अनलाईन साहित्यिक हाजिरी जवाफ प्रतियोगिताको पन्धौं भाग सार्वजनिक

विनेसाम/अनेसास साउदी अरेवियाले संयुक्त रुपमा यो प्रतियोगिताको आयोजना गरेको हो । विश्वमा छरिएर रहेका नेपालीहरुलाई नयां ज्ञान र वुद्धिको श्रृजना हुन अति नै सहयोगी हुने देखिन्छ यो प्रतियोगिता । अझै भन्ने हो भने सम्बन्धित क्षेत्रका युवा वर्गहरुलाई बौद्विक विकासमा केही सानो-तिनो सहयोग पनि यस प्रतियोगिताले दिलाउने हामीले अपेक्षा राखेका छौं ।

यस प्रतियोगितामा भाग लिनको लागि निम्न नियमहरु पालना गर्नुपर्नेछ ।
1, विनेसाम/अनेसासका केन्द्रिय बोर्ड साउदी अरेवियाका सदस्यहरु र सल्लाहकार बोर्डका सदस्यहरुले यस प्रतियोगितामा भाग लिन पाउने छैन ।
2, विश्वमा रहेको नेपालीहरुले जहांबाट पनि यस प्रतियोगितामा भाग लिन पाउने छ ।
3, सबै भन्दा बढी प्रश्नहरुको जवाफ मिलाउने प्रतियोगिलाई क्वीज मास्टर अफ द मन्थ घोषण गरिने छ र प्रत्येक महिनामा नगद रु १००१ र प्रशंसा पत्र पाउने छ । यो पुरस्कार विनेसामको केन्द्रिय कार्यालय नेपालबाट प्रत्येक बर्ष एक समारोह विच हस्तान्तरण गरिने छ । अंक बराबरी भएमा निर्णायक मण्डलद्वारा गोलाप्रथाबाट प्रथम घोषणा गरिने छ ।
4, लगातार ३ पटक सम्म क्वीज मास्टर अफ द मन्थ भएमा क्वीज मास्टर अफ द इयर छानिने छ जसको लागि नगद रु ५००१ र प्रशंसा पत्र प्रदान गरिने छ ।
5, प्रश्नहरु जम्मा २५ ओटा प्रत्येक महिनाको १० गते भित्र सोधिने छ । जसको जवाफ हरेक महिनाको २५ गते भित्र विनेसामको ईमेल gfnlksa@gmail.com मार्फत प्राप्त भएकोलाई समाबेस गरिने छ ।

साउदी अरेवियामा पनि जमराको साथ दशैं

- सागर श्रेष्ठ/खगेन्द्र अधिकारी
 
जहां नेपाली त्यही नेपाली संस्कृति र चार्डपर्वहरु त्यही नेपाली रितिरिवाज र परम्पराहरु । यो विशेषतालाई चरितार्थ गर्दै विश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरेवियाले २०६८ सालको दशैं भव्यताका साथ मनाएको छ । साउदी अरेविया जस्तो कठोर धार्मिक कानुन भएको देशमा पनि पहिलो पटक जमरा उमार्न सफल भएको छ ।

अलसुवाइदी नेपाली परिवारले उपलब्ध गराएको हल दशैंको रातो टिका र पहेला जमराले सजिएको थियो । बिजया दशमीको मंगलधुन घन्किरहेको थियो । दशैंको दिन घर परिवारसंग टाढा हुन पुगेका नेपालीहरुले दुःख बिसे्रका थिए । टिका र जमरा लगाउन पाउने खुसीले उनीहरुको मनले आफु घर परिवार संग रहेको महसुस गरिरहेको थियो । कतै नाचिरहेका कतै गाइरहेका थिए । पहिलो चरणको कार्यक्रममा दशैंको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको थियो ।

विजया दशमीको महत्व र परम्परा

- समुन्द्र पौडेल
आयु द्रोणसुते श्रीयम दशरथे शत्रुक्षयं राघवे।
ऐश्वयं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे।।

'अस्वस्थामाको जस्तो आयु होस्, दशरथको जस्तो शत्रु पराजयको क्षमता होस्। नहुष राजाको जस्तो ऐश्वर्य, वायुको जस्तो गती, दुर्योधनको जस्तो मान, कर्ण जस्तो दानबीर, युधिष्ठिर जस्तो सत्यवादी, बिधुरको जस्तो ज्ञान, नारायणको जस्तो कीर्ति' होस भनी विजया दशमीमा आफूभन्दा मान्यजनहरुबाट टिका, जमराका साथमा आर्शिवाद लिने गरिन्छ।

रामले रावण र दुर्गाले महिषासुर जस्ता राक्षसहरुको बध गरी विजय प्राप्त गरेको पौराणिक कहानीसंग सम्बन्धित मानिने ऐतिहासिक दशै पर्व दक्षिण एशियाका भारत, नेपाल, भुटान र बर्मा(म्यानमार) लगायतका देशमा भिन्न भिन्न प्रकारले मनाइन्छ। भगवानले विभिन्न अवतार लिई राक्षसहरु माथी विजय प्राप्त गरेका हुनाले विजया र दश दिनसम्म पुजापाठ, ब्रत र उमंगका साथ मनाइने हुदाँ दशमी गरी हिन्दुहरुको सबैभन्दा ठूलो चाडको नाम 'विजया दशमी' रहन गएको हो।

अनलाईन साहित्यिक हाजिरी जवाफ प्रतियोगिताको बाह्रौं भाग सार्वजनिक ।

विनेसाम/अनेसास साउदी अरेवियाले संयुक्त रुपमा यो प्रतियोगिताको आयोजना गरेको हो । विश्वमा छरिएर रहेका नेपालीहरुलाई नयां ज्ञान र वुद्धिको श्रृजना हुन अति नै सहयोगी हुने देखिन्छ यो प्रतियोगिता । अझै भन्ने हो भने सम्बन्धित क्षेत्रका युवा वर्गहरुलाई बौद्विक विकासमा केही सानो-तिनो सहयोग पनि यस प्रतियोगिताले दिलाउने हामीले अपेक्षा राखेका छौं ।

यस प्रतियोगितामा भाग लिनको लागि निम्न नियमहरु पालना गर्नुपर्नेछ ।
1, विनेसाम/अनेसासका केन्द्रिय बोर्ड साउदी अरेवियाका सदस्यहरु र सल्लाहकार बोर्डका सदस्यहरुले यस प्रतियोगितामा भाग लिन पाउने छैन ।
2, विश्वमा रहेको नेपालीहरुले जहांबाट पनि यस प्रतियोगितामा भाग लिन पाउने छ ।
3, सबै भन्दा बढी प्रश्नहरुको जवाफ मिलाउने प्रतियोगिलाई क्वीज मास्टर अफ द मन्थ घोषण गरिने छ र प्रत्येक महिनामा नगद रु १००१ र प्रशंसा पत्र पाउने छ । यो पुरस्कार विनेसामको केन्द्रिय कार्यालय नेपालबाट प्रत्येक बर्ष एक समारोह विच हस्तान्तरण गरिने छ । अंक बराबरी भएमा निर्णायक मण्डलद्वारा गोलाप्रथाबाट प्रथम घोषणा गरिने छ ।
4, लगातार ३ पटक सम्म क्वीज मास्टर अफ द मन्थ भएमा क्वीज मास्टर अफ द इयर छानिने छ जसको लागि नगद रु ५००१ र प्रशंसा पत्र प्रदान गरिने छ ।
5, प्रश्नहरु जम्मा २५ ओटा प्रत्येक महिनाको १० गते भित्र सोधिने छ । जसको जवाफ हरेक महिनाको २५ गते भित्र विनेसामको ईमेल gfnlksa@gmail.com मार्फत प्राप्त भएकोलाई समाबेस गरिने छ ।

अनलाईन साहित्यिक हाजिरी जवाफ प्रतियोगिताको एघारौं भाग सार्वजनिक ।

क्यूजविनेसाम/अनेसास साउदी अरेवियाले संयुक्त रुपमा यो प्रतियोगिताको आयोजना गरेको हो । विश्वमा छरिएर रहेका नेपालीहरुलाई नयां ज्ञान र वुद्धिको श्रृजना हुन अति नै सहयोगी हुने देखिन्छ यो प्रतियोगिता । अझै भन्ने हो भने सम्बन्धित क्षेत्रका युवा वर्गहरुलाई बौद्विक विकासमा केही सानो-तिनो सहयोग पनि यस प्रतियोगिताले दिलाउने हामीले अपेक्षा राखेका छौं ।

चिल्ला चेलीका तीजे तिघ्राहरू !

- 'गाउँले' बलदेव
उहिलेउहिले चाडपर्वमा मिठोचोखो पकाएर भान्सा गरिन्थ्यो। अचेल नमिठो बिटुलो खाएर बान्ता गरिन्छ। महात्मा 'ईसामसीह'को शुभजन्मोत्सवको स् मृतिस्वरूप इस्वी संवत् आरम्भ भएको जनवरीको पहिलो दिनमा होस् अथवा 'जिसस क्राइस् ट 'जस्ता कर्पूरगौर सन्तको सम्झना गर्ने 'क्रिसमस 'मा होस् नन्दीभृङ्गीजस्ता उभयलिङ्गीहरू मिसमास भएर मदमांसले मातिन्छन्, झल्लिन्छन् र 'ड्रम सेट'को बेतालमा बिसुरसँग हल्लिन्छन्, यस्तै हो पश्चिमी सभ्यता?
यतातिर जन्म दिन अथवा कुनै पनि शुभ दिनमा दीप, कलश र गणेशको पूजा गर्ने गरिन्थ्यो। शुभकर्मभरि नै दीप प्रज्वलित भइरहनुपर्थ्यो। उता बालिएको मैनबत्ती निभाएर मात्रै जन्म दिन मनाइने गरिन्छ, यता पनि त्यसै गर्न थालियो। निभाउनकै लागि बत्ती किन बालियो?

प्रश्नको उत्तर पर्खिन नसकेर आँखा चिम्म गर्दै हामीहरूले पनि अँध्याराको रहमा हामफालियो। पश्चिमी संस्कृति म जान्दिनँ र नहिँड्ने गाउँको बाटो सोध्न पनि आवश्यक ठान्दिनँ। मेरो पूर्वीय संस् कार आज विकारयुक्त र बेकार हुँदै गएको चाहिँ मलाई थाहा छ। व्रतबन्धकै दिन ब्राह्मण- वटुकको व्रतभङ्ग गराइन्छ। 'ब्रान्डी, ह्विस्की र रम' मिसिएको मदिरातालमा पौडी खेल्दाखेल्दै अनि रमणीहरूको रसपान गर्दागर्दै उपनयनको जनै झरिसकेको र ब्रह्मचर्य मरिसकेको पत्तो पाउँदैन, त्यो स् कुले ठिटो। बाह्र कक्षाको शिक्षा लिँदै गरेको त्यस केटाले भिक्षादानको लगनमै छड्के नेत्रपान गरिसकेको थियो। शिशुको सृष्टि गरिसकेपछि विवाह बन्धनीमा बाँधिने अनिमात्रै व्रतबन्धनीमा जनै र कन्धनी पहिरिने चलन चलेको छ, अहिले। त्यसको के दोष?

सम्झनाका अनुभूतिहरूमा कमला सरूप

- इन्दिरा प्रसाई
प्रिय बहिनी कमला
सम्झनाका अनुभूतिहरू
मेरो मायाको परिभाषाभित्र पर्ने धेरैथोरै सङ्ख्याकी तिमीलाई मैले मायाको सुरुआत गरेको समय पनि त्यति धेरै बितेको छैन । एउटा मान्छेले अर्को मान्छेलाईकहिले, कति र कसरी माया गर्न सक्छ भन्ने खासै हिसाब पनि हूदोरहेनछ । त्यसो त मलाई लाग्छ- 'मान्छे’ भन्ने जीव 'माया’ गर्नकै लागि यो धर्तिमा आएको हो । जबसम्म हरेक मानिसले हरेकपल हरेक चिजलाई माया गर्छ तब यो संसारमा कुनै समस्या पनि आउने छैन । मानिसहरू आफ्नो मायाको बाटो बिराएर जब घृणा, आक्रोस, हिंसा, प्रतिहिंसामा लाग्छन् त्यसै बेला यो सुन्दर वसुन्धराको वातावरण धुमिल हुन्छ ।

मलाई लाग्छ अहिले यस्तै केही भइरहेछ यो धरामा । तर कमला विपरित गतिमा बहिरहेको संसारको आजको परिस्थितिमा पनि तिमीले र मैले एकअर्कालाई माया गरेका छौं । त्यसैले यस बेला हामी संसारको धर्मरेखातिर पनि आपसी मायामा आवद्ध छौं । अर्थात् कमला एकै राष्ट्रियताका हामी पृथ्वीको ओल्लो र पल्लो पाटोमा छुट्टिएर बस्दा पनि हाम्रा बीच मायाको उर्वर भूमि झनै उर्वर हुनु नै हाम्रो प्राप्ति हो भन्ने मेरो ठहर छ । एकातिर एउटै छानामुन्तिर र एउटै भित्ताको वरिपरि र अझ एउटै सिराने हालेर सुतिएका मानिसहरू बीचको घृणाले लत्पतिनुपर्ने समय बिताइरहेकी मलाई तिमीले दिएको माया म अमूल्य महसूस गर्छु ।

साहित्यकार झमककुमारीलाई मदन पुरस्कार

काठमाडौं । मदन पुरस्कार २०६७ साहित्यकार झमककुमारी घिमिरेलाई प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीले ’जीवन काँडा कि फूल’ नामक आत्मकथात्मक कृतिका लागि झमककुमारीलाई २०६७ सालको मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

पुरस्कारको राशी २ लाख रुपैया रहेको छ । सन् १९८० मा धनकुटाको कचिडेमा जन्मिएकी झमककुमारीको जन्मदेखि नै हातगोडा नचल्ने, उभिन, हिडडुल गर्न, बोल्न सक्नु हुन्न । तर, उहाँको दुबै गोडाको तीन औंला मात्र चल्छ । त्यही गोडाको औंलाको सहयोगमा धरै रचना प्रकाशित भइसकेको छ ।

पछिल्लो सयय प्रकाशित ‘जीवन काँडा कि फूल’ नामक आत्मकथात्मक कृति धेरैले मन पराएका छन् । झमककुमारीले संकल्प, आफ्नै चिता अग्निशिखातिर, मान्छेभित्रको योद्धाहरु, सम्झनाका बाछिट्टाहरु, झमक घिमिरेका कविताहरु, जीवन काँडा कि फूल, अवसानपछिको आगमन लगायतका कृति प्रकाशित छन् ।

बाँचेको मान्छे

- गौतम बी.
आज पनि बाऊले गाली गरे।
सधैंजस्तै आज बिहान पनि ऊ अलिक ढिला गरेर खाना खान घर फर्केको थियो। बाऊको गाली खानबाट जोगिन चाहन्थ्यो ऊ। बाऊको गालीले अघाईसकेपछि खानाको लागि ठाऊँ बाँकीनै रहँदैनथ्यो र ऊ दिनभरि भोकै हुनपुग्थ्यो। घरमा बाऊको चालचूल थिएन, उसले आमालाई सोधेन पनि, बाऊ कता गए भनेर। ऊ भान्सामा उसको लागि भनेर रहेको खाना एकैपटक खन्याएर हतार-हतार खान थाल्यो।

“ल हेर, कविज्यू आईपुग्नुभएछ!” खाईसक्ने बेलामा अचानक बाऊ भित्र पसे। “के छ लेखकज्यू?” बाऊ अचेल यस्तै पाराले छेडखान गर्छन् उसलाई। “गधा—साले---! पुरुषार्थ भन्या एक रौं पनि नभा’को---!” यो चाहिँ छेडखान पछि बाऊले भुतभुताऊने ‘मन्त्र’। बाऊ भुतभुताऊँदै आँगनतिर लागे। आमापनि नजिकै थिईन्, अरु दिन भए आमाले ‘खाने बेलाँ पनि किन करा’को?’ भन्थिन् तर आज भने कहि पनि नबोली उस्ले खाएका भाँडा उठाएर बाहिर तिर लागिन्।

मनको नरमाईलोलाई अलिक फिका बनाउन ऊ बजार तिर लाग्यो।

बाऊको ऊसंगको रिस उसले कमाएन अथवा गतिलो कमाई हुने जागिर खोजेन, २५-२६ हुञ्जेलसम्म पनि हल्लेर बसेको छ भन्ने हो। यतिखेर त अझ बाऊलाई 'सरकारी अधिकृत’ को भूत चढेको छ। उसका दुईटै दाइहरु लोकसेवा लडेर शाखा अधिकृत बनेका थिए र अहिले अरु कुनै जिल्लाहरुतिर पुगेका थिए। बाऊ चाहन्थे, ऊ पनि लोकसेवा लडोस् र शाखा अधिकृत बनोस्। बूढाको अचेलको सपनामा कुनै दिन आफ्ना तिन्टै छोराहरु सचिव हुन्थे। यसैले उनको सपनाको एउटै बाधा बनेको थियो ऊ।

घिन्ताङ् घिसीमा फेरिएको भक्तपुर

- निर्मला कटुवाल, भक्तपुर,
'घिनी ट्वाङ-घिनी ट्वाक, घिन्ताङघिसी ट्वाक' यो तालले जतिबेला ट्वाक भन्छ, हातमा बोकिएका ली एकआपसमा ठोक्किएर ट्वाक्क आवाज आउँछ। आइतबार दिनभर नै सिँगो भक्तपुर परम्परागत पहिरन, विभिन्न झाँकी र यसै आवाजमा रमाएको थियो।

भक्तपुरवासी बिक्रमको १४ औं शताब्दीअघि नै लिच्छविकालबाटै गाईजात्राको प्रचलन सुरु भएको ठान्छन्। स्थानीय राजा जयस्थिति मल्लको छोरा दिवंगत भएपछि निरन्तरता पाएको गाईजात्रा मुलुकभरका नेवार समुदायमा प्रचलित काठमाडौंका प्रताप मल्लले चलाएको भन्दा केही फरक छ। त्यसैसँग जोडिएको यहाँको अर्को साँस्कृतिक जात्रा हो- घिन्ताङघिसी, जसमा ताल मिलेर ली जुधाउँदै रमाउने परम्परा छ। वर्षेनी मनाइने यो जात्रामा केही वर्षअघिसम्म छोरीबेटी देखिँदैनथे।

हाप्पेन चोकदेखि कान्छी दोकानसम्म

- देवेन्द्र भट्टराई
पितापुर्खादेखि सुन्दै आएको पाँचथर ‘पान थर’ बनेको थियो, फिदिम ‘फेदेन’ बनेको थियो । पुर्वी पहाडी जिल्लाहरु लिम्बुवानको आन्दोलनमा बौरदैं र मुर्झाउँदैं गरिरहेका थिए । अनेक बहाना राखेर हरेक दिन हुने बन्दहरुले सातो हराएको बिरालो झैं बनेको रहेछ फेदेन । त्यही गोलमालका माझ गत बर्ष कात्तिक दोस्रो साता हामी पाँचथर र इलाम घुमघाममा निस्केका थियौं ।

साँझपख फेदन चोकको युके लजमा पुग्दा लिम्बुवानको भिन्नै जगतमा पाइला टेकेजस्तो भने भएन । भित्तोमा स्वीटजरल्याण्डका सुन्दर दृष्यचित्र र भारतीय नायक-नायिकाका पोजपोजका तस्वीर टाँगिएका थिए भने चर्को स्वरमा हिन्दी गीत गुन्जिरहेको थियो । लिम्बुवानका अभियन्ता मित्र लिङ्देनदेखि कवि भवानी तावा र पत्रकार प्रेम ओझासम्मका बातचितहरु आ-आफ्नै काइदाका लाग्थे । एउटा पुस्तकालयको उद्घाटन समारोहमा पुगेका बेला मैदानमा केही लिम्बु र अन्य जातीय झाँकीहरु देखिएपनि भाषिक उपयोगिताको कुरामा कि नेपाली अथवा केही अंग्रेजीको प्रयोग पनि भैरहेको थियो । ‘यहाँ फेदेन बजारकै लिम्बूहरुले पनि आफ्नो भाषा बुझ्दैन, बरु गाउँतिर भने बाहुनहरुले पनि लिम्बु बुझिरहेका हुन्छन्’, जातिय र भाषिक विविधताले भरिएको नेपाली समाजको यथार्थ सुनाइरहेका थिए, स्थानीय सुम्हात्लुङ एफएमका समाचारबाचक सेसुफुङ शेर्मा । आफ्नो भाषा र सम्पदा जोगाउने अभियानमा अरु तीन साथीभाइसँग मिलेर हरेक बिहान-बेलुका लिम्बु भाषामा समाचार फुकिरहेका उनी बिहानीछेक निकै हतारमा थिए । बरु एकैछिनमा सुम्हात्लुङ एफएमबाट सुनियो, ‘आल्ल इङ्घङ खेप्सुङ्लो…’ (अब लिम्बु भाषामा समाचार सुन्नुहोस ।)

अनलाइन हाजिरी जवाफ प्रतियोगिताको दशौं भाग सार्वजनिक

विनेसाम/अनेसास साउदी अरेवियाले संयुक्त रुपमा यो प्रतियोगिताको आयोजना गरेको हो । विश्वमा छरिएर रहेका नेपालीहरुलाई नयां ज्ञान र वुद्धिको श्रृजना हुन अति नै सहयोगी हुने देखिन्छ यो प्रतियोगिता । अझै भन्ने हो भने सम्बन्धित क्षेत्रका युवा वर्गहरुलाई बौद्विक विकासमा केही सानो-तिनो सहयोग पनि यस प्रतियोगिताले दिलाउने हामीले अपेक्षा राखेका छौं ।

यस प्रतियोगितामा भाग लिनको लागि निम्न नियमहरु पालना गर्नुपर्नेछ ।
1, विनेसाम/अनेसासका केन्द्रिय बोर्ड साउदी अरेवियाका सदस्यहरु र सल्लाहकार बोर्डका सदस्यहरुले यस प्रतियोगितामा भाग लिन पाउने छैन ।
2, विश्वमा रहेको नेपालीहरुले जहांबाट पनि यस प्रतियोगितामा भाग लिन पाउने छ ।
3, सबै भन्दा बढी प्रश्नहरुको जवाफ मिलाउने प्रतियोगिलाई क्वीज मास्टर अफ द मन्थ घोषण गरिने छ र प्रत्येक महिनामा नगद रु १००१ र प्रशंसा पत्र पाउने छ । यो पुरस्कार विनेसामको केन्द्रिय कार्यालय नेपालबाट प्रत्येक बर्ष एक समारोह विच हस्तान्तरण गरिने छ । अंक बराबरी भएमा निर्णायक मण्डलद्वारा गोलाप्रथाबाट प्रथम घोषणा गरिने छ ।
4, लगातार ३ पटक सम्म क्वीज मास्टर अफ द मन्थ भएमा क्वीज मास्टर अफ द इयर छानिने छ जसको लागि नगद रु ५००१ र प्रशंसा पत्र प्रदान गरिने छ ।

अनलाईन साहित्यिक हाजिरी जवाफ प्रतियोगिताको नवौं भाग सार्वजनिक ।

क्यूजविनेसाम/अनेसास साउदी अरेवियाले संयुक्त रुपमा यो प्रतियोगिताको आयोजना गरेको हो । विश्वमा छरिएर रहेका नेपालीहरुलाई नयां ज्ञान र वुद्धिको श्रृजना हुन अति नै सहयोगी हुने देखिन्छ यो प्रतियोगिता । अझै भन्ने हो भने सम्बन्धित क्षेत्रका युवा वर्गहरुलाई बौद्विक विकासमा केही सानो-तिनो सहयोग पनि यस प्रतियोगिताले दिलाउने हामीले अपेक्षा राखेका छौं ।

यस प्रतियोगितामा भाग लिनको लागि निम्न नियमहरु पालना गर्नुपर्नेछ ।
1, विनेसाम/अनेसासका केन्द्रिय बोर्ड साउदी अरेवियाका सदस्यहरु र सल्लाहकार बोर्डका सदस्यहरुले यस प्रतियोगितामा भाग लिन पाउने छैन ।
2, विश्वमा रहेको नेपालीहरुले जहांबाट पनि यस प्रतियोगितामा भाग लिन पाउने छ ।
3, सबै भन्दा बढी प्रश्नहरुको जवाफ मिलाउने प्रतियोगिलाई क्वीज मास्टर अफ द मन्थ घोषण गरिने छ र प्रत्येक महिनामा नगद रु १००१ र प्रशंसा पत्र पाउने छ । यो पुरस्कार विनेसामको केन्द्रिय कार्यालय नेपालबाट प्रत्येक बर्ष एक समारोह विच हस्तान्तरण गरिने छ । अंक बराबरी भएमा निर्णायक मण्डलद्वारा गोलाप्रथाबाट प्रथम घोषणा गरिने छ ।
4, लगातार ३ पटक सम्म क्वीज मास्टर अफ द मन्थ भएमा क्वीज मास्टर अफ द इयर छानिने छ जसको लागि नगद रु ५००१ र प्रशंसा पत्र प्रदान गरिने छ ।
5, प्रश्नहरु जम्मा २५ ओटा प्रत्येक महिनाको १० गते भित्र सोधिने छ । जसको जवाफ हरेक महिनाको २५ गते भित्र विनेसामको ईमेल gfnlksa@gmail.com मार्फत प्राप्त भएकोलाई समाबेस गरिने छ ।

तराजुमा बाबु-छोरा

-•खगेन्द्र संग्रौला
क्रान्तिकालीन चीनका लेखक लु स्युन थिए निकै नै जौडे जुधारु । नवीन विचार र जनसंस्कृतिको मोर्चामा ती मरिमेटेर जुधे । र, तिनले थुप्रै पुरातनपन्थी र रूढिमार्गीहरूलाई हाबाकाबा खेलाए । परचक्रीहरू न्याय र नैतिकतायुक्त एवं अग्निमय तर्कवितर्कको शास्त्रार्थमा जब धुलो चाट्थे, ती निस्तेज र निरूपाय भई लु स्युनको नितान्त निजी जीवनमाथि अतिक्रमण गर्थे । लु स्युनका दाँत पहेँला थिए । दाँत ताकेर हरूवा काजीहरूले तिनलाई 'पहेँल्दाँते'को फत्तुर लगाए । उमेर निकै पाको भइसकेर पनि लु स्युनका सन्तान भएका थिएनन् । सन्तान नहुनुलाई तारो बनाएर दुर्मति मनुवाहरूले तिनलाई 'अलच्छिनी निसन्तान बूढो' भनी गर्नु नगर्नु गिल्ला गरे । लामो पर्खाइपछि जब सन्तान पैदा भयो, लु स्युन परपीडक अन्तरेहरूलाई सम्झिँदै दङ्ग परे । र, निसन्तानको फत्तुरको प्रत्युत्तरमा तिनले जमाएर जबाफ दिए— अब भने मेरो पनि छोरो भयो !

बाबु बन्न जोकोहीलाई लु स्युनलाई झैँ गाह्रो पर्दैन । बाबु बन्न न प्रतिभा र लगन चाहिन्छ, न शुभ मुहूर्तको प्रतीक्षा गर्नुपर्छ, न त प्रशिक्षण र सीपकै खाँचो पर्छ । नररूपी दोपाया भालेले पोथीलाई ऋतुदान गरे पुग्यो, पोथीको गर्भाशयमा प्रकृतिले आफैँ छोरो बनाइदिन्छ । गाह्रो त गतिलो बाबु हुन पो छ । बाबुको रूपमा आफ्नो भूमिकाको स्मरण गर्दा लाग्छ, छोरीको हकमा म ठीकठीकैको बाबु भएँछु, छोराको हकमा भने त्यस्तैउस्तै बाबु ।

मुक्तकहरु

- विष्णु बैकुण्ठे
१.
दुःख कति गरेँ गनिसाध्य छैन
आँशु कति झारेँ भनिसाध्य छैन
पौरख गरे स्वदेशमै सुखी रहिन्छ
कमाउन विदेशमै जानु बाध्य छैन

२.उतिखेर माया पनि धेरै भयो सस्तो
आज बल्ल थाहा भो मरुभूमी कस्तो
पृयाले सम्झाउँदा उल्टो खेदियो
नपाइने नै रहेछ जन्मभूमी जस्तो

३.
नेपालमै मन भए पनि विदेशमा पाऊ छ
विछोड र वेदनाका हृदयभरी घाऊ छ
दशनङ्ग्रा खियाउन अब विदेशिन्न
फर्कि जान्छु गाउमै आफ्नै ठूलो भाऊ छ

४.
कल्याणकारी भाषणको गीत यस्तै छ
साँढे जुध्दा बाछो मिच्ने जीत यस्तै छ
नालायक नै नायक बन्दा देश भ्रष्ट भो
एउटा रुँदा अर्को हाँस्ने रित यस्तै छ

५.
पहिलो भेटमै नजरको वाण लाग्यो तिमीलाई
मोहिनीको ब्रम्हस्त्रले हिर्काई भाग्यो तिमीलाई
प्रेमको घाऊमा मल्हमपट्टी गर्ने साथी पाउँदा
सँगै बसी जून हेर्ने इच्छा जाग्यो तिमीलाई

हुस् गुरु

- बुद्धिसागर
दिउसो साढे चारबजेतिर कटासे बजारमा मुर्मुरिएका गोरुको लस्करझैं बजारका केटाहरू दगुरिरहेका थिए। संख्या तीसएकतीस जना। मान्छेहरू घरका बार्दलीमा बसेर रमाइलो हेरिरहेका थिए। म भने सुरुमा गद्र्याङगुद्रङ दगुरिरहेका केटाहरू देखेर तर्सेको थिएँ- कतै फेरि ग्याङफाइट भयो कि! बजारमा हप्तैपिच्छे फाइट भइरहन्थ्यो। तर, होइन रहेछ। त्यस भीडलाई एकजना नयाँ मानिसले सम्हालिरहेका थिए।

उनी भीडको अघिल्तिर दगुरिरहेका थिए। तलमाथि सिमलको भुवाजस्तो सेतो कपडा र कम्मरबाट तलतिर लत्रेको कालो बेल्ट। बेल्टअघिल्तिरका दुइटा पाता घाइते सर्पझैं एकअर्कासित जुधिरहेका थिए। भीड जमराखोलाको किनारतिर लाग्यो। खोलाको किनारमा ठूलो चौर थियो, जहाँ अघिल्लो वर्ष वीरेन्द्र रनिङ सिल्ड भएको थियो। म पनि पछिपछि दगुरेँ।

दगुर्दै गर्दा मैले थाहा पाएँ- अघिअघि दगुर्ने मानिसलाई 'गुरु' भन्नुपर्ने रहेछ। केटाहरूले 'सुनिल गुरु' भन्न थासिकेका रैछन्। गुरु ताइकान्दो सिकाउन धनगढीबाट कटासे आएका हुन् रे। उनले ताइकान्दोमा पहिलो 'डन' पाइसकेका रे। ब्ल्याक बेल्टभन्दा पनि ठूलो। गुरुले चौरमा पुगेपछि सबैलाई बिस्तारै गोडा चलाउँदै उभिन भने। धेरै त सास फुलेर स्वाँस्वाँ भइसकेका थिए। कतिले त सर्पले झैं जिब्रो बाहिर निकाल्न थालिसकेका थिए। गुरुले सबैलाई गोलबद्ध हुन भने। र, कराए- सबैले पालैपालो परिचय दिने।

के डेरा के घर...

- दीपक भट्टराई
बस चढ्नु अगाडि मलाई लागेको थियो, म सापिन जाने आफन्त दाइहरुको डेरा भएको ठाउँलाई बागबजार भन्छन्। 'ए त्यसो भए त तिमी बस्ने ठाउँ र क्याम्पस नजिकै रहेछ,' बस चढाउन आएका मामाले भन्दा म अलमलिएँ। भृकुटीमण्डपस्थित रत्नराज्य क्याम्पस, आफन्त दाइहरु डेरा गरी बस्ने ठाउँ भन्दा निकै पर थियो। सिट नपाएर मुडामा बसेर रातभरको यात्रा गरिरहँदा मैले सम्झें, म जाने ठाउँको नाम बागबजार होइन नयाँबजार हो। त्यो बेला काठमाडौं भित्र बाहिर गर्ने सबै बस अहिलेको पुरानो बसपार्कबाट चल्थे। बसपार्कबाट नयाँबजार जान नसकेपनि नयाँबजारको मामा कन्फेक्सनरी गल्लीमा पुर्याइदिएपछि दाइको डेरा पत्ता लाउन सक्छु भन्ने विश्वास थियो। दुई तिर अग्ला अग्ला पर्खाल भएको साँघुरो गल्लीको सम्झना थियो। म एक्लै काठमाडौं आउनु पहिले बा र म दाइको डेरामा बसेर भर्नाका लागि क्याम्पसहरु चहारेका थियौं।

बुटवल-काठमाडौं चल्ने नाइटबसबाट बसपार्कमा उत्रिदाँ तीन पाङ्ग्रे काला टेम्पुका लाइन थिए । १८ वर्ष पहिले काठमाडौ झर्दा दरीले बेरेको सिरक-डसनाको पोको, एउटा ठूलो झोला र दाइहरुले चामल-तरकारी किन्ने पसलेको फोन नम्बर साथमा थिए। मोलमलाईमा तीस रुपैयाँ मन्जुर गरेर बसपार्कबाट एउटा कालो टेम्पु समातें । डेरा पत्ता लगाउन सक्छु कि सक्दिन्न भन्ने डरले धेरै बेर सताएन। डेरामा पुग्दा दाइहरु सुतिरहेकै थिए। अत्यावश्यक संवाद मात्र गर्ने एकाघरका दाजु-भाइ बसेको एक कोठे डेरामा म बिस्तरासहित आउँदा उनीहरुले अप्ठेरो माने झैं लागेन। महिनाको चार सय ५० रुपैयाँ तिर्नुपर्ने कोठामा म थपिदाँ भाडा पनि बाँडफाँड हुन्थ्यो।

अनलाईन साहित्यिक हाजिरी जवाफ प्रतियोगिताको सातौं भाग सार्वजनिक

विनेसाम/अनेसास साउदी अरेवियाले संयुक्त रुपमा यो प्रतियोगिताको आयोजना गरेको हो । विश्वमा छरिएर रहेका नेपालीहरुलाई नयां ज्ञान र वुद्धिको श्रृजना हुन अति नै सहयोगी हुने देखिन्छ यो प्रतियोगिता । अझै भन्ने हो भने सम्बन्धित क्षेत्रका युवा वर्गहरुलाई बौद्विक विकासमा केही सानो-तिनो सहयोग पनि यस प्रतियोगिताले दिलाउने हामीले अपेक्षा राखेका छौं ।

यस प्रतियोगितामा भाग लिनको लागि निम्न नियमहरु पालना गर्नुपर्नेछ ।
1, विनेसाम/अनेसासका केन्द्रिय बोर्ड साउदी अरेवियाका सदस्यहरु र सल्लाहकार बोर्डका सदस्यहरुले यस प्रतियोगितामा भाग लिन पाउने छैन ।
2, विश्वमा रहेको नेपालीहरुले जहांबाट पनि यस प्रतियोगितामा भाग लिन पाउने छ ।
3, सबै भन्दा बढी प्रश्नहरुको जवाफ मिलाउने प्रतियोगिलाई क्वीज मास्टर अफ द मन्थ घोषण गरिने छ र प्रत्येक महिनामा नगद रु १००१ र प्रशंसा पत्र पाउने छ । यो पुरस्कार विनेसामको केन्द्रिय कार्यालय नेपालबाट प्रत्येक बर्ष एक समारोह विच हस्तान्तरण गरिने छ । अंक बराबरी भएमा निर्णायक मण्डलद्वारा गोलाप्रथाबाट प्रथम घोषणा गरिने छ ।
4, लगातार ३ पटक सम्म क्वीज मास्टर अफ द मन्थ भएमा क्वीज मास्टर अफ द इयर छानिने छ जसको लागि नगद रु ५००१ र प्रशंसा पत्र प्रदान गरिने छ ।
5, प्रश्नहरु जम्मा २५ ओटा प्रत्येक महिनाको १० गते भित्र सोधिने छ । जसको जवाफ हरेक महिनाको २५ गते भित्र विनेसामको ईमेल gfnlksa@gmail.com मार्फत प्राप्त भएकोलाई समाबेस गरिने छ ।

अनलाईन साहित्यिक हाजिरी जवाफ प्रतियोगिताको छैटौं भाग सार्वजनिक ।

खर्साङको बगानदेखि काठमाडौंसम्म

- दीपेन्द्र लामा, काठमाडौं
कलाकारः अर्पण थापा
भिरालो चिया बगानमा पानी जम्दैन। तर, उनको मन कुनै चिया बगान होइन। त्यहाँ जे पनि जम्न सक्छ। एकदिन उनको मनमा फिल्म खेल्ने रहर जम्यो र कलाकार बने। काठमाडौंमा जन्मेर खर्साङको चिया बगानमा हुर्केका अर्पण थापाले अभिनय विधा रोजेर न्याय गरे कि अन्याय? अथवा उनको कलामा जादु कति भरिएको छ? जवाफ फिल्म 'ब्याच नम्बर १६'ले दिन्छ, जुन अहिले देशका सहरहरूमा चल्दैछ। यसमा एक महत्वाकांक्षी धोकेबाज सशस्त्र प्रहरी अधिकृतको भूमिका उनले पाएका छन्। 'कसै कसैले मलाई साँच्चिकै पुलिस ठानेछन्, यसलाई मेरो अभिनयको सफलता मान्छु,' उनी प्रफुल्ल छन्।

उनले खेलेको अर्को फिल्म 'सिक सिटी' पनि अहिले काठमाडौंको जयनेपाल हलमा लागिरहेको छ। गत मंसिरमा काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सवको 'नेपाली सेक्सन'मा यो उत्कृष्ट भएको थियो। यसमा पनि उनको वाहवाही सुरु भइसकेको छ। १८ वर्षपछि चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आइपुगे झैं अर्पण पनि नेपाली फिल्मका दर्शकसँग एकदम नजिकिएका छन्। जबकि फिल्मसँग उनको सम्बन्ध दस वर्षअघि मुम्बईमा गाँसिएको हो। मुम्बईस्थित किशोर नमितको इन्स्टिच्युटमा उनले फिल्म अभिनयको एक वर्षे तालिम लिएका थिए।

मैले देखेको सुपरमुन

-विष्णु प्रसाद चापागाई

मलाई किन किन सानै छँदा देखिनै खुल्ला आकाशमा बसेर ब्रम्हाण्ड नियाल्न मन लाग्ने गर्दथ्यो । अझ संचारमाध्यमबाट खगोल सम्बन्धि समाचार प्रसारित वा प्रकाशित भए झन् उत्साहका साथ आकाश नियाल्ने गर्दथें । यतिसम्म कि पोहोरको साल दिनमै सुर्य ग्रहण लाग्दा मैले खुल्ला आँखाले समेत ग्रहण नियाल्न पुगेँ आफ्नो सचेतना गुमाउँदै भए पनि । यसलाई मैले सामान्य रुपमा लिएँ वास्तवमा यो मेरो ठूलो कमजोरी थियो ।

नभन्दै हिजो राती आकाशमा १८ बर्षपछिको सबैभन्दा ठूलो (औषतमा १४% ठूलो) चन्द्रमा देख्ने रहरले मलाई विहानै देखि गाँजेको थियो । दिनभरी साथीहरुसँग यसै विषयमा छलफल गर्दै बेलुका सबैजना भेला भइ अवलोकन गर्ने निर्णयका साथ बेलुका भेला भइयो।

अरुबेला फेब्रुअरीदेखि नै मरुभूमिको धुलो उडाएर आकाशमा बादल लगाउने साउदी अरेबियाको यो क्षेत्रमा हिजो भने प्रकृतिले साथ दिएकै भन्नु पर्छ । निकै उत्साहका साथ हामीले चन्द्रमालाई शुरुदेखि नै नियाल्यौ । चन्द्रमा वास्तवमा नै गज्जब देखियो । साँझ ६:३० मा मा नियाल्दा चन्द्रमा केही ठूलो हो कि भन्ने लाग्दथ्यो मधुरो हुनाले अड्कलबाजी सामान्य रह्यो । तर हामीले प्रयासलाई निरन्तरता दिइरह्यौ । बेलुकी ९ बजे चन्द्रमामा धेरै परिवर्तन भइसकेको थियो । मतलब धेरै चम्किलो । खुल्ला आकाशमा बिना रोकतोक एक अटल चन्द्रमा आफै मुस्कुराइरहेको थियो पृथ्वीको नजिकै आएर । मैले चन्द्रमालाई नियालिरहँदा चन्द्रमाले नै मलाई गिज्याउँदै नियालिरहेको आभाष पो भयो मलाई । हामी सबैमा नौलो जागरण छाएको थियो । अब हामी बाहिर बालुवामा सुकुल ओछ्याएर त्यही रात कटाउने भयौ तास खेल्दै । हामीलाई चन्द्रमा बाहिरको अर्को प्रकाशको जरुरत परेन । सहजै हामीले हातमा भएको तासको अंकहरु देख्न सक्यौ ।

रातको ११.३० बजे त चन्द्रमा यति चम्किलो भयो कि कसैले सूर्यको प्रकाशलाई ऐनाबाट परावर्तन गरिरहेको छ। ठाडो घाँटी लगाएर आकाशमा चन्द्रमालाई सीधा हेर्न सकिने स्थिति थिएन यो बेला किनकी चन्द्रमा स्वभाविकभन्दा धेरै चम्किलो थियो । तपाईहरु कल्पना गर्न सक्नुहुन्छ कि दिनमा कोठामा बसिरहेको बेला बाहिरको ऐनामा सूर्यको प्रकाश परावर्तन भइ तपाईको आँखामा परिरहेछ र तपाइ आँखा मिच्दै हुनुहुन्छ । हो यहि भयो हामी सबैलाई र मैले खल्तिबाट परिवर्तनशील चस्माको प्रयोग गर्नु पर्यो । रातको समयमा खासै परिवर्तन नहुने चस्माले यो बेला भने क्षणभरमै आफ्नो रंग बदल्यो र हामीले झन् सहजताका साथ चन्द्रमालाई नियाल्न सक्यौ । मैले नासाका तस्वीरहरु हेरेको थिएँ । उसका भिडियोहरु हेरेको थिएँ चन्द्रमाभित्रका अनौठा दागहरु र यसलाई अझ गुगल अर्थबाट नजिकैबाट नियाल्ने गरेको थिएँ । मैले तस्विरमा जे देखेको थिएँ हिजो उही कुरा देख्न पाएँ । एकदम खुशी लाग्यो । हामीले कोठाबाट पुस्तक ल्याइ पढेर एक अर्कालाई सुनायौं गज्जवले देखिदो रहेछ । हामीलाई लागिरहेको थियो कि हाम्रो सामुन्ने पेट्रौलमेक्स बलिरहेछ । यतिका गज्जबका साथ मैले चन्द्रमाको प्रकाशमा रमाउन पाएको थिइन ।

मलाई थाहा छ करिब १६ बर्ष अघि मंसिर महिनाको जुनेली रातमा खेतमा पाकेर झुलिरहेको धान काटे‌का थियौं धेरै जना मिलेर र पंक्तिवद्दरुपमा धानका पाँजाहरु कुम्भकर्ण झैं लमतन्न सुतेको देख्न सकिन्थ्यो तर किताब पढ्न सक्ने स्थिति थिएन । तर हिजो नौलो आभाष थपिदिएको थियो चन्द्रमाले हाम्रो जीवनमा ।

समुद्र नजिकै रहेकोले जतिखेरै हावाको वहाव भइरहने ठाउँमा हामीले रातभरी खुल्ला आकाशमा बस्ने हिम्मत गर्न सकेनौ किनकी भोली विहान ७ बजे सबैले आ-आफ्नो जागिरमा जाने बाध्यता छ । यो हाम्रो दैनिकी पनि हो । आफ्नो स्वास्थ्य तथा समयलाई ध्यान दिदै रातको २ बजे सुत्ने तरखरमा लाग्यौ । ओछ्यानमा पल्टिदासम्म मैले गीत कविता तथा साहित्यमा चन्द्रमाको बर्णन गरिएका शब्दहरु सम्झिरहेको थिएँ । स्वर्गकी परी भने झैं लाग्ने "जून" शब्दका अनेक बर्णनका गीतहरु कल्पिदै कतिखेर निदाएछु पत्तै भएन । विहान उठ्दा हिजोको चन्द्रमा अस्ताइसकेको थियो ।
हाल दमाम साउदी अरेबिया

विपरीत हार्मोनको चमत्कार

- हर्षनाथ भट्टर्राई
आज भन्दा २२ वर्ष अघिको कुरा हो । शिवालाई जन्मेको ५ महिनामा नै हर्नियाको रोग भएछ । डाक्टरको सल्लाह बमोजिम पेटी बाँध्ने र औषधिको सेवन गरेमा अहिले अर्थात् १५/१६ वर्षम्म त केही हुँदैन, त्यस पछि खेलकूद गरेमा फेरि हुन सक्छ कदाचित् भइ हाल्यो भने अपरेशन गरेपछि ठीक हुन्छ । यही सलाह अनुसार २०वर्षसम्म केही समस्या भएको थिएन ।

एक दिन फूटवलको म्याच सकेर डेरामा आउँदा-आउँदै शिवालाई बाटैमा हर्नियाले गाँजिहाल्यो, डेरामा नआईकन सोझै अस्पताल गए, डाक्टरले आज भरे नै अपरेशन गर्नु पर्छ भन्यो र रगत पनि दिनु पर्ने हुन्छ, ग्रुप मिलाएर रगतको जोहो पनि गर्नु भनेको हुनाले सबै बन्दोवस्त मिलाई डेरामा खबर गर्न लगाएँ । थाहा पाउना साथ डेराका साथीहरू र अरु घनिष्ट मित्रहरू सबै अस्पतालमा आए ।

अस्पतालमा डाक्टरबाट अप्रेशन र रगत दिनु पर्ने कुरा सुन्ना साथ गौराले डाक्टर साहब ! मेरो दाईलाई मेरो रगत जति चाहिए पनि दिन्छु । हाम्रो ग्रुप पनि बी.बी. नै हो भनेकी थिइन् । वेलुका डाक्टरको अनुमति मिल्नासाथ एक पिन्ट रगत गौराले दिएकी रहिछन् । १ हप्तामा अस्पतालबाट छुट्टी पनि दिए । ३ महिना नभई फूटवल नखेल्नु भन्ने सल्लाह पनि दिए । त्यही अप्रेशनको बेलामा नै अपेन्टिसाइटिसको पनि अप्रेशन गरिदिएछन् । एकै पटक डबल अप्रेशन भएको हुनाले नै एक पिन्ट रगत दिनु परेको हो भन्ने कुरा शिवाले पछि मात्र थाहा पाए ।
- दीपक पौडेल, दोहा
विश्वकै सवैभन्दा ठुलो सामुद्रिक पुस्तक मेलाको आयोजना गर्दै देश-देशावरको भ्रमण गर्ने पानी जहाज लोगोस होपु मा एक नेपाली चेली छिन् । विश्वभर लोगोस होपको लोकप्रिरयता नियाल्ने र देश-देशावरको रहन-सहन एवं सांस्कृतिक विविधताको प्रत्यक्ष साक्षी बन्ने अवसर पाउने यी चेली हुन्- ललिलतपुर सातदोवाटोकी हाना तामाङ । २१ बर्षकी हाना विगत डेढ बर्षदेखि लोगोस होपु मा कार्यरत छिन् । ज्ञान सहयोग र आशा नलेज हेल्प एण्ड होप को अभियानसहित विश्वयात्रा गर्ने पानीजहाज लोगोस होपका वारेमा एक नेपाली दाजुले बताएपछि उनले स्वयम्सेवी बन्न कम्मर कसेकी हुन् । ज्ञानोदयकी विद्यार्थी हानाले ब्यवस्थापनमा प्लस टु अध्ययन सकाएर त्यो आवद्वता ग्रहण गरिन् ।

ज्ञान सहयोग र आशाको अभियानमा एक महत्ववुर्ण हिस्सा बन्न पाएकोमा हाना हाल आएर निकै सन्तुष्ट पनि छिन् । ड्याडीले होगोस होपमा जान्छौ त भनेर सोध्नुभयो धेरै सोचे फेरि त्यो दाईले पनि हौसला दिनुभयो । अनि जान्छु ड्याडी भनें अंगे्रजी टोनमा हानाले भनिन्- हामी लेन्डलक कन्ट्री भुपरिबेष्ठत मुलुकका सिटिजन नागरिक भएर होला सिप पानीजहाजको एक्सपेरियन्स अनुभव युनिक अनौठो लागिरहेछ ।

लिंग र योनी झुन्ड्याउँदै होली मनाउँदै

सबैजसो ठाउमा होली विभिन्न रंग र अबिर दलेर सुरुवात हुन्छ । अझ आजोभाली होली आउनु १० दिन अघि देखि नै लोला हान्न गर्छन । लोलामा पानी राखेर हिर्काउन थालेपछि होली आएको महसुस गर्छन् ।

तर भक्तपुरमा भने फरक तरिकाले होलीको सुरुवात हुन्छ । दत्तात्रय मन्दिर संगै रहेको भैरब मन्दिरमा रहेको लिंगको आकृति भएको काठ र रातो कपडाको कपडाको योनी जुधाएर होलीको सुरुवात भएको छ । फागुन शुक्ल अष्टमीको दिन शनिबार भिमसेन मन्दिरमा राखिएको लिंग अथार्त लगलाई टोल-टोलमा घुमाएर पुन मन्दिरको पाटीमा राखिएको छ । टोल टोलमा रहेको पसलै पिच्छे घुमाएर पुजा गरी पाटीमा झुण्ड्याएको हो । काठबाट बनेको दुई हात लामो लिंग करिब ३० इन्च मोटाई रहेको छ । यसलाई भिमसेनको लिंग र कपडाबाट बनाएको प्वाललाई द्रौपतीको योनीको रुपमा लिने गरिन्छ ।

नेवारी परम्परा अनुसार यसलाई चिर स्वायगू भनिन्छ । चिरस्वायगू अथार्त लिंग घुमाएपछि फागु पर्व सुरुवात भएको मानिन्छ । भिमसेनको लिंगलाई दुई जनाले काधमा बोकेर भक्तपुरको इनाचो, बाचुटोल, जेला, जगाती, बम्हायणी, च्यामासिंह हुदै, दत्तात्रय मन्दिर वरीपरी रहेको घर, पसल पिच्छे लिंग दर्शनका लागि लगिएको थियो । घर र पसल घुमाएको लिंगलाई भक्तजनले स्पर्षगरी ढोग्ने र दान दक्षिणा चढाएका थिए । लिंगको दर्शन गरे व्यापार फस्टाउने विश्वास रहेको स्थानीयबासी कृष्णबहादुर गायजुले बताए ।

ठरकी दादाको कथा

- ठरकी दादा
ठरकी धेरै पछी घर जाने तरखरमा थीयो । धेरै पछि घर गए पछी एक दुई हप्ता पनि नबसी के आउनु भनी ऊ के लाने के नलाने भन्दै सामानको लिष्ट बनाउन थाल्यो ।

उसले एकचोटी चारैतीर हेर्‍यो, उसलाई आफ्नो कोठामा भएको सबै कुरा आवश्‍यक लाग्यो अनी दुई कोठा सामानलाई कसरी दुई वटा सुटकेशमा अटाउने भनेर सोच्न थाल्यो । उसको नजर फेरी आफ्नो टेबुलमा राखेको "ईकोनमी क्लासको" ठिकट तर्फ पुग्यो। एयरपोर्ट र एयरलाईन्स का कर्मचारीलाई जे जसो भने पनि दुई वटा टीकट बाट उसले कुनै पनि हालतमा ४५ किलो भन्दा बढी सामान लान पाउने स्थीति थिएन ।

जा! बरु यो किताब कापी चाही केहि लान्न, त्यसै त घर जान लागेको त्यसमाथी पनि दशैको बेलामा यत्रा बिधि किताब कापी लगेर के गर्ने ? उसले आफ्नो किताब कापिलाई "प्याकिङ लिष्ट" बाट हटायो ।

तर खै त ? सामान त अझै निक्कै छ नी त ! यो २-४ किताब कापी हटाएर केहि भएन । अबको पालो उस्को नजर आफ्नो बुढीको लुगा फाटामा गयो " हैन तीमी घर गए पछी नफर्कने हो कि के हो किन सबै लुगा फाटा लिएर जादैँ छौ ?"

2011अनलाईन साहित्यिक हाजिरी जवाफ प्रतियोगिताको पांचौं भाग सार्वजनिक ।

 क्यूजविनेसाम/अनेसास साउदी अरेवियाले संयुक्त रुपमा यो प्रतियोगिताको आयोजना गरेको हो । विश्वमा छरिएर रहेका नेपालीहरुलाई नयां ज्ञान र वुद्धिको श्रृजना हुन अति नै सहयोगी हुने देखिन्छ यो प्रतियोगिता । अझै भन्ने हो भने सम्बन्धित क्षेत्रका युवा वर्गहरुलाई बौद्विक विकासमा केही सानो-तिनो सहयोग पनि यस प्रतियोगिताले दिलाउने हामीले अपेक्षा राखेका छौं ।

यस प्रतियोगितामा भाग लिनको लागि निम्न नियमहरु पालना गर्नुपर्नेछ ।
1, विनेसाम/अनेसासका केन्द्रिय बोर्ड साउदी अरेवियाका सदस्यहरु र सल्लाहकार बोर्डका सदस्यहरुले यस प्रतियोगितामा भाग लिन पाउने छैन ।
2, विश्वमा रहेको नेपालीहरुले जहांबाट पनि यस प्रतियोगितामा भाग लिन पाउने छ ।
3, सबै भन्दा बढी प्रश्नहरुको जवाफ मिलाउने प्रतियोगिलाई क्वीज मास्टर अफ द मन्थ घोषण गरिने छ र प्रत्येक महिनामा नगद रु १००१ र प्रशंसा पत्र पाउने छ । यो पुरस्कार विनेसामको केन्द्रिय कार्यालय नेपालबाट प्रत्येक बर्ष एक समारोह विच हस्तान्तरण गरिने छ । अंक बराबरी भएमा निर्णायक मण्डलद्वारा गोलाप्रथाबाट प्रथम घोषणा गरिने छ ।
4, लगातार ३ पटक सम्म क्वीज मास्टर अफ द मन्थ भएमा क्वीज मास्टर अफ द इयर छानिने छ जसको लागि नगद रु ५००१ र प्रशंसा पत्र प्रदान गरिने छ ।
5, प्रश्नहरु जम्मा २५ ओटा प्रत्येक महिनाको १० गते भित्र सोधिने छ । जसको जवाफ हरेक महिनाको २५ गते भित्र विनेसामको ईमेल gfnlksa@gmail.com मार्फत प्राप्त भएकोलाई समाबेस गरिने छ ।

दुःख हिमालपारिका

प्रस्तुतिः दीपक सापकोटा
हामी 'भिजेर’ गाउँ पुगेर पाल टाँग्न लागेका थियौँ । गाउँका सबै बूढाबूढी, बालबालिका दौडिँदै हामीसामु आइपुगेका थिए र 'हामीलाई केही देऊ’ भन्दै माग्न थालेका थिए । उनीहरूलाई रोग लागे मर्नुबाहेक अर्को उपाय छैन । भोक लागे रुनुबाहेक कुनै विकल्प छैन ।
वास्तवमा नेपालको भूबनावट कस्तो छ भन्ने कुरा प्लेनमा चढेपछि मात्र थाहा हुन्छ । जताततै देखिने भीर, पहरा र खोलाहरू । म तराईको मान्छे भएर होला, भुइँमा रहेका वेला त तराईको विशाल फाँट छ, हामीसँग जस्तो लाग्ने । तर, जब चिलगाडीमा चढिन्छ, तब त्यो तराई यति चाँडै बिलाउँछ र सिर्फ एउटा धर्सोजस्तो मात्र देखिन्छ, बूढापाकाले लगाउने लगौटीजस्तो । जता हेरे पनि एउटै खालको दृश्य देखिन्छ, उनै भीर, पहाड र एकतमासको निर्जनता । यी सबै दृश्य मैले पहिलोपटक डोल्पा प्रवेशसँगै हेलिकोप्टरबाट देखेको थिएँ । त्यो ०५३ साल साउन २१ गतेको दिन थियो । त्यहाँ हाम्रो पहाडका घरजस्तो भिरालो छाना थिएनन् । सीधै माटोले लिपेर बनाएको तेर्सो सतहबाट कसरी पानी तर्किन्छ वषर्ातमा ? कि यहाँ पानी नै पर्दैन हँ ? सोचिरहेँ ।

३९ श्रीमतीका एक्ला पति

एउटा व्यक्तिका कति श्रीमती हुन सक्छन् ? साधरणतया एक जना, बहुविवाह गर्नेका दुई जना, त्योभन्दा धेरै गर्नेले तीन जना । तर भारत मिजोरमको भक्तवाङ्गका एक यस्ता पुरुष छन्, जसको परिवारमा ३९ जना श्रीमती छन, तर सबै खुशी खुशी । भारत बारकोफ्टाका ड्याड जिओनाको साथमा अहिले ३९ वटा श्रीमती मात्र छैनन, ९४ जना छोराछोरी, १४ जना बुहारी र ३३ जना नातिनातिना पनि छन् । सबैभन्दा रमाइलो त के छ भने यी सबै एउटै घरमा एउटै छानोमुनी बस्छन् ।

पुरै परिवारका साथ जिओना
सम्भवतः विश्वको सबैभन्दा ठूलो परिवार मानिएको ड्याड जिओनाको चार तले घरमा एक सयवटा कोठा छन् । पुरै परिवार यही घरमा अटाएको छ । परिवारका मुली ६७ वषिर्या जिओना यो परिवारदेखि खुशी छन् । भन्छन्, ‘मलाई भगवानको आर्शिवाद छ, त्यसैले त मेरो विशाल परिवार पनि छ । आज मलाई लागेको छ म भगवानको एउटा विशेष बच्चा हुँ । भगवानले मलाई यति धेरै परिवार हेर्ने जिम्मेवारी दिएका छन् ।’

एउटा भुटानी नेपाली कथा व्यथा

-अर्जुन प्रधान
ह.. लो
हलो आमा
के छ छोरी ?
आ….मा कन्तविजोग छ । सरकारले सबै घर जग्गा लिलाम गरी सुकुम्वासी बनाएर राख्य छ देशमा…..।

निकैबेर संवाद अड्किएपछि सुक-सुक गरेको आवाजमा छोरीको देशप्रति करुणभाव विस्तारै पोखिदै थियो । यसमानेमा की सरकारले नेपाली भाषी भुटानीमाथि गरेको अन्याय अत्यचारको विरुद्धमा । अस्वभाविक लाग्न सक्छ पढ्नेलाई तर स्वभाविक त्यसमा पनि निकै फरक खालको वार्ता, दुइ देश विच टेलिफोनमा -जहाँ राष्ट्र खुशीयाली भएको भुटान र प्रजातन्त्रले भरिपूर्ण भएको संयुक्त राज्य अमेरिका बिच भइरहेको थियो मंगलबार राती २८ सेम्टेम्बर २०१० को ८ बजेतिर ।

सन् १९९० बाट देश निकालामा परेकी ६८ वर्षीया धनमाया आफ्नो जन्मभूमी भुटानका बारेमा आफ्नी छोरीसँग फोन वार्ता गर्दै हुनुहुन्थ्यो । छोरीलाई आत्माबल दिदै धनमाया हिमाल-पहाड, खोला नाला अनि सरकारले घोषण गरेको राष्ट्रिय खुशियालीको विभेदकारी नीतिको नियम बुझ्दै हुनुहुन्छ । आ.मा… छोरीका कुरालाई काट्दै सान्तवान स्वरुप भन्छिन् यताबाट छोरी… नेपालीभाषी भुटानी जनताले रगत बगाएका छन् त्यो भुटानमा त्यसैले जस्तै अप्ठारो स्थिति आइपरेपनि तिमीहरु त्यहाँबाट निस्कनु हुन्न अब ।”

बालबच्चालाई खुवाउने स्तन नाङ्गो नदेखाऊ बहिनी

- उमाकान्त पाण्डे गाउले
यस कारण म आफूलाई भाग्यमानी सम्झिन्छु कि मैले पाँच बर्ष हुँदासम्म आमाको दूध पिउने अवसर पाएको थिएँ । बाइस बर्ष भयो मलाई ज्वरो नआएको र तीस बर्षभन्दा बढि भयो टाउको नदुखेको । कहिले कसो खानपानका कारणले झाडा पखालाजस्तो भए पनि महिनौसम्म पेट दुख्ने गरेको मलाई थाहा छैन । यत्तिनै समय भयो होला सामान्य रुघा खोकी सर्दी बाइलोका कारण मेडिकल वा स्वास्थ्य केन्द्रहरुमा जचाउन र औषधी खान नपरेको । बाल्य कालमा कुनै खास रोग ब्याधले सताएको कुरो पनि थाहा छैन । त्यसैले मलाई पूरा बिश्वास छ कि म आफ्ना दाइ र दौतरीहरु भन्दा स्वस्थ छु र स्वस्थ हुनुको प्रमुख कारण मैले लामो समयसम्म पिएको शुद्ध अमृतमय मेरी आमाको दूध नै हो भन्ने बारेमा मलाई पूर्ण आत्मबिश्वास छ । म आफ्ना दाजु बहिनीहरुमा सबैभन्दा कान्छो भएकोले यति लामो समयसम्म आमाको दूध पिउन पाएको हुँ केही समय पहिला घोराही दाङका गणेश शाह ले सामान्य कुराकानीको क्रममा आफ्नो बिचार ,अभिब्यत्ती अनुभब र अनुभुती बाढ्दै थिए अन्लाईन मार्फत ।

पाँच मुक्तकहरु

विष्णु बैकुण्ठे
१.
सुगन्ध छर्ने फूलमा भमरा रमाएर जान्छन् ।
एकहूल जोडीहरु मुखामुखै समाएर जान्छन् ।।
सहासीको कुरै बेग्लै प्रशंसामा कमी हुन्न...
काँतरहरु अमिलो मन खिन्न बनाएर जान्छन् ।

२.
थर्थर-थर्थर कपाउने चिसो हावा पो हो कि !
कठ्याङ्ग्रिएर जाँगर-फूर्ती मरि'गा पो हो कि !
जोरी खोज्ने समय विषाधि जस्तो छ
मन मुटू डराउने फेसबुक-फोविया पो हो कि ??

३.
वल्ली घरकी सानीले बैकुण्ठे बोलाइन्
दौडी गयो उनका सामु कसम खोलाइन्
पोका पन्तुरा बोकी साथमा दुबै भागेथे
पल्ली घरकी अर्की नानी रुदै टोलाइन्

४.
सास फेर्ने जिन्दगीको धेरै कुना देख्छु
पाउलो फेर्ने समयमा मुनै-मुना देख्छु
जीलीगाँठी जिन्दगीलाई फुकाउनै गार्हो
एउटा तुना फु‌स्काउँदा अर्कै तुना देख्छु

५.
घोकिने र खोकिने जिन्दगीको यात्रा
ठोकिने र रोकिने जिन्दगीको यात्रा
यता सम्हालौ त उता बिग्रन्छ
छोपिने र पोखिने जिन्दगीको यात्रा

म्यापलका पातहरु

- प्रदीप नेपाल
अनुज हो उसको नाउँ? । छोटकरीमा सबैले उसलाई अनु भन्छन् । सन् १९९२ को मार्च महिनामा जन्मिएको हो ऊ । ऊ मलाई मामा भन्छ, म उसलाई भान्जा भन्छु । उसका साथीहरू उसलाई सम्झाउने कोसिस गर्दै भन्छन्, “एइ अनु, अङ्कल भन न, अङ्कल । ऊ त्रि्रो अङ्कल हो ?”

होइन, म उसलाई अङ्कल भन्दिन ?, ऊ मेरो मामा हो,” अनुप जिद्दी गर्छ ।

“अङ्कल र मामा भनेको उही त हो,” साथीहरू सम्झाउन खोज्छन्। “होइन,

अङ्कल भनेको अमेरिकाको हो, मामा भनेको नेपालको हो,”

अनुजको निर्दोष अनुहारबाट निस्किएको निश्छल परिभाषा सुनेर हामी सबै हास्छौ? हामी आपसमा कुराकानी गर्दा नेपाली भाषा नै प्रयोग गर्दछौ ? अनुज मुसुमुसु हाँसेर हाम्रो कुरो सुन्छ । म ऊसँग सोध्छु, “भान्जा, हामीले बोलेको तिमी बुझ्छौ -” अनुज मुसुक्क हाँसेर टाउको हल्लाउँछ । हाँसेको अनुजको अनुहार मलाई सबैभन्दा राम्रो लाग्छ । शीतल तरङ्गमा उम्रिएको पानीजस्तो हुन्छ उसको अनुहार । गोलो मोहडाको अनुज मुस्कुराउँदा किशोरकिशोरीका लागि छापिने चित्रकथाहरूमा भेटिने सुन्दर बालकजस्तै देखिन्छ । तपाईंलाई अब त थाहा भयो होला, अनुज नेपाली भाषामा कुरा गर्दैन । यस्तो किन भयो – बुझ्न गाह्रो भयो होला । लौ थाहा होस्, तपाईंलाई- अनुज अमेरिकाको अस्पतालमा जन्मिएको केटो हो । उसका आमाबाबुले एक चौथाइ शताब्दी अमेरिकामै बिताएको भए पनि उनीहरू आफूचाहिँ खाँट्टी नेपाली नै छन् । तर, उनीहरूले अनुजलाई खाँट्टी नेपाली बनाउन चाहेनन् । त्यसैले अनुज रामायण लाई अङ्ग्रेजीमै बुझ्छ, महाभारत को कृष्ण उसको अङ्ग्रेजी बुझाइमा किस्ना हुन्छ । थाहा पाइहाल्नुभयो अब, उमेर पुग्नासाथ अनुज अमेरिकाको नागरिक हुन्छ ।

अनलाईन साहित्यिक हाजिरी जवाफ प्रतियोगिताको चौथॊ भाग सार्वजनिक ।

अंक ४ (चार)
विनेसाम/अनेसास साउदी अरेवियाले संयुक्त रुपमा यो प्रतियोगिताको आयोजना गरेको हो । विश्वमा छरिएर रहेका नेपालीहरुलाई नयां ज्ञान र वुद्धिको श्रृजना हुन अति नै सहयोगी हुने देखिन्छ यो प्रतियोगिता । अझै भन्ने हो भने सम्बन्धित क्षेत्रका युवा वर्गहरुलाई बौद्विक विकासमा केही सानो-तिनो सहयोग पनि यस प्रतियोगिताले दिलाउने हामीले अपेक्षा राखेका छौं ।

यस प्रतियोगितामा भाग लिनको लागि निम्न नियमहरु पालना गर्नुपर्नेछ ।
1, विनेसाम/अनेसासका केन्द्रिय बोर्ड साउदी अरेवियाका सदस्यहरु र सल्लाहकार बोर्डका सदस्यहरुले यस प्रतियोगितामा भाग लिन पाउने छैन ।
2, विश्वमा रहेको नेपालीहरुले जहांबाट पनि यस प्रतियोगितामा भाग लिन पाउने छ ।
3, सबै भन्दा बढी प्रश्नहरुको जवाफ मिलाउने प्रतियोगिलाई क्वीज मास्टर अफ द मन्थ घोषण गरिने छ र प्रत्येक महिनामा नगद रु १००१ र प्रशंसा पत्र पाउने छ । यो पुरस्कार विनेसामको केन्द्रिय कार्यालय नेपालबाट प्रत्येक बर्ष एक समारोह विच हस्तान्तरण गरिने छ । अंक बराबरी भएमा निर्णायक मण्डलद्वारा गोलाप्रथाबाट प्रथम घोषणा गरिने छ ।
4, लगातार ३ पटक सम्म क्वीज मास्टर अफ द मन्थ भएमा क्वीज मास्टर अफ द इयर छानिने छ जसको लागि नगद रु ५००१ र प्रशंसा पत्र प्रदान गरिने छ ।
5, प्रश्नहरु जम्मा २५ ओटा प्रत्येक महिनाको १० गते भित्र सोधिने छ । जसको जवाफ हरेक महिनाको २५ गते भित्र विनेसामको ईमेल gfnlksa@gmail.com मार्फत प्राप्त भएकोलाई समाबेस गरिने छ ।

४० डाँकासँग एक्लै भिड्ने गोर्खालीलाई उच्च सम्मान

- मनोज अधिकारी/सन्तोष पोखरेल,
बीर गोर्खालीको सम्मान पाउँदै बिष्णु श्रेष्ठ
फोटोः कान्तिपूर
पोखरा, पुस २७- मध्यरात घना जंगलमा यात्रुबाहक रेलभित्र दर्जनौं डाँकासँग एक्लै भिडेर एक गोर्खा सैनिकले देखाएको बहादुरीलाई भारत सरकारले उच्च सम्मान दिने भएको छ। चार महिनाअघि कैयौंको जिउधन जोगाएर बहादुरी देखाउने ती सिपाहीलाई भारत सरकारले उच्च कदरस्वरूप तीन सर्वोत्कृष्ट अवार्डले सम्मान गर्दैछ।

पोखरा-६ बैदामका ३५ वर्षीय विष्णु श्रेष्ठ त्यस्ता बहादुर हुन्, जो भदौ १७ गते मध्यरात राँची-गोरखपुर रेलयात्राका क्रममा डाँका समूहसँग एक्लै भिडे, एउटै खुकुरीको भरमा। तीन डाँका मारिए, लुटिएका लाखौं मूल्यको धनमाल फिर्ता भयो। श्रेष्ठले धेरैलाई जीवनदान मात्र दिएनन्, बाबुआमाकै सामुन्ने डाँका समूहबाट बलात्कृत हुन लागेकी युवतीको इज्जत पनि जोगाइदिए।