- विष्णु प्रसाद चापागाई, दमाम
२५ अगस्त २०१२, ९ महिना अघि साउदी अरबको दमाममा सडक दुर्घटनामा परी ब्रेन ड्यामेजका कारण अर्ध चेतन अवस्थाका विजय कुमार लिम्बूलाई आज एक कार्यक्रमको बीच साउदी रियाल १,१६१ (करीब २७१०० ने.रू.) सहयोग रकम हस्तान्तरण गरिएको छ । गैर आवासीय नेपाली संघ, स्थानीय समन्वय समिति दमाम, साउदी अरबले आयोजना गरेको “स्थानीय लेवर टास्क फोर्स दमामको पुनर्गठन तथा नेपाली दूतावासका पूर्वी क्षेत्रका स्थानीय कर्मचारी हरी घिमिरेज्यूको स्वागत एवं सहयोग राशी हस्तान्तरण कार्यक्रम” को अवसर पारेर यो रकम पीडितलाई हस्तान्तरण गरिएको हो ।
नेपाली दूतावास रियादको पहलमा झन्डै एक महिना पहिला नै अर्ध चेतन अवस्थामै विजय कुमार लिम्बूलाई एक फिलिपिनो नर्सको साथमा नेपाल पठाइएको भए तापनि निजको भरणपोषणमा सहयोग गर्ने हेतुले एनआरएनए साउदी अरब राष्ट्रिय समन्वय समितिका अध्यक्ष श्री धरम के. सी. र स्थानीय समन्वय समिति दमामका अध्यक्ष श्री सी.एम. राजन खरेलले राहत स्वरूप उपलब्ध गराइएको सहयोग राशी अर्जुन घिमिरेलाई हस्तान्तरण गर्नुभएको हो । एनआरएनए साउदी अरब, पूर्वी क्षेत्रिय समन्वय समितिको अगुवाईमा एनआरएनएकै सहयोगी हातहरूबाट उक्त रकम संकलन गरिएको थियो ।
यसैगरी साउदी अरबमा कार्यरत पीडीत नेपालीहरूको सकेसम्म छिटो उद्दार गर्न नेपाली दूतावास रियादले साउदीकै पूर्वी क्षेत्रमा रहने गरी श्री हरी घिमिरेज्यूलाई दूतावासको कर्मचारीमा नियुक्ति गरेकोमा एनआरएनए स्थानीय समन्वय समिति दमामले यसै कार्यक्रमको साथमा उहाँलाई पनि स्वागत तथा सम्मान गरेको छ । साउदी अरबको पूर्वी क्षेत्र दूतावासबाट ४०० कि मि टाढा रहेको र सबै श्रमिकका समस्याहरूलाई ध्यान पुर्याउन नसक्ने भएकोले स्थानीय नेपाली समुदायको माग अनुसार गत जुन महिना देखि उहाँलाई नियुक्ति गरिएको थियो । यस अघि आठ वर्षसम्म उहाँ नेपालीहरूकै हक हितको लागि स्वंयसेवक अर्थात अबैतनिक प्रतिनिधिको रूपमा कार्यरत हुनुहुन्थ्यो ।
दश वर्ष पहिले दुई वर्षको कार्यकालपछि विदा मनाउन नेपाल फर्कने क्रममा जहाजभित्र एक पीडीत नेपाली ज्यादै नै दयनीय अवस्थामा भेटेकोले आफू समाज तथा पीडीतहरूको सेवामा उत्प्रेरित भएको बताउँदै घिमिरेज्यूले तीन महिनाको अवधीमा करीब एकहजार पीडीत नेपालीहरूलाई उद्दार गरी स्वदेश फर्काएको जानकारी गराउनुभयो । उद्धार गरिनेहरू प्रायः सबै भगौडा कामदार रहेको, उनीहरूको उद्दारमा धेरै चुनौतिहरूको सामना गर्दा गर्दै केहीको जेलमै मृत्यु समेत भएको तीतो यथार्थ स्मरण गराउँदै जति दुःख आइपरे पनि कम्पनीबाट नभागी आफ्नो समस्या दूतावास समक्ष जानकारी गराएमा पीडीतले छिटो न्याय पाउने हुंदा गैर-कानूनी नबन्न सबै नेपालीहरूलाई अनुरोध गर्नुभयो ।
यसैगरी लेवर टास्क फोर्स पूर्वी क्षेत्रिय समितिका संयोजक तथा एनआरएनए एनसीसी उपाध्यक्ष पुरुषोत्तमदास श्रेष्ठले श्रमिक समस्याहरु अज्ञानताको कारण बढ्दै गएको र उद्दारित पक्षहरु पनि कतिपय काममा अज्ञानता नै रहेको कारण पीडितले झन् दुःख पाएको बताउँदै यस्तो संवेदनशील विषयमा ध्यान पुर्याएर काम गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रमको अन्त्यमा अध्यक्ष श्री धरम के.सी. ले संस्थाका केही प्रतिनिधीहरूमाथि लागेका केही आरोपहरूको खण्डन गर्दै संस्था गैर राजनीतिक रहेको र यहाँ सबैलाई समाबेशी, समाजीकरण गर्दै सहभागी गराइएको साथै संघको बिधान, मूल्य र मान्यता अनुरूप नै चल्दै आएको हुनाले भ्रममा नरहन सबैलाई सचेत गराउनु भयो ।
कार्यक्रममा प्रमुख सल्लाहकार श्री तारा भण्डारी, केन्द्रिय सदस्यहरु, पूर्वी क्षेत्रका पूर्व अध्यक्ष तथा सचिवहरु, स्थानीय समितिका अध्यक्षहरु लगायत दर्जनौको संख्यामा उपस्थित रहेको कार्यक्रमको सभापतित्व श्री सीएम राजन खरेलले गर्नुभएको थियो ।

कार्यक्रमका केही झलकहरुः
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।