विश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरेबियाले १०१औं लक्ष्मी जन्म जयन्तीको अवसर पारेर नेपाली साहित्यको इतिहासमै पहिलो पटक अनलाइन हाजिरी जवाफ प्रतियोगिता सार्वजनिक गरेको छ ।
इन्टरनेटको विभिन्न माध्यमहरुबाट समेत यस कार्यक्रमको प्रत्यक्ष प्रसारण भएको थियो । उक्त कार्यक्रममा यस महासंघका अन्तराष्ट्रिय सल्लाहकार श्री सागर श्रेष्ठ, अध्यक्ष खगेन्द्र अधिकारी 'अमृत', केन्द्रिय सदस्य विष्णु 'बैकुण्ठे' आदिले आ-आफ्नो मन्तव्य दिनुभएको थियो ।
स्वदेश तथा विदेश जहाँ पनि इन्टरनेटको दुनियाँमा रहनुभएका लाखौं श्रोता तथा दर्शकहरुले यस कार्यक्रमलाई आ-आफ्नै स्थानबाट प्रत्यक्ष रुपमा नियाल्दै अनलाइनबाट नै आफ्ना कविता, मुक्तक, गीत, गजल तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।
यस प्रतियोगिताले विश्वको कुना-कुनामा छरिएर रहेका लाखौं नेपाली युवायुवतीहरुको बौद्धिक विकासमा टेवा पुर् याउने विश्वास गरिएको छ ।
यस प्रतियोगितामा एक पटकमा २५ वटा प्रश्नहरु सोधिनेछन् । जुन प्रश्नहरु हरेक महिनाको १० गते भित्रमा डब्लु डब्लु डब्लु डट क्वीज मास्टर डट ब्लगसम डट कम बाट सार्वजनिक गरिनेछ । प्रतियोगीहरुले यसका सहीउत्तरहरु सोही महिनाको २५ गते भित्रमा विश्व नेपाली साहित्य महासंघ, साउदी अरेबियाको इमेल gfnlksa@gmail.com मा पठाइसक्नु पर्नेछ । सबैभन्दा बढी प्रश्नहरुको जवाफ मिलाउने प्रतियोगीलाई क्वीज मास्टर अफ द मन्थ घोषणा गरी प्रत्येक महिनामा नगद रु. १००१ र प्रशंसा पत्र प्रदान गरिनेछ । लगातार ३ पटकसम्म क्वीज मास्टर अफ द मन्थ भएमा क्वीज मास्टर अफ द इयर घोषणा गरिनेछ र पुरस्कार स्वरुप नगद रु. ५००१ र प्रशंसा पत्र प्रदान गरिनेछ ।
यस प्रतियोगितामा विश्वका जुनसुकै कुनामा रहनुभएका इच्छुक व्यक्तिहरुले सहभागि हुन सक्नुहुनेछ । विस्तृत जानकारीको लागि http://quizmaster.blogsome.com/2010/11/05/p21/ हेर्नुहोला ।
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।