कामदारका लागि नेपाली दूतावास

- विष्णु प्रसाद चापागाई, दमाम
चैत्र २४/ साउदी अरब स्थित नेपाली दूतावासको आयोजनामा साउदीको पूर्वी क्षेत्र दमाममा "साउदीमा नेपाली कामदारहरुको समस्या र समाधानका उपाय" विषयमा बृहत तथा ऐतिहासिक अन्तरक्रिया सम्पन्न भएको छ । साउदी अरबमा रहेका नेपाली श्रमिकहरुले भोग्दै आएका प्रमुख समस्याहरुलाई प्रतिनिधिबाट र पीडितकै आवाजबाट सुन्न र समाधानका लागि दूतावासले के-के गरिरहेको छ ? कति गर्न बाँकी छ ? बाँकी योजनालाई कसरी उत्कृष्ट ढंगले लैजान सकिन्छ ? वा पीडितलाई कसरी छिटो न्याय दिलाउन सकिन्छ ? भन्ने उद्देश्य अनुसार दूतावासले यो ऐतिहासिक कार्यक्रमको आयोजना गरेको हो ।

महामहीम राजदूत उदयराज पाण्डे, नियोग उपप्रमुख हरिश्चन्द्र घिमिरे, श्रम सहचारी चण्डेश्वर आचार्यको प्रत्यक्ष उपस्थितिमा पीडित व्यक्तिहरु, पत्रकार, रोजगारदाता कम्पनीका नेपाली प्रतिनिधिहरु तथा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरुले उल्लेख्य सहभागिता जनाउँदै आआफ्नो क्षेत्रमा देखिएका समस्या तथा समाधानका उपायहरुलाई छर्लङ्ग पार्नुभएको थियो ।

कार्यक्रमको उद्घाटन गर्नुहुदै महामहीम राजदूत उदयराज पाण्डेज्यूले कार्यक्रमको अबधारणा र उद्देश्यहरु बताउनु भयो । श्रमिक समस्याहरुको उचित समाधानका लागि चाँडोभन्दा चाँडो काठमाण्डौमा साउदी दूतावास खोली देखिएका समस्याप्रति तीब्र समाधानमा सहजता ल्याउने, तलब सुविधा बृद्धी गर्ने, मृत्यु भएका नेपालीहरुको शब चाँडो नेपाल पुर्याउने, चरम शोषण र विचल्लीमा परेका महिलाहरुलाई छिटो घर पठाउने आदि दूतावासको नीतिगत योजना अनुसार कार्यक्रमहरु गर्दैरहेको जनाउनुभयो । दूतावासले मात्र पहल गरेर साउदीमा रहेका ६ लाख नेपाली श्रमिकहरुको समस्या समाधानका लागि सफलता प्राप्त गर्न नसकिने हुनाले विभिन्न संघसंस्थाका प्रतिनिधिले खुलेर आवाज उठाउनुपर्ने र उहाँहरुकै सहकार्यमा कामहरु चुस्त दुरुस्त र व्यवहारिक बनाउन सकिने बताउनुभयो ।

संस्थागत प्रतिनिधित्व गर्दै गैरआवासीय नेपाली संघ साउदीका अध्यक्ष श्री धरम के. सी. ज्यूले बुँदागतरुपमा श्रमिकका समस्याहरु र समाधानका उपाय देखाउँदै ९ बुँदे बिश्लेषनात्मक कार्यपत्र प्रस्तुत गर्नुभयो ।
समस्या प्राप्त हुने श्रोतहरुको आधारमा समास्याहरुलाई बर्गीकरण गर्दै उपनियोग प्रमुख हरिश्चन्द्र घिमिरेले नेपाली कामदारका समस्याहरुलाई सहज ढंगबाट प्रस्तुत गर्नुभएको थियो । नेपालमा रहेका मेनपावरहरुले श्रमिकका लागि एकभन्दा बढि करारपत्र बनाइ पठाउने आफ्नो योग्यताभन्दा फरक प्रकृतिको काम दिने रोजगारदाता वा उसकै प्रतिनिधिले कामदारलाई एयरपोर्टमा लिन नजाने र यसको फाइदा अर्को दलालले उठाउदै उतैबाट भगाएर गैरकानूनी काममा लगाउने आदि जस्ता समस्याहरुलाई ११ बुँदामा वर्गीकरण गरी सहभागीमाझ प्रस्तुत गर्नुभएको थियो ।

उपनियोग प्रमुख हरिश्चन्द्र घिमिरेले प्रस्तुत गर्नुभएको पूर्ण विवरणः

यसैगरी चण्डेश्वर आचार्यले विभिन्न सरकारी आयोग तथा मन्त्रालयमा आफ्नो ३२वर्षे कार्यकालको लामो अनुभवबाट तयार पार्नुभएको प्रतिवेदनलाई नेपालको भौगोलिक हिसाबले विदेशीएका नेपालीहरुको अवस्थालाई बुँदागत गर्दै करिब ४५ मिनेट लामो प्रस्तुतीमा आप्रवासनको इतिहास नेपालमा रोजगारी र श्रमको स्थिति राष्ट्रिय अर्थतन्त्रमा बैदेशिक रोजगारको योगदान श्रम समस्या समाधानमा दूतावासको पहल आदि प्रमुख विषयवस्तुलाई सचित्र वर्णन गर्नुभयो ।

चण्डेश्वर आचार्यले प्रस्तुत गर्नुभएको सचित्र विवरणको पूर्णपाठः 
उक्त कार्यक्रममा श्रमिकहरुका समस्याहरुलाई विभिन्न भागमा वर्गीकरण गर्दै यसउपर छलफल गर्नको लागि छुट्टाछुट्टै प्रतिनिधि टोली गठन गरी सोही अनुसार समाधानका उपायहरु निकाली दूतावाससमक्ष उक्त अन्तरकृया कार्यक्रममै प्रस्तुत गरिएको थियो ।
हेरौं न त श्रमिकका बर्गीकृत समस्याहरु पनिः
अन्त्यमा, कार्यक्रममा उठेका विषयवस्तुहरुलाई दूतावासले समष्टीगतरुपमा पहल गर्ने जनाउँदै राजदूतले भन्नुभयो “गलत कार्य गर्ने/गराउने नेपाली तथा साउदीलाई कारवाही गर्न सक्ने क्षमता दूतावासमा रहेको छ र कारबाहीलाई प्रभावकारी बनाउन साउदी गभर्नरसँग सहकार्य गरिरहेको छ ।” भर्खरैमात्र साउदी सरकारसँग भएको सम्झौता अनुसार पाउने रकममध्येबाट १ अर्ब ६० करोड बजेट नेपालका पाँचै विकासक्षेत्रमा प्रशिक्षण केन्द्र स्थापना गर्ने र साउदीबाट नै सम्बन्धित कामका बिभिन्न उपकरणहरू र विज्ञहरुलाई प्रशिक्षकको रुपमा पठाएर नेपालबाट अन्तराष्ट्रिय स्तरको दक्ष जनशक्ति उत्पादन गराउने लक्ष्य रहेको बताउँदै राजदूत पाण्डेले कार्यक्रमको समापन गर्नुभयो ।
कार्यक्रमको फोटो फिचर (Photo Source: Dharam KC)
 

 






3 comments:

  1. Good report, good coverage, well done Bishnu ji

    ReplyDelete
  2. Good report, good coverage, well done Bishnu ji

    ReplyDelete
    Replies
    1. यहाँहरुको सहयोग र सद्भावले नै आज यहाँसम्म आइपुग्न सफल भएको छु । आगामी दिनहरुमा यो ब्लग संचालनको लागि यहाँको सल्लाह सुझाव तथा प्रतिकृयाहरुको अपेक्षा राख्दछु । अझ सृजनशिल बनाउन प्रेरित बनाउने यहाँको यो मिठो प्रतिकृयाको लागि धन्यवाद ।

      Delete

- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।