- रवीन्द्र पुरी
इतिहास पढ्दा थाहा हुन्छ, करबि ४ सय ५० वर्ष पहिले गोरखा आँपपीपलको अग्लो डाँडामा लिगलिगकोटको दरबार थियो, जहाँ लहरै सैनिकहरू उभिएका हुन्थे। उनीहरू परेड खेलेको आवाज तल बेँसीसम्मै सुनिन्थ्यो। त्यहाँ राजा थिए, तिनका मन्त्रीहरू थिए र थियो, कालिकाको मन्दिर। त्यहीँबाट शासन चल्थ्यो र प्रजा राजाकहाँ बिन्ती बिसाउन जान्थे।
दरबारको फेदीमा रहेको चेपे खोलामा धेरै पानी बगिसकेको छ। अहिले त्यस दरबारमा न सेना छन्, न त मन्त्री र कुनै राजा नै। कोटभित्र रहेको कालिकाको थानमा दर्शनार्थीसमेत ज्यादै कम आउँछन्।
तल फेदीबाट झन्डै आधा घन्टाको बाटो हिँडेर हरेक बिहान एक पूजारी कोटमा पुग्छन्। उनीसँग दुई जना बाजा बजाउने पनि हुन्छन्। तीमध्येका एक हुन्, पुर्खौंदेखि कर्नाल बजाइरहेका सन्तोषी दर्जी। उनी त्यसै कामका लागि हरेक बिहान लिगलिग कालिका आउँछन् । तर, पुस्तैनी नगरा बजाउने जिम्मेवारी पाएका रामजी परयिार भने टाइफाइडले थला परेर अस्पतालमा भर्ना भएका रहेछन्। पुर्खादेखि चलिआएको चलन रोक्नु पनि भएन। त्यसैले केही दिनयता रामजीले कक्षा ५ मा पढ्ने आफ्ना छोरा सूर्य, १६, लाई परम्परा जोगाउन खटाएका छन्।
झन्डै आफूजत्रै नगरा बोकेर सूर्य लिगलिगकोट पुग्छन् र सन्तोषीको कर्नालको धुनमा ताल मिलाउँछन्।
बाजा बजाउने पात्रहरू फेरएि पनि साढे चार सय वर्षदेखि लिगलिगकोटमा हरेक दिन बाजा बजेकै छ। १३ वर्षदेखि मन्दिरका पूजारी बनेका ठाकुरप्रसाद न्यौपानेको दैनिकी पनि लिगलिगकोटको वरिपरि घुमेको छ। सानो कोक्रो झुन्ड्याएर, एक हातमा झिंगटी र अर्को हातमा पुरानो र कुच्चिएको पित्तलको अम्खोरा बोकेर चप्पल पड्काउँदै उनी मन्दिरमा पूजा गर्न आइपुग्छन्। पहिलो शाहवंशीय राजा द्रव्य शाहका पालादेखि यहाँ पूजाको चलन सुरु भएको हो। पूजा सकिएपछि पूजारीले मन्दिरको ढोकाबाहिर रहेको एउटा ठूलो ढुंगामा टाढैबाट टीका फ्यात्त फालिदिन्छन्। आडैमा रहेका सन्तोषी बिस्तारै पाइला चाल्छन् र टीका टिपेर निधारमा लगाउँछन्। भन्छन्, "वर्षैादेखि यहाँको चलन यस्तै छ।"
हरेक दिन मन्दिरबाहिर टुक्रुक्क बसेर कर्नाल फुक्न सन्तोषीलाई औधी आनन्द लाग्छ। उनले बजाउने कर्नाल द्रव्य शाहकै पालाको रहेछ। इतिहासको नासो आफूसँग भएकामा उनी गर्व पनि गर्छन्। त्यही भएर त ऐतिहासिक सामानहरूको खरदि-बिक्रीमा लागेकाहरूले ठूलै पैसाको लोभ देखाउँदा पनि उनी कर्नाल बेच्न राजी भएनन्। भन्छन्, "पुर्खाको नासो बेच्नु त पाप हो।"
चेपे खोलाको किनारबाट सुरु भएको दौड जितेर द्रव्य शाह राजा नभएका भए उनैका वंश पृथ्वीनारायण शाहले सायद नेपाल एकीकरण गर्ने अवसर नपाउन सक्थे। तर, लिगलिगकोटको महत्त्व यतिमा मात्रै सीमित छैन।
लिगलिगकोटमा रहेका पाँचवटा गढीमध्ये अहिले कालिका मन्दिर, जमरा घर, मूल दरबार र एउटा गढी मात्रै चिन्न सकिने अवस्थामा छन्। मूल दरबारभित्र भारदारी सभा बस्ने ठाउँ, द्रव्य शाहको राज्यारोहण भएको स्थान र बन्दुक तथा धनुषबाण हान्न मिल्ने गरेर बनाइएका प्वाल अझै पनि देख्न सकिन्छ। तर, उदेकलाग्दो कुरा, गढी घेरएिका ढुंगा चोरी गरेरै आँपपीपलमै झन्डै ५० घर बनिसकेका स्थानीय बासिन्दाको भनाइ छ।
पर्यटन मन्त्रालयको सहयोगमा अहिले लिगलिगकोटलाई 'पिकनिक स्पट' बनाउने तयारी भइरहेको रहेछ। सम्पदा र इतिहाससँग गरएिको खेलवाडको पराकाष्ठा हो यो।
ऐतिहासिक धरोहरको सर्वनाश गर्न स्वयं सरकारै लागेको उदाहरण हो यो। शाहवंशको इतिहास सुरु भएको स्थललाई संरक्षण गर्नुपर्नेमा मूल दरबारभित्र रहेको दसैँको जमरा राख्ने स्थान भत्काएर त्यही ठाउँमा पिकनिक थलो बनाउने तयारीले स्थानीयवासीलाई पनि असन्तुष्ट गराएको छ। पर्यटन मन्त्रालयमातहतको पोखरास्थित पर्यटन कार्यालयका प्रमुख गिररिाज ढकालका अनुसार लिगलिगकोटमा १० लाख रुपियाँको लगानीमा पिकनिक स्पट, विश्रामगृह, उपवासगृह र स्वागतघर बनाउन लागिएको हो। ढकाल भन्छन्, "लिगलिगकोटको इतिहास संरक्षण गर्ने कामको जिम्मेवारी पर्यटन मन्त्रालयको होइन। त्यो काम पुरातत्त्व विभागले गर्ने हो।"
पुरातत्त्व विभागले यस स्थानको संरक्षण गरेको भए यो सम्पदालाई पिकनिक स्थलमा परविर्तन गरनिे थिएन। तर, पुरातात्त्विक महत्त्वको यो धरोहरलाई संरक्षण गर्ने स्थानीय बासिन्दाको पछिल्लो प्रयास भने प्रशंसनीय छ, जुन सरकारी कुप्रयासलाई गतिलो झापड पनि हो।
अहिले यहाँ स्थानीय बासिन्दाको प्रयासमा लिगलिगकोट विकास अभियान सुरु भएको छ। यही प्रयासस्वरूप दुई वर्षयता हरेक वर्ष दसैंको पञ्चमीमा चेपे खोलाको किनारदेखि लिगलिगकोटसम्मको दौड प्रतियोगिता सुरु गरएिको छ। अभियानका अध्यक्ष गेहेन्द्र राना भन्छन्, "द्रव्य शाहकै पालाको जस्तो झल्को आओस् भनेर यस्तो अभियान थालेका हौँ। स्रोत र साधनको अभावमा अरू केही गर्न सकिएको छैन।"
अग्लो डाँडामा अवस्थित लिगलिगकोटको मूल दरबार र अन्य दरबारलाई मात्रै जोगाउने हो भने पनि यो नेपालकै सबैभन्दा सुन्दर ऐतिहासिक ठाउँ बन्न सक्छ। किनभने, बौद्ध, मनास्लु र गोर्खाजस्ता स-साना हिमालको मनोरम दृश्य देख्न सकिने लिगलिगकोट ऐतिहासिक र प्राकृतिक दुवै रूपमा सुन्दर छ। सरकारको बेलैमा आँखा खुलोस्।
नेपाल साप्ताहिकबाट
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।