विनेसाम/अनेसास साउदी अरेवियाले संयुक्त रुपमा यो प्रतियोगिताको आयोजना गरेको हो । विश्वमा छरिएर रहेका नेपालीहरुलाई नयां ज्ञान र वुद्धिको श्रृजना हुन अति नै सहयोगी हुने देखिन्छ यो प्रतियोगिता । अझै भन्ने हो भने सम्बन्धित क्षेत्रका युवा वर्गहरुलाई बौद्विक विकासमा केही सानो-तिनो सहयोग पनि यस प्रतियोगिताले दिलाउने हामीले अपेक्षा राखेका छौं ।
यस प्रतियोगितामा भाग लिनको लागि निम्न नियमहरु पालना गर्नुपर्नेछ ।
1, विनेसाम/अनेसासका केन्द्रिय बोर्ड साउदी अरेवियाका सदस्यहरु र सल्लाहकार बोर्डका सदस्यहरुले यस प्रतियोगितामा भाग लिन पाउने छैन ।
2, विश्वमा रहेको नेपालीहरुले जहांबाट पनि यस प्रतियोगितामा भाग लिन पाउने छ ।
3, सबै भन्दा बढी प्रश्नहरुको जवाफ मिलाउने प्रतियोगिलाई क्वीज मास्टर अफ द मन्थ घोषण गरिने छ र प्रत्येक महिनामा नगद रु १००१ र प्रशंसा पत्र पाउने छ । यो पुरस्कार विनेसामको केन्द्रिय कार्यालय नेपालबाट प्रत्येक बर्ष एक समारोह विच हस्तान्तरण गरिने छ । अंक बराबरी भएमा निर्णायक मण्डलद्वारा गोलाप्रथाबाट प्रथम घोषणा गरिने छ ।
4, लगातार ३ पटक सम्म क्वीज मास्टर अफ द मन्थ भएमा क्वीज मास्टर अफ द इयर छानिने छ जसको लागि नगद रु ५००१ र प्रशंसा पत्र प्रदान गरिने छ ।
5, प्रश्नहरु जम्मा २५ ओटा प्रत्येक महिनाको १० गते भित्र सोधिने छ । जसको जवाफ हरेक महिनाको २५ गते भित्र विनेसामको ईमेल gfnlksa@gmail.com मार्फत प्राप्त भएकोलाई समाबेस गरिने छ ।
6,महिनाको उत्कृष्ट प्रतियोगीको नाम पछिल्लो प्रश्न सोध्ने क्रममा उल्लेख गरिने छ ।
7, प्रत्येक अंकमा प्रायोजकहरुको नाम लेखिने छ ।
8, बर्षको एक पटक संकलन गरि सबै रेर्कडहरु समाबेस गरि एक संकलन पुस्तक निकालिने छ । उक्त प्रकाशनमा पनि प्रत्येक प्रायोजकहरुको नाम फोटो सहित प्रकाशन गरिने छ । स्मरण रहोस प्रायोजन गर्ने संघ-संस्था/व्यक्तिले ३ महिना बराबरको प्रायोजन गर्न अनिवार्य छ तर सह प्रायोजनको लागी न्युनतम एक महिनाको लागि प्रायोजन गर्न अनिवार्य छ । प्रायोजन गर्न चाहनु हुने संघ-संगठन तथा ब्यक्तिहरुले विनेसामको ईमेल ठेगाना gfnlksa@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ ।
भाग १० का प्रश्नहरुः
१ ललीतपुरमा प्रत्येक बर्ष भोटो जात्रा सम्पन्न गरिन्छ यो सबै भन्दा लामो समय सम्म चल्ने जात्रा हो । अन्तीम दिन देखाईने भोटो कोद्वारा प्रर्दशन गरिन्छ ?
२ नेपालमा राष्ट्रिय धान दिवस कहिले मनाईन्छ ?
३ नेपाललाई औपचारिक रुपमा बारुदी धराप मुक्त मुलुक कहिलेबाट घोषणा गरिएको हो ?
४ विश्व रक्तादाता दिवश कहिले मनाईन्छ ?
५ गौतम बुद्वको जन्म कुन युगमा भएको थियो ?
६ नेपालको पहिलो अंग्रेजी समाचार वाचकको नाम के हो ?
७ बेलायति राजकुमार विलिएम र केटको विबहामा अन्दाजी कति खर्च भएको अनुमान गएिको छ ?
८ अमेरीकी सेनाको कार्बाहीमा ओसामा विनलादेनलाई मे १, २०११ मा मारिएको जनाईएको छ अब भन्नुस उक्त दिन संयोगबस विश्वको एक चर्चित ब्यक्तिको पनि धेरै बर्ष पहिले मृत्यु भएको थियो उक्त ब्यक्तिको नाम के हो ?
९, काठमाण्डौ विश्वविद्यालयको ५५ औं सिनेट बैठकले कस्लाई मानार्थ महाविद्यावारिधि प्रदान गर्ने निर्णय गरेको थियो ?
१० अन्तराष्ट्रिय सरणार्थी दिवस कस्को आह्वानमा मनाउन थालिएको हो ?
११ नेपालको संसदिय ईतिहासमा पहिलो पटक ब्यबस्थापिका संसद बैठकमा होहल्ला गर्दै नियमित कार्बाहि प्रभावित पार्दै आएका ४ जना सांसदलाई संविधान सभा बाहिर निकालीएको थियो अब भन्नुहोस के कानुन लगाएर बाहिर निकालीएको थियो ?
१२ फेसबुक जस्तो सोसल मिडिया साईटहरुबाट सुझाब लिएर संविधान बनाउन प्रयास गर्ने पहिलो देश कुन हो ?
१३ आयामेली आन्दोलनका प्रवर्तकहरु को को थिए ?
१४ हिस्टोरी अफ नेपालका लेखक को हुन् ?
१५ संसारकै सबैभन्दा लामो पुल चिनमा बनेको छ । यसको लम्बाई ४२.४ किलोमिटर छ भने यो पुलमा कतिओटा खम्बाहरु प्रयोग गरिएको छ ?
१६ पद्मा लक्ष्मी कुन बि्रटिस साहित्यकारको धर्मपत्नी हुन् ?
१७ आईसीसी वल्ड कप कि्रकेट २०११ को फाईनलमा कुन कुन देश विच खेल भएको थियो र कति कति रन ल्यएको थियो ?
१८ द लिभिङ्ग लाईवन अफ नेपाल भनेर कस्लाई चिनिन्छ ?
१९ रेडियो नेपालको स्थापना कहिले भएको थियो ?
२० विश्वमा सबै भन्दा बढी सत्ता परिवर्तन भएको देश कुन हो ?
२१ शनिबार सार्बजनिक बिदा दिने देश एक नेपाल हो भने अर्को देश कुन हो ?
२२ महात्मा गान्धीले जीवनमा एउटै मात्र फिल्म हेरेका थिए रे त्यो कुन फिल्म हो ?
२३ फादर अफ द साइन्स भनेर कुन बैज्ञानिकलाई भनिन्छ ?
२४ कुन देशको राष्ट्रिय झण्डालाई वल्ड ग्लोरी भनिन्छ ?
२५ चार्ली चाप्लिनद्धारा अभिनित अन्तिम फिल्म कुन हो?
---------------------------------------------------------
आयोजकहरुः
विश्व नेपाली साहित्य महासंघ, साउदी अरेविया शाखा
अन्तराष्ट्रिय नेपाली साहित्य समाज, साउदी अरेविया च्याप्टर
============================================
भाग ९ मा सोधिएका प्रश्नहरुको जवाफहरु:
१ मार्च ११, २०११
२ मार्च १९, २०११ (५ चैत्र २०६७)
३ प्रत्येक बर्ष मार्च २२ चैत्र ८
४ श्रीलंका र न्यूजील्याण्ड अनि ईन्डीया र पाकिस्तान विच
५ मनाङ्ग जम्मा १२२
६ २०२२ पौष १ बाट
७ गुणकामदवको पाला देखी
८ पदम शम्शेरलाई
९, ७ प्रकारको क) भैपरि आउने र पर्व ख) घर विदा ग) विरामि विदा घ) प्रसुति विदा तथा प्रसुति स्याहार ङ) किरिया च) अध्ययन विदा र छ ), असाधारण विदा
१० क्यानडा
११ १ सद्विश्वास २ सद्निश्चय ३ सद्वचन ४ सत्कर्म ५ सद्जीविका ६ सद्प्रयास ७ स द्विचार र ८ सद्ध्यान
१२ राँको
१३ उल्लु
१४ वि. स. १९७७ सालबाट
१५ मार्कोपोलोले
१६ वी.पी. कोइराला
१७ रिचार्ड निक्शन (३७ औं अमेरिकी राष्ट्रपति)
१८ लोरी
१९ म्यान
२० से फोक्सुण्डो ताल डोल्पामा पर्छ
२१ प्रत्येक बर्ष चैत्र २० गते ।
२२ बनारस
२३ विष्णु
२४ प्रत्येक बर्ष जुन ५ तारिखमा ।
२५ वी.पी. कोइराला
यस साहित्यीक हाजिरी जवाफ प्रतियोगिता भाग ९ मा २४ अंक ल्याएर निरज सापकोटा अमेरिकाबाट प्रथम (क्विज मास्टर अफ द मन्थ) हुनुभएको छ वहांलाई बधाई छ। सम्पूर्ण सहभागी र प्रयासरत अन्य पाठक र यस कार्यक्रम सफल बनाउनलाई आ-आफ्नो ठाँउबाट प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पुर्ण महानुभाबहरु प्रति कृतज्ञता प्रकट गर्दछौं आगामी दिनहरुमा पनि यस्तै निरन्तर सहयोग र सहभागीताको अपेक्षा गर्दछौं ।
(सहभागी संख्या ३७ जना सबै भन्दा बढी मिलाएको २४ र सबैभन्दा कम मिलाएको १६ । यो पटक अहिले सम्मकै भबै भन्दा बढी अंक मिलाएको हो ।)
श्रोतः हाजिरी जवाफ प्रतियोगिता समुह
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।