- विष्णु बैकुण्ठे
जूनको उज्यालोलाई
सूर्यले चुनौति दिन्छ
दीपलाई राँकोले चुनौति दिन्छ
राँको र सूर्य आवेशमा आएका अस्त्र जस्तै बन्दा
दीप र जून
निडर, शान्त र शालिन बनी
अन्धकारमा आफ्नो असल परिचय गराउन
अभ्यस्त छन्
आँखा टहलाउँछ,
मन पग्लिन्छ
दुःखले पराजय पाउँदाको समय
नयनका नदीहरू सुकिसक्छन्
मनभित्रका सुकेका भावहरू उप्किन्छन् र बोल्छन्...
शान्ति ! तिमी अझै यहाँ ?
म सँगै बस ल ।
सधैं । सधैं ।।
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।