अनलाईन साहित्यिक हाजिरी जवाफ प्रतियोगिताको पन्धौं भाग सार्वजनिक

विनेसाम/अनेसास साउदी अरेवियाले संयुक्त रुपमा यो प्रतियोगिताको आयोजना गरेको हो । विश्वमा छरिएर रहेका नेपालीहरुलाई नयां ज्ञान र वुद्धिको श्रृजना हुन अति नै सहयोगी हुने देखिन्छ यो प्रतियोगिता । अझै भन्ने हो भने सम्बन्धित क्षेत्रका युवा वर्गहरुलाई बौद्विक विकासमा केही सानो-तिनो सहयोग पनि यस प्रतियोगिताले दिलाउने हामीले अपेक्षा राखेका छौं ।

यस प्रतियोगितामा भाग लिनको लागि निम्न नियमहरु पालना गर्नुपर्नेछ ।
1, विनेसाम/अनेसासका केन्द्रिय बोर्ड साउदी अरेवियाका सदस्यहरु र सल्लाहकार बोर्डका सदस्यहरुले यस प्रतियोगितामा भाग लिन पाउने छैन ।
2, विश्वमा रहेको नेपालीहरुले जहांबाट पनि यस प्रतियोगितामा भाग लिन पाउने छ ।
3, सबै भन्दा बढी प्रश्नहरुको जवाफ मिलाउने प्रतियोगिलाई क्वीज मास्टर अफ द मन्थ घोषण गरिने छ र प्रत्येक महिनामा नगद रु १००१ र प्रशंसा पत्र पाउने छ । यो पुरस्कार विनेसामको केन्द्रिय कार्यालय नेपालबाट प्रत्येक बर्ष एक समारोह विच हस्तान्तरण गरिने छ । अंक बराबरी भएमा निर्णायक मण्डलद्वारा गोलाप्रथाबाट प्रथम घोषणा गरिने छ ।
4, लगातार ३ पटक सम्म क्वीज मास्टर अफ द मन्थ भएमा क्वीज मास्टर अफ द इयर छानिने छ जसको लागि नगद रु ५००१ र प्रशंसा पत्र प्रदान गरिने छ ।
5, प्रश्नहरु जम्मा २५ ओटा प्रत्येक महिनाको १० गते भित्र सोधिने छ । जसको जवाफ हरेक महिनाको २५ गते भित्र विनेसामको ईमेल gfnlksa@gmail.com मार्फत प्राप्त भएकोलाई समाबेस गरिने छ ।
6,महिनाको उत्कृष्ट प्रतियोगीको नाम पछिल्लो प्रश्न सोध्ने क्रममा उल्लेख गरिने छ ।
7, प्रत्येक अंकमा प्रायोजकहरुको नाम लेखिने छ ।
8, बर्षको एक पटक संकलन गरि सबै रेर्कडहरु समाबेस गरि एक संकलन पुस्तक निकालिने छ । उक्त प्रकाशनमा पनि प्रत्येक प्रायोजकहरुको नाम फोटो सहित प्रकाशन गरिने छ । स्मरण रहोस प्रायोजन गर्ने संघ-संस्था/व्यक्तिले ३ महिना बराबरको प्रायोजन गर्न अनिवार्य छ तर सह प्रायोजनको लागी न्युनतम एक महिनाको लागि प्रायोजन गर्न अनिवार्य छ । प्रायोजन गर्न चाहनु हुने संघ-संगठन तथा ब्यक्तिहरुले विनेसामको ईमेल ठेगाना gfnlksa@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ ।

अनलाईन साहित्यीक प्रश्नहरु भाग १५
१ नेपालको हांस्य टेलिसिरीयल तितो सत्य कहिले देखि संचालन भएको हो ?
२ अहिले सम्म मदन पुरस्कार कतिजनालाई प्रदान गरि सकेको छ ?
टाकुरामा एक्लो मान्छेका लेखक को हुन् ?
४ जगदम्बा प्रकाशन कहिले स्थापना भएको हो ?
५ चर्चित पुस्तक देखेको मुलुकका लेखक को हुन ?
जिवन कांडाकी फूल का लेखक को हुन ?
७ नेपालको पहिलो बैज्ञानीक को हो र उनको जन्म कहिले भएको थियो ?
८ कोशी नदिको लम्बाई कति छ ?
९ नेपालमा मानाङ्क मुद्रा कुन शासकको पालामा प्रचलनमा ल्याईएको थियो ?
१० फिल्म हल नभएको देश कुन हो ?
११ नेपालको प्रथम मल्ल राजा को थिए ?
१२ सर्वसाधारण जनताले रेडियो राख्न पाउने ब्यबस्था कुन प्रधानमन्त्रीको पालादेखि भएको हो ?
१३ लार्के भाज्याङ्ग कुन जिल्लमा पर्दछ ?
१४ मरुभूमी नभएको एक मात्र अरब देश कुन हो ?
१५ हावामा सबै भन्दा बढिमात्रामा कुन ग्याँस पाईन्छ ?
१६ छोरा छोरीलाई छोरेटो छोरेटी भनेर नेपालको विशेष गरि कुन जिल्लामा भनिन्छ ?
१७ यस वर्षको ट्रान्फरेन्सी ईन्टरनेश्नलले गरेको अध्यन अनुसन्धान अनुसार नेपाल भ्रस्टचारको अति औं स्थानमा परेको छ ?
१८ आफ्नो आहारा खाईसकेपछी रुने जीव कुन हो ?
१९ चर्चित समाचार वाचिका कोमल ओलीले पहिलो पटक रेडियो नेपालबाट कहिले समाचार वाचन गरेको थियो ?
२० कुन चराको मासु एक दुई टुक्रा तरकारीमा मिसायो भने मात्र पनि सम्पुर्ण तरकारीको स्वाद मासुमय हुन्छ ?
२१ रामले रावणलाई बध गरेपछि लंकाका राजा को भएका थिए ?
२२ एउटा कुनै व्यक्ति हिमाल चढ्छ उकालै छढ्छ उकालै झर्छ कसरी ?
२३ नेपालको प्रथम महिला राजदूत को हुन् ?
२४ विश्वको सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम तेन्जिङ्ग नोर्गे र एडमण्ड हिलारीले कहिले आरोहण गरेका थिए ?
२५ नेपाली साहित्यमा पि.एच.डी. गर्ने व्यक्ति को हुन् ?
----------------------------------------------------------
आयोजकहरुः
विश्व नेपाली साहित्य महासंघ
साउदी अरेविया शाखा
अन्तराष्ट्रिय नेपाली साहित्य समाज
साउदी अरेविया च्याप्टर
----------------------------------------------------------
भाग १४ मा सोधिएका प्रश्नहरुको जवाफहरु :
१ शितलादेवी
२ नौ लाख
३ प्राणी र वनस्पती ९ब्लषषबकि ७ ख्भनबतबतष्यल०
४ कीर्तिनिधि विष्ट
५ मदर टेरेसा
६ ग्राण्ड सेन्टर टर्मिनल न्यूओर्क
७ राम बरण यादब १९९९ मंसीर धनुशा
८ बाग्लुङ जिल्ला
९ राँको
१० शुक्र
११ वेलायत
१२ लखन थापा
१३ मात्रिका प्रशाद कोईराला
१४ चन्द्र शंम्शेर राणा
१५ विशेश्वर प्रसाद कोईराला
१६ २०६३ सालमा
१७ चिप्लेकिरा
१८ श्री १
१९ ५७९७ कि.मी.
२० जंग बहादुर राणा
२१ २०५० साल जेष्ठ ३ गते
२२ राजा चन्द्रगुप्त विक्रम दित्य
२३ २०४७ साल कार्तिक २३ गतेबाट
२४ ५ घण्टा ४५ मिनेट
२५ बट्रोन्ड पिकार्ड -स्वीजरल्याण्ड र बि्रयन जोनस (वेलायत)
__________________________________________________
(यस साहित्यीक हाजिरी जवाफ प्रतियोगिता भाग १३ मा २३.५ अंक ल्याएर विपिन भण्डारी पोखराबाट प्रथम क्विज मास्टर अफ द मन्थ हुनुभएको छ वहांलाई बधाई छ। सम्पूर्ण सहभागी र प्रयासरत अन्य पाठक र यस कार्यक्रम सफल बनाउनलाई आ-आफ्नो ठाँउबाट प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पुर्ण महानुभाबहरु प्रति कृतज्ञता प्रकट गर्दछौं आगामी दिनहरुमा पनि यस्तै निरन्तर सहयोग र सहभागीताको अपेक्षा गर्दछौं । सहभागी संख्या १७ जना सबै भन्दा बढी मिलाएको २३.५ र सबैभन्दा कम मिलाएको १९ ।)
श्रोतः हाजिरी जवाफ प्रतियोगिता समुह

No comments:

Post a Comment

- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।