क्यूजविनेसाम/अनेसास साउदी अरेवियाले संयुक्त रुपमा यो प्रतियोगिताको आयोजना गरेको हो । विश्वमा छरिएर रहेका नेपालीहरुलाई नयां ज्ञान र वुद्धिको श्रृजना हुन अति नै सहयोगी हुने देखिन्छ यो प्रतियोगिता । अझै भन्ने हो भने सम्बन्धित क्षेत्रका युवा वर्गहरुलाई बौद्विक विकासमा केही सानो-तिनो सहयोग पनि यस प्रतियोगिताले दिलाउने हामीले अपेक्षा राखेका छौं ।
यस प्रतियोगितामा भाग लिनको लागि निम्न नियमहरु पालना गर्नुपर्नेछ ।
1, विनेसाम/अनेसासका केन्द्रिय बोर्ड साउदी अरेवियाका सदस्यहरु र सल्लाहकार बोर्डका सदस्यहरुले यस प्रतियोगितामा भाग लिन पाउने छैन ।
2, विश्वमा रहेको नेपालीहरुले जहांबाट पनि यस प्रतियोगितामा भाग लिन पाउने छ ।
3, सबै भन्दा बढी प्रश्नहरुको जवाफ मिलाउने प्रतियोगिलाई क्वीज मास्टर अफ द मन्थ घोषण गरिने छ र प्रत्येक महिनामा नगद रु १००१ र प्रशंसा पत्र पाउने छ । यो पुरस्कार विनेसामको केन्द्रिय कार्यालय नेपालबाट प्रत्येक बर्ष एक समारोह विच हस्तान्तरण गरिने छ । अंक बराबरी भएमा निर्णायक मण्डलद्वारा गोलाप्रथाबाट प्रथम घोषणा गरिने छ ।
4, लगातार ३ पटक सम्म क्वीज मास्टर अफ द मन्थ भएमा क्वीज मास्टर अफ द इयर छानिने छ जसको लागि नगद रु ५००१ र प्रशंसा पत्र प्रदान गरिने छ ।
5, प्रश्नहरु जम्मा २५ ओटा प्रत्येक महिनाको १० गते भित्र सोधिने छ । जसको जवाफ हरेक महिनाको २५ गते भित्र विनेसामको ईमेल gfnlksa@gmail.com मार्फत प्राप्त भएकोलाई समाबेस गरिने छ ।
6,महिनाको उत्कृष्ट प्रतियोगीको नाम पछिल्लो प्रश्न सोध्ने क्रममा उल्लेख गरिने छ ।
7, प्रत्येक अंकमा प्रायोजकहरुको नाम लेखिने छ ।
8, बर्षको एक पटक संकलन गरि सबै रेर्कडहरु समाबेस गरि एक संकलन पुस्तक निकालिने छ । उक्त प्रकाशनमा पनि प्रत्येक प्रायोजकहरुको नाम फोटो सहित प्रकाशन गरिने छ । स्मरण रहोस प्रायोजन गर्ने संघ-संस्था/व्यक्तिले ३ महिना बराबरको प्रायोजन गर्न अनिवार्य छ तर सह प्रायोजनको लागी न्युनतम एक महिनाको लागि प्रायोजन गर्न अनिवार्य छ । प्रायोजन गर्न चाहनु हुने संघ-संगठन तथा ब्यक्तिहरुले विनेसामको ईमेल ठेगाना gfnlksa@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ ।
भाग ११ का प्रश्नहरु:
१ संसारको सबैभन्दा लामो नदी नाईल हो भने दोस्रो लामो नदी कुन हो ?
२ बुद्धको घोडाको नाम के हो ?
३ जिसस क्राइष्ट कुन भाषा बोल्थे ?
४ मरुभूमि विहिन एक मात्र अरब राष्ट्र कुन हो ?
५ ल्याण्ड अफ फ्रस्ट एण्ड फएर भनेर कुन टापुलाई चिनिन्छ ?
६ सबै भन्दा लामो दिन २१ जून हो भने सबैभन्दा छोटो दिन कुन हो ?
७ नेपालमा कर्मचारीको अनिवार्य अबकास हुने उमेर कति हो ?
८ काठमाण्डौ उपत्यका वरिपरी कुन कुन पहाडहरु पर्दछन् ?
९ मिठो बोल्नेलाई मृदुभाषी भनिन्छ भने नमिठो बोल्नेलाई के भनिन्छ ?
१० चामल नभएको फोस्रो धानलाई के भनिन्छ ?
११ सुनको असर्फि प्रचलनमा ल्यउने राजा को हुन ?
१२ जवरजस्ती यौन सम्बन्ध राख्नुलाई वलत्कार भनिन्छ भने गर्भ तुहाउने कामलाई के भनिन्छ ?
१३ काठमाण्डौ उपत्यकाको प्रथम राजा भनेर कस्लाई चिनिन्छ ?
१४ नेपालमा कर्मचारीलाई किरिया विदा कति दिन दिईन्छ ?
१५ अगाडीको भाग र पछाडीको भाग छुट्टयाउन नसकिने जीव कुन हो ?
१६ नेपाली चलचित्रका भिष्म पितामह भनेर कस्लाई भनिन्छ ?
१७ नेपालको बिैभन्दा ठूलो ताल कुन हो र यो कुन जील्लामा पर्छ ?
१८ विश्व नेपाली साहित्य महासंघद्वारा आयोजीत विश्व कबिता प्रतियोगीता २०६८ मा को प्रथम भएको थियो र वहाँले कहांबाट प्रतिनिधीत्व गर्नुभएको थियो ?
१९ विश्व युवा दिबस कहिले मनाईन्छ ?
२० नीब कलमलाई जस्तै ब्लेडलाई के हुन्छ ?
२१ चन्द्रमालाई पृथ्वी जस्तै पृथ्वीलाई के हुन्छ ?
२२ संगीत बहिरालाई जस्तै साहित्यलाई के हुन्छ ?
२३ हप्ताको बुधवार जस्तै वर्षको के हुन्छ ?
२४, नेपालको त्यो नेताको नाम भन्नुहोस जसले प्रत्येक पटक खाना खानु भन्दा पहिले तातो पानीले भांडा माझेर निर्मलीकरण गरेर मात्र खाना खान्छ ?
२५ अन्धकारलाई प्रकाश भने झैं अनपढको के हुन्छ ?
______________________________________________
आयोजकहरुः
विश्व नेपाली साहित्य महासंघ
साउदी अरेविया शाखा
अन्तराष्ट्रिय नेपाली साहित्य समाज
साउदी अरेविया च्याप्टर
_____________________________________________
भाग १० मा सोधिएका प्रश्नहरुको जवाफहरु:
१ ललितपुर गुठी संस्थानका प्रमुखद्वारा
२ प्रत्येक बर्ष असार १५ मा
३ २०६८ जेष्ठ ३१ गतेबाट
४ प्रत्येक बर्ष जुन १४ मा
५ कलियुगमा
६ मधुसुधन देवकोटा
७ ४८ करोड अमेरिकन डलर
८ हिटलर
९ संस्कृतविद सत्यमोहन जोशीलाइ
१० संयुक्त राष्ट्रसंघ यो प्रत्येक बर्ष जुन २० मा मनाईन्छ ।
११ संसदिय मार्शल ।
१२ आईसल्याण्ड
१३ वैरागी काइला, ईश्वर वल्लभ र इन्द्र बहादुर राई
१४ डेनियल राइट
१५ ५२०० ओटा
१६ सलमान रुश्दी
१७ भारत र श्रीलंका विच २७४ को बदला २७७ रन
१८ अमरिसंह थापा
१९ २००७ साल चैत्र २० गते
२० बोलिभिया
२१ इजरायल
२२ राम राज्य
२३ अलवर्ट आइन्सटाइन
२४ अमेरिका
२५ सिटि लाईट्स
_____________________________________________
यस साहित्यीक हाजिरी जवाफ प्रतियोगिता भाग १० मा २१.५ अंक ल्याएर निरज सापकोटा अमेरिकाबाट प्रथम (क्विज मास्टर अफ द मन्थ) हुनुभएको छ वहांलाई बधाई छ। सम्पूर्ण सहभागी र प्रयासरत अन्य पाठक र यस कार्यक्रम सफल बनाउनलाई आ-आफ्नो ठाँउबाट प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पुर्ण महानुभाबहरु प्रति कृतज्ञता प्रकट गर्दछौं आगामी दिनहरुमा पनि यस्तै निरन्तर सहयोग र सहभागीताको अपेक्षा गर्दछौं । (सहभागी संख्या ३२ जना सबै भन्दा बढी मिलाएको २१.५ र सबैभन्दा कम मिलाएको १८ ।)
श्रोतः हाजिरी जवाफ प्रतियोगिता समुह
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।