अंक ४ (चार)
विनेसाम/अनेसास साउदी अरेवियाले संयुक्त रुपमा यो प्रतियोगिताको आयोजना गरेको हो । विश्वमा छरिएर रहेका नेपालीहरुलाई नयां ज्ञान र वुद्धिको श्रृजना हुन अति नै सहयोगी हुने देखिन्छ यो प्रतियोगिता । अझै भन्ने हो भने सम्बन्धित क्षेत्रका युवा वर्गहरुलाई बौद्विक विकासमा केही सानो-तिनो सहयोग पनि यस प्रतियोगिताले दिलाउने हामीले अपेक्षा राखेका छौं ।
यस प्रतियोगितामा भाग लिनको लागि निम्न नियमहरु पालना गर्नुपर्नेछ ।
1, विनेसाम/अनेसासका केन्द्रिय बोर्ड साउदी अरेवियाका सदस्यहरु र सल्लाहकार बोर्डका सदस्यहरुले यस प्रतियोगितामा भाग लिन पाउने छैन ।
2, विश्वमा रहेको नेपालीहरुले जहांबाट पनि यस प्रतियोगितामा भाग लिन पाउने छ ।
3, सबै भन्दा बढी प्रश्नहरुको जवाफ मिलाउने प्रतियोगिलाई क्वीज मास्टर अफ द मन्थ घोषण गरिने छ र प्रत्येक महिनामा नगद रु १००१ र प्रशंसा पत्र पाउने छ । यो पुरस्कार विनेसामको केन्द्रिय कार्यालय नेपालबाट प्रत्येक बर्ष एक समारोह विच हस्तान्तरण गरिने छ । अंक बराबरी भएमा निर्णायक मण्डलद्वारा गोलाप्रथाबाट प्रथम घोषणा गरिने छ ।
4, लगातार ३ पटक सम्म क्वीज मास्टर अफ द मन्थ भएमा क्वीज मास्टर अफ द इयर छानिने छ जसको लागि नगद रु ५००१ र प्रशंसा पत्र प्रदान गरिने छ ।
5, प्रश्नहरु जम्मा २५ ओटा प्रत्येक महिनाको १० गते भित्र सोधिने छ । जसको जवाफ हरेक महिनाको २५ गते भित्र विनेसामको ईमेल gfnlksa@gmail.com मार्फत प्राप्त भएकोलाई समाबेस गरिने छ ।
6,महिनाको उत्कृष्ट प्रतियोगीको नाम पछिल्लो प्रश्न सोध्ने क्रममा उल्लेख गरिने छ ।
7, प्रत्येक अंकमा प्रायोजकहरुको नाम लेखिने छ ।
8, बर्षको एक पटक संकलन गरि सबै रेर्कडहरु समाबेस गरि एक संकलन पुस्तक निकालिने छ । उक्त प्रकाशनमा पनि प्रत्येक प्रायोजकहरुको नाम फोटो सहित प्रकाशन गरिने छ । स्मरण रहोस प्रायोजन गर्ने संघ-संस्था/व्यक्तिले ३ महिना बराबरको प्रायोजन गर्न अनिवार्य छ तर सह प्रायोजनको लागी न्युनतम एक महिनाको लागि प्रायोजन गर्न अनिवार्य छ । प्रायोजन गर्न चाहनु हुने संघ-संगठन तथा ब्यक्तिहरुले विनेसामको ईमेल ठेगाना gfnlksa@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ ।
भाग ४ का प्रश्नहरुः
१ विश्व आप्राबासन दिवस कहिले मनाईन्छ ?
२ दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क को स्थापना कहिले भएको थियो ?
३ विश्व चर्चित पत्रकार विकिलिक्सको संस्थापक तथा सम्पादक असान्जलाई कहिले गिरफ्तार गरिएको थियो ?
४ भ्रष्टचार विरुद्वको अभियान प्रत्येक बर्ष कुन दिन मनाईन्छ ?
५ सूर्यको प्रकाश पृथ्वीसम्म आइपुग्न कति समय लाग्छ ?
६ निद्रामा हिड्ने बानी भएको मान्छेलाई के भनिन्छ ?
७ बेसबल खेल्ने मैदानलाई के भनिन्छ ?
८ कुन कविलाई संस्कृत साहित्यको आदिकवि भनिन्छ ?
९ स्वर्ग भन्दा पनि प्यारा आमा-बाबु र स्वदेश हुन् यो वाक्य नेपालको कुन बिभूषणमा अंकित छ ?
१० गंगोटी नामक रोग के मा लाग्दछ ?
११ सगरमाथा दिवस कहिले मनाईन्छ ?
१२ एकै याममा दुई पटक सगरमाथा आरोहण गर्ने आरोही बाबुछिरी शेर्पाले कहिले आरोहण गरेको थियो ?
१३ म भित्र अर्के छ कविता संङ्ग्रह का लेखक को हुन ?
१४ पाहाडी जीवन कुन लेखकको निबन्ध हो ?
१५ प्रवासी नेपाली साहित्यकार भनेर कसलाई चिनिन्छ ?
१६ डाइनोसरस भनेर कुन वैज्ञानीकले नाम राखेका थिए ?
१७ वि.सं. १८५५ मा शक्ति बल्लभ अर्यालद्वारा रचना गरिएको सवैभन्दा पहिलो नाट्यकृति केलाई मानिन्छ ?
१८ चीन र भारत दुवै देशलाई छुने अाचल कुन-कुन हुन् ?
१९ पत्रकार कृष्ण सेनको कहिले कसरी मारीयो ?
२० बुद्ध धर्मको झन्डामा भएका ५ रंगको अर्थ के-के हो ?
२१ नेपालमा सबैभन्दा बढी जिल्ला भएको अाचल कुन हो ?
२२ ३२ भाईको एउटै मतो मन के हो ?
२३ तीन नदीको संगमलाई त्रिवेणी भने झैं दुई नदीको संगमलाई के भनिन्छ ?
२४ रेपि्रुजेरेटरको आविस्कार को हो ?
२५ कहिल्यै कसैको उपनिवेश नबनेको तरपनि सार्वभौमिक भनेर भन्न नसकिने सार्क राष्ट्र कुन हो?
आयोजकहरुः
विश्व नेपाली साहित्य महासंघ
साउदी अरेविया शाखा
अन्तराष्ट्रिय नेपाली साहित्य समाज
साउदी अरेविया च्याप्टर
------------------------------------------------------------------------------
भाग ३ मा सोधिएका प्रश्नहरुको जवाफहरु:
१, नोभेम्बर २०, २०१०
२ स्वीटजरल्यान्ड ।
३ खुम्जुङ गाउं विकास समितिमा
४ इष्टमित्र
५ २०४२ साल साउन २९ गते
६ प्राथमिक काल
७ व्ल्याक उइडो स्पाइडर
८ शिरिषको फूल २०२२ साल
९ रुकुम पुस ५, २०५७
१० ई. स. २००६ बाट
११ १ असत्य नबोल्नु २ चोरी नगर्नु ३ िहंसा नगर्नु ४ मद्यपान नगर्नु ५ परस्त्रीगमन नगर्नु
१२ ६ बर्ष सन १९३९-१९४५ सम्म
१३ दिशा
१४ चाईनिज
१५ मगर
१६ चलचित्र हास्य कलाकार
१७ गबर फिल्ड साउदी अरेबिया
१८ साबुनको फिज
१९ प्रत्यक बर्ष डिसेम्बर १
२० मुस्ताङ्ग
२१ ब्याडमिन्टन
२२ विश्वको नगरसभा
२३ चीन
२४ २१ कार्तिक २०६०
२५ लग्जेम्वर्ग
यस साहित्यीक हाजिरी जवाफ प्रतियोगिता भाग ३ मा २१ अंक ल्याएर निरज सापकोटा अमेरीकाबाट प्रथम हुनुभएको छ वहांलाई बधाई छ । सम्पूर्ण सहभागी र प्रयासरत अन्य पाठक र यस कार्यक्रम सफल बनाउनलाई आ-आफ्नो ठाँउबाट प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पुर्ण महानुभाबहरु प्रति कृतज्ञता प्रकट गर्दछौं आगामी दिनहरुमा पनि यस्तै निरन्तर सहयोग र सहभागीताको अपेक्षा गर्दछौं ।
श्रोतः हाजिरी जवाफ प्रतियोगिता समुह
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।