रामकुमार एलन
धेरैलाई लागिरहेको थियो । १४ जेठमा कफ्र्यु लाग्छ । अनि संविधान जारी हुन्छ । १५ जेठपछि मुलुकुमा आगो बल्छ । देश अरु जल्छ । तर त्यस्तो केही पनि भएन । चार वर्षदेखि संविधान सभामा भत्ता खाएर बसेका सदस्यहरुको काठमाडौं बसाई यति चाँडै टुंगिएला भनेर उनीहरुलाई एक सिन्को विश्वास थिएन । होस् पनि कसरी हामी सभासद् हौँ भन्ने कुरा उनीहरुले १४ गते रातिमात्रै थाहा पाएका थिए । जनताका नजरमा गिर्छौं भनेर केहीबेर नारा लगाएर टेलिभिजन र पत्रिकाका अग्रभागमा पीपलपाते अनुहार देखाउने उनीहरुको अन्तिम लालसा पूरा भएकै थियो ।
रुकुम र रोल्पाबाट सुरु भएको माओवादीको क्रान्तिकारी यात्रा १४ जेठमा संविधान सभाको बलात्कारपछि समापन भएको छ । उसले सत्ता कब्जाको रणनीतिका लागि राजनीतिका सामान्य मूल्य र मान्यताबाट बिच्केर अपराधी मार्ग हुँदै प्रवेश गरेको छ । राजनीतिक अवसानका बीच पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाईको दुहाई दिएका छन् ।
आफ्नै पार्टीको एक फग्लेटा उप्किन तयार भइरहेका बेला ३ सय २० जना सभासद्को हस्ताक्षर काखी च्यापेर उनले जुन ढंगले राज्यलाई अराजकतामा हिँडाए, त्यसको नतिजा यही थियो कि ती ३ सय २० मात्र होइनन् ६ सय १ सभासद्लाई राज्यको चाहना र मागबारे अनौठो भ्रम थियो । चारवर्षअघि दुईवर्षभित्र संविधान ल्याउने भनेर चुनिएकाहरु शक्तिमा टिकिरहनका लागि छालाको राजनीतिमा होमिएर प्रचण्डको पिछलग्गू होलान् भन्ने नागरिकलाई शंका नै थिएन ।
आफ्नै पार्टीको एक फग्लेटा उप्किन तयार भइरहेका बेला ३ सय २० जना सभासद्को हस्ताक्षर काखी च्यापेर उनले जुन ढंगले राज्यलाई अराजकतामा हिँडाए, त्यसको नतिजा यही थियो कि ती ३ सय २० मात्र होइनन् ६ सय १ सभासद्लाई राज्यको चाहना र मागबारे अनौठो भ्रम थियो । चारवर्षअघि दुईवर्षभित्र संविधान ल्याउने भनेर चुनिएकाहरु शक्तिमा टिकिरहनका लागि छालाको राजनीतिमा होमिएर प्रचण्डको पिछलग्गू होलान् भन्ने नागरिकलाई शंका नै थिएन ।
अवसर र सत्तालिप्साले मानिसलाई कतिसम्म पंगु बनाउँछ भन्ने पछिल्लो उदाहरण थियो १४ जेठको पटाक्षेप । जहाँ नागरिक समाजका नाममा टुक्रे समुदाय रत्यौली देखाइरहेका थिए । संविधान समयमै जारी गर भनेर नागरिक एकठ्ठा भएर आउलान् र सत्ता कब्जाको रणनीतिमा कसिंगर मिसिएला भनेर प्रचण्डले जातीयरुपमा सबैलाई उचालिसकेका थिए । कोही सुदूरतिर राना थारु भएका थिए त कोही काठमाडौंमा जनजाति र दशनामीका नाममा फुटेर आन्दोलन गरिरहेका थिए । उनीहरु यतिसम्म फुटेका थिए कि माओवादीकै एक गुटले अर्को गुटलाई सिध्याउँछु भन्ने सिद्धान्तमा लागिसकेका थिए । राजमार्ग बन्दका क्रममा आफ्नोजस्तो छाला नहुनेलाई अर्कै ग्रहबाट आएको ठानेर कुटपिटमा उत्रिएका थिए । उग्रवामपन्थ स्वभावलाई केही बुद्धिका भकारी भनाउँदाहरुले तथ्य तोडमरोड पारेर राम्रै तताएका थिए । बाटोखर्त दाताले १२ करोड रुपियाँ दिएकै थियो । आफ्नै राज्यमा अपमानित भएर हतियार बोकेर आएकासँग इमानको भीख माग्नु पर्ने गरी प्रचण्डले सबैलाई उचालेर टुक्रा टुक्रा पारेका थिए र कांग्रेस एमाले पनि पार्टी हो र अथवा बाहुन क्षेत्री दशनामी पनि मान्छे हो र भन्ने अवस्थामा पु¥याएका थिए ।
अनि निमेक गरेर बाँचेकाहरु पनि यो जातिलाई सिध्याउँछु भन्दै चन्दा दिन तयार भइसकेका थिए । यो जटिल अवस्थामा संविधान जारी भएको भए सायद यो बेलासम्म मुलुकमा निकै खरानीको थुप्रोभित्र आफन्तको अस्थिपञ्जर भेटिन्छ कि भन्ने अवस्थामा नागरिकहरु रोइरहेका हुन्थे । धन्न एमाले र कांग्रेसकै अडानमा माओवादी प्रकाशको आँखामा केही पीडाबोध गर्दै तुरुक्क आँशु झारेर लुरुक्क परेर संविधान सभा विघटनको बाटोमा गयो । प्रचण्डले चाहेजसरी मुलुकमा जातीय राज्य बाँडिएन र अरु रगतको भल भग्नबाट मुलुक जोगिएर १६ जेठदेखि नै नागरिकहरु निमेक गर्न ढुक्कसँग हिँड्न थाले । बिबिसीका एकजना संवाददाताले भनेका थिए रे, नेपालमा राजनीतिक दल कमजोर बनाउने भए आइएलओ १६९ उचालिदिए पुग्छ । आज जनजातिहरुले राजनीति दललाई कमजोर बनाएका छन् । ३ सय २० जनाको हस्ताक्षर प्रचण्डका लागि पनि मृत्युको सिफारिस हो । उनी वर्गीय मुक्तिका लागि २६ वर्ष भन्दा बढी भूमिगत जीवन बिताएका मान्छे । आज त्यही म्याद सकिएका, दिमाग मक्किएका र झण्डै एकसयजति त एसएलसी पनि पास नभएका सभासद्को हुट्हुटीमा जसरी उचालिएका छन् ।
त्यसको छनक राम्रो थिएन । धन्न गोर्खाकै पृथ्वीनारायण शाहले एकीकरण गरेको राज्यमा जातीय प्रदेश दिनुभन्दा संविधान सभा विघटन गर्नु उचित मानेर गोरखाकै बाबुराम भट्टराई आफू स्खलित भएर पनि प्रचण्डको बहुलठ्ठी सपनामा मुलुकलाई वायु भरेनन् । अहिले यसमा पनि राहत मानौँ । यो संविधान नआउनुमा जति पीडा छ, त्यस पछाडिका असरलाई अन्दाज गर्दा नआएकै भएर मुलुक यति शान्त भयो कि भन्नेको कमी छैन । ५३ प्रतिशत आर्यलाई चिढाएर ३ सय २० सभासद्को हस्ताक्षर बोकेर प्रचण्डले गरेको घोर अपराधमा एमालेका ३३ ले दिएको साथ फेल खाएको छ । उनीहरु अब के भनेर एमालेमा घुक्र्याउँन आउँदा हुन् । शरमको प्रसंग पनि उठ्छ होला । जुन पार्टीले यहाँसम्म पु¥यायो, त्यही पार्टीमा पनि साइनो टुटाउने र जनतामा पनि नगएर लाजिम्पाटतिर टहलिएर राजनीतिक उडान कायम रहन्छ भन्ने भ्रमको हिसाबकिताब जनताले गर्ने नै छन् । लडाकुले लाखौँ रुपियाँ बोकेर घर फर्कँदा डराउने कांग्रेस र एमालेले राहतको सास फेरे हुन्छ । किनभने लडाकुले पाएको पैसा पनि प्रचण्डकै हूलले लुटेर लडाकुको नाथ्री फुटाउँदै घर पठाइएको थियो । गाउँ चुनाव भए माओवादीले जित्ला भन्ने डर थियो ।
राजनीतिक रुपमा प्रशिक्षित छन् माओवादीका कार्यकर्ता भनेर गरिएको विश्वास पनि मिथ्या सावित भएका छन् । जिल्लाबाट आउने हरेक समाचारमा यिनै माओवादीका कार्यकर्ता लुटपाटमा जोडिएका छन् । हतियारसहित फेला परेका छन् । त्यसैले मंसिर ७ मा प्रचण्डको दुईतिहाइ मतको सपना साकार हुने आधारहरु गाउँमा फेला पर्दैन । किनभने गाउँमा एमाले र कांग्रेसमात्र धूजाधूजा भएको छैन, टोले दादाहरुले आफ्नो शक्ति जमाएर माओवादीकै हिजोको शानलाई मुजा पारिसकेका छन् । कोही कसैले सजिलै चुनाव जित्ने भन्दा पनि गाउँमा कोसँग कति हतियार छ, त्यो हिसाब चैँ निस्कने अवस्थामा एउटा पार्टीले दुईतिहाईको सपना देख्नु जनताले प्रचण्ड राष्ट्रपति बनेको सपना देख्दा गिरिजाप्रसाद कोइरालाले पारसपुत्रलाई बेबीकिङ देख्नुजस्तै हो । अहिले समय फेरिएको छ । एकपटक देखिएको सपना बारम्बार दोहोरिए उसलाई स्वप्नदोष वा अरु कुनै मानसिक रोग हुन सक्छ र त्यसको उपचार गर्नुपर्छ । र, प्रचण्डले आफ्नो सपनाको उपचार पनि आफैँले गरिसकेका छन् ।
उनले ३ सय २० सभासद्को हस्ताक्षर बोकेर आफूलाई माउ माकुरा बनाएको कुरा १५ जेठमै राजकुमार लेखीले भनेको भनाइले पुष्टि हुन्छ । लेखीले भनेका रहेछन्, प्रतिक्रियावादीहरुले संविधानसभा भंग गरे । संविधानसभा भंग कसले गरे भनेर हिसाबकिताब निकाल्दा ठूलो पार्टीको भागमा कति पर्छ, जनतामा जगजाहेरै छ ।
साभारः जनआस्था
बर्षमा १२ वटा पत्रिकामा सम्पादकको काम गर्छन् रामकुमार भाइ । हेर्दाहेर्दै सौर्य दैनिकमा पुगेरे भन्या सुन्छम् । राजनीतिको हावाले नछुँदो हो त गजब प्रगती हुन्थ्यो यिनको । जेहोस् रामकुमार राम्रै लेख्छन् ।।।
ReplyDelete