-ज्योति जड्गल
मैले विवाह गरेँ । यो एउटी कुमारीको विवाह होइन । विवाह कुमारीलाई डर र कुतकुतीको सम्मिश्रण हो तर एउटी अधवैँसे महिला, दुइटा बच्चाकी आमा, मैले पुनः बिहे गरेँ । बिहे नगरे म के गर्थेँ - यो शरीरले यौनको रस मज्जाले चाखेर हुर्किएको तीसको उमेरको । बिहेको संरचनावेगर कुनै महिला यौनिक तृप्ति प्राप्त गर्दिन । यो समाजको परिवेश हो । बसेकै थिएँ छोराछोरीको जिम्मा लिएर । तिमी मेरो भरोसाको सम्पत्ति छातीभरि बोकेर विदेशियौ । त्यो म नै थिएँ तिमीलाई बिदा दिने । जाऊ, कमाऊ र आऊ भन्ने । तिमी प्यारी पत्नी, त्रि्रो प्रेम पनि । खै प्रेम केलाई भन्छन् - कसरी यो आत्माबाट उत्पन्न हुन्छ र शरीरमा ठोकिएर मर्छ - तिमी गएको डेढ वर्षै त्यो प्रेम टाडाटाडा अदृश्यजस्तो लाग्न थाल्यो । प्रेम त अदृश्य नै हुन्छ । फेरि किन पातलियो - आतेस लाग्न थाल्यो । म मेरै समिपको कुनै अर्कै शरीरप्रेममा अल्झीए । छोराछोरीको तोतेबोलीसँग पनि म बट्टारिएँ । बुबा-आमा -सासु-ससूरा) को सन्देहपूर्ण बातहरूलाई दुइ चार दिन त सहेँ । नभएको कुरा पनि त थिएनन् ती । कुन प्रेम हो त्यो - तर म विस्तारै तानिँदै गएँ । कहिले बजार जाने निहुँले श्यामसँग भेट्थेँ ।
छेउमा वस्ता उसको सासको गन्धले पनि पग्लन्थेँ । एउटै उमेरका थियौँ र पनि ऊ अविवाहित थियो । कति सम्हालिएँ । थुप्रैपटक आफैँलाई गाली गरेँ, सम्झाएँ । मलेसियाबाट त्रि्रो फोन आइरहृयो । मीठो बोल्यौ । कहिल्यै दुःखको कुरा पनि भनेनौ । म तिम्रो फोन राखेपछि झन् द्वन्द्वमा फसिरहन्थेँ । छोराछोरीको अनुहार हेरेर टोलिन्थेँ । फेरि किन बदलिएँ । तिमीले पैसा पठाइरहृयौ । कति दुःख गर्यौ होला । म भित्रभित्रै दुःखी हुन्थेँ । कसले पत्याउला - अब यो भन्नुको कुनै अर्थ छैन । तिमीलाई पर्खिएर बूढी हुँली बरु, सेतै फुलुन्जेल नआए पनि मरौँला बरु भन्थ्यो एक मनले । फेरि श्याम, ऊ संयोगले मसम्म आइपुगेको उपहारझैँ थियो । कसरी पर भाग्न सकौँला - श्याम, मेरी भाउजूको काकाको छोरा । एकदिन बुधबारे बजारमा भेट भयो । कुरैकुरामा ऊ रातै बस्न आयो मेरो घरमा । मार्केटिङ गर्दोरहेछ एउटा हर्वल वस्तुको शृङ्गारका सामान, चिया, ज्जन...यस्तै यस्तै । म ग्राहक बनेकी थिएँ त्यसको । उसले सुरुमा पैसा लिन्थ्यो । मसँग अब पैसा पुग्दो थियो । तिमीले पसिना चुहाएर पठाएको पैसा ... । म पसिनाको सम्मान गथेँ तर अभिमान थिएन तिम्रो पैसामा । म भित्रभित्रै कुनै अर्कै उदासिनताले ग्रसित थिएँ । त्रि्रो पैसाको एक-एक हिसाब राखिदिएकी थिएँ तर अब यस हिसाबको के कुरा गरौँ । कुरा त तिम्रो मृत्युको गर्नुछ । मलाई पुराना उखानहरूले पनि उल्टा अर्थ दिए । मर्द को प्रतीकले मलाई गिज्याइरहृयो । मैले तिमीलाई कहिल्यै अविश्वास गरिँन तर तिमी त्यहाँ के चोखो बस्यौ होला र ! मैले एउटा परदेशीलाई पत्याइँन पनि । आफू तिमीभन्दा चुकेकी रहेँछु क्यारे । समाजले कसरी चियो गर्छ एउटी आइमाईलाई -मैले तल्लोघरकी सीमाको हुइँया खवरहरू सुनेर पत्याएकी छु । ऊ लोग्ने मरेकी विधवा, एउटी छोरी र ऊ... । कोही छिमेकी पुरुष आकृति त्यहाँ गयो कि बात बढिहाल्थ्यो गाउँमा । म विरुद्धमा थिएँ त्यो हल्लाको । सीमा विधुवा थिई तर काँतर थिई कि विवश थिई - त्यो मैले बेहोर्नु परेको थिएन... । म त श्यामकै वरिपरि रुमल्लिइरहेकी राधासरी थिएँ ।
सकुन्जेल सन्तानलाई अँगालेर सुतेँ । रातले कुटुन्जेल द्वन्द्वमा छचल्किएर उठेँ । फेरि एकदिन श्याम आयो । यसरी श्याम आउनुमा म डराइडर्राई खुसी हुन थालेँ । न ऊ प्रेमका कुरा गथ्र्यो, न ऊ उति रसिलो थियो तर ऊ आकषिर्त भएको पत्तो मलाई राम्ररी थियो । कहिले ठूलो साँझमा झपक्कै कसैले नदेख्नेगरी ऊ पाहुना बनेर आउँथ्यो । छोराछोरी चकलेट र अन्य उपहार, खेलौना पाएर मख्ख पर्थे । सायद बाबुको उपस्थितिको प्यास पनि मेट्थे होलान् । उनीहरू खुसी हुन्थे श्यामलाई देखेर । म पनि त्यही खुसीमा सामेल हुन्थेँ । खाना खाएर बच्चाहरू, सुतिहाल्थे । श्याम र म धेरैबेर कुरा गरेर बस्थ्यौँ । त्यसो त हामी साथीजस्तो पनि भइसकेका थियौँ । कति सहयोग व्यवहारले उसले गथ्र्यो पनि । त्यो दिन, झ्यालमा सेतैपर्दा हल्लिरहेको थियो । शीतल हावा, नीलो बल्बको मधूरो प्रकाश र एकजोडी स्त्री-पुरुष साथीहरू... । समाजको भाषामा म त्यसैदिन बिटुलिएँ । इमानको परिधि हुन्छ भने म त्यसैदिन बेइमान बनेँ । प्रकृतिको संरचना-स्त्री-पुरुष साथी, खै हारेजस्तो पनि लाग्यो तर शरीरका हरेक कोषकोष बिहान उठ्दा हलुका भएका थिए । तर्क-वितर्क, सत्य-असत्य, आमा-पत्नी, सबै नामबाट आफूलाई केलाएँ । यसरी चल्दै गयो महिना दुइ महिना/छ महिना... । महिनापछि महिना... । मेरो महिनावारी रोकियो । म अत्तालिएँ । श्यामलाई भनेँ । उसले आफ्नै कुरा गर्यो । हेर अब जे भो भो । हामी बिहे गरौँ । मलाई आफ्नो आतेस उतार्ने बलियो स्थान मात्रै मिलेन ऊप्रति अनौठो र्समर्पण पनि जाग्यो । ऊ जति शान्त थियो, त्यति नै उसको निचोड देखेर मेरो अपराधबोध अलि हलुका भयो । एकातिर सम्पत्ति कमाउन गएको लोग्ने, अर्कोतिर छोराछोरी र मेरो घरपरिवार अनि यो आकस्मिक परिवेशको अवतरणले मसामु पालैपालो औँला उठाउँथे र झर्थेँ । अनन्तः म समर्पित आमा पनि भइँन, समर्पित पत्नी पनि भइँन । म श्यामसँग बिहे गरेर त्यो गाउँ, जिल्ला र अञ्चलसमेत छोडेर बुटवलमा बस्न थालेँ । कहिलेकाहीँ छोराछोरीको एकदम याद आउँथ्यो । हिँड्ने बेलामा बजार जान्छु भनेर ढाँटेर हिँडेकी थिएँ । उमेशलाई सुम्सुम्याउँदै भनेकी थिएँ- "आमाघरमा बस्नु है, राति भयो भने बहिनीको ख्याल राख्नु । उसका निर्दोष आँखाले झ्वाट्ट आमाको फरक अनुभव गरेजस्तो झलक्क हेर्यो र उठेर कुद्यो । आमाघरमा राति कतिबेरसम्म बसेहोलान्, पर्खिएहोलान्, सुकसुकाएहोलान्, रोएहोलान् । यो अपराधबोधले मेरो मनमा सुइरोजस्तो घोचिरहन्थ्यो । आफ्नै बाटोमा हराएकी म उनीहरूको भविष्यबाट पनि गुमनाम भएँ । अब यो पीडाको पनि के व्याख्या गर्नु । कतिपल्ट उनीहरूको यादमा एक्लै रोएँ, श्यामसँग पनि डराएँ, मेरो मातृत्व मात्रै तपतप खसिरहृयो एक्लै । बाबुहरू जो भए पनि कोखको उत्पत्ति समान हुँदोरहेछन् । कहिलेकाहीँदेखिने सपनामा तिनै बालकहरू झल्किन्थे आँखाका डिलमा । अब त बालकबाट किशोर भइसकेका होलान् । थुप्रै वर्षबिते । सम्झन्थेँ बाबु पनि फर्किएहोलान् । हाम्रो एउटै मात्र सन्तान थियो अब सुमन उतै दोकान गरेर हामी एककिसिमले स्थायी भयौँ । स्थायी त मेरो पूर्वको जीवन र म पनि थियौँ । टेलिभिजनमा, रेडियोमा पूर्वका खबर सुनेर चङ्गा हुन्थेँ । अक्सर श्याम पनि घरको कुरा गर्थे सुसाउँथे र निदाउँथे । कताकता मेरो इतिहास मसँगै हिँड्छ मनमा । कहिले पश्चातापको रङ छ्यापिन खोज्थ्यो तर श्यामको नजिक म खुसी थिएँ । समयसँगै घुम्दै थिएँ उसकै वरिपरि । फेरि अचानक शम्भुसँग भेट भयो । मेरो दमकको छिमेकी । ऊ पनि व्यापारको सिलसिलामा बुटवल बस्न थालेको रहेछ । कहिलेकाहीँ मूलघर जाँदोरहेछ ।
मभित्र मेटिएका ती प्यारा अनुहार फेरि सलबलाउन थाले । उमेश, आशा र उनीहरूको बाबु कृष्ण । उसले चोइटिएका सीसाजस्ता खबरहरू बोल्यो । म अचानक चिरिएँ उसले ओकलेका सीसाहरूबाट । मैले आफूलाई अपराधी होइन, हत्यारा नै सम्झीए । हो मैले प्रत्यक्ष उसको हत्या गरिनँ तर म हत्यारा बनिसकेकी रहेँछु । ऊ मरेछ, मेरो पूर्वपति । मेरा विछोडिएका छोराछोरीको बाबु । आफ्नी पत्नीको आघातपपूर्ण खबर सुनेपछि उसले आफ्नो मूल्य त्यसैमा बगाइदिएछ । मप्रति देखाएको उसको अगाध त्यागले थिचिएर म आलसतालस भएँ । त्यसैत्यसै आफू यति घृणित महसुस गरेँ कि मलाई दिन सुहाउने अब कुनै शब्दै छैनन्, शब्दकोशमा । सयौँ भोल्टको बिजुली मेरो शरीरबाट पार हुँदैछ र मैले अझै सहेर बस्नुछ.. चुपचाप । संवेदनाको गहन ऐनामा मेरो कुरूप अनुहारको प्रतिविम्ब भित्रभित्रै थर्कियो र चर्किएर झर्यापझुरूप भयो । वास्तवमा ऊ मेरोलागि बाँचेको रहेछ । म हिँडेकी सुनेपछि कयौँ महिना बिरामी परेछ । "त्यहाँ रीता छैनन्, मेरो जीवन पनि छैन" भनेर पत्रहरूमा लेख्थ्यो रे । त्यो पसिना, त्यो पीडा, त्यो प्रेम ! जम्मै जिन्दगी उसले समाप्त गरिदिएछ आफ्नो । अर्थात् उसले आत्महत्या गरेछ । त्यो निस्वार्थ, स्निग्ध, त्यागी प्रेमको आभाले यतिखेर मेरो आत्मा पत्पत् धुवाइरहेछ । यो समाजको संरचना, आमाबाबु, छोराछोरी, यी शरीरका हरेक अङ्गहरू, सबै थुपारेर आगो लगाउनुजस्तो ताप छ भित्र तर म खरानी हुन सकिरहेकी छैन । यताको सानो घरबार, श्याम र सुमन । मीलेको गृहस्थी, शान्त श्याम, सबै हेर्छु यी परका टुहुराहरूकी आमा, जसले आमा मात्रै होइन, बाबु पनि खोसेकी छे । तिनीहरूको अधुरो स्नेह कल्पिन्छु र तानिन्छु सधैँ । बीचमा एउटी हत्याराको बोझ बोकेर हिँडिरहेँछु । मेरो आत्मसंयम, मेरो खेलाँची मनोदशा, शरीरमोह वा आघातको सजायले टुट्न लागेको डोरीजस्तो छ । म ड्रि्रेसनको घोर खाल्डोमा दिन प्रतिदिन धकेलिँदैछु । वर्षौं बिताइसकेँ । एउटै प्रश्नले पिटिन्छ- ऊ किन मर्यो - मैले उसलाई मारेँ वा उसले उसैलाई मार्यो - मलाई त जीवनभर मेरै जिन्दगीले मारिरहेछ । तैपनि यो पापी आत्मा आफैँलाई सान्त्वना दिन्छ घरिघरि । अब कुनै त्यस्तो मौका आउँदैन । नत्र सोध्ने थिएँ उसलाई- किन मर्यौ तिमी - बाँच्नु त जसरी पनि पर्थ्यो तिमीले अनि भन्ने थिएँ.. तिमी नमरेको भए हुन्थ्यो मेरोलागि पनि ।
अनेसामबाट
samaya sandarvik katha man 6une dhanyabad lekhak lai yeti mitho sampresan garnu vayekoma.
ReplyDelete