विनीता लामाको धम्की मलाई किन?

सूरज गिरी
म सुरज गिरी "हुमा" मिति २०६८ चैत्र २८ गतेको विनीत लामाको धम्कीले म स्तभ्ध भएँ। लेख्नु मेरो सौख हो म लेख्छु गल्तीको बारेमा पनि लेख्छु र सच्चाइमा छुपेको कुकृत्य पनि लेख्छु विरोधीको बारेमा पनि लेख्छु र आफन्तको बारेमा पनि लेख्छु। लेख्नु मेरो रहर हो र म लेखलाई आफ्नो जीवनको एउटा बलियो पगेडा हो भनि ठान्दछु।

कहिले कुनै पत्रिकाको कुरालाई लिएर लेखें किनकी उसले कसैको रिस र रोस प्रकट गर्दा नेपालमा प्राक्टीकलको लागी हुनुर्ने कुरा माथि नै बन्देज लगाउनु पर्ने कुरालाई छर्लङग पारेको थियो। कहिले कहिले व्यक्तिको कुरालाई सम्झाउँदै लेखे। सार्थकता यो भन्ने मेरो दिमागले सोच्यो भने म लेख्छु तर मेरो लेखमा सत्यता हुन्छ भन्ने मलाई लाग्छ। विभिन्न मिडियामा काम गर्ने कर्मचारीदेखी लिएर साहित्यकार तथा साहित्यप्रेमीहरुलेखेका अरु थुप्रै लेख र रचना अनी कथा कविता म पनि पढ्छु। कतिपय लेखकहरुले चित्त बुझ्ने लेख लेख्छन् जसबाट साँच्चै नै उक्त शिर्षक भित्र लुकेको कुनै सच्चाइले मनलाई झिंझोट्छ। अहिलेको मेरो लेख भनेको नेटवर्कसंग सम्बन्धीत भएर गयो। २०६८ चैत्र १५ गतेदेखी जब नेपालमा नेटवर्क व्यावसायलाई प्रतिवन्ध लगाइने आदेश जारी भयो तब देखी मैले नेटवर्कको बारेमा लेख्दै आइरहे।

आजसम्मको उतार चढावमा नेटवर्कले नेपालमा थुप्रै यस्ता व्यवसायीहरुलाई आश्रय दियो र तिनले थुप्रै व्यवसाय गरिसके पश्चात खारेजी गरियो। फेरी अर्को आयो गयो अर्को आयो गयो। यसरी आउने र जाने क्रमले नेपालका थुप्रै समुदाय व्यक्ति र जनताहरुलाई आर्थिक रुपमा कंगाल बनाएर गयो। जब नेपालमा नेटवर्क व्यवसाय ठीक थिएन भने किन यसलाई सुचारु गर्ने दिइयो र जब मौलाउदै गयो फेरी किन यसमा रोक लगाइयो यसको सत्य तथ्य कुराहरुले मलाई झिंझाइ रहेको थियो। म पनि युनिटी लाईफ ४५ हजारको सदस्यता बनेको १० दिनमा युनिटी बन्द हुँदाको पिडक हुँ। म ग्यास्टीकको विमारले बेला बेलामा रुन्थें मेरो परिवारका केही सदस्यलाई नशाको समस्याले खुट्टा दुख्ने गर्दथ्यो। म युनिटीमा ५ लाखको लोभले लागेको होइन कि मेरो आफ्नै हितैषि साथीले २ वर्षदेखि लगातार कुरा राख्दै आएको र साथीत्वको हैषियतले पनि विश्वास गर्नु पर्छ भनी मलाई भन्दै आएकोले मैले घरमा लगाउने लगानी युनिटीमा लगाउन पुगें त्यसको परिणाम भयो जुवामा हारेको व्यक्ति जस्तै।

आफ्नो शारिरको समस्याले म डाक्टरको दबाइ लिदा लिदा हैरान थिएँ। ग्यास्टीकको समस्याले गर्दा विदेशमा मैले उपचार गराउन नसकेर आफ्नो देश फर्किएँ। तत्पश्चात यो हर्बो इन्टरन्यासनलले विक्री वितरण गर्दै आइरहेको ग्रीन टीको बारेमा मैले यदाकता सुन्न पाएँ। सुरुमा मैले बिना सदस्यको ग्रीन टी १ हप्ता पिएँ त्यसबाट मलाई निकै राहत भएको जस्तो लाग्यो। पहिलाको तुलनामा कब्जीयत हुने खाना खान मन नलाग्ने आलश्य हुने समस्याबाट जब राहत मिल्यो मैले १००० को ग्रीन टी पिउनु डाक्टरको ओखती खर्चभन्दा सयौं गुणा सस्तो लाग्यो।

मैले कसैलाई कुनै सदस्यताको लागी सिफारिस पनि गरिन र भनेको पछि छैन। म कसरी ठीक भएँ भन्ने बारेमा कसैले सोध्छ भने उसलाई भन्छु कि मलाई ग्रीन टीको सेवनले ठीक भयो तर हर्बोको सेवनले होइन। हर्बो त केवल त्यसको बस्तु पाउने माध्यम मात्र थियो। कसैले चाहाना राख्छन् भने किनेर दिन्छु नगरे म चुप लागेर बस्छु।

मेरो समस्यालाई समाधान गर्ने ग्रीन टी अब नेपालमा कस्ले र कहाँ अनी कसरी मसम्म ल्याइपुर्‍ याउला भन्ने सोचाइमा डुबी रहन्छु त्यसैले मैले दुइ चार शब्द कोरेर ग्रीन टीको बारेमा भन्दै नेपालमा नेटवर्कको कानुन शिघ्रातीशिघ्र बनोस र यस्ता बस्तुहरुलाई नेपाली बजारमा हरेक नेपालीको दैनिक आहार विहारमा प्रयोग गराइयोस अनी विदेशमा बस्ने नेपाली तथा विश्वबजार मै हाम्रो नेपाली जडिबुटीबाट तयार भएको ग्रीन टीलाई नेटवर्क मार्फत विक्री वितरण गरी देशलाई आर्थिक उन्नती तर्फ उन्मुख गराउँ भन्ने चाहाना मात्रै हो। कतिपय मित्रहरुले १२ कक्षामा पढ्नु पनि भयो होला नेटवर्क माकेटिङ्गको विषयवस्तुको बारेमा। पढाइलाई शिक्षा हाँसिलको रुपमा मात्रै नलिएर यसलाई व्यवहारमा प्रयोग गर्नको लागी प्राक्टिकल हुनु जरुरी छ तर नेपालमा शिक्षा मात्रै छ यसलाई प्रयोग गर्ने विधि भने कानुनको खाँचोमा किताबका पानामा मात्रै टाँस्सीएर रहेको छ। यदि नेपालले यो व्यवसायलाई थेग्नै सक्दैन भने शिक्षामा किन यसको बारेमा पढाइ लेखाइ र लागु गर्ने त्यसैले मैले नेटवर्कको कानुन बन्न हुदैन भन्नेहरुलाई बिरोध नै गर्छु र विरोधी नै सम्झे हुन्छ। विश्वमा पढाइने पढाइको लागि सबै कुरा मुनासिब हुने तर नेपालमा पढिने शिक्षाको प्रयोग गर्ने ठाउँमा कानुन नहुनुले गर्दा कानुनी राज्यको उपहासै त भएको होइन भन्ने तर्क राख्नु कुनै गलत होइन।

लेख्नु र विरोध गर्नु मात्रै ठूलो कुरा होइन। चाहे हर्बो जाओस चाहे युनिटी जाओस चाहे भेस्टिज जाओस। आफूलाई परेको समस्याबाट जस्ले पार गरायो उसको गुण अली अली गाउन नसक्ने व्यक्तिलाई स्वार्थि, चोर, बदमास, धोकेवाज हिमायति जस्ता थुप्रै शब्दहरुले पोल्दै जान्छ त्यसैले गलतलाई गलत र सत्यलाई सत्य नै भन्नुपर्दछ। लेख लेख्नेहरुलाई विनित लामा जस्ता व्यक्तिहरुले दिइने धम्कीले कुनै कमजोर पार्न पनि सक्दैन। जो हाल कालोन हङकङमा बसेर विदेशी खाना अनी विदेशी रहन सहनमा बसेर गफ लगाउँछन् कि नेपालमा यस्तो भएन उस्तो गर्नुपर्छ यस्तो गरे यस्तो हुन्छ भनेर तर म नेपाली समाजमा बसेर नै नेपालीको पिर दुःख मर्का समस्या अनी त्यसको समाधान भएको हुनुपर्ने र गिरंदैको बारेमा प्रत्यक्ष जानकारी लिएको कारण कुनै पनि कुराको विरोध गरिनु पूर्व त्यसको समाधान के त भन्ने बारेमा खोजी गरिनु नराम्रो पक्ष हो भन्ने बुझ्छु। यिनै कुराहरुलाई मुख्य मुद्दा बनाएर मैले अनलाई मिडिया र अफलाईन मिडियामा मेरा लेखहरु प्रेशित गर्दै आइरहेको छु। विडम्बना मेरो एउटा शुरुको लेख "हर्बोलाई टर्रो बनाइदै हो कि" भन्ने लेख पढेर एनआरएन अनलाइन मिडियाका प्रमुख मानिएका धर्म के. सीले 'तपाईले कति जनालाई ठग्नु भयो तपाइ नेटवर्कको किरो नै हो कि क्याहो' जस्ता कुराको बाण प्रहार गर्नुभयो। यहाँ तककी वहाँले नेपालमा नेटवर्क पढ्ने विद्यार्थी छन् कि छैनन् होला भन्नेकुरा विदेशबाट आंकल गर्न सक्नु भएन। नेपालमा नेटवर्कको विषयमा पढाइ हुन्छ। यसैकुराले मलाई छुन्छ र भन्छु नेपालमा नेटवर्कको विषयमा शिक्षा दिइन्छ भने कानुन पनि बन्नु नै पर्छ।

हिजोको मेरो लेख थियो 'प्राकृतिक सम्पदाको सुरक्षा नेपालीको काँधमा' संगै वहाँहरुले एउटा कथा लेखेर मलाई नै पठाउनु भयो जस्को पुष्टि गराउन चाहने हो भने त्यो अनर्थक पनि हुन्छ तर म जस्तो वहाँहरु पनि त्यस्तै त्यसैले किन विरोध गरुँ भनि चुप भएँ। 'हर्बो र भेस्टिजबारे लेख लेखेपछि' भन्ने शिर्षकको नाटकीय हरफहरुमा रामकृष्ण ढकाल हर्बोका ब्राण्ड एम्बेसेडर हुन भनिएको थियो तर उनी हर्बोको नभएर भेस्टिजका ब्राण्ड एमबेसेडर थिए। त्यस्तै त्यो भित्रका धेरै कुराहरुको बारेमा खोजतलास गर्दा महेन्द्र महक भेस्टिजका पीडित थिए हर्बोका होइनन् भन्ने पनि उनको त्यहि शिर्षकमा पोष्टिएको ऊ बेलाको लेखले प्रष्टयाउँछ।

२०६८ सालमा कक्षा १२ लाई आएको हिसान प्रि-बोर्ड परिक्षाको १० नं. को प्रश्नमा सोधिएको छ- संजाल विक्री वितरण भनेको के हो? अब भन्नुहोस् यसको उत्तर के हो? त नेपालमा शिक्षा हाँसिल गरेर प्रश्न उत्तर दिई डिभिजन हाँसिल गर्ने कि यसलाई देश र राष्ट्रको हितमा लगाउने त नेपाल सरकारबाट यसको बारेमा गहिरो सोंच हुनु आवश्यक छ। कि त यस्ता विषयको पढाइमै रोक लगाउनु पर्‍ यो कि त नेपालमा प्रयोग विधि गर्ने बातावरणको सिर्जना हुनुपर्‍यो। आज एकजना नेटवर्कर संजीब पराजुली जो बनेपामा बस्नुहुन्छ र पेशाले वहाँ नेटवर्कर भन्न आफूलाई नेपालीको शान र गौरबमा हात बढाएको ठान्नु हुन्छ। नेटवर्कको कानुन नबने तपाइ के गर्नुहुन्छ? भन्ने मेरो प्रश्नको जवाफमा वहाँले भन्नुभयो- नेपालमा नेटवर्कको कानुन जसरी पनि बन्नुपर्छ। नत्र हामीले पढेको के अर्थ भयो र त्यसैले बुझ्नु पर्नेकुरा के त भने एउटा हर्बोलाई दुस्मन मान्दै अगाडी बढ्न चाहनेहरु जो कोहीले पनि नेटवर्क व्यवसायलाई नेपालमा कानुनको अभावमा गलत्याउनै चाही मिल्दैन। नेटवर्क र हर्बो भनेको छुट्टै पाटो हो। हर्बो भनेको व्यवसाय गर्ने एउटा कम्पनी हो भने नेटवर्क भनेको विश्वबजार सामु आफ्ना उत्पादनलाई विक्री वितरण गर्न पाउने एउटा सजिलो संजालीय माध्यम हो। त्यसैले मेरो जोड हो नेटवर्कलाई आत्मसाथ गर्नैपर्छ र यसलाई नेपालमा स्थापित गराउनको लागि जतिसक्दो चाँडो कानुनको निर्माण गरियोस्।

मेरो मित्र अनील चापाइले पोष्ट गर्नुभएको एउटा फोटो मैले पनि लाइक गरिदिएँ किनभने यो त गर्नै पर्‍यो फोटो राम्रो थियो अनलाईनमा सबैले हेरुन्। प्राइभेट जे जति धम्की दिएपनि मलाई फरक परेन र यी कुरा मैले सबैबाट छुपाएर राख्ने प्रयत्न गरें तर हिजो वहाँले प्रेशित गरेको शब्द "विनीता लामा यो सुरज गिरीलाई नेपाल अयो भने ठीक पर्नु पर्छ है साथीहरु" थियो। यस्तै यस्तै धम्कीबाट विचलित नहुने लेखक र साहित्यकारहरुको जीवनलाई पनि बेला बेलामा दुष्टहरुले दुःख दिंदै आएकाछन्। आज मलाई पनि धम्की आयो यो कुनै ठूलो कुरा होइन। विनीत लामा भन्ने व्यक्तिले दिएको यो धम्कीपूर्ण हरफ पढेपछि कतिपय मेरा शुभचिन्तकहरुले वहाँलाई सम्झाउने प्रयास गर्नु भएछ तर उ कस्तो प्रकारको व्यक्ति हो र के सम्म गर्न सक्छ त्यसको बारेमा जानकारी पाउने आशामा म लागेकै छु।

यसपछि मैले मेरो मनोबललाई झन दरिलो भएको पाएकोछु। सायद भोलीको मेरो जीवनमा विनीता लामा प्रकरण नजोडियोस र पत्रमित्रहरु सबैमा म यस कुरालाई राख्न चाहन्थें। तपाइहरुको बिचार पाउने नै छु भन्ने आशामा म निर्डर र निरन्तर पत्रलेखन र लेख लेखनमा लागी नै रहने आँट लिएको छु। धन्यवाद

No comments:

Post a Comment

- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।