पाँच तारे होटलको कुक प्रतियोगितामा नेपाली सर्बोत्कृट

- निमकान्त पाण्डे , अबुधावी
२१ फागुन, युएर्इमा भएको पाँच तारे होटलको कुक प्रतियोगितामा आइतवार एक नेपाली सर्बोत्कृष्ट भएका छन् । युएर्इमा भएको पाँच तारे होटलहरुको गल्फको खाना बनाउने प्रतियोगितामा विश्वकै चर्चित एटलान्टिक होटल दुबईको पाम जुमेरा होटेलमा कार्यरत गुल्मी हर्मीचौर-४, का भोलानाथ पाण्डेले सर्बोत्कृट भएका हुन् । 

प्रतियोगिता अनुसार पहिलो परिकार १ घण्टामा ४ वटा पिलेटमा तयारी खानालाई कुनै पनि फरक छुट्टाउन नसकिने गरि सजाएर राखिने इमराती कुजिन ब्रियानी (माले ब्रियानी) थियो। दोश्रोमा बिफबाट अनेक किसिमका स्वादिष्ट परिकारहरु र तेश्रोमा कुखुरा र माछालाई काटेर हड्डी, काँडा, छालालाई भिन्न गरि केवल मासु मात्र २० मिनटमा भाग-भाग गरि गल्फ बुचुरी सेक्सनबाट सर्बौत्कृट भएका थिए । 

गल्फबाट सहभागी सबै देशका पाँच तारे होटेलका कुकमेनहरुलाई उछिन्दै उपाधि उचालेका हुन् । अब उनले पुरस्कार स्वरुप जर्मनको लागि १ हप्ताको भ्रमण गर्न पाउने भएका छन् भने होटेलबाट सम्मान तथा नगद रकम पनि पाप्त गर्ने छ्न् ।

No comments:

Post a Comment

- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।