जीउदो लासमा स्वदेश फर्किएः वाजुल कवारी

- सागर श्रेष्ठ, दमाम
बैदेशिक रोजगारिको सिलसिलामा साउदी अरेवियाको रहिमा स्थित अल अकदुद कम्पनिमा २००८ मार्च १६ तारिखको दिन मिठो सपना बोकेर धेरै पैसा कमाउने आशा लिएर आएका महोतरी गामारीया ४ को राहदानी नं ३८०२८०७ न को वाजुल कवारी आज मिति २०१२ जनवारी १० तारिखको दिन गल्फ एयरबाट जिउदो लास लिएर नेपाल फर्केका छन् ।
घाइतेः वाजुल कवारी

कामको सिलसिलामा गत जुलाई १५ तारिखको दिन स्कापफोल्डीङ्ग गर्दै गर्दा ३० फिट माथीबाट खसेर हात खुट्टा भांचिनुको साथै ढाड पनि भांचिएको थियो र टाउकोमा ठूलो असर परेको थियो । अलमाना हस्पीटलको कोठा नं २४२ मा करिव ५ महिनाको आईसीयुको उपचार पछी आज एक जना डाक्टर र एक जना सहयोगीको साथ नेपाल फर्केका छन् ।  वहां अहिले विस्तारै हिडडुल गर्न र मसिनो बोल्न सक्नुहुन्छ तर दुर्भाग्यको कुरा वहां कसैलाई पनि चिन्न सक्नुहुन्न ।  करिव ४०-५० मिनेट उ संग कुरा गर्यो भने चिनेको जस्तो गर्छन् फेरी केहि समय पछि चिन्न सक्दैनन् ।

वहांलाई यस्तो अबस्थामा सहयोग गर्नलाई न त कुनै सामाजीक संघ संगठन नै भयो न त कुनै ब्यक्तिनै किन कि उसले पढेको थिएन अनि कुनै संघ संगठनको सदस्य पनि थिएन । रहिमामा रहेका केही नेपालीहरु मिलेर खडा गरेको बचत कोषबाट उसको बचत भएको रकम बराबरको रकम सहयोग गर्नुको साथै उसको खातामा जम्मा भएको रकम बोनस सहित वहांकै नातेदार ईद्रिस कवारी मार्फत पाठाएको जानकारी पनि प्राप्त भएको छ । केहि नेपाली साथीहरुको पहलमा कम्पनिबाट ५००० र ईन्सुरेन्स कम्पनिबाट ५००० रियाल दिने मौखिक कुरा गरे तापनि यथार्थमा पाउने हो या होईन त्यो ठेगान छैन । यस विषयमा सम्बन्धीत निकाएको ध्यान जान आवश्यक छ । बोल्नेको पिठो बिक्ने र नबोल्नेको चामलपनि नबिक्ने चै नहोस ।

No comments:

Post a Comment

- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।