सर्वप्रथम त यस ब्लगमा पाल्नुहुने सर्जक साहित्यअनुरागी मित्र तथा सम्पूर्ण पाठकवर्गहरुमा हृदयदेखि नै स्वागत गर्दै हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछु ।
प्रारम्भमा साहित्य प्रेमप्रति उन्मुख भए तापनि अहिले साहित्यले थुप्रै भंगालाहरु पार गरिसकेको छ । यद्यपी ग्रामिण परिवेशबाट राजनीतिमा मात्र होइन धेरै फाँटहरुमा फैलिसकेको छ । वर्तमान अवस्थामा धेरै सर्जकहरु साहित्यिक लेखनमा अग्रसर रहेको पाइन्छ र जीवनभर यसै कलामा होमिएका पनि छन् । साहित्य आफैमा सृजित शब्द हो जुन साहित्य जहाँ जता जस्तो ठाउँमा पनि पुग्न सक्छ । साहित्यले भौतिक साधनको मात्र नभई अभौतिक वा काल्पनिक संसारलाई पनि चिनेको हुन्छ वा परिभाषा दिन सक्छ । साहित्य यस्तो पाटो हो जुन जीवनका हरेक पाइलाहरुबाट आफैमा श्रृजित हुन्छ । मानिसले बोलेर लेखेर वा कुनै न कुनै माध्यमबाट साहित्यलाई समाहित गर्ने प्रयासमा जीवन्त लागिरहेको हुन्छ । संभवतः आफूभित्रै गुम्सिएर अटेसमटेस भएका भावनाहरुलाई शब्दमार्फत पोख्नको लागि मानिसले साहित्यको कुनै पनि विधालाई रोज्ने गर्छ र यो प्रकृया आज आकाशिएको अवस्थामा छ । फलतः यही साहित्यको चुलिंदो आकाशलाई वढावा दिदै विश्वका कुना-काप्चासम्म पुर् याउनको लागि मैले यो ब्लगको शुरुवात गरेको हुँ । मैले एकलरुपमा शुरु गरे तापनि तपाईंहरुको सहयोगबिना तोकिएको उचाइसम्म पुग्न नसक्ने कुरा कहीँबाट लुक्न सक्दैन । अन्ततः मेरो श्रृजनालाई एउटा उचाईसम्म पुर् याउन तपाईंहरुको सहयोग अतुलनीय छ । त्यसैले यस यात्रामा सहजरुपमा सरीक भइ आ-आफ्नो क्षेत्रबाट सहयोग पुर् याइदिनुहुन विनम्र अनुरोध गर्दछु ।
................... विष्णु बैकुण्ठे