- विष्णुप्रसाद चापागाई, दमाम
५ मंसिर/ नेपाली दूतावास रियादको सहकार्यमा गैर आवासीय नेपाली संघ साउदी अरबले आज एक अनौपचारिक भेटघाट
कार्यक्रमको आयोजना गरेको छ । मुख्य गन्तव्य अजरबैजान र
लेबनानको बेरूतमा हुन गइरहेको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिने भए तापनि
भूतपूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ट नेता श्री माधव कुमार नेपाल कुवेत पछि साउदी अरबको भ्रमणमा आउनुभएको हो । गतः आइतबार (१८
नोभेम्बरमा) वहांले नेपाली दूतावास रियादकै प्राङ्गणमा त्यहांका नेपालीहरूसंग अन्तरकृया
गर्नुभएको थियो भने मंगलबार (२० नोभेम्बरमा) साउदी अरबको पूर्वी शहर खोबारको गल्फदरबार
होटलमा उक्त कार्यक्रम राखिएको हो । साउदी अरबको भ्रमण र त्यहाँ रहेका नेपाली
कामदारहरूको अवस्थाको जानकारी लिने उद्देश्यले यो अनौपचारिक कार्यक्रमको आयोजना गरिएको हो ।
भेटघाटका क्रममा नेपाली राजदूत महामहीम उदयराज पाण्डे, दूतावास उपनियोग प्रमुख श्री हरिश्चन्द्र घिमिरे रहनुभएको थियो भने नेपालदेखि आउनुभएका वरिष्ट नेता माधवकुमार नेपालका साथमा नेकपा एमालेका स्वास्थ्य, जनसंख्या तथा वातावरण विभागका केन्द्रिय सदस्य डा. बुद्धीमान श्रेष्ठ र पूर्वप्रधानमन्त्रीका सल्लाहकार तथा इन्जिनियर अलिअख्तर मिकरानी पनि उपस्थित रहनुभएको थियो ।
भेटघाटका क्रममा नेपाली राजदूत महामहीम उदयराज पाण्डे, दूतावास उपनियोग प्रमुख श्री हरिश्चन्द्र घिमिरे रहनुभएको थियो भने नेपालदेखि आउनुभएका वरिष्ट नेता माधवकुमार नेपालका साथमा नेकपा एमालेका स्वास्थ्य, जनसंख्या तथा वातावरण विभागका केन्द्रिय सदस्य डा. बुद्धीमान श्रेष्ठ र पूर्वप्रधानमन्त्रीका सल्लाहकार तथा इन्जिनियर अलिअख्तर मिकरानी पनि उपस्थित रहनुभएको थियो ।
विदेशमा रहेका नेपालीहरूसँग प्रत्यक्ष भेटघाट र
अन्तरक्रिया गर्न पाउँदा मलाई धेरै खुशी लागेको छ
। मैले सोचेभन्दा धेरै फरक अवस्थामा यहाँहरूलाई पाएँ । कार्यक्रममा बोल्दै नेपालले भन्नुभयो कुवेतमा त धेरै
नेपालीहरूको दयनीय अवस्था रहेको पाएको थिएँ तर साउदीमा तुलत्नात्मकरूपमा कम देखियो
। नेपालको राजनीतिक संकटको कारणले गर्दा धेरै नेपालीहरू विदेश पलायन हुन वाध्य
हुनुपरेकोले आफु दुःखी रहेको यसको दीर्घसमाधानमा लगातार
जुटिरहेको उहाँले बताउनुभयो । नेपालमा भइरहेको राजनीतिक अस्थिरता र खिचातानीले
गर्दा नेपालको दीगो विकासमा असर पर्न गएको र नेपाली जनताहरूले दुःख पाउनुपरेको
अवगत गराउँदै नेपालले भन्नुभयो पार्टी र नेताहरू सत्तालिप्त र कुर्सीमोह भएकै कारण
पार्टीहरू फूटिरहेको र संविधान बन्न अवरोध पुगेको हुनाले चारवर्षे समायावधीमा पनि
संविधान नबनेको सत्य हो । कार्यक्रममा
सहभागीहरूलाई सम्बोधन गर्दै भन्नुभयो - आंफूलाई २२ दलहरूको समर्थन रहेको भएता पनि एउटा पार्टीलाई खुशी पार्न
आंफूले प्रधानमन्त्रीबाट राजिनामा दिएको तर बर्तमान प्रधानमन्त्रीले कुर्सीका लागि
सहमतिलाई परित्याग गर्नुभएको छ । “उधारो प्रेमको कैंची हो” यसैले उधारोमा सहमति हुन नसक्ने धारणा ब्यक्त गर्दै भन्नुभयो
सहमतिका लागि पहिला प्रधानमन्त्रीले बाटो छोडिदिनुपर्छ ।
यसैगरी अन्तरकृयाकै क्रममा नेपाली श्रमिकहरूसमक्ष नेता नेपालले परदेशी काम,
पीडा र समस्याहरूका बारेमा सोध्नुभएको थियो । धेरै सहभागीले आ-आफ्नो व्यक्तिगत भनाई राखे पनि जुनसुकै पृष्ठभूमिमा रहेपनि, जुनसुकै राजनैतिक
विचारधारा अंगालेपनि, जुनसुकै संघसंस्थामा आवद्ध रहेपनि साउदी अरबका सबै नेपालीहरू
कामदार नै रहेको र राष्ट्रिय राजनीतिले सकारात्मक निकास पाउन नसक्दा मुलुकभित्र विकास
निर्माण र रोजगारीको अवस्था साँघुरिदै जाँदा निर्विकल्प रूपमा नेपालीहरू आफैमा
विसंगति, ठगी, बैइमानी, शोषण र अन्यायले ग्रस्त भएको उल्लेख गर्दै गैर आवासीय नेपाली संघ, साउदी
अरबका अध्यक्ष श्री धरम के.सी.ज्यूले सबैको प्रतिनिधित्व हुनेगरी एक प्रतिवेदन पढेर
सुनाउँदै नेता नेपाल तथा राजदूत पाण्डेलाई
हस्तान्तरण गर्नुभयो । उहाँको संस्थागत प्रतिवेदनमा बैदेशिक रोजगारका लागि अधिकतम्
खर्च ७०,००० तोकिएको भएतापनि सोभन्दा बढी रकम तिर्नुपरेको, पैसा तिरेको भर्पाई समेत नपाउने गरेको, करारनामा बमोजिमको काम तथा तलब
सुविधा नपाई विचल्लिमा पर्ने र भर्पाई रसिद नहुँदा क्षतिपूर्ति नपाउने, विदेशी विचौलिया कमिशन एजेन्ट
दलालहरूले चर्को कमिशनको खेलले गर्दा नेपाली कामदारहरूमाथि झन् ठूलो जालझेल हुदै आएको लगायतका पाँचबुँदे सुझावहरू सहित नेपाल सरकारको
ध्यानाकर्षण गर्नुभएको छ ।
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।