विनेसाम/अनेसास साउदी अरेवियाले संयुक्त रुपमा यो प्रतियोगिताको आयोजना गरेको हो । विश्वमा छरिएर रहेका नेपालीहरुलाई नयां ज्ञान र वुद्धिको श्रृजना हुन अति नै सहयोगी हुने देखिन्छ यो प्रतियोगिता । अझै भन्ने हो भने सम्बन्धित क्षेत्रका युवा वर्गहरुलाई बौद्विक विकासमा केही सानो-तिनो सहयोग पनि यस प्रतियोगिताले दिलाउने हामीले अपेक्षा राखेका छौं ।
यस प्रतियोगितामा भाग लिनको लागि निम्न नियमहरु पालना गर्नुपर्नेछ ।
1, विनेसाम/अनेसासका केन्द्रिय बोर्ड साउदी अरेवियाका सदस्यहरु र सल्लाहकार बोर्डका सदस्यहरुले यस प्रतियोगितामा भाग लिन पाउने छैन ।
2, विश्वमा रहेको नेपालीहरुले जहांबाट पनि यस प्रतियोगितामा भाग लिन पाउने छ ।
3, सबै भन्दा बढी प्रश्नहरुको जवाफ मिलाउने प्रतियोगिलाई क्वीज मास्टर अफ द मन्थ घोषण गरिने छ र प्रत्येक महिनामा नगद रु १००१ र प्रशंसा पत्र पाउने छ । यो पुरस्कार विनेसामको केन्द्रिय कार्यालय नेपालबाट प्रत्येक बर्ष एक समारोह विच हस्तान्तरण गरिने छ । अंक बराबरी भएमा निर्णायक मण्डलद्वारा गोलाप्रथाबाट प्रथम घोषणा गरिने छ ।
4, लगातार ३ पटक सम्म क्वीज मास्टर अफ द मन्थ भएमा क्वीज मास्टर अफ द इयर छानिने छ जसको लागि नगद रु ५००१ र प्रशंसा पत्र प्रदान गरिने छ ।
5, प्रश्नहरु जम्मा २५ ओटा प्रत्येक महिनाको १० गते भित्र सोधिने छ । जसको जवाफ हरेक महिनाको २५ गते भित्र विनेसामको ईमेल gfnlksa@gmail.com मार्फत प्राप्त भएकोलाई समाबेस गरिने छ ।
6,महिनाको उत्कृष्ट प्रतियोगीको नाम पछिल्लो प्रश्न सोध्ने क्रममा उल्लेख गरिने छ ।
7, प्रत्येक अंकमा प्रायोजकहरुको नाम लेखिने छ ।
8, बर्षको एक पटक संकलन गरि सबै रेर्कडहरु समाबेस गरि एक संकलन पुस्तक निकालिने छ । उक्त प्रकाशनमा पनि प्रत्येक प्रायोजकहरुको नाम फोटो सहित प्रकाशन गरिने छ । स्मरण रहोस प्रायोजन गर्ने संघ-संस्था/व्यक्तिले ३ महिना बराबरको प्रायोजन गर्न अनिवार्य छ तर सह प्रायोजनको लागी न्युनतम एक महिनाको लागि प्रायोजन गर्न अनिवार्य छ । प्रायोजन गर्न चाहनु हुने संघ-संगठन तथा ब्यक्तिहरुले विनेसामको ईमेल ठेगाना gfnlksa@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ ।
भाग ७ का प्रश्नहरुः
१ संसारको सबै भन्दा ठूलो तथा सम्मानित पुरस्कार नोवेल पुरस्कारको संस्थापक को हुन् ?
२ घुम्ने मेचमाथी अन्धो मान्छे भन्ने कृतिका लेखक को हुन ?
३ प्रसीद्ध कृति बसाई कस्तो विधाको कृति हो र यसका लेखक को हुनुहुन्छ ?
४ प्याफुल्ला पुरस्कार कुन क्षेत्रका लागी प्रदान गरिन्छ ?
५ शब्दकोष लेख्ने ब्यक्तिलाई अंग्रेजीमा के भनिन्छ ?
६ लक्ष्मी प्रसाद देबकोटाले पहिलो कविता कहां लेखेका थिए ?
७ महाकवी लक्ष्मी प्रसाद देबकोटाले शकुन्तला महाकाब्य सुलोचना महाकाब्य र कुन्जीनी कति कति समयमा लेखी सकेका थिए ?
८ मृत्युशैयाबाट कुन विधाका कृतिहुन र यस कृतिका लेखक को हुन ?
९ मोतीराम भट्टले भानुभक्तलाई आदिकविको टाईटल दिएतापनी प्रचलनमा आएको थिएन तर कुन राणा प्रधान मन्त्रीले उक्त उपाधी भानुभक्तलाई दिए हुन्छ भनेर भनेका थिए ?
१० प्रसिद्द कृति बधुशिक्षाका रचनाकार को थिए ?
११ मोतिराम भट्टकॊ मृत्यु कति बर्षमा भएको थियो ?
१२ सुप्रसीद्द साहित्यकार पारिजातको बालककालको नाम के हो ?
१३ पारिजातद्वारा लिखित शिरिषको फुल कृतिले कहिले मदन पुरस्कार प्राप्त गरेको थियो ?
१४ विश्व प्रसिद्ध चित्रकार पाब्लो पिकासोको पूरा नाम के हो ?
१५ सबै भन्दा पहिले जासुसी कथा लेख्ने लेखक को हुन ?
१६ यमपुरीको महल उपन्यासका रचनाकार को हुन ?
१७ गाएककार अम्बर गुरुङ्गको जन्म कहिले भएको थियो ?
१८ तिलविक्रम नेम्बाङ्गको साहित्यीक नाम के हो ?
१९ कविसिरोमणी लेखनाथ पौडेलको मृत्यु कहिले भएको थियो ?
२० मेरो त्यारो ओखलढुङ्गाका रचनाकार शिद्धिचराण श्रेष्ठले कविता लेखनको थालनी कहिलेबाट गरेका हुन ?
२१ महाकवि लक्ष्मी प्रसाद देवकोटाले शेक्सपियरको एउटा कृति अनुवाद गरेका थिए त्यो कुन कृति हो ?
२२ मेगेसेसे पुरस्कारलाई एशियाको नोवेल पुरस्कार भनिन्छ अब भन्नुहोस् यो पुरस्कार पाउने पहिलो नेपाली को हुन् ?
२३ तिम्री स्वास्नी र म कृतिका लेखक को हुन् ?
२४ दश जना लेखकद्धारा लिखित उपन्यासको नाम के हो ?
२५ वी.पी. कोइरालाको पहिलो कृति कुन हो?
----------------------------------------------------------
आयोजकहरुः
विश्व नेपाली साहित्य महासंघ
साउदी अरेविया शाखा
अन्तराष्ट्रिय नेपाली साहित्य समाज
साउदी अरेविया च्याप्टर
----------------------------------------------------------
----------------------------------------------------------
भाग ६ मा सोधिएका प्रश्नहरुको जवाफहरु:
१ स्वीट्जरल्याण्ड
२ अब्दुल अजीज इन साद
३ भूपी शेरचन २०२६
४ थोरो
५ सुधा सागर
६ जल विनायक, अशोक विनायक, सूर्य विनायक र कार्य विनायक
७ प्रवासी नेपाली डट कम
८ इन्दुस नदी
९ बुद्ध
१० सिन्दुर
११ कुर
१२ दोस्रो
१३ भदौ १२, २०६१
१४ महाकवि लक्ष्मि प्रसाद देबकोटा
१५ कन्काई पुल ७०४ मिटर
१६ जेष्ठ १९
१७ वि. पि. कोईराला
१८ Very small Appraiser Terminal
१९ तिलिचो ताल नेपालको मनाङ्गमा ९४,९१९ मि.
२० शाहारा मरुभूिम
२१ काम गरेको प्रत्येक १२ दिन को १ दिन को दरले
२२ २०६२ साल जेष्ठ १६ गते
२३ आङ्गरिता शेर्पा
२४ इजलास
२५ खोरण्डो
यस साहित्यीक हाजिरी जवाफ प्रतियोगिता भाग ६ मा १९ अंक ल्याएर देबराज लुईटेल अनाम नगर काठमाण्डौबाट प्रथम हुनुभएको छ वहांलाई बधाई छ । सम्पूर्ण सहभागी र प्रयासरत अन्य पाठक र यस कार्यक्रम सफल बनाउनलाई आ-आफ्नो ठाँउबाट प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पुर्ण महानुभाबहरु प्रति कृतज्ञता प्रकट गर्दछौं आगामी दिनहरुमा पनि यस्तै निरन्तर सहयोग र सहभागीताको अपेक्षा गर्दछौं ।
सहभागी संख्या ११ जना सबै भन्दा बढी मिलाएको १९ र सबैभन्दा कम मिलाएको ०९
क्युज ६ मा भवनी आलेले पनि १८.५ ओटा मिलाउनु भएको थियो तर प्रश्न १८ को उत्तर दिदा देबराज जीले केहि अंश मिलाउनु भएकोले 0.५ अंक बढी दिएर निर्णयक मण्डलले वहाँलाई यस अंकको क्युज मास्टर छानीएको हो । भाबि दिनहरुमा पनि सके सम्म पुरा उक्तर दिन हार्दिक अनुरोध गर्दछौं ।
श्रोतः हाजिरी जवाफ प्रतियोगिता समुह
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।