- श्रीकृष्ण श्रेष्ठ, दमाम
![]() |
घाइते मोहन खतिवडाको सहयोगको लागि रु. ४००००को चेक हस्तान्तरण गर्दै धरम के.सी. |
एन आर एन ए लाई स्थानीय नेपाली कामदारहरूसम्म पुर्याउने उद्देश्यका साथ परिकल्पना गरिएको स्थानीय समन्वय समिति (LCC) को सांगठनिक संरचनालाई गतः ६ जनवरी २०१२ मा साउदी अरबको पुर्बी समुद्रतटीय प्रायदीप कतिफ-तारूतमा स्थापना गरिएको छ । एनआरएनए साउदी अरबको संशोधित बिधान बमोजिम पुर्बी क्षेत्रिय समिति अन्तर्गत गठित यो स्थानीय समितिमा रेशम पुन अध्यक्ष साथै रामचन्द्र पल्ली र सिताराम श्रेष्ठ सदस्यमा रहनुभएको छ । यो स्थानिय समिति अन्तर्गत हाल कूल ५१ जना सदस्यहरू पञ्जिकृत (दर्ता) भएका छन ।
पुर्बी क्षेत्रिय समितिका अध्यक्ष श्री कृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न यो स्थानिय समिति स्थापना समारोहमा एनआरएनए साउदी अरबका अध्यक्ष धरम के.सी. प्रमुख अतिथी तथा महासचिव पुरूषोत्तम दास श्रेष्ठ, सदस्य सूर्य श्रेष्ठ र बिश्व नेपाली साहित्य महासंघ साउदी च्याप्टरका केन्द्रिय सदस्य बिष्णु प्रसाद चापागाई अतिथीका रूपमा उपस्थित हुनुहुन्थ्यो । पञ्जिकृत सदस्यहरूको उल्लेख्य उपस्थितीमा भएको यो समारोहलाई पुर्बी क्षेत्रिय समितिका सदस्य तथा लेबर टास्क फोर्स कमिटीका सदस्य चिन्तामणी राजनले सञ्चालन गर्नुभएको थियो । यस कार्यक्रममा सबै बक्ताहरूले नव वर्ष २०१२ को शुभकामना आदान प्रदान गर्नुका साथै क्षेत्रिय समितिका कोषाध्यक्ष शिव नारायण यादवले क्षेत्रिय समितिका गतिबिधीहरूबारे जानकारी गराउनुभएको थियो भने एनसिसी साउदी अरबका अध्यक्ष, महासचिव र सदस्य सूर्य श्रेष्ठले समग्र एनआरएनए र बिशेषतः एनसिसी साउदी अरबका बिगत, बर्तमान र भावी कार्यक्रमहरू बारे आफ्ना मन्तब्यहरू राख्नुभएको थियो । बिश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरेवियाका केन्द्रिय सदस्य श्री बिष्णु प्र. चापागाईले पनि एनआरएनएका गतिबिधिहरूबारे जानकारी पाउंदा आंफु खुशी र उत्साहित बनेको र आंफु कार्यरत शहर रहिमा (रास्तानुरा)मा यस संस्थालाई अघि बढाउन लाग्ने अठोट जाहेर गर्नुभयो ।

No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।