अनलाईन साहित्यिक हाजिरी जवाफ प्रतियोगिताको छैटौं भाग सार्वजनिक ।

विनेसाम/अनेसास साउदी अरेवियाले संयुक्त रुपमा यो प्रतियोगिताको आयोजना गरेको हो । विश्वमा छरिएर रहेका नेपालीहरुलाई नयां ज्ञान र वुद्धिको श्रृजना हुन अति नै सहयोगी हुने देखिन्छ यो प्रतियोगिता । अझै भन्ने हो भने सम्बन्धित क्षेत्रका युवा वर्गहरुलाई बौद्विक विकासमा केही सानो-तिनो सहयोग पनि यस प्रतियोगिताले दिलाउने हामीले अपेक्षा राखेका छौं ।

यस प्रतियोगितामा भाग लिनको लागि निम्न नियमहरु पालना गर्नुपर्नेछ ।
1, विनेसाम/अनेसासका केन्द्रिय बोर्ड साउदी अरेवियाका सदस्यहरु र सल्लाहकार बोर्डका सदस्यहरुले यस प्रतियोगितामा भाग लिन पाउने छैन ।
2, विश्वमा रहेको नेपालीहरुले जहांबाट पनि यस प्रतियोगितामा भाग लिन पाउने छ ।
3, सबै भन्दा बढी प्रश्नहरुको जवाफ मिलाउने प्रतियोगिलाई क्वीज मास्टर अफ द मन्थ घोषण गरिने छ र प्रत्येक महिनामा नगद रु १००१ र प्रशंसा पत्र पाउने छ । यो पुरस्कार विनेसामको केन्द्रिय कार्यालय नेपालबाट प्रत्येक बर्ष एक समारोह विच हस्तान्तरण गरिने छ । अंक बराबरी भएमा निर्णायक मण्डलद्वारा गोलाप्रथाबाट प्रथम घोषणा गरिने छ ।
4, लगातार ३ पटक सम्म क्वीज मास्टर अफ द मन्थ भएमा क्वीज मास्टर अफ द इयर छानिने छ जसको लागि नगद रु ५००१ र प्रशंसा पत्र प्रदान गरिने छ ।
5, प्रश्नहरु जम्मा २५ ओटा प्रत्येक महिनाको १० गते भित्र सोधिने छ । जसको जवाफ हरेक महिनाको २५ गते भित्र विनेसामको ईमेल gfnlksa@gmail.com मार्फत प्राप्त भएकोलाई समाबेस गरिने छ ।
6,महिनाको उत्कृष्ट प्रतियोगीको नाम पछिल्लो प्रश्न सोध्ने क्रममा उल्लेख गरिने छ ।
7, प्रत्येक अंकमा प्रायोजकहरुको नाम लेखिने छ ।
8, बर्षको एक पटक संकलन गरि सबै रेर्कडहरु समाबेस गरि एक संकलन पुस्तक निकालिने छ । उक्त प्रकाशनमा पनि प्रत्येक प्रायोजकहरुको नाम फोटो सहित प्रकाशन गरिने छ । स्मरण रहोस प्रायोजन गर्ने संघ-संस्था/व्यक्तिले ३ महिना बराबरको प्रायोजन गर्न अनिवार्य छ तर सह प्रायोजनको लागी न्युनतम एक महिनाको लागि प्रायोजन गर्न अनिवार्य छ । प्रायोजन गर्न चाहनु हुने संघ-संगठन तथा ब्यक्तिहरुले विनेसामको ईमेल ठेगाना gfnlksa@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ ।

भाग ६ का प्रश्नहरुः
१ राष्ट्रिय गीत नभएको देश कुन हो ?
२ साउदी अरेबियाको संस्थापक राजा कसलाई मानिन्छ ?
३ पहिलो साझा पुरस्कार पाउने साहित्यकार को हुन् ?
४ नयाँ पुस्तक किन पुरानो कोट लगाऊ यो कुन विश्व प्रसिद्ध साहित्यकारको भनाइ हो ?
५ नेपालको सबै भन्दा पहिलो पत्रिका कुन हो ?
६ चार गणेश भन्नाले के-के पर्दछन् ?
७ साउदी अरेवियाबाट साचालीत पहिलो अनलाईन पत्रिका साईट कुन हो ?
८ कराँची शहर कुन नदीको किनारमा छ ?
९ त्रिपिटक कुन धर्मको मूल ग्रन्थ हो ?
१० नेपाली लगानीमा बनाईएको प्रथम नेपाली चलचित्र कुन हो ?
११ माछा बस्ने ठाँउलाई के भनिन्छ ?
१२ आठौं साफमा नेपालले कुन स्थान हासिल गरेको थिया ?
१३ इराकमा १२ नेपालीलाई कहिले मारिएको थियो ?
१४ म दुनिया बनाउन चाहान्छु बिगार्न होईन । यो भनाई कसको हो ?
१५ नेपालको सबैभन्दा लामो पुल कुन हो र यसको लम्बाई कति छ ?
१६ नेपालमा कालो दिन भनेर कुन दिन लाई मानिन्छ ?
१७ नरेन्द्र दाई कृतिका लेखक को हुन ?
१८ नेपालको दुर्गम क्षेत्रमा सुचना सेवा पुर् याउन ख्क्ब्त् प्रणली प्रयोग गरिन्छ अब भन्नुहोस यसको पुरा अर्थ के हो ?
१९ विश्वको सबै भन्दा बढि उचाईमा रहेको ताल कुन हो र यो कुन देशमा छ ?
२० विश्वकै सबै भन्दा ठूलो मरुभूमि कुन हो ?
२१ निजामति कर्मचारीले घर विदा कुन आधारमा पाउछन ?
२२ सगरमाथाको चुचुरोमा विवाहा बन्धनमा बाँधिने पहिलो युगल जोडी मोनी मुलेपाती र पेम्बा दोर्जे शेर्पा कहिले विवाह बन्धनमा बाँधिएका थिए ?
२३ नेपालमा हिम चितुवाको नामले कस्लाई चिनिन्छ ?
२४ मुद्वा फैसला गर्दा अभियुक्त वा साक्षी बस्ने ठाँउलाई कठाघरा भनिन्छ भने न्यायधिस बस्ने ठाँउलाई के भनिन्छ ?
२५ एउटा खुट्टा नभएकोलाई लंगडो भनिन्छ भने दुई ओटा खुट्टा नभएकोलाई के भनिन्छ?
__________________________________________________
आयोजकहरुः
विश्व नेपाली साहित्य महासंघ
साउदी अरेविया शाखा
अन्तराष्ट्रिय नेपाली साहित्य समाज
साउदी अरेविया च्याप्टर
___________________________________________________
भाग ५ मा सोधिएका प्रश्नहरुको जवाफहरु :
१ (मन) लिलाध्वज थापा
२ स्वामी शेखरानन्द
३ बाग्लुङ्ग
४ पानीमन्तरे
५ नारायणी नदी
६ रुख कटहर
७ जातकोच्च : नागर्जुन
फुलोच्च : फुलचोकी
ध्यानोच्चा : चापागाउं
शिलोच्च : स्वयम्भू
८ तारिणी प्रसाद कोइराला
९ मनाङ्ग र मुस्ताङ्ग
१० मलेशिया
११ कार्तिके
१२ प्रत्येक बर्ष डिसेम्बर २६
१३ मोहन शम्सेर राणा
१४ मानदेब
१५ अंशुबर्मा
१६ डामाडोल डट कम
१७ भाग्यरेखा
१८ केटाकेटी
१९ प्रचण्डदेव
२० बिट र बाइटमा (Bit & Bytes)
२१ हेमलक
२२ मुस्ताङ
२३ अन्तिम रात्रीभोज (The Last Super)
२४ भीमनिधी तिवारी ४५ पुस्तक भन्दा बढी
२५ आकाश दिप
------------------------------------------------------
यस साहित्यीक हाजिरी जवाफ प्रतियोगिता भाग ५ मा १९ अंक ल्याएर भवानी आले अनाम नगर काठमाण्डौबाट प्रथम हुनुभएको छ वहांलाई बधाई छ । सम्पूर्ण सहभागी र प्रयासरत अन्य पाठक र यस कार्यक्रम सफल बनाउनलाई आ-आफ्नो ठाँउबाट प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पुर्ण महानुभाबहरु प्रति कृतज्ञता प्रकट गर्दछौं आगामी दिनहरुमा पनि यस्तै निरन्तर सहयोग र सहभागीताको अपेक्षा गर्दछौं ।

सहभागी संख्या ३१ जना सबै भन्दा बढी मिलाएको १९ र सबैभन्दा कम मिलाएको ११
क्युज ५ मा निरज सापकोटाले पनि १९ ओटा मिलाउनु भएको थियो तर प्रश्न ६ को उत्तर दिदा वहांले कटहर मात्र भनेको र भवानी जीले रुख कटहर भनेकोले निर्णयक मण्डलले वहाँलाई यस अंकको क्युज मास्टर छानीएको हो । भाबि दिनहरुमा पनि सके सम्म पुरा उक्तर दिन हार्दिक अनुरोध गर्दछौं ।
श्रोतः हाजिरी जवाफ प्रतियोगिता समुह

No comments:

Post a Comment

- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।