- बिमल गौतम, रियाद
यसो गमेर हेर्दा कमरेड प्रकाश बढो क्रान्तिकारी लाग्यो । उन्ले यो सरकार र आफ्नै पार्टी बिरुद्ध क्रान्तिकारी छलाङ जो मारे नमारुन् पनि किन ? जस्ले शान्ती कायम गर्न र संबिधान जारी गर्न ज्यान र धन (धन जुटाउन खेपेको सास्ती थाहै छ) को बाजी राखेर सगरमाथा चुम्यो फर्किदा आफ्नै पर्टीका मुखिया बाबु प्रचन्ड को फड्के साक्षिमा प्रधानमन्त्री अङ्कल बाबुराम ले न शान्ती बचाइ दिए न सम्बिधान बनाए बरु दूबै सम्भावना लाई समाधिस्त गरिदिए ।
ज्येष्ठ १४ को कुसाइत पारेर एकल पहिचान सहितको जातीयराज्यको नाममा । प्रकाश ले गम्खाए इकाईतेहरुलाई झड्का दिन बैद्य जस्तो पार्टी फुटाउन पनि नसक्ने कमरेड प्रकाशले झै घुर्क्याउन पनि नसक्ने न त हिसिला यमीले झैं नै सरकार घुमाउन सक्ने, जुक्ती निकाले सगरमाथा चढेको चिनो बाचुन्जेल छातीमा टाँस्ने र सरकार र आफ्नै पार्टिलाई प्रचन्ड झट्का दिएर एक तीरले दुई शिकार गर्ने । बहुपहिचान सहितको राज्यको पक्षमा अन्तर जातिय विवाह गरी घर भित्रकै एकल जातिय पहिचान लाई बहुजाती पहिचान दिने र सगरमाथा आरोहण को चिनो सधैं छातीमा टास्ने । हेर्नुस् त प्रकाशको पलान-क्रान्तिकारी छ्लाङ ।
अस्तुऽऽऽऽऽऽऽऽऽऽ ।
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।