- विष्णु प्र. चापागाई
परदेशमा बिझाएको कहर यो जिन्दगी
प्रकाशित कृतिः |
सुख खोज्दै भौतारिने रहर भो जिन्दगी ।
हजुर! नेपाली गजलमा एक नयाँ नामले परिचित हुनुभएको छ भगवती बस्नेत । बैदेशिक रोजगारको शिल्शिलामा बिगत केही बर्षदेखि इजरायली भूमिबाट कलम चलाउँदै आएकी कलमकर्मी भगवती बस्नेतको प्रथम साहित्यिक कोशेली "रहर भो जिन्दगी" गजल संग्रह बिमोचित भइसकेको छ । इजरायली भूमिमा कार्यरत नेपालीहरूको एकमात्र छानोको रुपमा रहेको साहित्यिक संस्था अन्तरराष्ट्रिय नेपाली साहित्य समाज 'इजरायल' च्याप्टरले ३ सेप्टेम्बर २०११ मा भब्य समारोह बीच बिमोचन गरेको थियो । बैदेशिक रोजगारीको ब्यस्तताका वावजुद पनि सिर्जनशिल हातहरुबाट भटाभट सिर्जना गरिनु कुनै चानचुने कुरा हैन । सिर्जनाको लागि नेपाली मनहरूको यस बिशेष झुकाबलाई अझै पारदर्शी बनाइदिनुभएको छ सिर्जनशिल साहित्यकार भवगती बस्नेत ज्यूले ।
सकारात्मक परम्परा मनभरि साँचेकी छु
.....................
सधै भरि आफ्नो वशमा नहुने यो घामपानी
सुखदुःख जेलिएको अनौठो छ जिन्दगानी ।
गजलकारः भगवती बस्नेत |
गजलकार भगवतीजीले रहरै रहरमा सिर्जना गरिएको सिर्जनाहरूलाई आफ्नो डायरीमा राख्दा खासै महत्त्व नरहने हराउने वा दुरुपयोग हुने हुनाले आफ्नो सिर्जनाहरूलाई अग्रजहरूको सहयोगमा “रहर भो जिन्दगी” कृतिको रुपमा प्रकाशन गर्नसकेकोकुरा बताउनुहुन्छ । गजल साहित्यमा खहरेबाट बाढीमा परिवर्तन भएको यथार्थ पछिल्लो समयमा प्रकाशित कृति "रहर भो जिन्दगी" ले साहित्यिक प्रतिनिधिको रुपमा ईंटा थप्ने काम गरेको छ । बाल्यकालदेखि नै उहाँको साहित्यप्रति लगाब र अभिरुची भएपनि यसलाई निरन्तरता दिन नसकेको र हाल आएर आफ्नो लगाबलाई पूरा गर्न सक्षम नारी बन्नु भएको छ भगवती बस्नेतज्यू । प्रवासी बसाइमा पनि आफ्ना सहकर्मी हितैसी तथा अनेसास इजरायलको सामिप्यताको कारण साहित्यिक सिर्जनामा अघि बढ्न हौसला मिलेको कुरा उहाकै शब्द, श्रृजना तथा गजलहरुबाट प्रष्ट हुन्छ ।
गजलकार बस्नेतज्यूको पहिलो कृति “रहर भो जिन्दगी” को सम्बोधन गर्दै आज रेडियो नेपालको साहित्यिक कार्यक्रम उद्धगारबाट उहाँकै स्वर तथा शब्दमा प्रसारण गरेको छ । प्राविधिक मित्र सुलोचना वज्राचार्यको साथमा संचालक रमेश पौडेलज्यूले लिनुभएको रेडियो अन्तर्वार्तामा गजलकार भगवती बस्नेतज्यूको प्रत्यक्ष आवाज सुन्न पाइन्छ । सुनौ उहाँको भावनाहरु.......
हार्दिक धन्यवाद बिष्णु जी यहाँको आत्मियता अनि एक सर्जकलाइ हौसल्ला,प्रेरणा दिने यहाँको कलालाइ सम्मान गरेँ।
ReplyDelete