नेपालको कपिल म्यानपावर कम्पनीको ठगी, लापर्बाही, बेइमानी र गैरजिम्मेवारीपनका कारण बिगत ३ महिनादेखि ठूलो मानसिक तनाव र चिन्ता, शारीरिक यातना र दोहोरो अर्थिक क्षति ब्यहोर्दै आएका मोरङ डांगीहाट – ३ का होमनाथ बास्कोटाले आज २४ जुनमा बल्ल स्वदेश फर्किन पाएका छन । नेपाली दूतावास रियादको कुटनैतिक तथा प्रशासनिक पहल तथा एनआरएनए साउदी अरबको केही आर्थिक, नैतिक र सामाजिक सहयोग पश्चात उनको स्वदेश फिर्ती सम्भव बनेको हो ।
गतः शुक्रबार २२ जुनका दिन एनआरएनए साउदी अरबको कल्याणकारी कोषबाट सहयोग स्वरूप काटिएको हवाई टिकट पीडित होमनाथलाई हस्तान्तरण गर्दै एनआरएनए कतिफ स्थानिय लेबर टास्क फोर्स कमिटीले आयोजना गरेको एक परिचयात्मक तथा छलफल कार्यकममा एनआरएनए एनसिसी साउदी अरबका अध्यक्ष धरम के.सी.ले भन्नुभयो “होमनाथ खाडी क्षेत्रमा म्यानपावर कम्पनीहरूबाट पीडित हजारौं नेपाली श्रमिकहरूका प्रतिनिधी पात्र हुन, होमनाथहरूलाई पीडित र बिचल्ली पार्नमा स्वयम बैदेशिक रोजगार बिभागका कर्मचारी पनि दोषी छन, यसैले यो केशमा पीडितले न्याय र पूर्ण क्षतिपुर्ति पाउंछन या पाउंदैनन्, दोषी म्यानपावर कम्पनी र बिभागका सम्बन्धित कर्मचारीलाई के कस्तो कानूनी कार्बाही हुन्छ या हुंदैन भन्ने कुराको उत्सुकताका साथ अनुगमन गर्ने बताउंदै बैदेशिक रोजागार बिभागलाई एनआरएनए साउदी अरबका तर्फबाट लेखिएको पत्र त्यहां उपस्थित पचासौं कामदारहरू माझ बाचन गरी सुनाउनुभएको थियो।”
सोही अवसरमा पीडित होमनाथले एनआरएनए साउदी अरबले पुर्याएको निकै महत्वपुर्ण सहयोगका लागि आंफू यस संघप्रति आभारी र कृतज्ञ रहेको र नेपाल फर्केपछि आफ्ना लागि मात्र नभई अरूहरूले पनि आंफूले जस्तो दुख र बिचल्ली ब्यहोर्नुनपरोस भन्नका लागि केही पहल अवश्य गर्ने र सो का लागि आबश्यक परे प्रधानमन्त्री र अख्तियार दुरूपयोग निबारण आयोगसम्म पुग्ने बताउनुभयो ।
बैदेशिक रोजगार बिभागलाई लेखिएको पत्रः
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।