मगर समुदाय र १५ पुसको महत्व

- देवेन्द्र सारु मगर 'मीक्डी'
मगर समुदायको अति नै लोकप्रिय पर्ब हो पन्ध्र पुस । गाउ घर तिर मगर युवाहरुलाई मगर युवतीहरुले पन्ध्र पुस ख्वाउने चलन पनि रही आएको छ । पन्ध्र पुस आउनु भन्दा २४ दिन अगावै मगर युवतीहरुले मगर साइनो अनुसार सालीभान्जी निम्तो स्वरुप सुपारी बाँडेर निम्तोको पक्का गर्दछन् । प्रायःजसो सबैलाई पायक पर्ने ठाऊँ गाऊँको कुनै ठूला वडा मुखियाको घरमा पन्ध्र पुस मनाउने अर्थात पन्ध्र पुस खुवाउने कार्यक्रम तय भै सकि पछि पन्ध्र पुसको अघिल्लो दिनको साँझ आफ्नो मौलिक परम्पराभेषभुषामा सजिएर मगर युवा युवति जम्मा हुने गर्दछन् । त्यस पछि शुरु हुन्छ कार्यक्रमको पहिलो प्रहर मुखियाको अनुमति अनुसार सबैलाई आँगन भरि लामबद्य तरिकाले पलेटीमा बसाल्छन् अनि सबै पाहुनाहरुलाई मीठा मीठा परिकार खान दिन्छन् । सालको पात चट्ट बुनेर सजाइएको टपरीमा सुँगुरका मासु मासको बटुकबारा संगै शुद्ध; कोदोको झोल सीमित मात्रामा विस्तारै ग्रहण गरि सके पछि मगर समुदायकै अतिनै प्रचलित नाँच झाम्रे झयाउरे रातभरि जग्राम बसी भोली पल्ट दिनभरि सम्म नचाई १५ पुस मनाउने परम्परा रही आएको छ ।


नेपाल एक विविधताले भरिपूर्ण भएको सुन्दर देश हो भन्नेमा कसैको दूई मत छैन् । यहाँका जातजाति भेष भुषा र सांस्कृतिक पहिचानले विश्व मानचित्रमा महत्वपूर्ण स्थान ओगटेको छ । नेपालमा आदिमकालदेखि बसोबास गर्दै आई रहेको आदिबासी जनजाति मध्ये धेरै जनसंख्या भएको समुदाय मगर जाति हो । यसको आफनै भाषा संस्कृति लिपी छ अझै भनौं भने यो समुदाय सांस्कृतिक पहिचानमा धनी छ । जस मध्ये १५ पुस पनि एक हो । पन्ध्र पुस पर्वको रुपमा मगर समुदायले परापूर्वकालदेखि धुमधामसंग मनाउँदै आएको पाइन्छ ।

उत्तरी गोलार्र्द्धमा अवस्थित एशिया महादेशका मङ्गोल महावंशी राष्ट्रहरुमा सम्बतको प्रचलन नदेखिएता पनि 'ह्रो' बर्ग वर्ष फेर्ने चलन एकनास देखिन्छ । नेपालमा यस पर्वलाई तमू गुरुङ्ग जातिहरुले 'लोह्सार' भनी धुमधाम संग मनाउँदै आएको पाइन्छ । बौद्ध धर्मावलम्बी अन्य जातिहरुले पनि यस पौष १५ लाई आ-आफ्ना जातीय परम्परागत विविध तौर तरीकाले मनाउँदै आएको देखिन्छ । कतै आफ्नो कुलको नाममा कतै सामन्तको नाममा कतै ऐतिहासिक घटना एवं प्राकृतिक नियममा अधारित भई मानिएको देखिएता पनि मगर समुदायले चाँही वर्ष भरिको सबै भन्दा छोटो दिन सकेर लम्बिन शुरु गर्ने दिनको मान्यतामा पन्ध्र पुसको दिन मान्ने ऐतिहासिक मूल्य र मान्यता रहि आएको छ । यस बेला अन्नबाली सबै घरमा भित्र्याईसकिएकोप्राकृतिक फलहरुको साथै तरुल गिट्ठाभ्याँकुरको समेत खान योग्य अवस्था दिन छोटोरात लामो भै फिस्टो चरो पनि भोकले तीन मुर्छा खाई भूँईमा खस्ने यस परिवर्तनको बेला घाँस उम्रनेबोट विरुवा पलाउन शुरु गर्ने दिन यति मात्र नभएर भनिन्छ कि यस दिन देखि कमिलासर्प भयागुताविषालु किरा फटेंग्राविच्छीभुसुना सुसुनालामखुट्टेमुसा अनि खुम्रे कीरा यिनी सबै पाताल पृथ्वी मुनी गुप्तबास अथवा ध्यानमा जान्छन् भन्ने बूढा पाकाहरुको भनाई पाइन्छ ।

पन्ध्र पुसका दिन आफ्ना इस्ट. मित्र. घर परिवार एकै ठाउँमा जम्मा भै एवं छोरी चेलीलाई बोलाई मीठा मीठा खाने कुरा ख्वाउने चलन छ । मगर समुदायको अति नै लोक पि्रय पर्ब हो पन्ध्र पुस । गाउँ घर तिर मगर युवाहरुलाई मगर युवतीहरुले पन्ध्र पुस ख्वाउने चलन पनि रही आएको छ । पन्ध्र पुस आउनु भन्दा २४ दिन अगावै मगर युवतीहरुले मगर साइनो अनुसार सालीभान्जी निम्तो स्वरुप सुपारी बाँडेर निम्तोको पक्का गर्दछन् । प्रायःजसो सबैलाई पायक पर्ने ठाऊँ गाऊँको कुनै ठूला वडा मुखियाको घरमा पन्ध्र पुस मनाउने अर्थात पन्ध्र पुस खुवाउने कार्यक्रम तय भै सकि पछि पन्ध्र पुसको अघिल्लो दिनको साँझ आफ्नो मौलिक परम्परा भेषभुषामा सजिएर मगर युवा युवति जम्मा हुने गर्दछन् । त्यस पछि शुरु हुन्छ कार्यक्रमको पहिलो प्रहर मुखियाको अनुमति अनुसार सबैलाई आँगन भरि लामबद्य तरिकाले पलेटीमा बसाल्छन् अनि सबै पाहुनाहरुलाई मीठा मीठा परिकार खान दिन्छन् । सालको पात चट्ट बुनेर सजाइएको टपरीमा सुँगुरका मासु मासको बटुकबारा संगै शुद्ध; कोदोको झोल सीमित मात्रामा विस्तारै ग्रहण गरि सके पछि मगर समुदायकै अतिनै प्रचलित नाँच झाम्रे झयाउरे रातभरि जग्राम बसी भोली पल्ट दिनभरि सम्म नचाई १५ पुस मनाउने परम्परा रही आएको छ । यसलाई मगर भाषामा पन्ध्रपुस रोह्तके भनेर पनि भन्ने गरिन्छ । यसरी १५ पुस मानी सके पछि छुट्टिनी बेलामा मगर साइनो अनुसार सालीभान्जी युवतीहरुलाई पन्ध्र पुस खाने सबै सहभागीहरुले आफ्नो गच्छेअनुसार दक्षिणा दिएर फेरि भेट्ने बाचा गर्दे छुट्टिन्छन । सबै व्यवस्थापन गरेबापत दक्षिणा दिनै पर्छ भन्ने होइन कि भाडा लाग्छ भनेर सो दक्षिणा दिने गरिएको हो । यस्ता रमाईला पक्षहरु मगर समुदायमा उल्लेख्य छन् ।

आज भोली यो पर्व बढ्दो शहरीकरण र आधुनिकताले लोप हुन थालेको जानकारहरु बताउँछन् । आफ्नो संस्कृति कसलाई प्यारो हुदैन र संस्कृति रहेमा मात्र हाम्रो अस्तित्व रहने हो भन्दै विगतका दिनहरुलाई झल्झली सम्झिदैं नेपाल आदिबासी जनजाति महासंघ गा.वि.स. समन्वय परिषद गैंडाकोटका अध्यक्ष टकबहादुर थापा मगर भन्नु हुन्छ- "सम्झना ताजै छ ती दिनहरु हिजै झैं लाग्छ । पहिला पहिला गाऊँघरमा १५ पुस निकै मानिन्थ्यो जे होस आफ्नो मौलिक संस्कृति प्रति अहिले पनि त्यत्तिकै माया मोह छ" यी सबै भाषासंस्कृति जोगाउनका लागि हामीमा सर्बप्रथम सामाजिक चेतना हुनु जरुरी छ । सामाजिक चेतनाको स्तर माथि नउठे सम्म यी कुनै कुराहरु सम्भव छैनन् । हाम्रो समुदायमा नकारात्मक राजनीतिको प्रभाव बढी पाइएको छ । पहिला आफू को हो भन्ने उक्तिलाई पहिचान गर्न सक्नु पर्दछ । अनि त्यस पछि मात्र अरु विषयबस्तु आउन सक्छ । विगतका दिनहरुमा पनि सम्बन्धित सामाजिक संस्थाहरुले यी वस्तुहरुका बारे पहल नगरेका त होइनन् तै पनि समग्रमा दलिय स्वार्थले ती विषय वस्तुहरु विस्तारै धरायशी पर्दे जानु स्वाभाविकै हो ।

मगर हाङ राज्य परिषदका केन्द्रिय संयोजक मेनकेपकर्ण सुनारी मगरको विचारानुसार हाम्रो समुदायका मान्छे जाति भन्दा पार्टी ठुलो मान्नुले अहिले यो दुर्दशा भोग्नु परेको भन्दै यदि आफ्नो समुदाय र राष्ट्रको भलो चाहने हो भने राजनैतिक दलका हनुमानहरुले जातिको कुरा पार्टीमा लगेर गर्नु पर्ने जिकिर गर्दे सो कुरा दोहोर्याउनु हुन्छ । तसर्थ हरेक पलमा हामीमा फुटेर होइन जुटेर जानु पर्छ भन्ने मुलमन्त्रलाई आत्मसात् गर्दै जाने हो सम्भावनाका मझेरीहरु प्रशस्त हुन सक्छन् । हाम्रो जस्तो सांस्कृतिक विविधताले भरिपूर्ण देशमा दीगो पर्यटन व्यवसायलाई प्रर्बद्यन गर्न सकिन्छ । यद्यपी यी अथाह सम्भावनाका श्रोतहरुलाई राज्यले पनि सकारात्मक नजरले हेर्नु पर्ने आजको समयको माग हो । तर राज्यले आफ्नो क्षणिक निहित राजनैतिक स्वार्थका कारण विविध जातजातिका गरिमामय पहिचानहरुलाई छाँयामा पार्न खोजिएको छ ।

नेपालमा लोकतन्तात्रिक गणतन्त्रको स्थापना संगै नेपालका केही जातजातिहरुको सांस्कृतिक पर्वहरुले राष्ट्रिय पर्वको रुपमा स्थान पाउनु राम्रो पक्ष हो । यसलाई हामीले सकारात्मक रुपले लिनु सक्नु पर्छ । विगतका समयमा एउटै भाषाधर्म र जाति विशेषका सांस्कृतिक पक्षहरुले मात्र स्थान पाएको अवस्थामा अहिले आएर राज्यले अन्य जात जातिका सांस्कृतिक पक्षलाई पनि केही हदसम्म मात्र समावेशी हिसाबले सम्बोधन गर्नु सबैको लागि राम्रो सन्देश भएता पनि पूर्ण समानुपातिक हिसाबले यी सम्बोधनहरु नगन्य नै छन् । अहिले पनि एउटै समुदाय जातिधर्म विशेषका पहिचानहरु नै बर्चोस्वको कायम छ ।

अन्तिरम संविधान २०६३ जुन अहिले सम्म आठौं पटक संशोधन भै सकेकोले तयार पारिएका संम्बन्धित खाकारुपी शब्दहरु जस्तैः समावेशीसमानुपातिक लोकतन्त्र गणतान्त्रिक अनि धर्म निरेपेक्षताका सबालहरु सबैखाले यथास्थतिबादी सोचभएका झुण्डहरुले गर्दा व्यवहारिकतामा लागु भएको अवस्था छैंन । यसै वीच २०५८ सालको जनगणनानुसार नेपालको कुल जनसंख्यामा तेश्रो र नेपालका आदिबासी जनजाति मध्ये सबै भन्दा पहिलो स्थान जनसंख्या ओगटेको मगर समुदाय राष्ट्रिय पर्ब अहिले सम्म पनि राज्यबाट घोषणा नहुनु विडम्बनाको कुरा हो । राज्यको हरेक विकास क्रममा यो समुदायको यथेष्ठ उल्लेख्य भुमिका विगतको इतिहासमा भएको कसले नकार्न सक्दैन । जहाँनीय राणा शासनको विरुद्यमा शहादत प्राप्त गर्नु भएका नेपालका वीर प्रथम शहीद क्यापटेन लखन थापा मगर पनि यही मगर समुदाय कै हुन । तसर्थ राज्यले यी तमाम् विचार र विमर्शलाई मध्य नजर नगरि राष्ट्रिय पर्ब घोषणा गर्ने सबालमा कसैलाई काखा कसैलाई पाखा गर्नुले पक्कै पनि राज्यको शुभ सकरात्मक संकेत होइन । राज्यले कर्तब्य पालना गर्दा कसैको पनि सांस्कृतिक अधिकारमाथि हनन नहोस् यहीनै सबै जनको अपेक्षा हो ।

मगर समुदायमा मौलिक पर्बहरु धेरै छन् । बैशाख पुर्णिमा, श्रावण स्रकान्ती, तिहार, भाई टीका, पन्ध्र पुस, माघे संक्रान्ती, फागुन २ गने, पन्ध्र फागुन आदि लगायतका पर्बहरु आ-आफ्नो परम्परागत महत्व रहि आएको छ । यी पर्बहरु संग अन्य जात जातिहरुको पनि सुमधुर सम्बन्ध रहि आएको विश्वासलाई हामीले विस्रनु हुदैन । सम्बन्धित संस्थामा जस्तैः जातिया संघ-संस्थाहरु नेपाल आदिबासी जनजाति महासंघ एवं सरकारी निकायहरु रहेका नेतृत्व वर्गहरुले पनि यी विषय वस्तुहरुलाई समय मै निराकरण गर्न सक्नु पर्दछ । राज्यको नजर चाँडै पुगोस् यसैमा सबैको भलो छ ।

जे जस्तो भएता पनि समग्रमा यस पन्ध्र पुसलाई मगर जातिहरुले आफ्ना दिवंगत पि्रतहरु र प्राकृतिक श्रोत डाँडाकाँडानदीनालाघामजुन इत्यादिलाई आफ्ना संरक्षकको रुपमा मान्ने प्रकृतिबादी जाति भएकोले यस दिनलाई आफ्नो जातिय पर्बको रुपमा मान्दै आएको र यस्ता प्रकृतिमा आधारित भएकोले मगर जातिहरुको यो एउटा प्राचिन चाड पर्ब अर्थात मौलिक चाड हो । यद्यपी बैज्ञानिक आधार अनुसार यो दिन २२ डिसेम्बर वा पौष ७/८ गते तिर पर्न जाने भएता पनि अनुमानित दिन पौष १५ यस संग ज्यादै नजिक र मिल्दो देखिन्छ । त्यसर्थ यस पन्ध्र फसलाई मगर समुदायहरुले परम्परागत रुपले संस्कृति जोगाउने अभिप्रायःले मनाउँदै आएका छन् त्यसरी नै धुमधाम संग मनाऔं । ०६८ सालको पन्ध्र पुसको सुखद अवसरमा हार्दिक मंगलमय शुभकामना । हाम्रो प्यारो देश नेपाललाई दीगो शान्ति र सबैका नयाँ संविधान मिलोस महामानव भगवान गौतम बुद्धसंग यही छ प्रार्थना ।
(लेखक सामुदायिक रेडियो विजय FM नवलपरासीसम्बद्ध सन्चारकर्मी हुन् ।)

No comments:

Post a Comment

- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।