साउदी अरबको जुबेलमा भलिवल प्रतियोगिता शुरू

- विष्णुप्रसाद चापागाई, दमाम
२५ अक्टुबर/ हिन्दूहरूको महान चाड विजया दशमी तथा इश्लामिक पर्व बकरइदको शुभ अवसरमा एनआरएनए स्थानिय समन्वय समिति दमाम र प्रवासी नेपाली एकता समाज ९१ क्षेत्र दमामको संयुक्त योजनामा जदेखि साउदी अरबको जुबेल शहरमा अन्तर क्लब स्तरिय खुल्ला भलिवल प्रतियोगिता शुरू भएको छ । विदेशमा रहेका नेपालीहरूमा रहेको कला, कशल तथा प्रतिभाको कदर गर्न र विदेशी भूमिमा नेपालीको उत्कृष्ठ पहिचान गराउन यस्तो कार्यक्रमको योजना गरिएको हो ।

नेपाली राजदूतावास रियादका काउन्सलर श्री सुधिर भट्टराको विशेष थित्य रहेको समारोहमा आयोजक समितिका प्रमुख श्री रूद्र कार्कीले सभापतित्व गर्नुभएको थियो । यसैगरी कार्यक्रममा दूतावास परिवार, एनरएनए साउदी अरबका प्रवक्ता तथा हेल्फ नेपाल साउदी अरब च्याप्टरका संस्थापक सदस्य श्री विमल गतम लगायत विभिन्न संघसंस्थाका दर्जनबढी प्रतिनिधीहरू उपस्थित रहनुभएको थियो । सयंको संख्यामा उपस्थित दर्शकहरूले दूतावास परिवारलाई कार्यक्रम प्रवेशद्धारदेखि नै ताली वजाउंदै स्वागत गरेका थिए । नेपाली राष्ट्रियगानको साथमा कन्या-कुमारी सोनमी भट्टराई र स्वेदा मुडभरीले सामुहिक रूपमा द्धीप प्रज्वलन गर्दै कार्यक्रमको औपचारिक रूपमा उद्घाटन भएको थियो ।

प्रमुख अतिथि श्री सुधिर भट्टराज्यूले फ्नो शुभकामना मन्तव्यको साथमा योजक, प्रायोजक तथा तमाम दर्शकदीर्घहरूको प्रशंसासँगै यस्ता शारिरिक तथा बद्धिक प्रतियोगिता समय समयमा भइरहेमा प्रवासी श्रमिकहरूको मनोबल बढ्नुको साथै काममा स्फूर्ति जाग्ने र पुरस्कार जित्नसक्नेौसला मिल्ने बताउनु भयो । सम्पूर्ण खेलाडी समूहला सफलताको कामना गर्दै खेलको एकतर्फ श्री सुधिर भट्टरा र अर्को तर्फबाट श्री उमेश मुडभरीले बल सर्भिस गरी खेलको समुद्घाटन गर्नुभएको थियो भने उद्घोषक श्री कृष्ण श्रेष्ठला कमल थापा र रूद्र कार्कीले साथ दिनुभएको थियो ।

साउदी अरबका विभिन्न क्षेत्रमा छरिएर रहेका प्रतिभावान खेलाडीहरूका ३५ वटा समूहले प्रतिस्पर्धामा भाग लिएका छन् । पुरस्कारको राशी प्रथम विजेताला १५०० रियाल नगद, ट्रफी/पदक, दमाम-काठमाण्ड-दमामसम्मको हवा टिकट र प्रमाण-पत्र प्रदान गरिनेछ । यसैगरी द्धितीय विजेताला १००० रियाल नगद, ट्रफी/पदक, दमाम-काठमाण्ड-दमामसम्मको हवा टिकट र प्रमाण-पत्र छ भने तृतीय विजेताला ५०० रियाल नगद, ट्रफी/पदक, दमाम-काठमाण्ड-दमामसम्मको हवा टिकट र प्रमाण-पत्र छ । यसैगरी सहभागी मध्ये एक उत्कृष्ट एक खेलाडीला पनि ट्रफी/पदकको साथै प्रमाण-पत्र प्रदान गरिनेछ ।

हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, बहराइन एयर, दादाबा ट्राभल एजेन्सी, सगरमाथा कार्गो, खोनानी डिस्पेन्सरी, जुबेलस्थित दु नेपाली रेष्टुरेण्ट लगायतले प्रायोजन गरेको यो कार्यक्रम जबाट निरन्तर तीन दिनसम्म चल्नेछ ।
फोटो फिचर...............................
प्राविधिक समस्याले गर्दा केहि ढिला हुनगइरहेको छ । कृपया प्रतिक्षा गर्नुहोला ।

No comments:

Post a Comment

- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।