साउदी अरबमा "देउसिरे"

आफ्नो प्यारो मातृभूमि नेपाललाई चटक्क छोडेर विदेशिएका नेपालीहरुले कसरी चाडपर्व मनाउलान् ? त्यो पनि साउदी अरबमा ? धेरै सोचनिय विषय बन्न सक्छ यो धेरैका लागि ।


सार्वजनिक स्थानमा गरिने व्यक्तिगत तथा सामुहिक मनोरञ्जनलाई पूर्णरुपमा प्रतिवन्ध गरिएको साउदी अरबमा नेपालीहरुको महान दोश्रो ठूलो चाड तिहारलाई भव्यताका साथ मनाए भन्दा धेरैलाई अपत्यारिलो हुनसक्छ । किनकी चाडवाडको लागि खाडी मुलुकमध्येकै एक कठिन तथा कारुणिक मुलुकको रुपमा लिइन्छ साउदी अरबलाई । तर विश्व नेपाली साहित्य महासंघले यस्ता बन्देजहरुलाई चुनौती दिदै आफ्नो संस्कृति तथा रीतिरिवाजलाई धान्दै आएको छ परदेशमै बसेर भएपनि ।

स्थापना कालदेखि नै योजना बनाएको महासंघले नेपाली साहित्यका महाकवि लक्ष्मी प्रसाद देवकोटाको १०१औं जन्म जयन्तिको अवसर पारेर २०६७ सालको शुभ दिपावलीलाई भव्यताका साथ मनाएको छ । साउदीका कुना-कुनामा छरिएर रहनुभएका साहित्य सर्जक तथा नेपाली दाजुभाइहरुलाई एउटै संगठनमा संगठित बनाउदै आयोजना गरिएको शुभ दिपावली -२०६७ कार्यक्रमले साँच्चै नै परदेशको दुःख पीडालाई भूलाएको थियो ।

लक्ष्मी पूजाको दिन विहानैदेखि सेलरोटी र अन्य परिकार बनाएर राखिएको सुसज्जित कोठामा सबैका आँखा सेलरोटीमा नै केन्द्रित देखिन्थ्यो । शुभ दिपावलीको परम्परालाई सदियौंदेखि धान्दै आएको एक प्रमुख परिकार सेलरोटीको स्वादलाई परदेशमा बसेर चाख्न पाउनु गौरबको कुरा थियो । भाइटीकाको दिन आफ्ना चेलीबेटीको हातबाट टीका ग्रहण गर्न नपाए पनि साहित्यिक कार्यक्रमसँगै लक्ष्मी पूजा गरेर तथा देउसी भैलो खेलेर रमाइलो गर्न उत्साहित देखिन्थे सहभागीहरु ।
तिहारको गीतमा नाच्दै गाउँदै अनि बेला बेला कविता मुक्तक तथा गजलका सेरहरुसँग बहकिएको समयले शुक्रबारको दिनलाई थाहै नपाइ स्वर्णिम संध्यामा रुपान्तरण गर्न भ्यायो र सहभागीहरुले हात-हातमा फलफूल, अक्षेता, दीयो समाउदै भेटीको साथमा लक्ष्मी पुज्न पाए । मातृभूमीको माया स्वदेशको दुर्दशा बैदेशिक रोजगारीको वाध्यता र विदेशको कठिन संघर्षलाई देउसिरेगीतमा भट्याएर तथा गाएर आफ्ना मनका भावहरु व्यक्त गरिएको थियो । देउसी भैलोको टोलीले देशमा भएको राजनीतिक अस्थिरतालाई व्यंगवाण हान्न पनि पछि परेनन् । व्यंगात्मत देउसिरेबाट उक्त टोलीले सरकारको चयन र दीगो शान्तीको आव्हान गरिएको थियो ।

औपचारिक घोषणा अनुसार इन्टरनेटका विभिन्न माध्यमबाट प्रत्यक्ष प्रसारण गरी कार्यक्रमलाई विश्वका कुनाकन्दराहरुसम्म आफ्ना भावनाहरु पोख्न सफल भए दर्शक तथा सहभागीहरु । प्रत्यक्ष कार्यक्रम पश्चात देश विदेशबाट आएका प्रतिकृयाहरुले त झन खुशी तथा हौसला बढाएको थियो कार्यक्रममा । अनि त दर्शकहरु पनि खुशीले झन् कम्मर मर्काइ मर्काइ नाचिरहनुभएको थियो ।

बाँकी भिडियो तथा फोटोहरुको लागि प्रतिक्षा गर्नुहोला ।

No comments:

Post a Comment

- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।