- शेषराज खतिवडा
२०३७ शाल मा भारत को बनारस बाट शास्त्री को परिक्षा दिएर काठमान्डू आउँदा चाबहिल स्थित मामा कुशहरी दाहाल को घरमा पाउनाको रुपमा बसेकै बेला मामाकै सल्लाहमा बनारसमा आर्जेको दक्षिना को पैसा बाट रु.२७१४ लगानी गरि गलैचाको ब्यबसाय गर्न थालियो | काम सुरु गरे देखि नै बजारको अभाब, गुणस्तरहिन बस्तुको उत्पादन, बालमजदुरको समस्या, मागभन्दा बढी उत्पादन, बाताबरण प्रदुषण, जस्ता समस्याका समस्या, झमला नै झमेलाहरुलाई तरह, तरहले समाधान गर्दा, गर्दै २०५५ शाल सम्ममा झन्डै ५ लाख मानिस पाल्नसक्ने क्षमता बनाइसकेको सिङ्गो गलैचा ब्यबसाय नै राजनीति को सिकार हुन पुग्यो |
ब्यबसायका ठुला लागानीकर्ता र अगुवाहरु कतिले भारत प्रवेश गरे भने कति ज्यान बचाउन यूरोप र अमेरिका पसे कत्तिले भारतमा गएर गलैचा कै काम गरे | तेतिबेला आफु देशकै सबैभन्दा ठुलो बिदेशी मुद्रा आर्जन गर्ने उद्योग संघको बहालवाला महा-सचिब जताततै चहलपहल हुदाहुदै भारतीय गलैचामा नेपाली लेबल को अबैद्द कामलाई रोक्न सफल हुने हुँदा चर्चाको सिखरमा पुगेकै बेला महा-सचिबको पोस्टबाट राजिनामा गरी सयकडौं गलैचा ब्यबसायीकै लाईनमा अमेरिकातिर भासियो |
नेपालमा छदा त उत्पदान र निर्यात मात्र गर्न पाइन्थ्यो अव ता नेपालबाट आयातगर्न पनि सकिने भयो भनेर ५ जना मिलेर फोरथाउजेण्ड भिलेजेज नामको कम्पनि स्थापना गरी काम शुरु भयो | हामीहरु हुलमालमा काम गर्ने बानी परेका र समान देखाएर बेच्ने गरेका अमेरीकामा भने बिजनेश कार्ड, ब्रोषर, क्याटलग, वेबसाईड़, फोटो र मिटिंग, पछि मात्र नमुना हेर्ने, बेच्ने त कता हो कता त्यसको तयारीमा नै बर्सौको खर्च हुने खाने बस्ने र कागजपत्रका लागि लाग्ने दस्तुर सबै पुरा गर्दा त कङ्गाल हुने देखेर बाँकी साथीहरु फुलटायम काममा लागे म चाही आधा-आधा |
अंग्रेजी बोल्न सक्ने सबै पाखा लागेपछि आफु ता सास्त्रीपरियो झनै नबुझ्ने भाषा त्यसमा पनि झन् अरू आधा र अनौठा शब्दहरूले मलाई अन्योलग्रस्त बनाइदिए । नयाँ ठाउँमा नयाँ मान्छे म आफैंले गर्ने कामको तरिका आफैं नबुझेर म दिक्क थिएँ । बिनामतलबका अरूले के गर्नुहुन्छ भनेर सोध्दा जबाफदिने सामर्थ्य ममा थिएन । त्यतिबेला पनि अहिलेका जस्ता ब्यापारी अवश्य थिए होलान् तर बजारको अज्ञानताले र निजिसबारी उपलब्ध नहुनाले र बुझिनेगरी बोल्न नसकेकाले पनि होला धेरै पछिसम्म बजार पाउन सकिएन तर प्रयाश गर्न भने छोडिएन । धेरै लामो समय निरन्तर दुःख गरेकाले होला त्यसकोमोह बढी भएको जस्तो धेरै दुःख गरेको देखेर होला अरूले भन्नेपनि गर्थे । मायालु शब्द प्रयोग गरेर नेपालीले ब्यापार गर्ने होईन काम गर्नुपर्छ भनेर ।
मित्रहरुले विरोध जनाउँदा पनि मलाई अचम्म लाग्थ्यो । के बुझेर मेरा पछी लागि रहेका होलान् भनेर । अंग्रेजी बोल्न जान्ने र नेपालमा आफ्नै काम गर्नेहरुमा केहि न केहि शोचहोला । कागज बनाएर बालबच्चालाई अमेरीकामा बसोबास गराएपछी ब्यापार नै गर्छन् भन्ने कुरामा म बढीनै विश्वस्त थिएँ तर त्यसो भएन । फेरि नयाँ मान्छेहरुकालागि लामो समयको निरन्तर प्रयास पछी केहि अमेरीकन र केहि नेपाली मिलेर दुवै देशका बिचमा पर्यटक र सस्कृति साटासाट एबम् नेपाली गलैंचा तथा हस्तकलाका सामानको बजार प्रबर्द्धन गर्ने समाजसेवाको समेत उदेस्य सहित नेपाल-अमेरीका वेलफेयर एसोसिएसन को स्थापना भएको छ |
जसको कारण अमेरिकामा बजार प्रबर्धन गर्न चाहने कुनैपनि नेपाली निर्यातकर्ता कम्पनिका प्रतिनिधिहरुको प्रत्यक्ष सहभागितामा नेपालअमेरिका वेलफेयर एसोसिएसनको मेम्बरपेजमा निशुल्क: सदस्यबनेका निर्यातगर्ने कम्पनिहरुका लागि http://www.nawaus.org/ को फोटो ग्यालेरीमा राखिएका मध्य कुनैपनि नेपालबाट अमेरिका निर्यात गर्न योग्य उत्पादनहरु अन्य कम्पनीका उत्पादनसँग आन्तरिक ब्राण्ड र डिजाईन नजुध्ने गरी आफुले नै रोजेको कुनैपनि उत्पादनहरुको ( एकप्रतिनिधि -एकबस्तु- एकराज्य) को आधारमा बजारप्रबर्द्धन गराउने र अमेरिकन कम्पनिहरुद्वारा आयोजना हुने स:शुल्क अमेरीकन व्यापार-मेला (उनीहरुले नै तोकेको रकम बुझाउने गरी) एबम् नेपाल-अमेरीका वेलफेयर एसोसिएसनद्वारा आयोजित निशुल्क: नेपाली एबम् अमेरीकन कल्चर तथा बिज्निश फेस्टीबलका साथै निशुल्क: स्टोर-टू-स्टोर कार्यक्रमको ब्यबहारिक अभियान अमेरिका को न्युयोर्क, कनेक्टिकट, रोडआइर्लैंड, माय्साचुसेट्स, र न्युह्याम्सर, राज्यमा २०११ -१ -१ देखि (निःशुल्क रुपमा खाने बस्ने ब्यबस्था सहितको) नमुना स्वरूप संचालनमा ल्याएको छ |
कार्यक्रमबाट कुनै पनि सहभागीले कुल आर्जन गरेको १०% रकमबाट सहभागीको प्रस्ताब र निर्णय को आधारमा अमेरिकामा नेपालीनाम को नेपाल-अमेरीका सास्कृतिक एबम् टूरिज्म भिलेजको स्थापना गरिने र नेपालमा छनोट गरिएको गाउँमा आधारभूत आवश्यकता परिपूर्ति सहितको निर्यातयोग्य बस्तु उत्पादन तथा निर्यात ब्यबस्थाका लागि र न्युनतम आधारभूत आबश्यकता परिपूर्ति सहितको आधुनिक गाउँसम्बृद्ध कार्यक्रमलाई सहभागीहरुको प्रस्ताब र निर्णयका आधारमा नि:शुल्क रुपमा सहयोग गरिने | हाईस्कूल पास गरेका नेपाली तथा अमेरीकन नागिरिकहरुबाट १ जना नेपाल-अमेरिका वेलफेयर एसोसिएसनका प्रतिनिधी , आबश्यक मात्रामा कलाकार-१ पत्रकार-१, क्यामराम्यान-१, टिम लिडर-२, ब्य्स्थापक-५, ड्राईभर र बाँकी सदस्य रहने ब्यबस्था सहित बढीमा १ पटकमा परिचालन हुने समूह को समय अबधि ९० दिनको राखिएको छ |
- यसबाट नेपालमा वस्तुउत्पादन र निर्यात को वृद्धिले पुँजीको मात्रामा अभिवृद्धि हुँदै जाँदा आर्थिक चलखेल र रोजगारी को माहोल पैदा हुन जान्छ र नेपालि अर्थतन्त्रमा सकरात्मक भूमिका रहन पुग्छ ।
- ब्यबशाही हरूको औद्योगिक पुँजीको परिचालन ले वित्तीय पुँजीको समेत विस्तार हुन पुग्छ |
- वस्तुको आयातभन्दा निर्यात गर्नाले मुलुक मा आर्थिक आर्जन भै त्यसको महत्त्व झल्कन्छ । यसको प्रमुख उद्स्य भनेको नेपाल को ढलपल हुन लागेको निर्यात बजारको बैगानिक व्यवस्थापनका लागि र दुवै देशको सस्कृति एबम् पर्यटक विकास र विस्तार आदान ,प्रदान मा मात्र जोड दिईएको छ |
बोस्टन अमेरिका
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।