- विष्णु बैकुण्ठे
सपनीमा आयौ तिमी बसाउँछु आँखाभरी त्यसै त्यसै तिम्रो छायाँ टसाउँछु आँखाभरी
सप्तरंगी फूल सम्झी उनिएका मालाभित्र
रंग गन्दै मन्को सियो पसाउँछु आँखाभरी
विर्सुँ भन्छु अझै पनि विछोडको कालो दिन
भक्कानिदै पल-पल रसाउँछु आँखाभरी
न सक्छु म भुल्न तिमी न त सक्छौ तिमीले नै
सम्झनामै अश्रुधारा खसाउँछु आँखाभरी
घरि पोल्छ चस्स छाती छट्पटिदै यताउती
बेहोस मै काँडेविष डसाउँछु आँखाभरी
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।