गजल (फक्रक्क पाएँ)

- विष्णु बैकुण्ठे
कल्कलाउँदो यौवन, फक्रक्क पाएँ
झर्झराउँदो जोवन, टक्रक्क पाएँ

आँटेर मैले प्रथम, प्रस्ताव राख्दा
बर्बराउँदो रोदन, खत्रक्क पाएँ

देखेंथें उनी हजारौं, शहर भित्र
सल्सलाउँदो बदन, कक्रक्क पाएँ

विलायो मैन जसरी, सपना आज
थर्थराउँदो त्यो मन, लत्रक्क पाएँ

भनुँकसरी चित्कार, नसुने राम्रो
फर्फराउँदो मुस्कान, गज्रक्क पाएँ

पीडामाथि नै थपियो, न निको रोग
हर्हराउँदो स-तन, घत्रक्क पाएँ ।
************************

No comments:

Post a Comment

- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।