- सुमन सुधा
यो कस्तो समय आयो आज यो चन्द्रमानै झेरेर थिचेजस्तो गरि यो शरिर दुखेको छ । यो सुर्य नै फुटेजस्तो गरि मन पोलेको छ तैपनि सामाजीक नैतिकतामा अल्झेर पुर्णिमाको जुन बन्नु परेको छ । समय नै यस्तै रहेछ । मनभरि सपना बुनेपनि यो पापी समयले लथालिङगपारिदिन्छ जुन सपना वास्तविकता भन्दा एक सेकेण्डपनि अगाडी जान सक्दैन । मानेकी त थिइन रे गितापनि तर के गर्ने परदेशीको के भर हुन्छ रेली मै गित जस्तै बहकिने परेदेशीनेहरुको बेदना कसले बुझिदिने कैसैको मिलनले कसैको हृदयको तार छिन्छ भन्ने ख्यालै नगरि गितालाई शम्भुदाइको हातमा दिएछन् । अहिले एकदम खुशी छिन् रे । हुनपनि पर्यो नि त्यो निश्ठुरी परदेशीलाई श्राप नै लाग्दो हो घरपछाडी करेसामा बाबा आमाको आखा छलेर लुकी लुकी तस्वीर हेर्न बाध्य बनाउने मेरा जिन्दगी भरिलाई चोट परिजाओस् ।
कस्लेले बुझ्नदिने प्रतिक्षाको घडी कति कस्ट हुन्छ भनेर । गाइ चराउँदा साटेको रुमाल टाउकोमा उस्तै गरि बाँधिदिदा सय डिग्रीको ज्वरो आउँदापनि टाउको नदुख्ने खालको चोखो माया साट्ने परदेशी खै कुन्नी के लोभमा लागेर मायालुलाई विर्सिदिने अनी घरमा हुर्किएकी छोरी पालेर कस्ले पो राखीदिन्छन् र ?
तीन साल विताएर आफनै गाउँ फर्कि गएँ । गितासँग भेट भयो कुरा भयो रँग फुङग उडेको पतेराले चुसेका पात जस्तो पहेली भएकी । ठुला-ठुला आँखा घुमाउरो गरि गाजल लगाएकी सिउदोभरि सिन्दुर गलामा मँगलसुत्र कुर्तासलवार लगाउने जमना गएछन् कि क्या हो फरियाले बेरिएकी एक व्यावहारिक असल बुहारी घर नै पवित्र लाग्यो गितामा उस्तै चल्चलता उस्तै मुस्कान । सधैभरि कुरिरहन पनि सकिएन त्यैपनि तिमीहरु जस्तो परदेशीको भर हुदैन रे नि त उतै माया लगाउछन भन्थे । सन्तकान्छाको छोरा अझै फर्केको छैन रे । उतैको केटीसँग विहे गरेर बसेको छ रे नि त ।
पोहोर साल खुशी फाट्यो तिम्रो पर्खाइमा यसपाल त खै हजुरआमापनि नातिनीको बिहे हेरेर मर्छु भन्दै हुनुहुन्थ्यो । मेरो विहेपछिको तिनमहिनैमा दमको रोगले वित्नुभयो । लाग्यो पुण्य नै गरिछु । अब तिमीपनि विहे गर । अस्तिको मेलामा तिम्री आमा भन्दै हुनुहुन्थ्यो तिमीले विहे नगर्ने रे । म त शम्भुसँग एकदम खुशी छु । तिमीले जस्तै हर कुरा बुझेको छ उसलेपनि । उसलाई पनि थाहा छ एक असल लोग्ने कस्तो हुनुपर्छ भनेर । त्यसैले विवाह नगर्ने कुरा तिमीले गर्नु उचित होइन । तिमीले मेरो इज्जतको लागी भएपनि विहे गर्नुपर्छ । तिमीलाई थाहा नै छ हाम्रो समाज तिमीले विहे नगरी बस्यौ भने कुनै चेलीले आमा बाबुको आँखा छलेर एक दुइ घण्टा हराउँदा पनि तिमीमा नराम्रो दृष्टिले हेर्ने गर्छन् । बुढो भएपछि सहारा त चाहिन्छ नि । तिम्रो त्यो विजोग म हेर्न सक्दिन । सबै सम्बन्ध विवाह मा नै समाप्त हुनुपर्छ छैन ।
के एक नारी र एक पुरुष साथी हुदैमा विवाह नै हुनुपर्छ र विगतमा तिम्रो मेरो सम्मन्ध जे जस्तो भएपनि त्यो सबै वितिसके । त्यसलाई भुल्न नसके तापनि जिवनको एक अबिस्मरणिय क्षणको रुपमा लिन सक्छौ । मलाईपनि लाग्थ्यो शम्भुलाई भन्दा तिमीलाई सयौ गुना बढी माया । जब शम्भुको व्यवहार मायामा गहिरिदै जादा मलाई पनि लाग्यो यो सिन्दुर र पोतेको अर्थ के हुदोरहेछ भनेर । नारीको सौभाग्य नै त्यहि भएपछि मलाई तिमीसँग साटेको रुमालको अर्थ सौभाग्यभन्दा ज्यादै कमी लाग्यो । विस्तारै विस्तारै तिम्रो स्थानमा शम्भुलाइ राख्दै गएँ । अहिले उहि नै मेरो जिवनसाथी बनेको छ । उसैकै समिपमा जिवन विताउने छु । सयौ सयौ जुनीकालागी उसैको भएकी छु ।
मलाई विश्वास छ तिमीले मलाई राम्ररी बुझेका छौ । माया मारेको कुरै हैन के सुमन । तिमी बुझने कोशीस गर न । उस्तै ढिपी छ तिमीमा अहिलेपनि । तिम्रो यो बानी मलाई धेरै सताइएको छ । कहिले भुल्ने होला । तिमीलाई थाहा छ तिमीले स्कुलमा लगेको किताव सरलाले कुलो नाग्न नसकेर बगाइदिएकी थिइ नि । त्यतिबेला तिमी कस्तरी एकोहोरो लागेर सरसँग त्यहि किताव चाहिन्छ भनेर रिसाउदै आशु झारेको । विचरा खै त तिमीले त्यहि किताब पाएनौ नि । अरुमा नै चित्त बुझाउनु पर्यो । त्यति सानो कुरा त तिमीले पुरा गर्न सकेनौ । त्यहि किताब त पाएनौ नि । पछि बाबाले नयाँ किताब दिदा तिमी कसरी मख्ख परेका थियौ । त्यस्तै हो जिन्दगी सबै रोजेको देखेको पाउनु नै पर्छ भन्नेपनि छैन र पाइदैन पनि । नसोचेको हुनु नै जिन्दगीको मज्जा हो । मन हो मानी हाल्छ ।
तिमीलाई थाहा नै छ नि पानी जस्तो भाडामा हाल्यो उस्तै अकार बनिदिन्छ । तर विडम्बना त्यो पानीको व्याथा बुझिदिने कोहि हुदैन । उसको उकुसमुकुसकतालाई कजाएर भएपनि उन बसिरहन्छ । किनकी उसको वाध्यता हो । सबैलाई भगवानले एक एक बाध्यताले जेलाएर राखिदिएको हुन्छ । जबसम्म हामी यो लोक छोडेर परलोक भइदैन हामीलाई एक न एक बाध्यताले जेलिरहेको हुन्छ । धन सम्पत्ति कमाएर तिमीलाई समाजको अगाडी तिम्रो हात मागेर तिमीलाई आफनो बनाउँछु तिमीले भनेका कुरा हिजो जस्तो लाग्छ । खै ति सबै विगत भए । मैलेपनि सकिन कि तिमीलाई रोक्न किनकी परदेशीनु तिम्रो वाध्यता थियो । देशको स्थिति राम्रो थिएन । त्यसैमाथि तिमी टुहुरो जेठो छोरो सबै जिम्मेवारी तिमीमा नै थियो । सबै तिमीलाई मेरो अनुहार हेरेर मात्रै त पुग्दैन थियो । मेरापनि आवश्यकताहरु हुन्थे । तिम्री आमा हजारौ दुःख सहेर तिम्रो उज्वल भविश्यकोलागी एक छाक खाएरपनि तिमीलाई हुर्काइन । उनको पनि केहि सपना थिए होलान । तिमीले घर सम्झेर काम गरेछौ । अहिले तिम्रो घरको स्थिति राम्रो बन्दै गएको छ । तिमीलाई दुई पैसा ऋण नपत्याउनेहरु तिम्रो घरमा पाउ मोल्न आएका छन् । भाइबहिनी नाङ्गा थिए अहिले टम्म जिउ ढाक्ने लुगा लागाउन पाएका छन् । त्यसैले सबै थोक माया मात्र होइन रहेछ । यहाँ केहि पाउनको लागी केहि गुमाउनु नै पर्छ । खाल्टो नभई डाँडो बन्दैन ।
यहाँको सँसार नै यस्तै छ मान्छे यहि गुणले नै मान्छेलाई विवेकशिल प्रणाली भनिन्छ । यो रुप रँग त दुइ दिनको मात्र हो । माया मार्नलाई माया घटाउनलाई यो भनेकी होइन सुमन बुझने कोशीस गर । माया अपार छ सँगै हुने चाहाना मेरोपनि थियो । तिम्रो घरमा आउने स मैलेपनि धेरै सोचेकी हुँ । हुर्के बढेको चेली कुल घरनाले माग्न आएपछि मैले घरपरिवारलाई नाईँ भन्नै सकिन । मैले के भनेर कुरा टार्ने मेरो कुनै बाटो थिएन । बेला नभएकोपनि होइन । मैले नाईँ भनेपनि मेरो कुरा सुन्ने कोहि हुने थिएनन् । एकचोटि तिमीलाई पनि सम्झे । तिम्रो मेरो प्रेमलाई सम्झे आँसु गहभरि भयो । के तिम्रो माया नभएको भए रुन्थे होला र म ? आँशु अन्तरआत्मा दुखाएर आउँछ । तिमीलाई थाहै छ । तिमीलाई मेरो परिवारले दिदैनथे पनि । राम्रो भयो अब तिमीले म भन्दापनि राम्रो जिवन सँगिनी पाउछौ । नयाँ साथी हुन्छ । नयाँ नयाँ कुरा हुन्छन् । विचार नयाँ हुन्छ । नयाँ साइनो जोडिन्छ । आफन्तहरु धेरै हुन्छन् । दुःख सुखपर्दा हेर्ने मान्छे हुन्छन् । तिमीमा खोट लगाउने मेरो कुनै कसुर छैन ।
आजको जमनामापनि तिमी जस्तो असल साथी पाएको छु । मलाई यतिमा खुशी छु । मेरो विहेवारी भइसक्दापनि तिमी भेटन आएका छौ । मलाई त लागेको थियो तिमी मसँग रिसाएका छौ होला भनेर । रिसायौ पनि होला के रिसायौ भनु रिसायौ नै । मलाई पाप लाग्ला पनि । तिम्रो असल मायालाई लाद मारेर पराइको सिन्दुर सजाइरहेकी छु । तिम्रो पवित्र मायामा खोट लागाएकी छु । यो सबै वाध्यता र विवशमा समयले चालेको खेल हो सुमन । समय आफनो मुठिमा भइदिएको भए रोकेर तिम्रै हातको सिउदो सजाउथेँ तिम्रै साथ जिउने कमस खाएका ति भगवानलेपनि हाम्रो पुकार सुनेनन् । भगवान नै बैरी भएपछि शम्भुको लगन जुरेर आयो । म मा केहि छैन त्यैपनि वाध्य छु आफुलाइ सँयत्र राख्न ।
आफुबाट कोहि खुशी हुन्छ भने हामी उसको खुशी किन खोसीदिने होइन माया हो सँगत जति गर्यो उति बढदै जाने हो । अहिले शम्भुबाट अपार खुशी पाएकी छु । उसको खुशी देखेर नै म खुशी छु । माया भन्ने चिज यस्तै रहेछ बसेको पत्तै नहुने रहेछ । त्यसैले सुमन बेदनाहरु यस्तै हो परिस्थितीसँग जुध्न सक्यो भने सफल भइने रहेछ । तर के गर्ने मसँग केहि आधार थिएन मेरो परिवारलाई विश्वास दिलाउने आमालाई भनेकी थिएँ । आमाले बाबालाई भन्नुभयो । परदेशीको केहि भर हुदैन त्यहिपनि तिम्रो खानदान गतिलो छैन रे आदि आदि । मैले सुन्न सकिन र सम्भुसँग विहे गर्न राजी भएँ ।
यो पापी समाजमा मायाको कुनै अर्थ छैन तिम्रो मेरो माया मा नै खोट रहेछ । माया गरेर विवाह नहुनमा नै मित्रता जिवनभर अमर रहनेछ । अगी बढ जिन्दगीले एक बाटो विराउदैमा अरुबाटोहरु सबै बन्द हुन्छ भन्ने छैन । अझ बढी सुवर्ण अबसरहरु आउँछन् । त्यसैले हरेस नखानु प्राप्तीको लागी मात्र प्रेम गरिदैन । प्रेम त्यागपनि हो । माया गरेको चिजसबै पाउनु पर्ने भन्नेपनि छैन नि । के तिमीलाई लाग्छ तिम्रो दुखाइमा म हास्नेछु खुत्ती मार्ने छु । त्यैपनि सिउँदो सजाउनु मात्र मायाको अन्तिम रुप होइन । सिउदो नसजाउँदा पनि तिमी प्रितिको माया मेरो ह्दयबाट मेटिने छैन ।
बाहिरबाट गिता गिता भन्दै कुर्लिरहेको आवाज गुन्जीयो जुन आवाजमा जोडी हराएको चखेवाको जस्तो टिट लाग्दो स्वरहरु फैलिरहेका थिए । एक उदाशिनता मिश्रण स्वरहरु गुन्जीएको थियो । शम्भु बोलाउदैछन् गिता झस्किन् । धेरै बस्न उचित लागेन । मन गरुङ्गो पारेर लागे आफनो घर तिर ।
suman_only4you@yahoo.com
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।