- दीपक पौडेल, दोहा
विश्वकै सवैभन्दा ठुलो सामुद्रिक पुस्तक मेलाको आयोजना गर्दै देश-देशावरको भ्रमण गर्ने पानी जहाज लोगोस होपु मा एक नेपाली चेली छिन् । विश्वभर लोगोस होपको लोकप्रिरयता नियाल्ने र देश-देशावरको रहन-सहन एवं सांस्कृतिक विविधताको प्रत्यक्ष साक्षी बन्ने अवसर पाउने यी चेली हुन्- ललिलतपुर सातदोवाटोकी हाना तामाङ । २१ बर्षकी हाना विगत डेढ बर्षदेखि लोगोस होपु मा कार्यरत छिन् । ज्ञान सहयोग र आशा नलेज हेल्प एण्ड होप को अभियानसहित विश्वयात्रा गर्ने पानीजहाज लोगोस होपका वारेमा एक नेपाली दाजुले बताएपछि उनले स्वयम्सेवी बन्न कम्मर कसेकी हुन् । ज्ञानोदयकी विद्यार्थी हानाले ब्यवस्थापनमा प्लस टु अध्ययन सकाएर त्यो आवद्वता ग्रहण गरिन् ।
ज्ञान सहयोग र आशाको अभियानमा एक महत्ववुर्ण हिस्सा बन्न पाएकोमा हाना हाल आएर निकै सन्तुष्ट पनि छिन् । ड्याडीले होगोस होपमा जान्छौ त भनेर सोध्नुभयो धेरै सोचे फेरि त्यो दाईले पनि हौसला दिनुभयो । अनि जान्छु ड्याडी भनें अंगे्रजी टोनमा हानाले भनिन्- हामी लेन्डलक कन्ट्री भुपरिबेष्ठत मुलुकका सिटिजन नागरिक भएर होला सिप पानीजहाजको एक्सपेरियन्स अनुभव युनिक अनौठो लागिरहेछ ।
उनले नेपाल थियोलोजिक कलेजमा अध्यापन गर्दै आएका लमजुङका सेत तामाङकी पुत्री हाना होगोस होपको यात्रामा २० देश पुगिसकेकी छन् । संस्कृति जातियताको अध्ययनका लागि यो निकै स्टे्रेन्ज अनौठो अवसर बनेको छ मेरो जीवनको उनी भन्छिन् । युरोप अपि्रुका र क्यारिवियन देशहरु पुगेको र हाल आबुधावी दुवई लगायतका मध्यपुर्वी शहरहरु हुँदै दोहा आएको उनले बताइन् । लागोस होप यसअघि लिवियाको वाटोबाट आएको हो । त्यतिखेर लिवियामा आन्दोलनको तनाव बढेको थिएन । अव दोहाबाट बहराइन जाने योजना भने मानमामा भएको आन्दोलनकै स्थगित गरिएको छ ।
जहाजमा उनले ८ घण्टा काम गर्छिन् । सवै जना मिलेर काम गर्ने र कामको प्रकृति निकै सरल प्रकारको हुने उनले बताइन् । म प्रायः सिर्भिस वा इन्फरमेसन डेस्कमा हुन्छु अगाडि बताइन् । १ बर्षमा ७ दिन विदा पाउँछिन् उनले । पानीजहाज वाहिर शहरमा बस्ने अनुमति पनि हुन्छ । तर उनी जहाजमै बस्न रुचाउँछिन् । विदामा शहर घुम्छु र सिप मै आउँछु गत बर्षको विदामा लाइवेरिया घुमेको स्मरण गर्दै उनले भनिन् । २ बर्षको करार सम्झौता गरेर आएकी हानाको बाँकी अवधी अव ६ महिना छ । ६ महिनापछि सायद फर्कन्छु होला उनले भनिन्- फर्केर पढाई शुरु गर्छु र स्कुल पनि पढाउँछु । मलाई सवैभन्दा राम्रो काम पढाउनु हो भन्ने लाग्छ । अंग्रेजी पढाउने र साथीसंगातीहरुसंग फेरि पुर्ववत् सानिध्यमा आएर देशको लागि केहि काम गर्ने उनको योजना छ ।
लोगोस होपमा आम पुस्तक पसलहरुमा भन्दा पनि निकै सुपथ मुल्यमा विभिन्न दर्जनौं विधाका ५ हजारभन्दा बढि पुस्तकहरु राखिएका छन् । विभिन्न देशमा गएर बल्कमा एकैपटक धेरै संख्यामा किताव लिएर आउँछौं त्यसै हुनाले यहाँ धेरै अनि सस्तोमा पुस्तक पाइन्छन् हानाले स्पष्ट पारिन्- हामी गैर नाफामुखी संस्था हुनाले पनि त्यसो भएको होला । जर्मनीस्थित एक अन्तर्राष्ट्रिय परोपकारी संस्था जिबिए सिप्सले लागोस होप साचालन गर्दै आएको छ । ४० बर्ष लामो सेवाका क्रममा सो संस्थाले १ सय ६० मुलुकको यात्रा र विश्वका विभिन्न भुभागमा ४ करोड आगन्तुकको सत्कार गरिसकेको छ । लोगोस होपमा सवैजना स्वयम्सेवक नै हुन् । यहाँ सवैजना स्वयम्सेवक हुन् । हामी सवैले अवैतनिकरुमा काम गरिरहेका छौं । हाना भन्छिन् । उनलाई जहाजमा आवश्यक पर्ने सर-सामानको खर्च भने जहाजले जुटाइदिने रहेछ ।
पुस्तकको मेलाका माध्यमले ज्ञानको संचार गर्ने गर्ने लोगोस होपले स्वास्थ्य सेवा निर्माण खानेपानी लगायतका शिर्षकमा गरिब देशहरुलाई सहयोग गर्छु लोगोस होपमा ५० राष्ट्रका नागरिक रहेको उल्लेख गर्दै हानाले बताइन्- हामी विश्वका सवैजना एकै ठाउँमा बस्न सक्छौं भनेर हामीले विश्वलाई आशा होप कायम राख्नुपर्ने सन्देश दिन्छौं ।
जहाजमा समय-समयमा उनले विदेशी सहकर्मीहरुलाई नेपाल र नेपालीका वारेमा बताउँछिन् । विभिन्न देशहरुको परेडका क्रममा म नेपाल र नेपालीको प्रतिनिधित्व गर्छु पानीमाथि हिँड्दा माटोको माया निकै बढ्ने ठट्यौली गर्दै उनले थपिन्- नेपाली खाना पकाउँछु सवैलाई निकै मन पर्छ । कलिलो उमेरमा परिपक्व अनुभव गाँसिएको छ उनको जीवनमा- देशमा रहँदा देशको भविश्यवारे धेरै सोचाई नगरिने रहेछ तर अरु देशहरुको यात्रा गरेपछि आफ्नो स्थान कहाँ रहेछ भन्ने बोध हुँदो रहेछ । जति बढि देशको यात्रा गर् यो त्यती नै धेरै देशको माया बढेको उनले बताइन् । मेरो प्यारो देश कति दुखी रहेछ भन्ने थाहा पाएँ । पानीजहाजबाट मेरो सन्देश दिनु है सवैलाई कि देशलाई सवैको मायाको जरुरत छ हरेक साता नेपाल फोन गरेर उनी देशको स्थिति थाहा पाउँछिन् र कोहि नेपाली भेटिन् भने निकै कठिन प्रश्न सोध्ने गर्छिन्- नेपालमा के भइरहेछ हालसम्म लोगोस होपमा ४ नेपालीले काम गरिसकेका छन् । ६ बर्षअघि ३ नेपाली युवाले स्वयम्सेवी काम गरेका थिए । चेली भने उनीमात्रै एक हुन् ।
नेपालमा समुद्र नभएका कारण लोगोस होप जान नसक्ने आफ्नो बुझाई अभिब्यक्त गर्दै हानाले यसको सन्देश भने पुग्नसक्छ कि भन्ने झिनो आशा देखाइन् । ज्ञान सहयोग र आशाको सन्देश नेपालसम्म पुग्ला शान्तिको प्रतिक निलो समुद्रमा तैरिरहेको पानीजहाजबाट उनले सोधिन् ।
श्रोतः डिसीनेपाल
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।