क्यूजविनेसाम/अनेसास साउदी अरेवियाले संयुक्त रुपमा यो प्रतियोगिताको आयोजना गरेको हो । विश्वमा छरिएर रहेका नेपालीहरुलाई नयां ज्ञान र वुद्धिको श्रृजना हुन अति नै सहयोगी हुने देखिन्छ यो प्रतियोगिता । अझै भन्ने हो भने सम्बन्धित क्षेत्रका युवा वर्गहरुलाई बौद्विक विकासमा केही सानो-तिनो सहयोग पनि यस प्रतियोगिताले दिलाउने हामीले अपेक्षा राखेका छौं ।
यस प्रतियोगितामा भाग लिनको लागि निम्न नियमहरु पालना गर्नुपर्नेछ ।
1, विनेसाम/अनेसासका केन्द्रिय बोर्ड साउदी अरेवियाका सदस्यहरु र सल्लाहकार बोर्डका सदस्यहरुले यस प्रतियोगितामा भाग लिन पाउने छैन ।
2, विश्वमा रहेको नेपालीहरुले जहांबाट पनि यस प्रतियोगितामा भाग लिन पाउने छ ।
3, सबै भन्दा बढी प्रश्नहरुको जवाफ मिलाउने प्रतियोगिलाई क्वीज मास्टर अफ द मन्थ घोषण गरिने छ र प्रत्येक महिनामा नगद रु १००१ र प्रशंसा पत्र पाउने छ । यो पुरस्कार विनेसामको केन्द्रिय कार्यालय नेपालबाट प्रत्येक बर्ष एक समारोह विच हस्तान्तरण गरिने छ । अंक बराबरी भएमा निर्णायक मण्डलद्वारा गोलाप्रथाबाट प्रथम घोषणा गरिने छ ।
4, लगातार ३ पटक सम्म क्वीज मास्टर अफ द मन्थ भएमा क्वीज मास्टर अफ द इयर छानिने छ जसको लागि नगद रु ५००१ र प्रशंसा पत्र प्रदान गरिने छ ।
5, प्रश्नहरु जम्मा २५ ओटा प्रत्येक महिनाको १० गते भित्र सोधिने छ । जसको जवाफ हरेक महिनाको २५ गते भित्र विनेसामको ईमेल gfnlksa@gmail.com मार्फत प्राप्त भएकोलाई समाबेस गरिने छ ।
6,महिनाको उत्कृष्ट प्रतियोगीको नाम पछिल्लो प्रश्न सोध्ने क्रममा उल्लेख गरिने छ ।
7, प्रत्येक अंकमा प्रायोजकहरुको नाम लेखिने छ ।
8, बर्षको एक पटक संकलन गरि सबै रेर्कडहरु समाबेस गरि एक संकलन पुस्तक निकालिने छ । उक्त प्रकाशनमा पनि प्रत्येक प्रायोजकहरुको नाम फोटो सहित प्रकाशन गरिने छ । स्मरण रहोस प्रायोजन गर्ने संघ-संस्था/व्यक्तिले ३ महिना बराबरको प्रायोजन गर्न अनिवार्य छ तर सह प्रायोजनको लागी न्युनतम एक महिनाको लागि प्रायोजन गर्न अनिवार्य छ । प्रायोजन गर्न चाहनु हुने संघ-संगठन तथा ब्यक्तिहरुले विनेसामको ईमेल ठेगाना gfnlksa@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ ।
भाग ९ का प्रश्नहरु
१ जापानमा शक्तिशाली भुकम्प तथा सुनामी कहिले गएको थियो ?
२ सामान्य दिनको भन्दा ५० हजार कि। मी नजीक चन्द्रमा कहिले आएको थियो ?
३ विश्व पानी दिवस कहिले मनाईन्छ ?
४ आईसीसी वल्ड कप कि्रकेट २०११ को सेमिफाईनलमा कुन कुन राष्ट्र विच खेल भएको थियो ?
५ २०६७ सालको प्रबेसीका एसएलसी परिक्षामा सबै भन्दा कम कुन जील्लाबाट र कतिजना सहभागी भएको थियो ?
६ द राईजीङ्ग नेपालको प्रकाशन कहिले बाट भएको हो ?
७ कुमारी बनाई पुजा गर्ने चलन कुन राजको पालादेखी चलिआएको हो ?
८ नेपालमा फादर अफ स्कूल भनेर कस्लाई चिनिन्छ ?
९ निजामति कर्मचारीलाई कति प्रकारको विदा दिईन्छ र त्यो के के हो ?
१० सन २००५ को मिस यूनिभस्र ताज पहिल्याउने सुन्दरी नताली ग्लवोभा कुन देशकी हुन ?
११ भगवान बुद्धका आठ उपदेशहरु के के हुन ?
१२ प्रथम नेपाली सिनेमा स्कोप फुल पर्दाको चलचित्र कुन हो ?
१३ ऊटको बच्चालाई के भनिन्छ ?
१४ नेपालमा सति प्रथाको अन्त्य कति सालबाट भएको हो ?
१५ भास्कोडिमाले भारत पत्ता लगाएका थिए भने चीन कस्ले पत्ता लगाएका थिए ?
१६ हिटलर र यहुदीका लेखक को हुन ?
१७ चन्द्रमामा टेलिफोन गर्ने विश्वका प्रथम व्यक्ति को हुन् ?
१८ बच्चा सुताउदा आमाले गाउने ढिलो गितलाई के भनिन्छ ?
१९ खुकुरीको खोललाई दाप भनिन्छ भने तरवारको खोललाई के भनिन्छ ?
२० नेपालको सबैभन्दा गहिरो ताल कुन हो र यो कुन जिल्लामा पर्छ ?
२१ नेपालमा सहकारी दिवस कहिले मनाईन्छ ?
२२ गौतम बुद्वले बुद्वत्व प्राप्त गरिसकेपछि पहिलो पटक भारतको सारनाथ भन्ने ठांउमा उपदेश दिएको थियो त्यो ठांउ हाल भारतको कहां पर्छ ?
२३ गौतम बुद्व कुन भगोवानको अबतार मानिन्छ ?
२४ विश्व वातावरण दिवस कहिले मनाईन्छ ?
२५ आमा बाबु र छोरा कृति कुन साहित्यकारले लेखेका हुन्?
___________________________________________________
आयोजकहरुः
विश्व नेपाली साहित्य महासंघ, साउदी अरेविया शाखा
अन्तराष्ट्रिय नेपाली साहित्य समाज, साउदी अरेविया च्याप्टर
________________________________________________
भाग ८ मा सोधिएका प्रश्नहरुको जवाफहरु:
१ सिद्धार्थ गौतम
२ बुद्ध, धर्म र सघ
३ शुद्धोधन
४ माया देवी
५ प्रजापति गतमी
६ शाक्य
७ इ.पू.५६३
८ यशोधरा
९ राहुल
१० इ.पू.५३४
११ २९ वर्ष
१२ बुद्धगया भारत
१३ ३५ वर्षमा
१४ कौडिन्य, बप्प, मदिद्य महानाम, अश्वजीत
१५ इ.पू.४८३, ८० वर्षमा
१६ पाली भाषामा
१७ कन्थक
१८ लुम्बिनी, सारनाथ, गया र कुसीनगर
१९ गोमा
२० अशोक स्तम्भ लुम्बिनी
२१
१,हिनयान सम्प्रदाय
२, महायान सम्प्रदाय
३, बज्रयान सम्प्रदाय
२२ देवदह
२३ ज्ञानको शरणमा जान्छु धर्मको शरणमा जान्छु समाजको शरणमा जान्छु ।
२४ बिरुढक
२५ १९७१ मा
यस साहित्यीक हाजिरी जवाफ प्रतियोगिता भाग ८ मा २२ अंक ल्याएर सरोज अधिकारी काभ्रेबाट प्रथम क्विज मास्टर अफ द मन्थ हुनुभएको छ वहांलाई बधाई छ। सम्पूर्ण सहभागी र प्रयासरत अन्य पाठक र यस कार्यक्रम सफल बनाउनलाई आ-आफ्नो ठाँउबाट प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पुर्ण महानुभाबहरु प्रति कृतज्ञता प्रकट गर्दछौं आगामी दिनहरुमा पनि यस्तै निरन्तर सहयोग र सहभागीताको अपेक्षा गर्दछौं । (सहभागी संख्या ४१ जना सबै भन्दा बढी मिलाएको २२ र सबैभन्दा कम मिलाएको १७)
- श्रोतः हाजिरी जवाफ प्रतियोगिता समुह
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।