गजल (बोली भन्दा काम चाहियो)

-विष्णु बैकुण्ठे, झापा
टोली हुँदा दाम पाइयो राजनीतिमा
गोली छुँदा माम खाइयो राजनीतिमा

लुकी-लुकी गरें संघर्ष परिधिभित्रै
झोली धुँदा घाम लाइयो राजनीतिमा

जनमत जाग्यो बिरुद्ध निरञ्कुशको
खोली बुँदा गान गाइयो राजनीतिमा

सत्ता आयो नाचे जनता खुशीयालीभै
डोली रुँदा धाम धाइयो राजनीतिमा

पूरा गर्न दीर्घ सपना योद्धाहरुको
बोली भन्दा काम चाहियो राजनीतिमा
**********************

No comments:

Post a Comment

- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।