श्रीस्वस्थानी व्रत प्रारम्भ

श्री स्वस्थानी व्रत कथा
आज पौष शुक्ल पुर्णिमा । आज देखि स्वस्थानी व्रत प्रारम्भ भएको छ ।हिन्दु धर्मावलम्बीहरुले माघ स्नान गर्ने र घर घरमा सात्विक भावले श्रद्धाभक्तिपूर्वक श्री स्वस्थानी परमेश्वरीको पूजा-आराधना गरी स्वस्थानी कथा सुन्ने र सुनाउने गर्दछन् । भगवान शिवको स्तूति एवं भक्तिभाव पूर्वक व्रत पूजा तथा कथा श्रवण गर्नाले सुख शान्ति प्राप्त हुन्छ भन्ने जन विश्वास रहि आएको छ ।

सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले ‘महादेव स्वामी पाऊँ’ भनी बालुवाको शिवलिङ्ग बनाई श्री स्वस्थानीको निराहार रहेर व्रत गर्नुभएको र मनोकाङ्क्षा पूर्ण भएपछि उहाँकै आज्ञाअनुसार लोककल्याणका लागि पृथ्वीलोकमा पनि श्रीस्वस्थानीको व्रत प्रारम्भ गरिएको धार्मिक विश्वास छ।

यस पर्वमा विशेषगरी महिलाहरू बिहान सबेरै उठी स्नान गरेर नित्य मध्याह्नकालमा श्री महादेवको पूजा आराधना गर्छन्। श्रीस्वस्थानी परमेश्वरीको व्रत बस्नाले यस लोकमा सुख, समृद्धि प्राप्त भई मृत्युपछि कैलाशमा वास हुने विश्वास गरिन्छ।

यस उपलक्ष्यमा काठमाडौँबाट करिब चार कोस पूर्व शालीनदीमा महिनाभर विशेष मेला लाग्छ भने कतिपय महिला त्यहीं बसेर विशेष विधिपूर्वक श्री स्वस्थानीको व्रत बस्छन्। आजैदेखि माघेस्नान पनि सुरु भएको छ। यो व्रत पौष शुक्ल पूर्णिमाका दिन सुरु भइ १ महिना सम्म जारी रहन्छ ।

No comments:

Post a Comment

- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।