छलफल कार्यक्रम सम्पन्न

- विष्णु प्रसाद चापागाई, दमाम
१८ मई २०१२/गैर आवासीय नेपाली संघ साउदी अरबको आयोजनामा आज एक छलफल कार्यक्रम सम्पन्न भएको छ । दमामको काठमाण्डु रेस्टुरेन्टमा भएको छलफल कार्यक्रमसंगै दमाम शहरको ९१-क्षेत्रलाई आधार बनाएर प्रस्तावित ९१-क्षेत्र स्थानीय समन्वय समितिको स्थापना गर्न एक तयारी समिति पनि गठन गरिएको छ । यस ९१-क्षेत्र समितिलाई अब उप्रान्त श्री ईश्वर नेपालीले संयोजन गर्नुहुनेछ।

विशेषतः वैदेशिक रोजगारमा रहेका कामदारहरूको समस्या र समाधानमा केन्द्रित छलफल कार्यक्रममा सभापति, प्रमुख अतिथि, विशेष अतिथि क्रमशः दमाम स्थानीय समन्वय समितिका अध्यक्ष सिएम राजन खरेल, एनआरएनए साउदीअरबका अध्यक्ष श्री धरम के.सी. तथा महासचिव श्री पुरूषोत्तम श्रेष्ठ रहनुभएको थियो । त्यसैगरी अतिथिहरूमा सूर्य श्रेष्ठ, विष्णु प्रसाद चापागाई, श्रीकृष्ण श्रेष्ठ, प्रेम क्षेत्री, नवीन मुडभरी, अब्दुल रहमान, बुद्दी ब. गुरुङ्ग, तेज ब. थापा, सुनिल पोखरेल आदि रहनुभएको थियो ।


राष्ट्रिय समिति, क्षेत्रिय समिति तथा स्थानिय समितिको संरचनाका विषयवस्तु, काम, कर्तव्य र अधिकार सम्बन्धि विष्णु प्रसाद चापागाई, सूर्य श्रेष्ठ, बुद्धी ब. गुरुङ्ग तथा तेज ब. थापाले आ-आफ्नो धारणा व्यक्त गर्नु भयो । सुनिल पोखरेल तथा अब्दुल रहमनले संस्थाको उद्देश्यसँगै कार्यक्रमको उद्देश्य पनि जोडिएको हुनाले संस्थालाई अब्बल बनाउन धर्म, जातजाति तथा राजनीतिबाट विकेन्द्रित हुनुपर्ने बताउँदै संस्थाको तल्लोतह देखि नै पूर्णरुपमा सहयोग गर्नको लागि अपिल गर्नुभयो ।

जब हामी सक्षम हुदैनौं तबसम्म संस्था र देश पनि सक्षम हुदैन भन्ने आफ्नो अनुभव सुनाउँदै क्षेत्रिय महासचिव नबीन मुडभरीले संस्थाको सकारात्मक अभियानमा सबैले साथ दिनुपर्ने बताउनुभयो । त्यसैगरी क्षेत्रिय अध्यक्ष श्रीकृष्ण श्रेष्ठले पनि संस्था सबैको साझा भएको हुनाले संस्था विकासको लागि सुगम क्षेत्रबाट मात्र नभइ दूर्गममा पनि फैलाउन सम्बन्धित क्षेत्रबाट सबैले हातेमालो गर्दै अगाडी बढ्नुपर्ने सल्लाह दिनुभयो ।

नेपाली दूतावासका प्रतिनिधी तथा एनआरएन साउदी अरबका महासचिव पुरुषोत्तम श्रेष्ठले गरिमामय छबि बोकेको हाम्रो संस्थालाई धमिलो बनाउन कोही अनैतिक आचरण लिएर घुषपैठ गरिरहेकोले सबैले सजग बन्दै स्वच्छ छवि, विचार र कामको लागि पहिले आफू आफैमा विश्वस्त हुनुपर्ने र मात्र संस्थाले पूर्णता पाउने उदृत गर्दै संस्थाको नीतिनियममा सबैले ऐक्यवद्धता जनाउन आग्रह गर्नुभयो । केहिदिन अघि मात्र रहिमाबाट एक पीडित नेपाली महिलाको सकुशल उद्दार गर्न एनआरएनका सदस्यहरु सफल भएको र समय प्रतिकूल तथा जोखिमपूर्ण हुदाहुदै पनि उहाँलाई रियादस्थित नेपाली दूतावाससम्म सुपुर्दगी गर्न सकेकोले यो कामबाट आफू तथा संस्थालाई फाइदा नभएको तर आत्मसन्तुष्टी मिलेको उदाहरण दिदै अध्यक्ष श्री धरम के.सी. ज्यूले फाइदा मात्रै सबैथोक हैन आत्मसन्तुष्टि नै ठूलो हो भन्ने भावनामा रहेर संस्थाभित्र प्रवेश गर्दा के फाइदा हुन्छ भन्ने नसोची आत्मसन्तुष्टीको लागि पनि संस्थामा आवद्ध भएर सहयोग गर्नुपर्ने जनाउनुभयो ।

लेबर टास्क फोर्सका संयोजक बिक्रम राईले संचालन गर्नुभएको उक्त कार्यक्रममा दमाम स्थानीय समन्वय समितिका अध्यक्ष सीएम राजन खरेलले छोटो समयमा नै संस्थाको द्रूत विस्तार भइरहेकोले सबैक्षेत्रमा रहनुहुने नेपाली कामदारहरु यस संस्थाको काम तथा सहयोगबाट लाभान्वित हुने साथै एक थुकी सुकी सय थुकी नदी भन्ने उक्ति लाई जोड्नु हुँदै सबै मिलेर अगाडी बढ्न आग्रहका साथ कार्यक्रमलाई समापन गर्नुभयो । 

कार्यक्रमका केही झलकहरु









No comments:

Post a Comment

- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।