आयरल्याण्डबासी नेपालीहरु नेपालमा लगानी गर्न तत्पर

- एनआरएनए / आयरलेण्ड
 आयरल्याण्डमा रहेका नेपालीहरुले नेपालमा लगानीको उचित वातावरण बने आफुहरु लगानी गर्न चाहेको बताएका छन् । नव वर्ष २०६९ को अवसरमा गैर आवासिय नेपाली संघ आयरल्याण्डले डब्लिन स्थीत र्याडीसन ब्लु रोयल होटलमा बृहत सांस्कृतिक तथा शुभकामना आदान प्रदान कार्यक्रममा उक्त कुरा बताएका हुन् ।

गैर आवासिय नेपाली संघ (एनआरएन) का प्रमुख संरक्षक देवमान हिराचनले संसारभर छरिएर रहेका नेपालीको कमाईको सदुपयोग गर्न सकेमा नेपाल र नेपालीको विकासमा उल्लेखीय टेवा पुग्ने बताउनु भयो । सुरक्षित लगानी तथा उपयुक्त कार्यक्रमको पहिचान गर्दै म र मेरो होइन हामी र हाम्रो भन्ने भावना लिएर काम गर्न सकेमा जस्तोसुकै कठिन काम पनि सहज रुपमा सम्पन्न गर्न सकिने बताउनु भयो । त्यसका लागि एनआरएन ले अझै सशक्त भूमिका खेल्नुपर्ने खांचो औल्याउनु भयो । कार्यक्रमका सभाध्यक्ष तथा एनआरएन आयरल्याण्ड का अध्यक्ष गणेश प्रसाई ले एनआरएन आयरल्याण्ड विगतमा भएका कमी कमजोरीलाई सच्याउदै आयरल्याण्डमा रहेका सम्पूर्ण नेपालीको भावना समेट्दै अघि बढ्ने विश्वास दिलाउनु भयो । एनआरएन आयरल्याण्डका आईसीसी मेम्बर मन कुमार धमलाले धन्यबाद ज्ञापन गर्नु भएको थियो ।

एनआरएनका प्रमुख संरक्षक देवमान हिराचनको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा जनवरीमा दिवंगत आयरल्याण्ड निवासी स्व. कृष्ण थापाको संम्झनामा एक मिनेट मौन धारण गरी कार्यक्रम शुरु गरिएको थियो । करिब चार सय नेपाली तथा बिदेशी उपस्थित रहेको त्यस कार्यक्रममा प्रसिद्ध हास्य कलाकार जाडी दिपक राज गिरि र दिपा श्री निरौला तथा स्थानिय कलाकारहरुको उत्कृष्ट सांस्कृतिक प्रस्तुती सहित ब्यंङ्ग्यात्मक प्रहशनले उपस्थित सम्पूर्ण दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि हिराचनद्वारा कलाकारहरुलाई उपाहार तथा प्रमाण पत्र प्रदान गरिएको थियो । साथै सोहि कार्यक्रममा प्रवासी नेपालीहरुको ग्लोवल क्यापिटल इन्भेष्टमेन्ट प्रा. लि. मा आयरल्याण्ड बासी नेपालीहरुले पनि इन्भेष्ट गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

No comments:

Post a Comment

- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।