- विष्णुप्रसाद चापागाई, दमाम
२९ मंसिर/ साउदी अरब पूर्वी क्षेत्रको दमामशहर
अन्तर्गत पर्ने अलदैया स्थित अल-अब्दुल रहमन कन्ट्रयाक्टिङ एण्ड ट्रेडिङ कम्पनिमा
कार्यरत १५० भन्दा बढी नेपाली कामदारहरू नौ महिना अघिदेखि विचल्लीमा परेका छन् । विचल्ली
पर्नेमा नेपाल, भारत, फिलिपिन्स लगायत विभिन्न देशका श्रमिकहरूको संख्या २५० बढि
रहेको छ । करिब तीनसयको संख्यामा रहेका
कामदारहरूमध्ये २५० विचल्लीमा परेपछि बाँकी पचास कामदारहरू पनि जोखिममा परेका छन्
।
बेरोजगार साउदी नागरिकहरूको बृद्धी हुँदै गएपछि
साउदी सरकारले निताकत कार्यक्रमलाई हरेक कम्पनिले व्यवहारमा
उतार्नु पर्ने निर्देशन गरेको थियो । साउदी सरकारले गतसालको अन्त्यबाट लागू गरेको
निताकत कार्यक्रमलाई कम्पनिले शुरूमै ध्यान नदिंदा धेरै नेपाली
कामदारहरूले दुःख झेल्नु परेको बताउँदै पीडित मध्ये खगेश्वर तिमिल्सिनाले
भन्नुभयो- निताकत कार्यक्रम अन्गर्गतका केही नियमहरू यस कम्पनीले पूरा गर्न
नसकेको हुँदा विचल्ली हुने कामदारहरूको संख्या दिनप्रतिदिन बढिरहेको अवस्था छ ।
उहाँका अनुसार कामदारहरूको इकामाको म्याद नाघिसक्दा पनि नविकरण गर्न नसकेको, जसको
कारण इन्स्युरेन्स पनि नभएको, कम्पनिले विगत नौ महिनादेखि तलब पनि
नदिएकोले पकेटखर्चको अभावमा टेलिफोन र औषधोपचारमा कठिनाई भएको, करारनामा पूरा भएकाहरूले घरविदा वा एक्जिटको लागि आवेदन दिंदा पनि छ महिनादेखि घर पठाउन नसकेको
हुँदा समस्यामाथि समस्या थोपरिएको हो ।
समाधानका
लागि कामदारहरूलाई कम्पनी मालिकसम्म आफ्ना समस्या राख्न समेत रोकटोक
गरिने र दूतावास या लेबर कोर्ट पुगेमा “तिमीहरूको सुरक्षा तिमीहरू नै
गर्नू, कम्पनीको सुरक्षा कम्पनीले गर्छ” भन्दै तर्साउने गरेकोले
अन्य विकल्प सोच्न नसकी चार नेपाली कामदाहरू कम्पनी छोडेर भागिसकेका छन् ।
पन्ध्र दिनअघि
आफ्नो व्यक्तिगत कामको शिलशिलामा घुम्दैजाँदा गैर आवासीय नेपाली संघ साउदीका सदस्य श्री विष्णुप्रसाद चापागाईंले यो समस्या थाहा पाएपछि पीडीत नेपालीहरूको उद्धारका लागि संस्थामा
खबर गर्नुभएको थियो । तीन पटकको अथक प्रयासपछि पीडीत नेपालीहरूसँग आजै गैर आवासीय नेपाली संघ साउदी अरबका प्रमुख सल्लाहकार तारा
भण्डारी, अध्यक्ष धरम केसी, कोषाध्यक्ष पुरूषात्तम श्रेष्ठ र सदस्य विष्णुप्रसाद
चापागाईले सामुहिक रूपमा भेटघाट गरी छलफल गर्दा उनिहरूका
थप समस्याहरू सार्वजनिक भएका हुन् र यी समस्याहरूको वस्तुस्थिति बुझेर छिटो भन्दा
छिटो उद्धारको पहल गर्न संस्थाले नेपाली दूतावास रियादलाई आजै पत्राचार गरिसकेको छ ।
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।