- विष्णु प्र. चापागाई

हरेक महिना अनलाइनबाट सोधिने प्रश्नहरुको जवाफमध्ये धेरै भन्दा धेरै मिलाउने प्रतियोगीलाई नियमानुसार क्वीज मास्टर अफ द मन्थ घोषणा गरी नगद रु १००१ र वर्षमा लगातार ३ पटक सम्म क्वीज मास्टर अफ द मन्थ भएमा क्वीज मास्टर अफ द इयर छानिने र नगद रु ५००१ तथा प्रशंसा-पत्र प्रदान गरियो ।
सोही बमोजिम सोधिएका प्रश्नहरुको सबैभन्दा बढी पाँचपटक सम्म उत्तर मिलाई प्रतियोगीहरुमध्येका भाग्यशाली विजेता श्री नीरज सापकोटा क्वीज मास्टर अफ द इयर बनिनु भएको छ । विजयी प्रतियोगी नीरज सापकोटा अमेरिकामा रहनुभएकोले उहाँको पुरस्कार रासी र प्रशंसा-पत्र सम्माननीय राजदूत उदयराज पाण्डेको हातबाट विनेसाम केन्द्रिय कार्यालय नेपाल शाखा काठमाण्डौका प्रतिनिधीलाई हस्तान्तरण गर्नुभयो र क्वीज मास्टर अफ द मन्थ घोषणा हुनुभएका अन्य प्रतियोगीहरु सरोज अधिकारी (काभ्रे), देवराज लुइटेल (अनामनगर), भवानी आले (अनामनगर), गोपाल चन्द्र राइ (खोटाङ), एल एन खनाल (पोखरा) र नितिका प्रधान (बिराटनगर) को पुरस्कार रासी र प्रशंसापत्र पनि संवन्धित प्रतिनिधीलाई हस्तान्तरण गरिएको छ । उहाँहरुले विनेसामको नेपाल शाखा काठमाण्डौमा सम्पर्क गरी आफ्नो पुरस्कार लिन सक्नुहुनेछ ।
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।