साउदी अरबको जेद्दामा अन्तर्कृया कार्यक्रम सम्पन्न

- सन्तोष समिप / लाल मगर, जेद्दाह
 मिति २५ मे २०१२ मा नेपाली राजदुतावास रियाद द्वारा आयोजित “श्रमिक समस्या र समाधान ” बिषयक अन्तर्कृया कार्यक्रम जेद्दामा सम्पन्न भयो। जेद्दा स्थित बिभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्दिजिवी, समाजका अगुवा, सर्वसाधारण लगायत केही पीडित ब्यक्तिहरु गरी कारीब ८० जना यस कार्यक्रममा सहभागि थिए।

साउदी अरबको लागि नेपाली राजदुतावास रियादबाट आउनुभएका महामहिम राजदुत श्री उदय राज पाण्डे ज्यु द्वारा कार्यक्रमको उद्घाटन गर्नु भयो भने कार्यक्रमको औपचारक प्रस्तुति राजदुतावासबाटै आउनुभएका श्रम सहचारी श्री चन्डेश्वर आचार्यले गर्नुभएको थियो। साथै राजदुतावासका द्दितिय सचिव श्री बासुदेव देवकोटा ज्यु, उप नियोग श्री हरिशचन्द्र घिमिरे ज्यु, दुतावासको आर्थिक निकायका श्री उमेश कुमार मुढवारि ज्यु र अन्य सदस्यहरुले पनि कार्यक्रममा सहयोग पुर्‍याउनु भएको थियो । दिउसोको दिवा भोज पस्चात करीब २ बजे बाट सुरु भएको बिषयगत कार्यक्रम बेलुकी करीब ७:३० मा समापन भयो भएको थियो ।

कार्यक्रममा मूल बिषय “श्रमिक समस्या र समाधान” कै पेरीफेरीमा रही साउदीको लागि नेपाली दूताबासका उप-नियोग श्री हरिशचन्द्र घिमिरे ज्युले बैदेशिक रोजगारमा सुरक्षित, ब्यवस्थित र मर्यादित को बारेमा बोल्नु भएको थियो। त्यस्तै राजदुतावास बाटै आउनु भएका श्रम सहचारी श्री चन्डेश्वर आचार्यले विश्वभरि बैदेशिक श्रम बजारको स्थिती, लेखा जोखा र फाईदा बेफाईदाको बारेमा संक्षिप्त विवरण दिनुभएको थियो । कार्यक्रममा उपस्थित ब्यक्तिहरुलाइ ५ समुहमा बिभाजन गरी छुट्टा छुट्टै बिषयमा समुहिक छलफल र निस्कर्षको लागि फरक बुँदाहरु दिइएको थियो र समुहको नेतृत्व गर्ने ब्यक्तिले ति बिषयहरुलाई प्रस्तुत गर्नुभएको थियो।

समुहगत प्रस्तुतको तर्फबाट बोल्दै नेपाली जन प्रगतिशिल साउदी अरबका अध्यक्ष श्री गिरीराज न्यौपाने ज्युले साउदीमा अर्ध दक्ष तथा अदक्ष कामदार नेपालीहरुले भोग्नुपरेको समस्या, समस्याको मूल जड र पहलका बारेमा सरोकारवाला लाई ध्यानाकर्षण गर्नुभएको थियो । फर्जी भिसा , करार पत्र र कामदारहरु एअरपोर्टमा आई अलपत्र पर्ने र पार्ने जस्ता समस्यालाई हल गर्नुपर्ने बताउनु भयो । त्यस्तै समुह प्रस्तुतिकै क्रममा एन आर एन ए साउदी अरबिया क्षेत्रिय समन्वय समिति जेद्धाका सचिव श्री सन्तोष लुइटेल ज्युले बैदेशिक रोजगारमा आउने नेपाली स्वयम आँफैले नै आफु कुन कम्पनिमा जादैछु, के कामको लागि जादैछु, त्यहाँको बातावरण, रहन सहन्, सुबिधा, भाषा र धार्मिक परम्परा तथा भौगोलिक स्थिती को बारेमा सचेत भइ राम्ररी जानेर आए समस्या धेरै कम हुने बताउनु भयो । बैदेशिक रोजगारिमा आउनु अघिनै नेपाली एजेन्ट बाटै ठगिदै यहाँ आए पछी फरक प्रकृतिको काम,नमिल्दो हावापानी, नजानेको र बिल्कुल फरक संस्कृती- भाषा र तलब-सुबिधाका बारेमा फरक पाएपछि बिभिन्न मानसिक बितृष्णा तथा पिडा खेप्नु पर्ने हुन्छ। यसको समाधान सम्बन्धित ब्यक्ति , सरोकाल वाला र प्रतक्ष रुपमा सरकार बाटै पहल हुनु जरुरी बताउनु भयो।

यसै गरी नेपाली युवा क्लबका अध्यक्ष दुर्गा बिक ज्युले पनि करार अवधी पछी कम्पनी बाट घर जान खोजेमा सजिलै नपठाउने, बिदा नदिने आदी हरुको बारेमा जानकारी दिनु भयो । त्यस्तै एनआरएनए एनसिसि का सदस्य तथा क्षेत्रिय समन्यव समिति जेद्दाक सल्लहाकार श्री कृष्ण प्रसाद पोखरेल ज्युले पनि यहाँ नेपाली कामदारलाई सानो त्रुटिमा पनि अस्वाभाविक जरिवान गर्ने, जेल पठाउने अदालति मुद्दा दाँयार गर्ने जस्ता समस्याको बारेमा जानकारी दिनु भयो । त्यसै गरी नारायण प्रसाद रेग्मी ज्युले पनि यहाँ कम्पनिले कामदारहरुलाई उचित र समान ब्यवहार् नगर्ने जस्ता कुराको जानकारी दिनु भयो ।

कार्यक्रमको अन्त्यमा बिषयगत समिक्षा गर्दै महामहिम राजादुत श्री उदय राज पाण्डे ज्युले यहाँ भईरहेको समस्या, स्थिती, र त्यसको समाधान को बारेमा बताउनु भयो । बिभिन्न कार्यक्रम द्वारा पीडित समुहमा पुग्ने, उनिहरुको समस्या बुझ्ने र हल गर्ने बताउनु भयो। यसको लागि यहाँ भएका स्थानिय संघ संस्था बाट पनि सहयोगको अपेक्षा गर्नुभयो । अबदेखि साउदी आउने नेपालीको न्युनतम तलब ८००+२०० रियलमा मात्रै भिसा स्विकृति दिने बताउनु भयो । साउदी र नेपाल बीच सिधै हवाइ सेवाको बारेमा पनि सरकार सँग कुटनितिक पहल भईरहेको बारेमा पनि जानकारी दिनुभयो ।

बिभिन्न कारणले साउदीका जेल परेका तथा बिबिध कारणबस् ज्यान गुमाएका नेपाली कामदारका शव सम्बन्धि बिस्तृत अध्ययन गरी अधिकतम समस्या हरुको निराकरण भईसकेको र बाँकी रहेकालाई पनि चाडो भन्दा चाडो व्यवस्थाको पहल भईरहेको बताउनु भयो । बैदेशिक रोजगार सम्बन्धी नेपाल सरकारले चाडै परिमार्जित नीति लागू गर्ने र साउदी सरकारले पनि कामदार मगाउने, नियुक्ती सम्बन्धी नयाँ नियम लागु गर्ने बारेमा सँक्षिप्त जानकारी दिनु भयो । साउदीमा दक्ष कामदार बढीरहेको र नेपाल बाटै प्रशिक्षित कामदारहरु मगाउने उद्देश्य का साथ नेपालको ५ वटा क्षेत्र मा अभिमुखिकरण तथा तालिम केन्द्र खोल्न साउदी सरकार सक्दो र उपयुक्त सहयोग गर्न तत्पर रहेको पनि बताउनु भयो । 

अन्त्यमा जेद्दाको अन्तर्कृया कार्यक्रम सफल भएको र यसलाई निरन्तरता दिने तथा हरेक बर्ष कम्तिमा एक पटक यस किसिमको कार्यक्रम गर्ने लक्ष्य रहेको भन्दै कार्यक्रमको समापन गर्नु भयो ।

No comments:

Post a Comment

- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।