- प्रदीप नेपाल
अनुज हो उसको नाउँ? । छोटकरीमा सबैले उसलाई अनु भन्छन् । सन् १९९२ को मार्च महिनामा जन्मिएको हो ऊ । ऊ मलाई मामा भन्छ, म उसलाई भान्जा भन्छु । उसका साथीहरू उसलाई सम्झाउने कोसिस गर्दै भन्छन्, “एइ अनु, अङ्कल भन न, अङ्कल । ऊ त्रि्रो अङ्कल हो ?”
होइन, म उसलाई अङ्कल भन्दिन ?, ऊ मेरो मामा हो,” अनुप जिद्दी गर्छ ।
“अङ्कल र मामा भनेको उही त हो,” साथीहरू सम्झाउन खोज्छन्। “होइन,
अङ्कल भनेको अमेरिकाको हो, मामा भनेको नेपालको हो,”
अनुजको निर्दोष अनुहारबाट निस्किएको निश्छल परिभाषा सुनेर हामी सबै हास्छौ? हामी आपसमा कुराकानी गर्दा नेपाली भाषा नै प्रयोग गर्दछौ ? अनुज मुसुमुसु हाँसेर हाम्रो कुरो सुन्छ । म ऊसँग सोध्छु, “भान्जा, हामीले बोलेको तिमी बुझ्छौ -” अनुज मुसुक्क हाँसेर टाउको हल्लाउँछ । हाँसेको अनुजको अनुहार मलाई सबैभन्दा राम्रो लाग्छ । शीतल तरङ्गमा उम्रिएको पानीजस्तो हुन्छ उसको अनुहार । गोलो मोहडाको अनुज मुस्कुराउँदा किशोरकिशोरीका लागि छापिने चित्रकथाहरूमा भेटिने सुन्दर बालकजस्तै देखिन्छ । तपाईंलाई अब त थाहा भयो होला, अनुज नेपाली भाषामा कुरा गर्दैन । यस्तो किन भयो – बुझ्न गाह्रो भयो होला । लौ थाहा होस्, तपाईंलाई- अनुज अमेरिकाको अस्पतालमा जन्मिएको केटो हो । उसका आमाबाबुले एक चौथाइ शताब्दी अमेरिकामै बिताएको भए पनि उनीहरू आफूचाहिँ खाँट्टी नेपाली नै छन् । तर, उनीहरूले अनुजलाई खाँट्टी नेपाली बनाउन चाहेनन् । त्यसैले अनुज रामायण लाई अङ्ग्रेजीमै बुझ्छ, महाभारत को कृष्ण उसको अङ्ग्रेजी बुझाइमा किस्ना हुन्छ । थाहा पाइहाल्नुभयो अब, उमेर पुग्नासाथ अनुज अमेरिकाको नागरिक हुन्छ ।
तर, अहिलेसम्म अनुजको दाजु ‘ब्रदर’ भएको छैन, अनुजकी दिदी अझै पनि ‘हाई सिस्टर’ भएकी छैन। अनुज आमालाई ममी नै भन्छ-ममी शब्द त नेपालीमै पनि पचिसकेको छ। तर, अमेरिकी ‘फादर’ अनुजको बाबा हो । त्यसैले उसले काकालाई अङ्कल र मामालाई मामाकै रूपमा चिनिरहेको छ ।
अनुज मेरो छेउमा बस्छ मेरो अनुहारमा गहिरिएर हेर्दै । घरको भान्छा र म एक-अर्कालाई सशरीर देख्ने छिमेकी भएका छौं । अनुज मेरो छेउतिर सरेको देखेर भान्छामा काम गरिरहेकी बहिनी कराउँछिन्, “अनु, मामालाई दुःख नदे है बाबु ?”
अनुज अगाडिका राम्रा दाँतहरू देखाएर मुसुक्क हाँस्छ । उसका आँखाहरू चञ्चल रूपले मेरा परेलामा टाँसिन आइपुग्छन् । म उसको मनको स्वर सुन्छु, “मामा, म तपाईंलाई दुःख दिदैछु र -”म उसलाई होइन, उसकी आमालाई जवाफ फर्काउँछु, “तिमी आफ्नै काममा रमाऊ, अनुले मलाई कुनै झन्झट दिएको छैन । कलिलो मृगका आँखाले ऊ मेरो अनुहारमा नेपाल पढ्ने कोसिस गरिरहेको छ ।”
अनुज मेरो बोली बुझेर झन् नजिक आएर मलाई हेर्न थाल्छ र मुसुक्क हाँस्छ । त्यस्तो बेलामा अनुज मुस्कुराउँदा मलाई क्षितिजमा उदाएको पहिलो चन्द्रमा मुसुमुसु हाँसेजस्तो लाग्छ । गजबका देखिन्छन् उसका आँखा, मृगले पिलिक्पिलिक् आँखा फर्काएर हेरेजस्ता । म मनमनै कल्पना गर्छु. अनुज मलाई भनिरहेको छ, “म तपाईंलाई कहिल्यै दुःख दिन्न होगि -
“यसअघि बहिनीसँग मेरो भेट हुँदा अनुज जन्मिएकै थिएन । १३ वर्षछि आएको थिएँ म अमेरिकामा बहिनीको परिवारलाई भेट्न । उनको कलेज पाँच साताको बिदामा मस्तसँग सुतिरहेको थियो त्यतिबेला । अनुजको पनि छुट्टी थियो । यसपालि म आउने खबर बेलैमा पाएको हुनाले उनीहरूले आफ्नो छुट्टीको कार्यक्रम बनाएका थिएनन् । लामो समयपछि हामीले पारिवारिक भेटघाटको कार्यक्रम बनाएका थियौं ।
पहिलो भेटमै हुर्किएको भानिज भेटेको हुनाले म फुरुङ्ग परेको थिएँ । जन्मिएपछि पहिलोपल्ट ‘मामा’ शब्दको जीवित नेपाली अनुहारसँग भेट्न पाएको हुनाले अनुज पनि दङ्ग थियो । घरको दैलामा म सँगसँगै जाडो पनि पसेको थियो । तर, अमेरिकी आकाश प्रायः खुलै हुन्थ्यो । त्यसैले बहिनी र म घामको न्यानो ताप्दै बितेका दिनहरूको सम्झना गथ्र्यौं । हामी भाइबहिनीबाहेक हाम्रो परिवार भन्ने अर्को कोही थिएन । बहिनी आफ्नो श्रीमान्लाई असाध्यै माया गर्थिन् तर त्यहाँ उनी मलाई भेट्टाउन सक्दिनथिन् । म पनि आफ्नो तीन जनाको सानो परिवारमा रमाएको थिएँ । तर, त्यहाँ म पनि बहिनीको छायाँ भेट्न सक्दिनथे?
यौवनको पाइलो टेकेको लगत्तैजस्तो हामीले ११ महिनाको अन्तरालमा आफ्ना आमाबाबुलाई गुमाएका थियौ । पहिले आमा जानुभएको थियो, त्यतिबेला बहिनी मेरो आमा भएकी थिइन् । आमाको बरखी नबित्दै बा पनि ‘आमाले मलाई पर्खिरहिछ, दाजुबहिनी सधैँ मिलेर बस्नू’ भन्दै हामीसँग छुट्टिएर जानुभएको थियो । त्यतिबेला बहिनीले बा पनि बन्ने कोसिस गरिथिन् । तर, वर्षाको भेलजस्तो आँसुले उनलाई त्यस्तो बन्नै दिएन ।हाम्रा कोही थिएनन् आफन्तहरू गाउँमा । हामीले मातृथलोलाई नमस्कार गर्यौं र अरूहरूको सारसारमा मधेसमा थोरथार जग्गा किनेर बसोबास थाल्यौं । हामी त्यहाँ पनि स्थायी हुन सकेनौं । बसाइ सर्ने बानी लागेपछि गाउँको मोह टुट्दो रहेछ । त्यसैले हामीले मधेस पनि बेचबिखन गरेर आफूलाई काठमाडौमा सार्यौं । म सरकारी सेवामा लागें । बहिनी क्याम्पसमा पढाउन थालिन् ।
बिहे गरेको तेस्रो वर्ष बहिनी र ज्वाई अमेरिकातिर लागे । एक-अर्काको जति माया लागे पनि प्रशान्त महासागर पार गरेर मन मात्रै कहिले नेपाल, कहिले अमेरिका गथ्र्यो । पाँच वर्षम्म हामीले एक-अर्कालाई देखेनौं । पाँचौं वर्ष बहिनी नेपाल आइन् र तीन महिना बसेर अमेरिका फर्किइन् । त्यसपछिको पाँचौ वर्ष म अमेरिका आएको थिएँ । हाम्रो तेस्रो भेट यसैपालि भएको थियो । अहिले उनीहरू एउटा राम्रो घरमा बसेका थिए । घरबाहिरको वातावरण पनि साँच्चिकै राम्रो थियो । केही दिन पहिलेदेखि पहेलिन थालेका म्यापलका पातहरू राताम्य हुँदै थिए । म्यापलका बहुरङ्गी पातहरूप्रतिको मेरो आँखाका कौतुक बहिनीले पढिसकेकी थिइन् । त्यसैले प्रायः उनी मलाई घर पछाडिको आँगनमा लैजान्थिन् । आँगनबाहिर म्यापलको बाक्लो जङ्गल थियो तर के भएर हो कुन्नि, म्यापलको फेदका पातहरू स्यारस्यार गरेर हावासँग कावा खाँदै उफ्रिएको म देख्तिनथें। लाग्थ्यो मलाई, हामी भाइबहिनीलाई अतीतजीवी बनाउन र हाम्रा मीठा कुरा सुनेर रमाइलो मान्न, आँगनमा सुतेको बतासले हामीबाहेक अरू कसैलाई पनि त्यस मायालु आँगनमा ढिम्किनै दिदैन ।अकस्मात् एक दिन अनुजले बतासको आदेशको अवज्ञा गर्यो।”मामा, तपाईंसँग अलिकति फुर्सद छ -” हामी पुरानो स्मृतिमा एक्लाएक्लै हराएका थियौं ।
हाम्रो बीचमा उभिएर अनुजले भन्यो । त्यतिबेला म अनुजकै उमेरसँग रमाइरहेको थिएँ । अनुजको आवाजले मलाई घरैमाथि पस्रिएको जङ्गलमा फैलिएका पात्लेका रूखहरूबाट ओरालेर म्यापलको जङ्गलमुनि फ्याँकिदियो । म झस्किएको देखेर अनुज खिसिक्क हाँस्यो ।”भन न, केही सोध्नु छ -” “हाम्रो मामाघरको छेउमा पनि म्यापलको जङ्गल छ -” फेरि उसको आँखामा उत्सुकताका तरङ्गहरू लहराए ।”हाम्रो मातृभूमिमा म्यापल हुदैन अनु,” मैले सम्झाउने पाराले भने?, “तर, प्रकृतिको विचित्र छटा देखाउने अनगिन्ती प्रकारका रूखहरू त्रि्रो पुरानो मामाघरभन्दा अलिक माथिको वनमा अहिले पनि भेटिन्छन् । हामीसँग एकै ठाउँमा बाँस हुन्छ, सल्लो हुन्छ अनि हुन्छन् पात्ले र चिलाउनेका रूखहरू । हाम्रो प्रकृतिजस्तै विविधताले भरिएका हुन्छन् हाम्रा वन-जङ्गलहरू । प्रकृति र जङ्गलजस्तै विविधताले भरिपूर्ण छ हाम्रो जीवन । हाम्रो गाउँमा मौलाउने माया स्वादिलो र लयालु हुन्छ …। ”म आफूले छोडेर आएको मातृघरमै पुगिसकेको थिएँ । त्यसैले म हिटीधाराको आवाजसँगै कविता गाउन थालेछु । बहिनीले झट्ट रोकिन् मलाई, “दाजु, एकपल्ट नेपाल नपुगी अनुले सुन्दरताको त्यो नरम खास्टो अनुभूत गर्नै सक्दैन । अब धेरै नभन्नुस् । यसले भोलि नै नेपाल जाऊँ भन्न बेर लाउँदैन …
।”"तर, ममी, नेपालमा कसरी जान सकिन्छ र – त्यहँ त आतङ्कको राज छ, नेपाल नजानू भनेर सूचना आइरहेको छ दिनदिनै,” अनुजले बीचैमा भन्यो ।कहिल्यै बतास नखेल्ने आँगनमा एउटा चिसो सिरेटो डोलियो । बहिनी र म एक-अर्कालाई हेरेको हेर्यै भयौं म्यापलका दुइटा पातहरू हावामा बटारिदै आँगनमा झरे । एउटा पात पूरै रातो भैसकेको थियो अर्को पनि पहेंलपुर भएको थियो । अनुज उभिएकै ठाउँमा निहुरियो । दुइटै पातहरूलाई उसले टपक्क टिप्यो र छेउको फोहोर फ्याँक्ने बाल्टिनमा हालेर बाल्टिनको ढक्कन लगाइदियो ।कामै नलाग्ने भएर कसिङ्गर हुँदै आँगनमा झरेका ती राता र पहेंला पातहरूलाई फोहोरको बाकसमा फ्याँकेपछि अनुजले मतिर हेर्यो । उसको आँखाको प्रश्नलाई मैले सजिलरी पढें । ऊ सोध्दै थियो, “मामा यी काम नलाग्ने पातलाई बाल्टीमा फ्याँकेर मैले ठीकै गरे? – “बहिनी मतिर हेरेर हाँसिन् । मैले आफ्नै घरमाथिको दुदिलोको रूखले निहुरिएर अनुजलाई माया गरिरहेको देखें ।
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।