अनलाईन साहित्यिक हाजिरी जवाफ प्रतियोगिताको बाह्रौं भाग सार्वजनिक ।

विनेसाम/अनेसास साउदी अरेवियाले संयुक्त रुपमा यो प्रतियोगिताको आयोजना गरेको हो । विश्वमा छरिएर रहेका नेपालीहरुलाई नयां ज्ञान र वुद्धिको श्रृजना हुन अति नै सहयोगी हुने देखिन्छ यो प्रतियोगिता । अझै भन्ने हो भने सम्बन्धित क्षेत्रका युवा वर्गहरुलाई बौद्विक विकासमा केही सानो-तिनो सहयोग पनि यस प्रतियोगिताले दिलाउने हामीले अपेक्षा राखेका छौं ।

यस प्रतियोगितामा भाग लिनको लागि निम्न नियमहरु पालना गर्नुपर्नेछ ।
1, विनेसाम/अनेसासका केन्द्रिय बोर्ड साउदी अरेवियाका सदस्यहरु र सल्लाहकार बोर्डका सदस्यहरुले यस प्रतियोगितामा भाग लिन पाउने छैन ।
2, विश्वमा रहेको नेपालीहरुले जहांबाट पनि यस प्रतियोगितामा भाग लिन पाउने छ ।
3, सबै भन्दा बढी प्रश्नहरुको जवाफ मिलाउने प्रतियोगिलाई क्वीज मास्टर अफ द मन्थ घोषण गरिने छ र प्रत्येक महिनामा नगद रु १००१ र प्रशंसा पत्र पाउने छ । यो पुरस्कार विनेसामको केन्द्रिय कार्यालय नेपालबाट प्रत्येक बर्ष एक समारोह विच हस्तान्तरण गरिने छ । अंक बराबरी भएमा निर्णायक मण्डलद्वारा गोलाप्रथाबाट प्रथम घोषणा गरिने छ ।
4, लगातार ३ पटक सम्म क्वीज मास्टर अफ द मन्थ भएमा क्वीज मास्टर अफ द इयर छानिने छ जसको लागि नगद रु ५००१ र प्रशंसा पत्र प्रदान गरिने छ ।
5, प्रश्नहरु जम्मा २५ ओटा प्रत्येक महिनाको १० गते भित्र सोधिने छ । जसको जवाफ हरेक महिनाको २५ गते भित्र विनेसामको ईमेल gfnlksa@gmail.com मार्फत प्राप्त भएकोलाई समाबेस गरिने छ ।
6,महिनाको उत्कृष्ट प्रतियोगीको नाम पछिल्लो प्रश्न सोध्ने क्रममा उल्लेख गरिने छ ।
7, प्रत्येक अंकमा प्रायोजकहरुको नाम लेखिने छ ।
8, बर्षको एक पटक संकलन गरि सबै रेर्कडहरु समाबेस गरि एक संकलन पुस्तक निकालिने छ । उक्त प्रकाशनमा पनि प्रत्येक प्रायोजकहरुको नाम फोटो सहित प्रकाशन गरिने छ । स्मरण रहोस प्रायोजन गर्ने संघ-संस्था/व्यक्तिले ३ महिना बराबरको प्रायोजन गर्न अनिवार्य छ तर सह प्रायोजनको लागी न्युनतम एक महिनाको लागि प्रायोजन गर्न अनिवार्य छ । प्रायोजन गर्न चाहनु हुने संघ-संगठन तथा ब्यक्तिहरुले विनेसामको ईमेल ठेगाना gfnlksa@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ ।

भाग १२ का प्रश्नहरु
१ संगीत सम्राट गोपाल योञ्जनको जन्म कहिले भएको थियो ?
२ नेपालको सबै भन्दा गहिरो नदि कुन हो ?
३ प्रसिद्व तिर्थ स्थल हलेसी कहां पर्छ ?
४ शिवजीलाई बेलपत्र जस्तै गणेशलाई के हुन्छ ?
५ नेपालको नेप्लीज जस्तै फिनल्याण्डको के हुन्छ ?
६ प्रसिद्व पर्यटकिय स्थल साराङ्गकोट नेपालको कुन जील्लामा पर्छ ?
७ तत्कालीन श्री ५ को सरकारले माओबादी नेताको टाउकोको मुल्यको घोषणा कहिले गरेको थियो ?
८ खुट्टा भएर पनि हिड्न नजान्ने पछीको नाम के हो ?
९ माओबादीद्वारा राजधानीमै शसस्त्र प्रहरी महानिरीक्षक कृष्ण मोहन श्रेष्ठको हत्या कहिले गरेको थियो ?
१० राइफललाई टोटा जस्तै कलमको के हुन्छ ?
११ नेपालमा कोत पर्व कहिले भएको थियो ?
१२ श्री ५ महेन्द्रको स्वर्गारोहण कहाँ भएको थियो ?
१३ नेपाल टेलीभिजनले नियमित प्रशारण कहिलेबाट शुरु गरेको हो ?
१४ विश्वकै कम उमेरकी महिला प्रधानमन्त्री को हुन ?
१५ नेपालको कुन-कुन महिनालाई हेमन्त ऋतु भनिन्छ ?
१६ मनकामना केवलकारले कहिलेदेखी आफ्नो ब्यबाशायीक सेवा साचालन गरेको हो ?
१७ फ्रिजमा कुन ग्यास हुन्छ ?
१८ नेपालको पुर्व पश्चिमको लम्बाई र उत्तर दक्षिणको चौडाई कति छ ?
१९ नेपालको सबै भन्दा बढी जिल्लासंग सिमाना जोडीएको जिल्ला कुन हो ?
२० चन्चले चन्चले गण्डकी अञ्चल पोखरा………………………। बहुचर्चित गीतका संगितकार को हुन ?
२१ नेपाली चलचित्रमा गिती चलचित्र भन्नाले कुन चलचित्रलाई बुझाउँछ ?
२२ द्यौराली उपन्यासका लेखक को हुन ?
२३ नेपालको शान्ति क्षेत्रको प्रस्तावलाई सर्मथन गर्ने पहिलो राष्ट्र कुन थियो ?
२४ संयुक्त राष्ट्रसंघ अन्र्तगत कार्यगर्ने शान्ति सेनाहरुले कुन रंङ्गको हेलमेट लगाउछन ?
२५ मर्यादाक्रम अनुसार प्रहरी महानिरीक्षक कति औं स्थानमा पर्दछ?
_________________________________________________
आयोजकहरुः
विश्व नेपाली साहित्य महासंघ
साउदी अरेविया शाखा
अन्तराष्ट्रिय नेपाली साहित्य समाज
साउदी अरेविया च्याप्टर
_________________________________________
भाग ११ मा सोधिएका प्रश्नहरुको जवाफहरु :
१ एमाईजोन
२ कन्थक
३ आरामाइक
४ लेवनान
५ आइसल्याण्ड
६ २२ डिसेम्बर
७ ५८ बर्ष पुरा
८ शिवपुरी चन्द्रगीरी नार्गजुन र फुलचोकी
९ कटुभाषी
१० पगटा
११ रण बहादुर शाहा
१२ भ्रुण हत्या
१३ धर्माकार
१४ १५ दिन
१५ जुका
१६ प्रकास थापा
१७ रारा ताल मुगु जील्लामा पर्छ ।
१८ चर्चित ढुंगेल कतारबाट
१९ प्रत्येक बर्ष अगस्ट १२ तारिखमा
२० रेजर
२१ सूर्य
२२ निरक्षर
२३ श्रावण
२४ नेकपा एमालेको नेता के पि शार्मा ओली
२५ गुरु शिक्षा
_________________________________________
यस साहित्यीक हाजिरी जवाफ प्रतियोगिता भाग ११ मा २३ अंक ल्याएर सरोज अधिकारी काभ्रेपलान्चोकबाट प्रथम क्विज मास्टर अफ द मन्थ हुनुभएको छ वहांलाई बधाई छ। सम्पूर्ण सहभागी र प्रयासरत अन्य पाठक र यस कार्यक्रम सफल बनाउनलाई आ-आफ्नो ठाँउबाट प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पुर्ण महानुभाबहरु प्रति कृतज्ञता प्रकट गर्दछौं आगामी दिनहरुमा पनि यस्तै निरन्तर सहयोग र सहभागीताको अपेक्षा गर्दछौं । (सहभागी संख्या ३३ जना सबै भन्दा बढी मिलाएको २३ र सबैभन्दा कम मिलाएको २१ ।)
श्रोतः हाजिरी जवाफ प्रतियोगिता समुह

No comments:

Post a Comment

- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।