2011अनलाईन साहित्यिक हाजिरी जवाफ प्रतियोगिताको पांचौं भाग सार्वजनिक ।

 क्यूजविनेसाम/अनेसास साउदी अरेवियाले संयुक्त रुपमा यो प्रतियोगिताको आयोजना गरेको हो । विश्वमा छरिएर रहेका नेपालीहरुलाई नयां ज्ञान र वुद्धिको श्रृजना हुन अति नै सहयोगी हुने देखिन्छ यो प्रतियोगिता । अझै भन्ने हो भने सम्बन्धित क्षेत्रका युवा वर्गहरुलाई बौद्विक विकासमा केही सानो-तिनो सहयोग पनि यस प्रतियोगिताले दिलाउने हामीले अपेक्षा राखेका छौं ।

यस प्रतियोगितामा भाग लिनको लागि निम्न नियमहरु पालना गर्नुपर्नेछ ।
1, विनेसाम/अनेसासका केन्द्रिय बोर्ड साउदी अरेवियाका सदस्यहरु र सल्लाहकार बोर्डका सदस्यहरुले यस प्रतियोगितामा भाग लिन पाउने छैन ।
2, विश्वमा रहेको नेपालीहरुले जहांबाट पनि यस प्रतियोगितामा भाग लिन पाउने छ ।
3, सबै भन्दा बढी प्रश्नहरुको जवाफ मिलाउने प्रतियोगिलाई क्वीज मास्टर अफ द मन्थ घोषण गरिने छ र प्रत्येक महिनामा नगद रु १००१ र प्रशंसा पत्र पाउने छ । यो पुरस्कार विनेसामको केन्द्रिय कार्यालय नेपालबाट प्रत्येक बर्ष एक समारोह विच हस्तान्तरण गरिने छ । अंक बराबरी भएमा निर्णायक मण्डलद्वारा गोलाप्रथाबाट प्रथम घोषणा गरिने छ ।
4, लगातार ३ पटक सम्म क्वीज मास्टर अफ द मन्थ भएमा क्वीज मास्टर अफ द इयर छानिने छ जसको लागि नगद रु ५००१ र प्रशंसा पत्र प्रदान गरिने छ ।
5, प्रश्नहरु जम्मा २५ ओटा प्रत्येक महिनाको १० गते भित्र सोधिने छ । जसको जवाफ हरेक महिनाको २५ गते भित्र विनेसामको ईमेल gfnlksa@gmail.com मार्फत प्राप्त भएकोलाई समाबेस गरिने छ ।
6,महिनाको उत्कृष्ट प्रतियोगीको नाम पछिल्लो प्रश्न सोध्ने क्रममा उल्लेख गरिने छ ।
7, प्रत्येक अंकमा प्रायोजकहरुको नाम लेखिने छ ।
8, बर्षको एक पटक संकलन गरि सबै रेर्कडहरु समाबेस गरि एक संकलन पुस्तक निकालिने छ । उक्त प्रकाशनमा पनि प्रत्येक प्रायोजकहरुको नाम फोटो सहित प्रकाशन गरिने छ । स्मरण रहोस प्रायोजन गर्ने संघ-संस्था/व्यक्तिले ३ महिना बराबरको प्रायोजन गर्न अनिवार्य छ तर सह प्रायोजनको लागी न्युनतम एक महिनाको लागि प्रायोजन गर्न अनिवार्य छ । प्रायोजन गर्न चाहनु हुने संघ-संगठन तथा ब्यक्तिहरुले विनेसामको ईमेल ठेगाना gfnlksa@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ ।

भाग ५ का प्रश्नहरुः
१, मदन पुरस्कार जित्ने प्रथम उपन्यास कुन हो ?
२, श्री पशुपतिनाथको प्रथम पुजारी को हुन् ?
३, झोलुङ्गे पुलको जिल्ला’ भनेर कुन जिल्लालाई भनिन्छ ?
४, पहिला जन्मेकोलाई जेठो भने झैं दसौं स्थानमा जन्मेकोलाई के भनिन्?
५, नेपालको सबैभन्दा गहिरो नदीको नाम के हो ?
६, रुखमा फल्ने फलहरुमध्ये सबै भन्दा ठूलो फल कुन हो ?
७, नेपालमा गौतम बुद्धले तपस्या गरेका स्थानहरु कुन- कुन हु ?
८, रेडियो नेपालका प्रथम समाचार बाचक को थिए ?
९,हिमाल पारीको जिल्ला भनेर नेपालको कुन-कुन जिल्लाहरुलाई जनाउर्छ?
१०, विश्वको सबै भन्दा बढी बौद्ध बिहार कहाँ पर्छ?
११, ध्ार्मिक ग्रन्थ अनुसार तारकासुरको बध कसले गरेको हो ?
१२, माओ दिबस कहिले मनाईन्छ?
१३, राणा जहानिय शासन अनुसार सबैभन्दा समायबधी शासन गर्ने राणा प्रत्रानमन्त्री को हो?
१४, मानाङ्क मुद्रा कुन शासकको पालामा प्रचलनमा ल्याईएको थिया?
१५, भृकुटी कसकी छोरी थिइएन?
१६, पहिलो हास्यरसमा आधारित वेब -इन्टरनेट) पत्रिका कुन हो?
१७, ख्यातीप्राप्त अभिनेत्री मौसमी मल्लको पहिलो चलचित्र के थियो?
१८, गैंडाको बच्चालाई के भनिन्छ ?
१९, पशुपतिको मन्दिर कसले बनाएका हुन?
२०, कम्प्यूटरका सूचनाहरु कुन इकाईमा नापिन्छ?
२१, सुकरातले हाँसी-हाँसी विष लिएर मृत्यु वरण गरेका थिए । अब भन्नुहोस् उनले पिएका विषको नाम के हो?
२२, नेपालको सबै भन्दा कम बरषा हुने जिल्ला कुन हो?
२३, “मोनालिसा” जति चर्चित र चर्चा भएको चित्र संसारमा अर्को छैन तर अचम्मको कुरा के भने सोही चित्र बनाउने प्रसिद्ध कलाकार लियोनार्दो द भिन्चीका प्रसिद्ध कृति मोनालिसा नभएर अर्कै चित्र हो त्यो कुन चित्र हो ?
२४, नेपाली साहित्यमा सबै भन्दा बढी पुस्तक लेख्ने वा प्रकाशन गर्ने साहित्यकार को हुन?
२५, कार्तिक महीनामा बांसको टुप्पामा झुण्डाएर बालीने बक्तीलाई के भनिन्छ?-
________________________________________________
आयोजकहरुः
विश्व नेपाली साहित्य महासंघ
साउदी अरेविया शाखा
अन्तराष्ट्रिय नेपाली साहित्य समाज
साउदी अरेविया च्याप्टर
________________________________________________
भाग ४ मा सोधिएका प्रश्नहरुको जवाफहरु:
१, प्रत्येक बर्षडिसेम्बर १८ तारिख
२, सन १९८५ डिसेम्बर ८
३, सन २०१० डिरेम्बर ७ लण्डनबाट
४, प्रत्येक बर्षडिसेम्बर ९ तारिकको दिन ।
५, ८ मि. २० सेकेण्ड
६, सोमाबुलिस्ट
७, डायमण्ड
८, बाल्मीकि
९, त्रिशक्ति पट्ट
१०, पशुहरुमा
११, मे २९ मा मनाईन्छ ।
१२, सन् १९९९ मा
१३, डा. बद्री पोखरेल
१४, लक्ष्मी प्रसाद देवकोटा
१५, अच्छा र्राई रसिक
१६, SIR RICHARD
१७, हास्यकदम्व
१८, महाकाली, सेती, जनकपुर, सगरमाथा, कोशी, मेची-६ अञ्चलले
१९, राज्य सक्ताद्वारा जेष्ठ १३, २०५९ मा
२०, नीलो : बुद्धको शरिर
पहेंलो : बुद्धको अस्थिधातु
रातो : बुद्धको रगत
सेतो : बुद्धको दांत
कलेजो : बुद्धको अन्तस्करण
२१, बागमती
२२, दाँत
२३, दोभान
२४, पार्हिन्स ज्याकोब
२५, भुटान

यस साहित्यीक हाजिरी जवाफ प्रतियोगिता भाग ४ मा १९ अंक ल्याएर गोपाल चन्द्र र्राई खोटाङ्गबाट प्रथम हुनुभएको छ वहांलाई बधाई छ । सम्पूर्ण सहभागी र प्रयासरत अन्य पाठक र यस कार्यक्रम सफल बनाउनलाई आ-आफ्नो ठाँउबाट प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पुर्ण महानुभाबहरु प्रति कृतज्ञता प्रकट गर्दछौं आगामी दिनहरुमा पनि यस्तै निरन्तर सहयोग र सहभागीताको अपेक्षा गर्दछौं ।
(सहभागी संख्या २७ जना सबै भन्दा बढी मिलाएको १९ र सबैभन्दा कम मिलाएको ७)
श्रोतः हाजिरी जवाफ प्रतियोगिता समुह

No comments:

Post a Comment

- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।