प्रेस विज्ञप्ति जारी

नेपाली दुतावास रियादद्वारा साउदी अरबको उत्तरीक्षेत्र अन्तर्गत पर्ने आरआर शहरमा ८ जुन २०१२ मा एक समारोहका साथ नेपाली कामदारका समस्या तथा समाधानका उपायहरु विषयक अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । साउदी अरबको उत्तरी क्षेत्रमा विगत लामो समयदेखि बसेर विभिन्न वर्ग तथा पेशामा काम गरिरहेका नेपालीहरुको समस्याहरुलाई कसरी समाधान गर्न सकिन्छ भन्ने ध्येयले दूतावासद्वारा सो कार्यक्रमको आयोजना गरेको हो ।
आयोजित कार्यक्रमको विस्तृत विवरणसहित दूवावासले आज एक प्रेस विज्ञप्ति निकालेको छ । हेर्नुहोस् ...

सुहागरातको समाप्ति

- विमलेन्द्र मिश्र
दिउँसोभरि जग्गेमा बिहे भयो । दुलाहा र दुलहीले पुरेतले भने झैँ अनेक थरि धार्मिक अनुष्ठान गरे । कहिले दुलहीको गोडाको बुढी औँला समाउने, कहिले एक अर्काबीच दही खुवाउनुपर्ने । दुलाहा पक्ष र दुलहीपक्षका बीच जुहारी नै चल्ने, रमाइलोनै हुने । दुलाहा र दुलहीबीच बिस्तारै परिचय हुँदै गयो ।

 एकैदिनको विवाह चाँडैनै दुलहीलाई अन्माउने बेला पनि हुन लाग्यो । दुलही पक्षका सबैको मुख निन्याउरो र सानो भएको थियो । बाजा बज्न थाल्यो । दुलही अलि नरमाइलो मान्न थालिन् । दुलहीका मनमा अनेक थरी कुरा खेल्न थाले । यो आफन्तसँगको बिछोड, पराई घरमा मिलनको सुरूवात थियो । दुलाहा सुबोध भने दुविधामा थियो । त्यसैले उसको मनमा पनि अनेक थरि कुरा खेलिरहेको थियो । दुबैले एक अर्काको मन बुझीसकेका थिएनन् । यो प्रेम विवाह थिएन ।

अनि जहाज खस्यो

- सुरज कुवँर
काठमाडौ, जेष्ठ २० - बीस दिनअघि पोखराबाट जोमसोमका लागि उडेको अग्नी एयरको डोर्नियर विमान दुर्घटनामा पर्‍यो । त्यस्मा सवार चालक दलसहित २१ जनामध्ये १६ जनाको मृत्यु भयो भने ५ जना बाँचे । उनीहरु मध्ये परिचारिका रोशनी हैजुले ईकान्तिपुरलाई दुर्घटना कसरी भएको थियोबारे दिएको बयान उनकै भाषामा -

पोखराबाट जोमसोमका लागी उडेको १५ मिनेट बित्दै थियो । हामी उडेको डोर्नियर जहाज अवतरण गर्ने बेला भएपछि यात्रुहरू 'लौ ! एयरपोर्ट देखियो' भन्दै कुराकानी गर्न थाले । तर जहाजले सोझै ल्यान्ड गरेन । मैले ठानें पाइलटहरू प्रभुशरण पाठक र सुमन डंगोलले एयर ट्राफिकका कारण एक फन्को मारेर अवतरण गर्लान् । किनकि जोमसोम विमानस्थलको धावनमार्गमा अर्को जहाज भएपछि प्रायः चालकहरूले जहाज फेरि आकाशतिरै उडाउँदै फन्को मार्छन् । यहाँ लुक्लाजस्तो अवतरण गर्ने जहाजले आपतकालीन टेकअफ गर्न गाह्रो छैन । त्यसैले यात्रुसहित १८ जना भएको जहाज विमानस्थललाई तल पार्दै कालीगण्डकीमाथि उड्यो ।

बैदेशिक रोजगार – ठगीको यो स्वरूप

- धरम के.सी.
लाग्छ ‘ठगी’ बैदेशिक रोजगार क्षेत्रमा अब सामान्य र पाच्य बन्दैछ । कामदार ठगिए र बिदेशमा बिचल्लीमा परे भन्दा अब सरोकारवालाहरूले नै ‘ए त्यो कुन चैं नयां कुरा भयो त, यस्तो त निरन्तर भइ नै रहेको छ’ भनी सहजै पचाइदिन थालेका छन । बैदेशिक रोजगार ऐन पनि कसका लागि बनाइयो र कुन कुनामा थन्किएको छ, कसैलाई पर्बाह छ जस्तो लाग्दैन । किनकि त्यो ऐनको पाइला पाइलामा नेपालमै ब्यवसायीहरू र बैदेशिक रोजगार बिभागबाट समेत खिल्ली उडाइदै आएको छ ।

बैदेशिक रोजगार बिभागले खाडीका कुनैपनि मुलुकहरूमा कुनैपनि काममा जांदा जम्मा रू. ७० हजार भन्दा बढी रकम कामदारहरूबाट लिनु हुंदैन भनी तोकेको छ र ऐनको दफा २१ (३)मा उक्त रकमको भर्पाई समेत कामदारलाई दिनु पर्दछ भन्ने उल्लेख छ । साथै ऐनकै दफा १४ (३) (क) मा कामदारको योग्यता मुताविकको सेवा, शर्त र सुविधा नभएमा बिभागले श्रम स्वीकृति दिने छैन पनि भनिएको छ र झुठ्ठा कागजात पेश गरी अनियमितता गरी ऐनको उलंघन गरेमा आर्थिक जरिमाना सहित इजाजत रद्ध हुने र म्यानपावर सञ्चालकलाई जेल सजाय सम्मको ब्यवस्था गरिएको छ ।

मानसिक रोगले निम्त्याएको मध्यरात

रामकुमार एलन
धेरैलाई लागिरहेको थियो । १४ जेठमा कफ्र्यु लाग्छ । अनि संविधान जारी हुन्छ । १५ जेठपछि मुलुकुमा आगो बल्छ । देश अरु जल्छ । तर त्यस्तो केही पनि भएन । चार वर्षदेखि संविधान सभामा भत्ता खाएर बसेका सदस्यहरुको काठमाडौं बसाई यति चाँडै टुंगिएला भनेर उनीहरुलाई एक सिन्को विश्वास थिएन । होस् पनि कसरी हामी सभासद् हौँ भन्ने कुरा उनीहरुले १४ गते रातिमात्रै थाहा पाएका थिए । जनताका नजरमा गिर्छौं भनेर केहीबेर नारा लगाएर टेलिभिजन र पत्रिकाका अग्रभागमा पीपलपाते अनुहार देखाउने उनीहरुको अन्तिम लालसा पूरा भएकै थियो ।

रुकुम र रोल्पाबाट सुरु भएको माओवादीको क्रान्तिकारी यात्रा १४ जेठमा संविधान सभाको बलात्कारपछि समापन भएको छ । उसले सत्ता कब्जाको रणनीतिका लागि राजनीतिका सामान्य मूल्य र मान्यताबाट बिच्केर अपराधी मार्ग हुँदै प्रवेश गरेको छ । राजनीतिक अवसानका बीच पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाईको दुहाई दिएका छन् ।

साउदी अरबको जेद्दामा अन्तर्कृया कार्यक्रम सम्पन्न

- सन्तोष समिप / लाल मगर, जेद्दाह
 मिति २५ मे २०१२ मा नेपाली राजदुतावास रियाद द्वारा आयोजित “श्रमिक समस्या र समाधान ” बिषयक अन्तर्कृया कार्यक्रम जेद्दामा सम्पन्न भयो। जेद्दा स्थित बिभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्दिजिवी, समाजका अगुवा, सर्वसाधारण लगायत केही पीडित ब्यक्तिहरु गरी कारीब ८० जना यस कार्यक्रममा सहभागि थिए।

साउदी अरबको लागि नेपाली राजदुतावास रियादबाट आउनुभएका महामहिम राजदुत श्री उदय राज पाण्डे ज्यु द्वारा कार्यक्रमको उद्घाटन गर्नु भयो भने कार्यक्रमको औपचारक प्रस्तुति राजदुतावासबाटै आउनुभएका श्रम सहचारी श्री चन्डेश्वर आचार्यले गर्नुभएको थियो। साथै राजदुतावासका द्दितिय सचिव श्री बासुदेव देवकोटा ज्यु, उप नियोग श्री हरिशचन्द्र घिमिरे ज्यु, दुतावासको आर्थिक निकायका श्री उमेश कुमार मुढवारि ज्यु र अन्य सदस्यहरुले पनि कार्यक्रममा सहयोग पुर्‍याउनु भएको थियो । दिउसोको दिवा भोज पस्चात करीब २ बजे बाट सुरु भएको बिषयगत कार्यक्रम बेलुकी करीब ७:३० मा समापन भयो भएको थियो ।

अनलाईन साहित्यिक हाजिरी जवाफ प्रतियोगिताको २०औं भाग सार्वजनिक ।

विनेसाम/अनेसास साउदी अरेवियाले संयुक्त रुपमा यो प्रतियोगिताको आयोजना गरेको हो । विश्वमा छरिएर रहेका नेपालीहरुलाई नयां ज्ञान र वुद्धिको श्रृजना हुन अति नै सहयोगी हुने देखिन्छ यो प्रतियोगिता । अझै भन्ने हो भने सम्बन्धित क्षेत्रका युवा वर्गहरुलाई बौद्विक विकासमा केही सानो-तिनो सहयोग पनि यस प्रतियोगिताले दिलाउने हामीले अपेक्षा राखेका छौं ।
 नियमहरु


छलफल कार्यक्रम सम्पन्न

- विष्णु प्रसाद चापागाई, दमाम
१८ मई २०१२/गैर आवासीय नेपाली संघ साउदी अरबको आयोजनामा आज एक छलफल कार्यक्रम सम्पन्न भएको छ । दमामको काठमाण्डु रेस्टुरेन्टमा भएको छलफल कार्यक्रमसंगै दमाम शहरको ९१-क्षेत्रलाई आधार बनाएर प्रस्तावित ९१-क्षेत्र स्थानीय समन्वय समितिको स्थापना गर्न एक तयारी समिति पनि गठन गरिएको छ । यस ९१-क्षेत्र समितिलाई अब उप्रान्त श्री ईश्वर नेपालीले संयोजन गर्नुहुनेछ।

विशेषतः वैदेशिक रोजगारमा रहेका कामदारहरूको समस्या र समाधानमा केन्द्रित छलफल कार्यक्रममा सभापति, प्रमुख अतिथि, विशेष अतिथि क्रमशः दमाम स्थानीय समन्वय समितिका अध्यक्ष सिएम राजन खरेल, एनआरएनए साउदीअरबका अध्यक्ष श्री धरम के.सी. तथा महासचिव श्री पुरूषोत्तम श्रेष्ठ रहनुभएको थियो । त्यसैगरी अतिथिहरूमा सूर्य श्रेष्ठ, विष्णु प्रसाद चापागाई, श्रीकृष्ण श्रेष्ठ, प्रेम क्षेत्री, नवीन मुडभरी, अब्दुल रहमान, बुद्दी ब. गुरुङ्ग, तेज ब. थापा, सुनिल पोखरेल आदि रहनुभएको थियो ।

बैदेशिक रोजगारमा हामी

- दुर्गा खनाल रियाद, साउदी अरब
बैदेशिक रोजगारमा हामी बैदेशिक रोजगार सम्बन्धि बिज्ञापन र त्यसको असर प्रति लेख्ने जमर्को गर्दैछु । बैदेशिक रोजगारको बारेमा धेरै ब्याख्या र भूमिका बांधिरहनु नपर्ला किनकि बैदेशिक रोजगारमा आज प्रत्येक गाउँमा कोहि न कोही युबा युबती गएकै छन् । विश्वमा भारत बाहेक नै झण्डै ३० लाख नेपालीहरु छरिएर रहेका छौ भने २० लाख जति त मलेशिया र मध्यपूर्बमा नै छौं । हाम्रो देशको अर्थतन्त्र पनि बैदेशिक रोजगारमा गएका युबा युबतिको कमाइबाट पठाइएको बैदेशिक मुद्रा बाटनै चलेको छ भन्दा खासै फरक पर्दैन । किन की यो यथार्थ पनि हो ।

खस्कदै गएको अर्थतन्त्रलाई आज बैदेशिक रोजगारले टेवा दिदै आएको छ । बैदेशिक रोजगारलाई आज ठग र दलालहरुले आफ्नु ठगि खाने भाडो नै बनाएका छन् रोजगार दिलाउने नाममा । आजको आधुनिक समाजमा बिज्ञापन गरिएका कमसल सामानको बिक्रि बढ्दै गएको छ । बोल्ने को पिठो बिक्छ नबोल्ने को चामल पनी बिक्दैन भने झैँ भएको छ आज । थोरै समयमा नेपाल सुचना प्रविधिमा धेरै अगाडी बढ्दै गयो र समाजमा परिवर्तन ल्याउन सफल त भयो तर कतै कतै सदुपयोग नभएको हो या सदुपयोग गर्न नजानेर हो भन्ने कुरामै प्रश्नहरु छन् ।

भगौडा कामदारबारे बिशेष अन्तरकृया सम्पन्न

- NRNA साउदी अरब
६ मई २०१२, गैर आवासीय नेपाली संघ साउदी अरबले संस्थागत सुदृढीकरण तथा सामाजिक सचेतना अभियान अन्तरगत गतः ४ मई शुक्रबारका दिन खोबरस्थित गल्फ दरबार रेष्टुंराको सभाकक्षमा खोबरमा गठित स्थानिय समितिको घोषणा गर्दै भगौडा कामदारहरूका बारेमा बृहद बिचार बिमर्श गरेको छ ।
कार्यक्रमको आयोजक एनआरएनए साउदी अरबको पुर्बी क्षेत्रिय समितिका अध्यक्ष श्रीकृष्ण श्रेष्ठको सभापतित्वमा प्रवक्ता तेज बहादुर थापाले सञ्चालन गर्नुभएको कार्यक्रमको पहिलो सत्रमा नव गठित एलसिसी खोबरका अध्यक्ष मोहमद जैनुल अब्दिनलाई एनसिसी अध्यक्ष धरम के.सी.ले सपथ गराउनुभएको थियो भने जैनुलले समितिका बांकि पदाधिकारीहरूलाई ।

लिगलिगकोटको दुर्दशा

- रवीन्द्र पुरी
 इतिहास पढ्दा थाहा हुन्छ, करबि ४ सय ५० वर्ष पहिले गोरखा आँपपीपलको अग्लो डाँडामा लिगलिगकोटको दरबार थियो, जहाँ लहरै सैनिकहरू उभिएका हुन्थे। उनीहरू परेड खेलेको आवाज तल बेँसीसम्मै सुनिन्थ्यो। त्यहाँ राजा थिए, तिनका मन्त्रीहरू थिए र थियो, कालिकाको मन्दिर। त्यहीँबाट शासन चल्थ्यो र प्रजा राजाकहाँ बिन्ती बिसाउन जान्थे।

दरबारको फेदीमा रहेको चेपे खोलामा धेरै पानी बगिसकेको छ। अहिले त्यस दरबारमा न सेना छन्, न त मन्त्री र कुनै राजा नै। कोटभित्र रहेको कालिकाको थानमा दर्शनार्थीसमेत ज्यादै कम आउँछन्। तल फेदीबाट झन्डै आधा घन्टाको बाटो हिँडेर हरेक बिहान एक पूजारी कोटमा पुग्छन्। उनीसँग दुई जना बाजा बजाउने पनि हुन्छन्। तीमध्येका एक हुन्, पुर्खौंदेखि कर्नाल बजाइरहेका सन्तोषी दर्जी। उनी त्यसै कामका लागि हरेक बिहान लिगलिग कालिका आउँछन् । तर, पुस्तैनी नगरा बजाउने जिम्मेवारी पाएका रामजी परयिार भने टाइफाइडले थला परेर अस्पतालमा भर्ना भएका रहेछन्। पुर्खादेखि चलिआएको चलन रोक्नु पनि भएन। त्यसैले केही दिनयता रामजीले कक्षा ५ मा पढ्ने आफ्ना छोरा सूर्य, १६, लाई परम्परा जोगाउन खटाएका छन्।

जेलभित्र सपनामै मृत्युदण्ड

- होम कार्की
संयुक्त अरब इमिरेट्स (यूएई) मा १२ वर्षदेखि मृत्युदण्डको सजाय भोगिरहेका धारी-५, दार्चुलाका ३४ वर्षीय अमरबहादुर बमको जीवन रक्षा गर्न सरकारले गम्भीर रूपमा पहल गरेको छैन । जनवरी २५, २००३ मा भारतीय सरद सेट्ठीको हत्या प्रकरणमा संलग्नता देखिएको भन्दै स्थानीय अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो । पक्राउ पर्नेहरूमा भारतीय नागरिकहरू मनोज मुदाना, करनसिंह राजपुत, स्मिथ कुलत बनवारी र अमर थिए । मनोज र नरसिंहलाई गोली हानेको, अमरलाई कार हाँकेर भागेको र वनबारीलाई हतियार उपलब्ध गराएको आरोप छ । उनीहरूमध्ये मनोज, करन र अमरलाई मृत्युदण्ड दिने दुबई अदालतले फैसला सुनाएको थियो ।

बमले दुई वर्षअघि यूएईस्थित तत्कालीन राजदूत अर्जुनबहादुर थापासमक्ष आफू निर्दोष रहेकाले जीवन रक्षाका लागि पहल थाल्न निवेदन दिएका थिए । उनले माथिल्लो अदालतमा बहस भए आफू निर्दोष सावित हुने बताए पनि सरकारले यसबारे प्रक्रियासमेत अगाडि बढाएको छैन । दुबईस्थित अल अबिर जेलमा सजाय पाइरहेका बमलाई उनका गाउँले राजेन्द्र कुँवरले भेटेर शुक्रबार स्वदेश फर्के ।

बमले भनेको आफ्नो पीडा राजेन्द्रले यसरी सुनाए । 'हामीलाई देख्नेबित्तिकै अमरको आँखा आँसुले भरिएको थियो । बोल्न सकेनन् । निकैबेर हाम्रो हातमात्रै समातिरहे । केहीबेर पछि बुबा कर्णबहादुर र श्रीमती धनमतीको हालखबर सोधे । 'बुबाको शरीर कस्तो भयो ? धनमती झन् कस्ती भइहोली ?,' उनी एकएक गरी अर्को प्रश्न गर्न थाले, 'गाउँ कस्तो भयो ? खलंगामा गाडी पुग्यो ? मलाई गाउँमा अपराधी भन्छन् कि निर्दोष ?' उनी आफ्नो कारणले सबैले दुःखसास्ती र तनाव पाएकामा निकै चिन्तित देखिन्थे ।

'मलाई मृत्युदण्ड दिइहाले, निर्दोष रहेको गाउँले, आफन्तले बुझिदिए हुन्थ्यो भन्ने लाग्छ,' उनले बिस्तारै आफू यो परिबन्दमा परेको विवरण सुनाउन थाले, 'गाडी चलाउने काम लगाइदिन्छु भन्दै दिल्लीबाट मनोज मुदाना, करनसिंह राजपुतले सँगै लिएर आए । उनी के गर्थे भन्ने केही थाहा थिएन । आउने बित्तिकै मेरो हातमा लाइसेन्स राखिदिए ।' पाँचौं दिन दुबईको इन्डियन सोसियल क्लबमा गएको विवरण राख्दै भने, 'राति ८ बजेतिर उनीहरू भित्र गए । म गाडीमा थिएँ । त्यसको केहीबेरमै उनीहरू आए । मलाई गाडी अलि छिट्टै चलाउन लगाउँदै होटलमा लगे । त्यहाँ ४ दिन बाहिर जान नदिई राखे ।'

पाँचौं दिन सिरिया जाने भनेर दुबईको पानी जहाजमा लगेको केही समयमा प्रहरी आएर पक्राउ गर्‍यो । 'त्यतिखेर मात्रै थाहा पाएँ कि उनीहरूले हत्या गरेका रहेछन् । जसमा मेरो पनि संलग्नता छ भनेर प्रहरीले अभियोग लगायो,' उनले भने । प्रहरीले हत्यामा संलग्न भएको बयान दिन धेरै शारीरिक/मानसिक यातना दिएको रहेछ । 'उनीहरूको यातनाको अगाडि झुक्न बाध्य भएँ । त्यसपछि अदालतमा पेस गरियो । अदालतमा भाषाको समस्याले केही बोल्न सकिनँ । अनि मृत्युदण्डको सजाय पाएँ', उनले रुँदै सुनाए ।

अमरलाई दुई भारतीय नागरिकपछि मात्रै तेस्रो नम्बरमा मृत्युदण्ड दिने अदालतको फैसला छ । भारतीय सरकारको दबाबले अहिलेसम्म कसैलाई मृत्युदण्डको सजाय कार्यान्वयन नगरेको पाइयो । अहिले हत्यामा संलग्न दुई भारतीयले अमरको संलग्न नरहेको भन्दै माफी दिन अदालतलाई पत्र लेखेका छन् । 'हुन त हजारौं पटक मरिसकेको छु ।
कान्तिपुरबाट

देवकोटाजीसँग सुतेको रात

- फणीन्द्रराज खेताला
"घनघोर दुःख संसार जान भाइ नगरे घमण्ड कहिल्यै मर्नु छ हामीलाई ।" -तीर्थ माधव देवकोटा वि.सं. १९६६ साल कात्तिक महिना महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म महिना हो । सरस्वतीका वरद पुत्रका रूपमा कार्तिक कृष्ण औँसी अर्थात् दीपमालिका पर्व लक्ष्मीपूजाको दिन । काठमाडौँ डिल्लीबजार धोबीधाराका पण्डित तीलमाधव देवकोटाको घरमा एक बालकले जन्म लिए । ती बालकलाई जन्म दिने महिला थिइन् अमरराज्य लक्ष्मीदेवी । लक्ष्मी पूजाको पावन पर्वमा जन्मिएका आफ्ना बालक छोराको नाम पिताले लक्ष्मीप्रसाद राखे तर लक्ष्मी पूजाको दिन जन्मिएका भए पनि बालक त सम्बन्धका वरद पुत्र भएर पो जन्मिएका रहेछन् तर पनि ज्योतिषहरूको धूलौटे विचारमा बालक 'तीर्थ माधव' बने ।

 यसरी लक्ष्मी पूजाको दिन जन्मिएका तीलमाधव देवकोटाका साइँला छोरा त्रिवेणीका सङ्गम बने । यो देवकोटा परिवार शिष्ट परिवार थियो । त्यसैले बालक लक्ष्मीप्रसाद हुने बिरुवाको चिल्लोपात भने जस्तै दस वर्षका लक्ष्मीप्रसादले केही आदर्श, केही आध्यात्मिक मान दर्शाएर जुन एक श्लोक लेखेका थिए । त्यो देखेर पिता निकै प्रभावित भएका थिए होलान् ।

आयरल्याण्डबासी नेपालीहरु नेपालमा लगानी गर्न तत्पर

- एनआरएनए / आयरलेण्ड
 आयरल्याण्डमा रहेका नेपालीहरुले नेपालमा लगानीको उचित वातावरण बने आफुहरु लगानी गर्न चाहेको बताएका छन् । नव वर्ष २०६९ को अवसरमा गैर आवासिय नेपाली संघ आयरल्याण्डले डब्लिन स्थीत र्याडीसन ब्लु रोयल होटलमा बृहत सांस्कृतिक तथा शुभकामना आदान प्रदान कार्यक्रममा उक्त कुरा बताएका हुन् ।

गैर आवासिय नेपाली संघ (एनआरएन) का प्रमुख संरक्षक देवमान हिराचनले संसारभर छरिएर रहेका नेपालीको कमाईको सदुपयोग गर्न सकेमा नेपाल र नेपालीको विकासमा उल्लेखीय टेवा पुग्ने बताउनु भयो । सुरक्षित लगानी तथा उपयुक्त कार्यक्रमको पहिचान गर्दै म र मेरो होइन हामी र हाम्रो भन्ने भावना लिएर काम गर्न सकेमा जस्तोसुकै कठिन काम पनि सहज रुपमा सम्पन्न गर्न सकिने बताउनु भयो । त्यसका लागि एनआरएन ले अझै सशक्त भूमिका खेल्नुपर्ने खांचो औल्याउनु भयो । कार्यक्रमका सभाध्यक्ष तथा एनआरएन आयरल्याण्ड का अध्यक्ष गणेश प्रसाई ले एनआरएन आयरल्याण्ड विगतमा भएका कमी कमजोरीलाई सच्याउदै आयरल्याण्डमा रहेका सम्पूर्ण नेपालीको भावना समेट्दै अघि बढ्ने विश्वास दिलाउनु भयो । एनआरएन आयरल्याण्डका आईसीसी मेम्बर मन कुमार धमलाले धन्यबाद ज्ञापन गर्नु भएको थियो ।

नेपालमा साउदी दूतावासको काम मे महिनाबाटै शुरू हुने

- धरम के.सी., दमाम 
नेपालमा साउदी अरबको दूतावास खोल्ने साउदी सरकारको औपचारिक निर्णय भए लगत्तै गतः ७ अप्रिलमा साउदी सरकारको एक टोली नेपाल गई दूतावास खोल्नका लागि नेपाल सरकारका सम्बन्धित अधिकारीहरूसंग थप छलफल गरी दूतावास खोल्ने तत्कालिन र दीर्घकालिन ब्यवस्थापन मिलाएर गतः १४ अप्रिलमा साउदी फर्केको छ ।

साउदी अरबका लागि नेपाली राजदूत उदयराज पाण्डेयज्युले दिनुभएको जानकारी मुताबिक अब मई २०१२ मै साउदी दूतावासका काम काठमाडौबाटै हुनेभएका छन । यसका लागि साउदी सरकारले हाल हंगकंगमा कार्यरत एक कुटनैतिक अधिकारीलाई नेपालका लागि Charge D’ Af-faires मा नियुक्त गर्नेभएको छ । शुरूमा होटल सोल्टी क्राउन प्लाजाबाट साउदी दूतावासले काम गर्नेछ भने दूतावासका लागि केही महिनामै छुट्टै घर भाडामा लिइनेछ ।

दमाममा ४ महिला सहित १७ नेपाली अलपत्र, एनआरएनए साउदी अरबद्वारा उद्धार

- एनआरएनए / साउदी अरब 
अलपत्र नेपालीहरुलाई उद्दार गर्न पुग्नुभएका धरम के.सी (दायाँ) र पुरुषोत्तम श्रेष्ठ (बायाँ)
आज १८ अप्रिलमा दिउंसो १२ बजे रियाद बिमानस्थलमा अवतरण गरेका ४ महिला सहित १७ जना नेपाली कामदारहरू बेलुका ७.३० मा दमाम साब्ट्को बसपार्कमा आइ अलपत्र परे । रियाद बिमानस्थलमा रोजगारदाता कम्पनी (ImanCo.) नै लिन पुगेको, रियाद कार्यालयमा पुग्ने बित्तिकै सबैको मेडिकल जांच पनि गराइएको, सबैबाट पासपोर्ट लिइएको तर कुनै सम्झौता या अन्य कागजात नदिएर रियाद देखि दमाम सम्मको ४५० कि.मी.को यात्रा यी कामदारहरूलाई साउदी अरबको सार्बजनिक यातायात (SABTCO) माध्यमबाट गराइयो जसमा कम्पनीका कुनै पनि स्टाफ रहेनन् ।  

विश्व नेपाली साहित्य महासंघले मनायो नयाँ वर्ष पिएनएन टि.भी. को उद्घाटन

 - विनेसाम / साउदी अरब
विश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरेवियाको आयोजनामा नव वर्ष २०६९ सालको पावनअवसरमा शुभकामना आदान-प्रदान तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । साउदीअरेवियाको रहिमामा भएको उक्त कार्यक्रममा विश्व नेपाली साहित्य महासंघका विश्व केन्द्रिय समितिका अध्यक्ष साहित्यकार डा. मधु माधुर्यले अनलाइन मार्फत शुभकामना प्रदान गर्नुभएको थियो भने अनलाइन मार्फत प्राप्त कविता तथा रचनाहरु समेत वाचन गरिएको थियो ।

अनलाइन मार्फत इजराइलबाट भगवती बस्नेतले आफ्नो शुभकामनाका साथै गजल वाचन गर्नुभएको थियो भने दुर्गा खनालले शुभकामनाका शब्दहरु व्यक्त गर्नुभएको थियो । कवि सागर श्रेष्ठले आफ्ना कविताका हरफहरु वाचन गर्नुभएको उक्त कार्यक्रममा संस्थाका महासचिव जीवन थापा सहसचिव गणेश पाण्डे लगायतले शुभकामना तथा आ-आफ्नो मन्तव्य राख्नु भएको थियो ।

बुद्धको मावली खोज्न भवानीपुरमा उत्खनन्

भरत केसी / बुटवल
सिद्धार्थ गौतमबुद्धको जन्मस्थल लुम्बिनी बैद्धमार्गीहरुका लागि जति महत्वपूर्ण मानिन्छ त्यतिकै महत्वपूर्ण बुद्धलाई जन्म दिने आमा मायादेवी, उनलाई पालनपोषण गर्ने सानिमा गौतमी प्रजापति र उनकी धर्मपत्नी यशोधराको जन्मथलो मानिन्छ । तर, यस्तो महत्वपूर्ण क्षेत्र उनीहरुको जन्मथलो अहिलेसम्म पनि यकिन हुन सकेको छैन । मायादेवीको माइती अर्थात् बुद्ध मावली भनेर रुपन्देहीको देवदह क्षेत्रलाई दाबी गर्दै आए पनि यसको पुरातात्विक तथा प्राचीन प्रमाण अहिलेसम्म पनि फेला नपरेकाले यो नै बुद्ध मावली क्षेत्र हो भनेर पुष्टि भइसकेको छैन।

बुद्ध जन्मस्थल लुम्बिनी र शाक्य वंशको राजधानी कपिलवस्तुको तिलौराकोट दरबार क्षेत्र १०० वर्षअघि सन् १८९६ मा वास्तविकता पत्ता लगाइएको भए पनि बुद्ध मावली क्षेत्र पत्ता लगाउन अहिलेसम्म पनि उत्खनन् हुन नसक्दा वास्तविकता पत्ता लाग्न नसकेको हो।

बुद्ध धर्मग्रन्थ त्रिपिटकका अनुसार रोहिणी नदीदेखि पूर्व नारायणी नदीदेखि पश्चिमको भू-भाग तत्कालीन कोलियराज्य भएको इतिहासविद्हरुको भनाइ रहेको छ। यही अनुमानका आधारमा रुपन्देहीको भवानीपुर, कन्यामाई, खयरडाँडा, कुमारवर्ती, घोडाहा, बैरिमाई र बङ्गलाबङ्गली क्षेत्र कोलिय राज्यको दरबार क्षेत्र हुन सक्ने अनुमान गरी रुपन्देहीको देवदह क्षेत्रलाई बुद्ध मावली भएको अनुमान गरिँदै आएको छ। तर, उक्त कुरा उत्खनन पछि मात्रै पक्का हुन सक्ने पुरातत्वविद् प्रकाश दर्नाल बताउँछन्।

विनीता लामाको धम्की मलाई किन?

सूरज गिरी
म सुरज गिरी "हुमा" मिति २०६८ चैत्र २८ गतेको विनीत लामाको धम्कीले म स्तभ्ध भएँ। लेख्नु मेरो सौख हो म लेख्छु गल्तीको बारेमा पनि लेख्छु र सच्चाइमा छुपेको कुकृत्य पनि लेख्छु विरोधीको बारेमा पनि लेख्छु र आफन्तको बारेमा पनि लेख्छु। लेख्नु मेरो रहर हो र म लेखलाई आफ्नो जीवनको एउटा बलियो पगेडा हो भनि ठान्दछु।

कहिले कुनै पत्रिकाको कुरालाई लिएर लेखें किनकी उसले कसैको रिस र रोस प्रकट गर्दा नेपालमा प्राक्टीकलको लागी हुनुर्ने कुरा माथि नै बन्देज लगाउनु पर्ने कुरालाई छर्लङग पारेको थियो। कहिले कहिले व्यक्तिको कुरालाई सम्झाउँदै लेखे। सार्थकता यो भन्ने मेरो दिमागले सोच्यो भने म लेख्छु तर मेरो लेखमा सत्यता हुन्छ भन्ने मलाई लाग्छ। विभिन्न मिडियामा काम गर्ने कर्मचारीदेखी लिएर साहित्यकार तथा साहित्यप्रेमीहरुलेखेका अरु थुप्रै लेख र रचना अनी कथा कविता म पनि पढ्छु। कतिपय लेखकहरुले चित्त बुझ्ने लेख लेख्छन् जसबाट साँच्चै नै उक्त शिर्षक भित्र लुकेको कुनै सच्चाइले मनलाई झिंझोट्छ। अहिलेको मेरो लेख भनेको नेटवर्कसंग सम्बन्धीत भएर गयो। २०६८ चैत्र १५ गतेदेखी जब नेपालमा नेटवर्क व्यावसायलाई प्रतिवन्ध लगाइने आदेश जारी भयो तब देखी मैले नेटवर्कको बारेमा लेख्दै आइरहे।

नेपाली दूतावासद्वारा प्रेस विज्ञप्ति जारी

- विष्णु प्रसाद चापागाई
साउदी अरबमा रहेको नेपाली दूतावासले आज एक प्रेस विज्ञप्ति जारी गरेको छ । अस्ति चैत २४ अर्थात अप्रिल ६/२०१२ मा नेपाली दूतावासकै आयोजनामा साउदी अरबको पूर्वी शहर दमाममा "नेपाली कामदारहरुका समस्या र समाधानका उपाय"  विषयक बृहत अन्तर्क्रिया कार्यक्रम समापन भएको थियो । यसै कार्यक्रममा सहभागी प्रतिनिधि र पीडित कामदार मार्फत निस्किएका श्रमिक समस्या र छलफलद्वारा भएको समस्या समाधानका उपाय र निस्कर्षलाई नेपाली दूतावासले सकारात्मक लिएको भन्दै यो विज्ञप्ति जारी गरेको हो ।

के के लेखिएको छ त प्रेस विज्ञप्तिमा ? हेर्नुहोस् -

कामदारका लागि नेपाली दूतावास

- विष्णु प्रसाद चापागाई, दमाम
चैत्र २४/ साउदी अरब स्थित नेपाली दूतावासको आयोजनामा साउदीको पूर्वी क्षेत्र दमाममा "साउदीमा नेपाली कामदारहरुको समस्या र समाधानका उपाय" विषयमा बृहत तथा ऐतिहासिक अन्तरक्रिया सम्पन्न भएको छ । साउदी अरबमा रहेका नेपाली श्रमिकहरुले भोग्दै आएका प्रमुख समस्याहरुलाई प्रतिनिधिबाट र पीडितकै आवाजबाट सुन्न र समाधानका लागि दूतावासले के-के गरिरहेको छ ? कति गर्न बाँकी छ ? बाँकी योजनालाई कसरी उत्कृष्ट ढंगले लैजान सकिन्छ ? वा पीडितलाई कसरी छिटो न्याय दिलाउन सकिन्छ ? भन्ने उद्देश्य अनुसार दूतावासले यो ऐतिहासिक कार्यक्रमको आयोजना गरेको हो ।

महामहीम राजदूत उदयराज पाण्डे, नियोग उपप्रमुख हरिश्चन्द्र घिमिरे, श्रम सहचारी चण्डेश्वर आचार्यको प्रत्यक्ष उपस्थितिमा पीडित व्यक्तिहरु, पत्रकार, रोजगारदाता कम्पनीका नेपाली प्रतिनिधिहरु तथा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरुले उल्लेख्य सहभागिता जनाउँदै आआफ्नो क्षेत्रमा देखिएका समस्या तथा समाधानका उपायहरुलाई छर्लङ्ग पार्नुभएको थियो ।