व्यंग्य कविता

औंसी बारो गाइ तिहार भैलो
-सागरिका
भैलीनी आइन आंगन
आफ्नो संस्क्रिती बचाउन
औंसी बारो गाई तिहार भैलो

लाउने भए दौरा सुरुवाल लाउ
नलाउने नेता आफ्नै मावला घरतिर जाउ
औंसी बारो गाई तिहार भैलो

बर्ष दिनको यो चाड,
हाम्रो संस्क्रिती हाम्रो पहिचान
नेपाली भाषा नेपाली भेष प्राण भन्दा हामीलाई छ प्यारो
बोल्ने भए नेपाली बोल नबोल्ने नेता दक्षिण तिर लाग
औंसी बारो गाई तिहार भैलो

जसले मास्दछ संस्क्रिती उसको बिग्रदो छ मती
छाडदैनौ हामी त्यस्तालाई पती हुन कि उपराष्ट्रपती
हामी त्यसै आएनौ जनता जनार्दनले पठाएको
माग्ने भए माफि माग नत्र समाउला कठालो
औंसी बारो गाई तिहार भैलो

विश्वमा अग्लो हिमाल
नेपालीको छाती बिशाल
कुर्सी दिई पालेका छौ छाडि सबै कुबिचार
सबै मिली गर नेपाल को जय जयकार
बलभद्रका सन्तान जागेमा नत्र बन्ला तिम्रो आचार
औंसी बारो गाई तिहार भैलो

No comments:

Post a Comment

- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।