- योगेन्द्र गिरी, रियाद
बैदेशिक रोजगारीको सिलसिलामा नेपालका के.एल. म्यानवापर बिजुली बजार, ए.एन.एस. म्यानपावर गैह्रीधारा र के.वि.एल. म्यानपावर रियादबाट साउदी अरवको राल ईन्टरनेश्नल कम्पनीमा २ वर्षको लागि महिनाको ८०० रियाल तलव भनि सम्झौता पत्रमा दस्तखत गरेर गएका नेपालीहरु ३ वर्षसम्ममा पनि ६०० रियालमा काम गर्नु परेको छ । उनीहरुले पटक पटक सम्झौता बमोजिमको तलव माग्दा पनि नदिएको उनीहरुको गुनासो छ ।
साउदी अरवमा यसरी ३ वर्ष बसेर पनि उनीहरु नेपाल फर्कन नपाउँदा छट्पटाई छट्पटाई दिन काट्ने गरिरहेका छन् । साँच्चै भन्नु पर्दा उनीहरुले अहिलेसम्म भगवान र आमा बाबाको नाम जपेर कहिले नेपाल फर्कन पाईने हो भनेर दिन काट्न बाध्य भईरहेका छन् । नेपालीहरुको महान चाड बडा दशै नजिकिदै गर्दा उनिहरुलाइ आफ्नो घरको यादले अझ सताइरहेको र यसपालीको दशै आफ्नै घरमा परिवार परिवार सँग मनाउने सपना फेरी सपनामै सिमित हने होकी भनेर चिन्तित रहेको उनिहरु बताउँछन् ।
उनीहरुलाई कम्पनीले बस्नको लागि राम्रो ब्यवस्था पनि गरेको छैन । अत्यन्तै दयनिय रहेको छ । उनीहरुलाई उक्त कम्पनीले गाई भैंसीलाई राख्ने गोठमा भन्दा फरक नपर्ने किसिमले राखेका छन् । सम्झौता पत्र अनुसारको २ बर्षा करार अवधि भन्दा एक वर्ष बढी काम गरी सक्दा पनि कम्पनीले फिर्ता पठाएको छैन ।
उनीहरुले नेपालका म्यान पावरहरुलाई पटक पटक फोन गरी हामी नेपाल आउन चाहन्छौं फिर्ता बोलाई दिनुहोस् भन्दा समेत १० दिन पर्ख १५ दिन पर्ख भनेर एक बर्ष बिताई सकेका छन् । उक्त कम्पनीले उनीहरुको मानव अधिकार र श्रम शोसन गरिरहेका छन् । उनीहरुको कसले उद्धार गर्ने सम्बन्धित म्यानपावरहरुले अथवा सरकारले ? आज यो एउटा गम्भिर बिषय बनेको छ । यो त एउटा सानो उदाहरण मात्र हो साउदी अरबमा यस्ता अनगिन्ती ब्यक्तिहरु अलपत्र अवस्थामा रहेका छन् । बर्षौंसम्म आफ्नो परिवारको अनुहार हेर्न समेत नपाउँदा कतिले आत्महत्या समेत गर्न बाध्य भएका छन् । यसको लागि नेपाल सरकारले पनि कुट्नैतिक पहल गरी उद्धार गर्नु पर्ने अवस्था श्रृजना भएको छ ।
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।