विनेसाम/अनेसास साउदी अरेवियाले संयुक्त रुपमा यो प्रतियोगिताको आयोजना गरेको हो । विश्वमा छरिएर रहेका नेपालीहरुलाई नयां ज्ञान र वुद्धिको श्रृजना हुन अति नै सहयोगी हुने देखिन्छ यो प्रतियोगिता । अझै भन्ने हो भने सम्बन्धित क्षेत्रका युवा वर्गहरुलाई बौद्विक विकासमा केही सानो-तिनो सहयोग पनि यस प्रतियोगिताले दिलाउने हामीले अपेक्षा राखेका छौं ।
यस प्रतियोगितामा भाग लिनको लागि निम्न नियमहरु पालना गर्नुपर्नेछ ।
- विनेसाम/अनेसासका केन्द्रिय बोर्ड साउदी अरेवियाका सदस्यहरु र सल्लाहकार बोर्डका सदस्यहरुले यस प्रतियोगितामा भाग लिन पाउने छैन ।
- विश्वमा रहेको नेपालीहरुले जहांबाट पनि यस प्रतियोगितामा भाग लिन पाउने छ ।
- सबै भन्दा बढी प्रश्नहरुको जवाफ मिलाउने प्रतियोगिलाई क्वीज मास्टर अफ द मन्थ घोषण गरिने छ र प्रत्येक महिनामा नगद रु १००१ र प्रशंसा पत्र पाउने छ । यो पुरस्कार विनेसामको केन्द्रिय कार्यालय नेपालबाट प्रत्येक बर्ष एक समारोह विच हस्तान्तरण गरिने छ । अंक बराबरी भएमा निर्णायक मण्डलद्वारा गोलाप्रथाबाट प्रथम घोषणा गरिने छ ।
- लगातार ३ पटक सम्म क्वीज मास्टर अफ द मन्थ भएमा क्वीज मास्टर अफ द इयर छानिने छ जसको लागि नगद रु ५००१ र प्रशंसा पत्र प्रदान गरिने छ ।
- प्रश्नहरु जम्मा २५ ओटा प्रत्येक महिनाको १० गते भित्र सोधिने छ । जसको जवाफ हरेक महिनाको २५ गते भित्र विनेसामको ईमेल gfnlksa@gmail.com मार्फत प्राप्त भएकोलाई समाबेस गरिने छ ।
- महिनाको उत्कृष्ट प्रतियोगीको नाम पछिल्लो प्रश्न सोध्ने क्रममा उल्लेख गरिने छ ।
- प्रत्येक अंकमा प्रायोजकहरुको नाम लेखिने छ ।
उक्त प्रकाशनमा पनि प्रत्येक प्रायोजकहरुको नाम फोटो सहित प्रकाशन गरिने छ । स्मरण रहोस प्रायोजन गर्ने संघ-संस्था/व्यक्तिले ३ महिना बराबरको प्रायोजन गर्न अनिवार्य छ तर सह प्रायोजनको लागी न्युनतम एक महिनाको लागि प्रायोजन गर्न अनिवार्य छ । प्रायोजन गर्न चाहनु हुने संघ-संगठन तथा ब्यक्तिहरुले विनेसामको ईमेल ठेगाना gfnlksa@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ ।
अनलाईन साहित्यीक प्रश्नहरु भाग १६
- नासाका बैज्ञानिकहरुले सौर्यमण्डल भन्दा बाहिर अर्को पृथ्वी रहेको तथ्य पक्ता लगाएकाछन जहां मानवजाती जस्तै एलिएन रहेको मनुमान गरेका छन उक्त ठांउ पृथ्वीबाट कति टाढा छ ?
- रामकी बहिनीको नाम के थियो ?
- एउटा यस्तो चिज भन्नुस जसलाई तपाईले आमाको पनि देख्नुहुन्छ बहिनीको पनि देख्नुहुन्छ तर आफ्नै श्रीमतिको देख्न सक्नुहुन्न बताउनुहोस त्यो के होला ?
- पहिलो नेपाली चलचित्र कुन हो ?
- जीवनभर कालो लुगा लगाउने व्यक्ति को हुन् ?
- संसारका कुन देशका मानिसले बढी पत्रिका पढ्छन् ?
- अमेरिकाको गान्धी भनेर कसलाई भनिन्छ ?
- यस्तो माछाको नाम भन्नुस जुन दुई बर्ष सम्म भालेको रुपमा रहन्छ त्यसपछि लिङ्ग परिवर्तन गरेर पोथि बन्छ ।?
- सबैभन्दा अल्छी चरा कुन हो ?
- यउटा यस्तो जीवको नाम भन्नुस जसको सम्पुर्ण जीवन नाचेरै वित्छ ।?
- मानदेबले चलाएको मुद्रामा एकापटट्ी मानाङ्क लेखीएको थियो भने अर्कापटिट् के लेखीएको थियो ?
- संसारको सबैभन्दा पुरानो राष्ट्रिय गीत कुन देशको कुन हो ?
- सबै भन्दा कम उमेरमा राजा हुने वेलायती राजा को हुन्?
- तत्कालीन श्री ५ को सरकारले स-शक्त प्रहरी वल गठन कहिले गरेको थियो ?
- नेपालको ३५ औं प्रधानमत्री डा। बाबुराम भटट्राई कहिले सार्वजनिक भएको थियो ?
- रानी पोखरीको दक्षिणी भागमा कुन राजाको सालिक स्थापना गरिएको छ ?
- क्यालेण्डरको प्रचलन कुन देशबाट भएको हो ?
- विश्व सम्पदा सूचीमा नेपालका सांस्कृतिक सम्पदाहरु कुन-कुन परेका छन् ?
- नेपालको सबै भन्दा कम जनसंख्या भएको नगरपालिका कुन हो ?
- नेपालको ढोका भनेर केलाई भनिन्छ ?
- नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको झरना कुन हो ?
- विश्वको सबैभन्दा ठूलो प्रजातान्त्रिक देश कुन हो ?
- पृथ्वी नारायण शाहाको पहिलो विवहा को संग भएको थियो ?
- नेपालको सर्वप्रथम सुर्योदय हुने ठांउ कुन हो ?
- काठमाण्डौ देखी कोदारी सम्मको अरनिको राजमार्गको लम्बाई कति छ?
आयोजकहरुः
विश्व नेपाली साहित्य महासंघ
साउदी अरेविया शाखा
अन्तराष्ट्रिय नेपाली साहित्य समाज
साउदी अरेविया च्याप्टर
भाग १५ मा सोधिएका प्रश्नहरुको जवाफहरु:
- २०६० साल भाद्र ४ गतेबाट
- ६६ जनालाई
- भरत भूर्तेल
- २०१३ सालमा
- कनकमनि दिक्षित
- झमक घिमिरे
- गेहेन्द्र शम्सेर १९२८ पौष ३ गते
- ७२० कि मी
- मानदेब
- साउदी अरेविया
- अरी मल्ल
- मोहन शम्सेर
- गोरखा
- लॆबनान
- नाईट्रोजन
- दाङ्ग जिल्लामा
- १५४ औं स्थानमा ।
- गोही
- २०५० साल बैषख ६ गते वेलुका ५ वजेको समाचार ।
- दटाई चरा ।
- विभीषण
- मान्छेनै कालो भएकोले
- विन्देश्वरी शाह भारतको लागि
- २९ मे १९५३
- वासुदेव त्रिपाठी
यस साहित्यीक हाजिरी जवाफ प्रतियोगिता भाग १५ मा २३ अंक ल्याएर सरोज अधिकारी काभ्रेपलान्चोकबाट प्रथम क्विज मास्टर अफ द मन्थ हुनुभएको छ वहांलाई बधाई छ। सम्पूर्ण सहभागी र प्रयासरत अन्य पाठक र यस कार्यक्रम सफल बनाउनलाई आ-आफ्नो ठाँउबाट प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पुर्ण महानुभाबहरु प्रति कृतज्ञता प्रकट गर्दछौं आगामी दिनहरुमा पनि यस्तै निरन्तर सहयोग र सहभागीताको अपेक्षा गर्दछौं ।
(सहभागी संख्या २३ जना सबै भन्दा बढी मिलाएको २३ र सबैभन्दा कम मिलाएको २०।५)
श्रोतः हाजिरी जवाफ प्रतियोगिता समुह
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।