- विष्णु बैकुण्ठे
मुटुमाथि ढुङ्गा राखी, पल-पल हाँस्नुपर्छ भाँचिएको बैशाखीमा, एक्लोभई नाच्नुपर्छ
बेसहारा जीन्दगी यो, थन्क्याउन गार्होभयो
एकचोटी मर्नलाई, धेरै घडी बाच्नुपर्छ
आदर्शको कुरा गर्ने, मेरो प्राणप्यारो बनी
घरी-घरी च्यातिइदा, मनभित्रै टाँस्नुपर्छ
उच्छृङ्खल घमण्डले, जति सीमा नाघेपिन
चुडिएको डोरीलाई, गाँठोपारी गाँस्नुपर्छ
घामछायाँ जीन्दगीमा, वर्षादको भेल सरी
चोट खप्ने बानी मेरो, खै कसरी मास्नुपर्छ
दमक, झापा// हाल साउदी अरेविया
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।