NRNA साउदी अरब
घरेलु कामदारका रूपमा साउदी अरब आएर दुख पाएर नेपाली दूतावास रियादको शरणमा पुग्ने मध्ये थप ४ जना महिलाहरूलाई एनआरएनए साउदी अरबले आफ्नो नेपाली महिला उद्धार कोषबाट हवाई टिकट उपलब्ध गराउंदै स्वदेश फिर्तिमा सघाउ पुर्याएको छ । यी ४ महिलाको हवाई टिकट खरिद गर्न जनही ८१० का दरले कूल ३,२४० साउदी रियाल कोषबाट निकासा गरिएको छ । १९ जुलाईमा नेपाल पुगेका यी ४ जना सहित अब यस कोषबाट उद्धार गरिनेको संख्या २२ पुगेको छ ।
नेपाली दूतावास रियादले महिला उद्धारमा बिगत केही महिनामा अवलम्बन गरेको ‘दलाल केन्द्रित’ नीति अनुरूप लामो समयसम्म महिला बेच्ने दलालहरूबाटै धेरैको हवाई टिकट जुटाउंदै आएको थियो, कतिको रोजगारदाता (साउदी मालिकबाट) र केही पीडित आंफैले पनि हवाई टिकटको खर्च ब्यवस्थापन गैर्दै आएका थिए । हाल नेपाली दूतावासको शरणमा पुग्ने हर कोही नेपाली महिलाहरूलाई दूतावासको ढोका (प्रबेशद्वार) मै “तिमिलाई बेच्ने दलाल को हो?” भनि सोधिन्छ र रजिष्टरमा दलालको नाम, ठेगाना, सम्पर्क नम्बर सबै टिपोट पनि गरिन्छ ।
यस पटक उद्धार गरिएका चारै जना पीडित महिलाहरूसंग एनआरएनए एनसिसी साउदी अरबकी महिला प्रतिनिधी (सदस्य) तथा महिला उद्धार कोष सञ्चालक समितिकी सदस्य श्रीमति कुमारी सुनारी मगरले दूतावासमै पुगेर भेटवार्ता गर्नुभएको थियो । वहांबाटै प्राप्त संक्षिप्त टिपोट यस प्रकार छः
धकदैया-७, नवलपरासी पांच महिना अघि सुनौलीको बाटो हुंदै बम्बईबाट रियाद आएकी, पठाउने एजेन्ट बतनिया रूपन्देहीका डा. चौधरी, मानसिक सन्तुलन केही गुमाइसकेकीले थप जानकारी दिन सकिनन ।
(२) अस्मिता सार्की, बर्षः २७,
(३) चन्द्रकला भण्डारी, बर्षः ४२,
उर्लाबारी-४, मोरङ चार बर्ष अघि साउदी अरब आएको तर चार बर्ष काम गरेको कुनै तलब प्राप्त नगरेको र रित्तो हात स्वदेश फर्किन शुरूमा अनिच्छा गरेता पनि जेद्धामा रहेको यिनको साउदी मालिकले उल्टै यिनीबाट क्षतिपुर्ति दावी गरेकाले तलब पाउन / दिलाउन नसकेको, महामहिम राजदूतज्यु स्वयमले नेपालमा यिनका छोरासंग फोनवार्ता गरेपछि आमा छोरा दुबै नेपाल फर्किन मञ्जुर भएको । यिनको पनि मानसिक अवस्था केही असन्तुलित रहेकाले दलालको नाम पनि बताउन नसकेको ।
(४) सितामाया तामाङ, बर्षः ४७,
भण्डारा-९, चितवन तिन बर्ष अघि सुनौलीको बाटो हुंदै दिल्लीबाट रियाद आएकी, पठाउने एजेण्टः बिष्णु थापा, पाल्पा र हरिमाया सिञ्जाली, चरंगे, बुटवल । ३ बर्ष काम गरेको सबै तलब प्राप्त भएको तर लोकल म्यानपावरले इकामा नबनाइदिनाले दूतावासको शरण पर्न बाद्य भएको । तिन वर्षको अवधिभर बिभिन्न ३ वटा साउदीको घरमा काम गरेको ।
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।