विवशताको क्यानभासमा (यौनकथा)

- शर्मिला खड्का (दाहाल)
कथाकार दिवाकर नेपालीज्यू, अहिले म 'सुकन्या उर्फनिलिमा' को प्रमुख पात्रसँग संवाद गर्दै छु ।

उक्त प्रमुख पात्र मसँग भन्दै छ कथाकार अनामिकाज्यू, हाम्रो जीवन फ्रेमभित्र राखिएको फोटोझैँ रहेछ । फ्रेमले हामीलाई जुन आकारमा कीला ठोक्छ त्यही आकार विवश भएर बाँच्नु पर्ने बाध्यता । आज म तपाईँको कथाको क्यानभासमा त्यो फ्रेमभित्र बाध्य भएर अटाएकी सुकन्या उर्फ निलिमाको फोटोलाई उतार्ने कोशिश गरिरहेछु । मैले चार वर्षअघि भिडन्तमा मारिएकी सुकन्याको कथा र्सार्वजनिक गरेकी थिएँ । त्यो कथामा जीवन्तता भएर नै जीवन्त भएर बाँचेको थियो पाठकको हृदयमा । सुकन्याको सम्झनामा मैले आफ्ना कैयौँ दिन र रातलाई बगाइ रहेँ झरनाको पानी बगेझैँ । तर एकदिन अचानक बग्दै गरेको झरनाको पानी स्थिर भयो । मेरो स्मृति ब्युँझियो । जसरी शमशानघाटबाट मरेको मान्छे ब्युँझन्छ । साँच्चै सुकन्याको त्यो सुन्दर भौतिक शरीर मेरोअगाडि थियो । यो सपना हो कि विपना मैले छुट्टाउन सकिनँ । उही हेराइ , उही स्वर उही बोलाई सुकन्याको प्रतिरुप थिई ऊ । समयले उही भिडन्त, भिडन्तअघि सुकन्यासँग भएको भेटमा लगेर पछार्यो मलाई । म रन्थनिएँ । नेपालकी गाउँकी सुकन्या, भिडन्तमा परेर मरेको आफ्नै आँखाको दृश्यले मेरो आँखा बिझायो । मैले आँखा मजाले मिचेँ तर दृश्य बदलिएन ।
साँच्चै अहिले सुकन्या मेरोअगाडि छे ।
म उसँग केही वार्तालाप गर्दै छु ।
"तिम्रो नाउ ˜ -'
"मेरिना । "
"घर कहाँ -'
'नेपाल माडीगाउँ ।"
"यहाँ कसरी आइपुग्यौ -"
बैकंकको एउटा बीस दिने वर्कशपमा छु अहिले म । भिडन्तपछि दुर्इवर्ष सम्म वेडरेस्ट गरेपछि मैले मन्त्रालय परिवर्तन गरेँ । गृहबाट पर्यटन मन्त्रालय सरुवाभएपछि मैले यो दक्षिण एसियाली क्षेत्रीयस्तरको अफिस मेनेजमेन्ट ट्रेनिङ्कमा भागलिने मौका पाएको थिएँ । भत्तापनि राम्रो आउने यो टे्रनिङ्क मलार्इृ भिडन्तमा परेर मानसिक र शारिरीक पीडा भोग्न परेवापत दिइएको उपहारस्वरुप थियो । बीस दिने टेनिङ्गको पिरियडमा होमसिक नहोस् र पढाइको स्ट्रेस नपरोस् भनेर सहभागीहरूलाई यसरी सहयोगी भनौँ वा केटी साथी मिलाइदिने चलन रहेछ । साथी मिलाउने क्रममा अरूले विदेशका केटी रोजे । धेरैले थाई र मलेसियन केटी रोजे तर मलाई किन हो नेपालकै केटी रोज्न मन लाग्यो । नेपालको केटी कम पाइने र मँहगो भए पनि कन्ट्रयाक्टरले मलाई नेपाली केटी नै मिलाई दिएको थियो । नेपाली केटीको जस्तो आत्मीयता, त्यो भावना, त्यो संवेदना विदेशी केटीहरूमा कहाँ हुन्छ र - यो कुरा त विदेशीहरूले पनि अनुभव गरेर भन्न थालिसके ।
ऊ अथार्त मेरिना अहिले मेरो छेउमा छे ।
"मेरो काका यही होटलमा काम गर्नुहुन्छ । "
"तिमीलाई यस्तो काम गर्न लाज वा धिन लाग्दैन ।"
"यो पेशामा लाज वा घिन भन्ने हुँदैन । लिने र दिने मात्र हुन्छ ।"
ऊ अलिकति बोल्ड र स्ट्रङ्ग भएर भन्छे ।
ऊ फेरि भन्छे "लाज र घिन नारीलाई मात्र हुने पुरुषलाई चाहिँ किन नहुने वाट अ नानसेन्स " उ अझ बोल्ड देखिन्छे ।
म अचम्ममा पर्छु यस्तो कुरा त सुकन्या मात्र गर्न सक्छे । अरू सामान्य केटी यसरी स्टङ्ग भएर बोल्न सक्दैनन । फेरि यस्तो पेशामा लागेको केटीहरू ग्राहकलाई रिझाउन यस्तो संवाद त पटक्कै गर्दैनन् । पक्कै यो सुकन्या नै हुनुपर्छ । तर ऊ त भिडन्तमा मरेको मेरै आँखाले देखेको कसरी सम्भव छ - म अलिक धकाउँछु आफूलाई मूल्याकंन गर्न थाल्छु । वास्तवमा उसलाई मैले बोलाउनु नै मेरो स्तर ऊ बराबर हुनु हो । उसले पाएको विशेषण मैले पनि पाउनु हो । अथवा म पनि ऊ जस्तै पतित हुनु हो । तर हामी पुरुषहरू सधै पवित्र नै हुन्छौ सायद हाम्रो वंशले त्यो पवित्रता लाहा छाप लगाएर समाजबाट प्राप्त गरको छ । म केही बेर घोरिन्छु । अब म ऊसँग संवाद गर्दिन किनभने उसका प्रत्येक वाक्य धारिला छन् । मुटु छेड्नगरी ।

हामी एउटा होटलको बन्दकोठा भित्र सोफामा आमनेसामने भएर बसेका छौँ । ऊ फेरि बोल्दिन । सायद मैले फेश गर्न जानिरहेको छैन क्यारे । यस्तो केटीहरूसँगको यो मेरो पहिलो अनुभव हो । दोस्रो , तेस्रो भएको भए म निकै परिपक्व भइसक्थे हुलाँ । सायद उसँग यस्तो गफ गर्न हुँदैनथ्यो की - यस्तोबेला सायद व्यक्तिगत र पारिवारिक गफ गर्न हुँदैन क्यार । मैले बेकारमा नेपाली केटी रोजेछु । विदेशी भए यी समस्याले मलाई पिरोल्ने नै थिएन । उसले मलाई भरपुर मनोरञ्जन भनौँ आनन्द दिन्थी । मैले पनि आघुनिकता अँगाल्न परम्परागत मानसिकता कहाँ फ्याक्न सकेको छु र - जे होश यो केटी पक्कै सुकन्या नै हुनुपर्दछ । उसले मलाई चिनिसकी । तर नचिनेझैँ गर्दै छे । त्यसैले ऊ मसँग खुल्न सकेकी छैन । उसलाई मैले सुकन्या हुँ भनाउनै पर्छ । म के गरौँ - म मस्तिष्कमा विभिन्न र्फमूला उब्जाउदै ब्रेन स्ट्रोमिङ्ग गर्न थाल्दछु । उसलाई सुक्न्या हुँ भनेर मनाउन विगतको उही भिडन्तमा पुर्याउँछु । म नम्र भएर भन्छु ।
"मेरिना तिमीलाई थाहा छ म को हु -"
"थाहा छैन । मैले कसरी चिन्नु - हाम्रो पेशामा यो सब हुँदैन - तपाईँ नयामान्छे पर्नु भा जस्तो लाग्छ -" ऊ निकै सामान्य भइसक्छे ।
"यु आर राइट मेरिना , म नयाँ मान्छे नै हुँ । अनुभव विनाको फ्रेश तिमीलाई अलिकति दुख हुने भयो । यसको लागि क्षमा चाहन्छु । वास्तवमा मैले तिमीलाई यहाँ मेरो मनको भावना र अनुभव सुनाउन मात्र बोलाएको हुँ । मलाई समय विताउन र मनको भावना पोख्ने साथी मात्र चाहिएकेा हो । त्यसैले मैले नेपाली केटी रोजेको हुँ । सबै यौनकर्मीलाई कामुक नजरले नै हुर्नुपर्छ भन्ने म मान्दिनँ । तिमीलाई म मेरो जीवनको अति अप्रिय घटना सुनाउन चाहन्छु । सुन्छौ हैन -" म उसको मनोविज्ञान पढ्दै आफूतिर आर्कषित गर्ने प्रयास गर्छु ।
"सुन्छु , भन्नुभए हुन्छ ।" ऊ अलिक आत्मीय स्वरमा भन्छे ।
"ओके हामी यस्तै गफ गरेर यो साँझ यो रात रमाइलोगरी बिताऔँ है -"
"सुन म नेपालको पश्चिम जिल्लामा सिडिओ भएर जाँदाको घटना हो । त्यो बेला माओवादी सशस्त्रयुद्धमा थिए । माओवादी र सरकारीपक्षबीच ठूलठूला भिडन्त भइरहन्थे । एकपल्ट म बसेको जिल्लामा ठूलो भिडन्त भयो । म मुश्किलले बाँचे । मलाई बचाउने एकजना छापामार केटी थिइन् । तिनको नाम सुकन्या हो । यो जीवन उसैको ऋणी भएर बाँचेको छ । उसले मलाई त्यो समय नबचाएको भए यो धर्तीमा मेरो अस्तित्व धेरैअगाडि मेटिसक्थ्यो । उसको सम्झना मेरो स्मृतिपटलमा प्रत्येक पल जागै भएर रहीरहेको छ । उसले आफ्नो जीवनलाई मृत्युको हातमा सुम्पेर मलाई बचाई । ऊ अब यस संसारमा छैन । ऊ बाँचेकी भए म उसको लागि केही गर्ने थिएँ । मृत्युको मुखबाट बचाउनेलाई बाँच्नेले आफ्नो सम्पुर्ण कुरा दिए पनि त्यो थोरै हुन्छ । त्यसैले उसको त्यो भिडन्तमा मृत्यु भएपछि म विक्षप्त बनेँ । कैयौँ दिनसम्म उसको बलिदानले थिचिएको मेरो यो जीवन आफैलाई थामिनसक्नु बोझिलो भयो । सायद ऊ बाँचेकी भएँ ।" म सुक्कसुक्क गरेर रुन थालेँ ।

वास्तवमा नेपाली केटी नेपाली नै हुँदा रहेछन् । जहाँ बसे पनि पनि उही आत्मा, उही भावना उही संवेदना । उसको अनुहारमा धेरै परिवर्तन आइसकेको थियो । म मिशनमा सफल हुँदै थिएँ । म फेरि भन्न थालेँ "मेरिना मैले उसको कथा लेखेर पनि र्सार्वजनिक गरिसकेको थिएँ । त्यो कथा धेरैले मन पराएका पनि थिए । वास्तवमा सिद्धान्त, धार, विचारभन्दा ठूलो मानवीयता रहेछ । मानवीयताभन्दा ठूलो कुरा यस संसारमा अरू केही रहेनछ । यो युद्ध त हजारौँ वर्षेखि हुँदै आएको हो । हुँदै गर्छ । तर हाम मानव दुर्इदिनको जीवन यस्तै पीडामा बाँच्न बाध्य छौँ । सुकन्यालाई देशमा लोकतन्त्र आएको हेर्ने कत्रो इच्छा थियो । उनले आफ्नो अमूल्य जीवन होमिदिइ क्रान्तिको आगोमा तर क्रान्तिले उसलाई के दियो - मृत्युवाहेक केही दिएन । उसलाई सहिद घोषणा गर्न पनि सकेन । आज सुकन्या बाँचेकी भए उनी कति खुसी हुन्थिन् होला । आज उनको पार्टी सरकार छ । ऊ ठूलो पोष्टमा हुन्थी वा सांसद हुन्थी होला ।"
मैले यति भनिसक्दा नसक्दा सुकन्याको मुहारमा ठूलो परिवर्तन आइसकेको थियो ।
उनी रुलारुलाझैँ गरी भन्न थालिन्-
"सर तपाईँले मलाई यति धेरै भूमिका बाँधेर भन्नै पर्दैन । तिमी सुकन्या होइनौ भन्दा भइहल्थ्यो नि । म त्यही अभागी सुकन्या हुँ.. सर । भाग्यले ठगिएकी , कर्मले पछारिएकी ।"

"सुकन्या.. तिमीलाई मैले सुरुमा सोध्दा होइन भन्न सक्थ्यौ । तिमीभित्रको संवेदनालाई जीवित बनाउन म यो सब भनिरहेछु । मैले पहिलो पल्ट देख्दा नै तिमी सुकन्या हौ कि भन्ने अन्दाज गरेको थिएँ । तर पुर्ण विश्वास गर्न सकेको थिइनँ । अनि तिमी यहाँ - यो पेशामा - कसरी आइपुग्यौ - तिम्रो मृत्यु भयो भनेर तिम्री आमाले काजक्रिया पनि गरिसकिन् रे !"

"हो सर सबैले मलाई मरेको नै ठान्छन् । त्यो भिडन्तमा तपाईँलाई मैले छोडेर हिँडेपछि बाटामा सेनासँग मेरो मुडभेड भयो । गोली लागेर म ढलेछु । मरे भनेर छोडेर हिँडेछन् । पछि चिनेका गाउँलेले देखेर अस्पताल ल्याइपुर्याएछन् । म निकै सिरियस थिएँ रे । मेरो ढुकढुकी मात्र थियो रे । तर इश्वरको लीला भनौँ त्यही अस्पतालमा मलाई र मेरी आमालाई राम्ररी चिन्ने डाक्टर थिए । उनको श्रीमती सुत्केरी हुँदा मेरी आमाले धेरै सहयोग गरेको हुँदा उनी हामीलाई विशेष सहानुभूति राख्दथे । मेरो हालत देखेर उनलाई धेरै दया लागेछ । घाइते लिन काठमाडौँबाट हेलिकप्टर आएको बेला सुकन्या भनेर अर्कै केटीको शव बनाएर मलाई चाहिँ अर्कै नाम राखेर काठमाडौँ पठाइदिएछन् । त्यो भिडन्त त्यो कोलाहलमा कसैले वास्ता गरेनछन् । कपडाहरू सबै बदलेपछि मलाई खासै कसैले चिन्नसकेन । काठमाडौँमा पनि उही डाक्टरले सबै बन्दोबस्त गरिदिएछन् । यसरी म त्यो भिडन्तमा मरेकी थिइनँ सर ।"

"ओहो सुकन्या तिमी जीवितै हौला भन्ने मैले सपनामा पनि सोचेको थिइनँ । अहिले पनि तिम्रो मुखबाट सुन्दा पनि विश्वास गर्न गारो भइरहेछ । तिमीले मसँग सर्म्पर्क राख्न सक्थ्यौ नि !" "त्यसपछि निको भएपछि कहाँ जाने - के गर्ने भन्ने भयो । म यसरी बाँचेपछि पार्टी मलाई पुरै शंका गर्न सक्थ्यो । सजायस्वरुप सफाया गर्न सक्थ्यो अथवा श्रमशिविरमा कठोर याताना दिन सक्थ्यो । त्यसैले पार्टी म गइनँ । बाँच्नका लागि सङ्धर्षगर्नु थियो त्यो पनि भूमिगत भएर । कतै पार्टी मान्छेले चिनिहाल्छ कि भन्ने ठूलो त्रास हुन्थ्यो । भूमिगत हुने कामको खोजीमा म लागेँ । भूमिगत हुने क्रममा यौनक्रर्मी हुन सजिलो भयो । त्यसै पनि लुकेर गर्नुपर्ने यो काम मलाई सजिलो भयो । ठूलठूला होटलमा आउने विदेशीहरूसँगको उठबस गर्दा पैसा पनि प्रशस्त हुन्थ्यो र ज्यानको पनि सुरक्षा हुन्थ्यो ।"

"तिमी त्यत्रो क्रान्तिकारी भएर लागेकी मान्छे यस्तो स्वाभिमानमा बाँचेकी मान्छे कसरी आफ्नो शरीर, आत्मा अरूलाई सुम्पन राजी भयौ त सुकन्या.. -"
"यो सब बाध्यता रहेछ । मान्छेलाई परिस्थितिले नराम्ररी दास बनाउदो रहेछ । मेरा ती क्रान्तिकारी भावना, आत्माविश्वास सबै बालुवामा पानी हालेझँ भए। तर त्यो भावनाले ममा एउटा आत्मविश्वास चाहिँ पलाएको थियो । त्यो के भने म शरीर बेचे पनि सस्तो किसिमको पेशेवर भइन् भनौ पार्कहरूमा ग्राहक रुगेर बस्ते भालु भइनँ । एउटा स्मार्ट र उच्चतहको व्यक्तिहरूसँग उठबस गर्ने महगी पेशेवेर । यह गर्वमा रमाएर बाँच्न थाल्दा मलाई सजिलो पनि भयो । तर यो पेशाले पनि मलाई धेरै दिन टिक्न दिएन । मेरो जीवनमा अरू केही नै हुन लेखेको रहेछ ।"

अब ऊ मलाई सर भन्न छोडेकी थिई । उसले लामो आङ्क तानेर बस्ने पोजिशनमा परिवर्तन गरी ।
"भन्दै जाऊ सुकन्या.. अलिकति स्न्याक्स र हिस्की पनि लिउ है ।"
"ओ. के !"
म वेटरलाई डाक्न वेल बजाउँछु र उसलाई केही खानेकुरा अर्डर गर्दछु । कोठामा म र ऊ मात्रै छौ । ठूलो सिसावाल झ्यालबाट बैकंकका सडकमा गाडीहरू कमिलाका ताँतीझैँ कुदिरहेका देखिन्थे । सुकन्याको रुप र लावण्यले बैकंकमा आएपछि अझ मौलाउने अवसर पाएको देखिन्थ्यो । ऊ कुनै हिरोइन वा मोडेलझैँ लाग्दथी । ऊ उठेर झ्यालतिर गई । टाइट जिन्सको पेन्टमा सिल्पलेस भेष्टले उसको हस्टपुस्ट पाखुरा र आधा नाङ्को देखिने शरीरले तिर्खालु आँखालाई लोभ्याएझै लाग्दथ्यो । उसको पछाडि ढाडको माथिल्लो भागमा पुलतीको टाटु खोपेको प्रस्ट देखिन्थ्यो । कुमबाट तल लत्रेको कपाल कुनै स्वाभिमानी भई उभिएको पहाडलाई छोपुलाझैँ गर्ने बादल जस्तो लाग्दथ्यो । मैले उसको चालढाल नियालेर हेरेँ । अलिकति बैशालु आँखाले अलिकति जिज्ञासु आँखाले । त्यसलाई शब्दमा परिणत गरे - "सुकन्या तिमीले आफ्नो रूपरङ्कलाई अझ लावण्य बनाएछौ नि !"

उसले झ्यालबाहिरको आँखालाई मतिर केन्द्रित पार्दै भनी - "हो मैले आफ्नो रूपरङ्ग स्याहार्ने मौका पाएको छु । मेरो अरू काम नै के हुन्थ्यो र - छापमार हुँदा केही गर्न पाइदैनथ्यो । सिद्धान्तले बाँधिएपछि इच्छा भए पनि मरेर जाँदो रहेछ । तर ग्लैमर्स दुनियाँमा यो नै सबैभन्दा महत्वपुर्ण हुँदोरहेछ । कस्को छाती कति, कस्को कम्मर कति, कस्को थाइ कति भनेर भनिदो रहेछ । मैले यहाँ आएर मोडलिङ्गको टेनिङ्गपनि लिएको छु । त्यसैले मेरो हिडाइ, बोलाई अरूको भन्दा केही फरक हुन्छ । फेरि यही को केही बिज्ञापनमा मोडलिङ्ग पनि गरेकी छु । बैकंक बसाइ खर्च मामुली छैन । फेरि यहीको केही विज्ञापनमा मोडलिङ्ग पनि गरेकी छु । अपार्टमेन्टको खर्च, आफ्नो व्यत्तिगत खर्च फेरि माथिल्लोस्तरको व्यक्तिसँगको उठबस, डिस्कोथक धाउनु सामान्य छैन । तर पनि अहिलेसम्म म्यानेज गरिरहेछु ।"

हिवस्की र स्न्याक्स टेबलमा आइसकेको थियो । सुकन्याको रूप र व्यवहार पहिलाभन्दा धेरै फरक थियो । गाउँकी सुकन्या, छापामार सुकन्या र अहिलेको सुकन्या, सुकन्याका तीनवटै रुप मेरो आँखाको पर्दामा नाच्न थाले चलचित्र भएर । उसको यो रूप र चालढाल देखेर म कुनै स्वप्नलोकमा छु झैँ लाग्दथ्यो । म यही स्वप्नलोकमा बाँच्न चाहन्थे । किनभने आज पुर्णरूपले सुकन्या मेरी थिई । यहा सामाजिक बन्धन, राजनीति घेराबन्दी, आक्रमण मोर्चा केही थिएन । ऊ मात्र मेरी थिई । ऊ र म बीच आफ्ना विगतका घटना, अनुभूति र भावनाहरू थिए । जुनकुरा हामीबीचमा ओहोरदोहोर गर्दथे र आत्मीयताका बलियो सूत्र तयार हुँदै थियो ।

हामी हिवस्की चियर्स गरेर स्न्याक्ससँग खान थाल्यौँ । "त्यसपछि के भयो सुकन्या -" लामो मौनतापछि मैले जिज्ञासा उघारेँ । ऊ भन्न थाली - "काठमाडौँमा बाँच्न र यो पेशामा लाग्न मलाई सुरुमा धेरै गारो भयो । कति धोका खाएँ । कति हण्डर खाएँ । दिनभरि भूमिगत भएर कोठामा टेलिभिजन हेरेर बस्नुपर्ने र रातपरेपछि सिँगारिएर हिँड्नु पर्ने । निसंकोच पुरुषको अगाडि नागिनुपर्ने । आफ्नो अस्मिता बेचेर बाँच्नुपर्ने बनावटी हाँसोमा शरीरमात्र होइन आत्मापनि सुम्पनुपर्ने । धेरै किसिमका मानिसहरूसँग फेश गर्नुपर्ने । विशेषगरी भारतीयहरू हुन्थे मेरा ग्राहक । तर ती फाइवस्टार र थ्री स्टार मा बस्ने धनाढ्य हुन्थे । त्यसैले मैले पैसाको लागि धेरै बिक्नुपर्दैनथ्यो । म आफ्नो रेट आफै तोक्थे । फेरि कतिपय त रूप.. यौवन... र सन्तुष्टि दिएवापत बेग्लै टिप्स दिने गर्दथे । तर सर मेरो जीवनले अर्कै मोड लिन चाहेको रहेछ.. ।"

"सुकन्या केहीबेर रोकिई । उसले कहिले भन्न सुरु गर्छेभन्ने प्रतिक्षामा थिएँ म । मेरो प्रतिक्षालाई अझ ब्यग्र बनाउँदै उसले कुरा अन्तै मोडिई ।
"मे आइ हेव स्मोक -"
"अफ कोर्स !"
त्यसपछि ऊ ब्यागबाट चुरोट झिकेर लाइटरले सल्काई । धुवाँको मुस्लाले उसको अनुहारलाई चुनौति दिँदै उडेझैँ लाग्दथ्यो । उक्त धुवाँको मुस्लोमा मैले गाउँको अबोध सुकन्याको छाया देखेँ । म उसको बाँकी जीवनको कथा सुन्न व्याकुल थिएँ । चुरोटको सर्को मजाले आठदश चोटि लिइसकेपछि ऊ भन्न थाली "एक दिन अचानक मेरो भेट छापामार बादलसँग भयो । उसले मलाई चिन्यो । ऊ क्यानटोनमेन्टबाट विद्रोह गरेर भागेर काठमाडौ आएको रहेछ । उसले क्यान्टोनमेन्टमा आफूलाई भनेजस्तो सुधिवा दिएर नराखेकोमा असन्तुष्ट थियो । पार्टीका ठूलठूलानेता मन्त्री भएका र सुख भोग गरेका तर छापामारको अवस्था दयनीय भएको भनी आक्रोश व्यक्त गर्दथ्यो । त्यसैले ऊ विद्रोह गर्न भनी क्यान्टोनमेन्टबाट भागेको रहेछ । उसले मलाई पैसा कमाउने एउटा नयाँ जुक्ति बताये । उसले सशस्त्र युद्धताका पार्टीले गरेको अनैतिक कार्य र नेता तथा समाजसेवीहरूको भण्डाफोर हुनेगरी पुस्तक निकाल्ने र त्यो पुस्तक बिक्रीबाट आएको रकमबाट भूमिगत भएर बाँच्ने प्रस्ताव राख्यो । उसको प्रस्ताव मलाई ठीकै लाग्यो किनभने सशस्त्रता युध्यताका पार्टीले धेरै अमानवीय कार्य गरेको छँदै थियो । मलाई पनि ठूलठूला समाजसेवीहरू र नेताहरुको गोप्य कुरा थाहा पाएकी थिएँ । त्यसैले हामीलाई लेख्न गारो थिएन । उसले त्यो पुस्तक आफै लेख्ने तर नामचाहि मेरो राख्ने प्रस्ताव राख्यो । मलाई उसको प्रस्ताव ठीकै लाग्यो । त्यसै पनि भूमिगत भएर बाँच्नुपर्ने जीवन । फेरि म विदेश जाने चक्करमा पनि थिएँ । साकार र मेरो सम्झौता भयो ।उसले पुस्तक छाप्यो । पुस्तक राम्रो बिक्री भयो । यसको बढी फाइदा उसले नै लियो । मलाई धम्कीहरू आउन थाले । मैले अझ भूमिगत भएर बस्नुपर्ने बाध्यता आयो । त्यसपछि नेपालमा बस्ने मेरो अवस्था नै रहेन । कुनै पनि दिन मेरो हत्या हुनसक्थ्यो । त्यसैले एउटा व्यापारीसँग मिलेर व्यापार गर्ने प्रयोजन मिलाएर बैकंक आइपुगेँ ।" उसको विगतको कथाले मलाई एउटा बेग्लै संसारमा पुर्याएको थियो । साँच्चै स्वप्नलोक जस्तो । त्यसै पनि उसको जीवित अवस्थालाई मेरो मस्तिष्कले स्वीकार गरिसकेको नै थिएन । कुने फिल्म वा पुस्तकको रोमाञ्चकारी कथाजस्तो लागिरहेको थियो ।

यति भनिसके पछि उसले आफूलाई धेरै हल्का महसुस गरी । हिवस्कीको रमरममा म उसको कथालाई विश्वासमा परिणत गर्न प्रयास गरिरहन्छु । तर किन हो अर्समर्थ पाउँछु । म उसमा गाउँको उही सुकन्याको छवि देखिरहेको हुन्छु । यो अहिले मैले सुनेको कथा त कुनै फिल्मको हुनुपर्छ । मेरो आत्माले पटक्कै विश्वास गर्न मानिरहेको छैन । तर यो सुकन्याजस्ती केटी अनि यो गेटअप । सब भ्रम हुनुपर्छ । म भ्रममा बाँच्न चाहन्छु । सुकन्याप्रतिको मेरो भावुकता उर्लेर आउँछ । म उत्तेजित हुदै उसलाई ग्वार्लम्म अँगालो मार्छु उसका गालाहरुकमा चुम्वन गर्दै भन्छु " सुकन्या तिमीले मलाई नयाँ जीवन दिएकी छौँ । त्यसको लागि भन म के गरु तिम्रो लागि म जे पनि गर्नसक्छु ।"

ऊ पनि भावुक हुँदै भन्छे "मेरो लागि केही गर्नुपदैन सर मलाई त्यो खुसी दिनसक्नु हुन्छ जुन मैले अहिलेसम्म पाएको छैन । अहिलेसम्म मैले यौनको त्यो सुख पाइनँ जसमा आत्मीयता हुन्छ, र्समर्पण हुन्छ अनि दरिलो विश्वास । पेशाको रूपमा लिइने यौनमा त्यो सुख मैले कहिले पाइनँ । आजको साँझ म तपाईसँग यही सेयर गर्न चाहन्छु सर ।"
सुकन्या अहिले मेरो काखमा लुटपुटिरहेकी छे ।

"तिमीलाई जीवित भेटेर मैले आज जीवनको नयाँ अनुभुति गरिरहेछु । मानिसको जीवन कति बाध्यात्मक रहेछ , हेर त्यो कीलामा ठोकिएको फ्रेमजस्तो । भित्तामा झुन्याएको प्रणयलीलामा मग्न युवकयुवतीको फोटो देखाउदै म उसलाई भन्छु "हेर हाम्रो जीवनले पनि त्यो फ्रेमभित्रको फोटोजस्तै अटाएर बस्नुपर्ने बाध्यता छ । अनि सानो भूकम्प वा हावाहुरीले त्यो फ्रेम झार्यो भने फ्रेम फुटेर चकनाचुर हुन्छ फोटोले उमुक्ति त पाउँछ तर उसको अस्तित्व मेटिसकेकोहुन्छ । हाम्रो जीवजजस्तै हैन !" उसको औँलाहरु खेलाउँदै भावुक हुँदै म भन्छु ।

मैले सुकन्यालाई उही गाउँको सुकन्या बनाएर फ्रेमभित्र स्केच गरेँ । उही सुकन्या जस्को सौर्न्दर्यमा मै हुँ भन्ने ब्रहाचारीहरू पनि पग्लन्थे । आज म उसको अगाडि पग्लिरहेको थिएँ ।
बिस्तारै फोटोको युवक ममा परिणत हुन्छ र युवती सुकन्यामा । मेरो हृदयदेखि नै भावुकता र कामुकता उर्लेर आएको महसुस गर्छु । म उसको नारीदेहको तातो र्स्पर्शमा मुग्ध हुदै भन्छु आइ नेभर फोरगेट यु सुकन्या ।

म अब आफूभित्र कुनै उर्जा इलेक्टिक रेलको रफ्तारमा दौडेको महसुस गर्छु दुवै हातले अगालोलाई अझ मजबुत बनाउदै लान्छु । सुकन्या मेरो प्रयासलाई भरमग्दुर सहयोग गर्छे म उनलाई दुवै हातले फूलको थुगाझै उठाएर वेडमा सुताउछु । म आफूलाई ऊ भित्र समाहित गर्दै लान्छु ।

केहीछिनपछि हामी बन्धनमुक्त हुन्छौ प्राकृतिक रुपमा । मेरा अग प्रत्येग उमगित हुदै उनका अग प्रत्यगसग समाहित हुन पुग्छन् । हाम्रा हातमा हात ओठमा ओठ र सरिरमा शरिर एक भएर अलौकिक आनन्द लिन तत्पर हुन्छन् । कतै मीठो संगितको मधुर धुन बजेको आभास हुन्छ । बिस्तारै आवेष्टित शरिरको र्स्पर्शसधर्षाट कुनै नौलो कलात्मक आनन्दको सिर्जना भएको मैले महसुस गरेँ । । मेरा उत्तेजित यौन जनेन्दिय उनका गोप्य जनेन्दिय पछ्याउन थालेँ । यौनसुखको परम उत्कर्षमा थियौँ हामीहरु । सायद उनले यति आनन्दित यति तृप्त र यति उर्जावान आफूलाई कहित्यै पाएकी थिइनन् । उनी परम यौनसन्तुष्टिको आनन्दमा लीन थिइन् । यौन आनन्दको चरम शीखर आरोहण थियौ हामीहरु । सफल शिखर आरोहणपछि हामी शिथिल हुन पुग्छौ ।

आवेगात्मक रुपमा चलेको हुरी बतास केही समयको सधर्षपछि शान्त हुन्छ । म कुनै स्वप्नलोकबाट अवतरित भएको थिए । समयले एउटा नया इतिहास कोरेको थियो दुइ आत्माको पुनर्मिलनको ।
समय निकै बितिसकेको थियो । सुकन्याले आत्तिदै भनी "अब मैले जानुपर्छ ।"
"तिमी आजको रात मसँग बिताउन सक्दैनौँ सुकन्या ।
मैले उसलाई बलियो गरी आफूमाकस्दै भने ।
"हुन्न सर मेरो समय बितिसकेको छ । रात बिताउन धेरै मँहगो पर्छ । बरु भोलि यही समयमा भेट्ने वाचा गर्दछु ।" उसले आफूलाई मबाट अलग गर्दै भनी ।
यति भनेर ऊ उठेर आफ्ना कपडा र मेकअप मिलाउन थाली । म उसलाई गहिरिएर अध्ययन गर्न थालेँ । ऊ गएको पुन विवस आँखाले हेन बाध्य भएँ । मैले उसलाई बाई भन्न पनि बिर्सेछु ।

भोलिपल्टको टेनिङ्गसकेर म फेरि कोठामा आइपुग्छु। म सुकन्याको व्यग्र प्रतीक्षामा थिएँ । ऊ कहिले आइपुग्ली आज त पक्कै मसँग खुलेर कुरा गर्नेछे । हिजो जस्तो औपचारिकता आज पटक्कै हुने छैन भन्ने कल्पनामा डुबिरहेको थिएँ । केही समय बिताउन म कोठा बाहिर निस्कन्छु । करिडरको निकैपर पुलिस र केही मानिसहरु कोठाको वरिपरि झुम्मिएको देख्छु । के भएको रहेछ - मनमा उत्सुकता जन्मन्छ । उत्सुकता हुर्काउदै त्यो ठाउमा पुग्छु । त्यहा पुलिसहरुले कोठाभित्र कुनै युवतीको लासको फोटो खिचिरहेको देख्छु । म भिडबाट भित्र चियाउन पुग्छु । युवतीको शरीर निवाग निबस्त्र देख्छु । ऊ घोप्टिएकी हुन्छे । उसलाई यौनक्रिडापछि हत्या गरेको स्पष्ट थाहा हुन्थ्यो । यस्ती सुन्दर युवतीलाई कसले मायो होला- को होली यो नेपाली केटी जस्ती - अझ मनमा उत्सुकता गाडिन्छ । म नजिक गएर हेर्ने प्रयास गर्छु नजिकबाट उसको ढाडको टाटु प्रष्ट देखिन्छ । म खरग हुन्छु कुनै पहिरोले मलाई थिचेजस्तो हुन्छ । सुकन्या...... मेरो मुखबाट निस्कन्छ ।
मलाई रिगटा लागेर आउछ । म त्यहा बस्न सक्दिन दौडदै कोठामा आउँछु ।

रिगटा लागेर म सोफामा थचक्क बस्न पुग्छ । मलाई संसार घुमेजस्तो लाग्छ । हिजोको सुकन्यासँग बिताएको समयले मलाई घपलक्कै निल्छ । म केही सोच्न सक्दिनँ । हेर्दाहेर्दै हिजो सुकन्यालाई देखाएको भित्ताको त्यो फ्रेम भुइमा झरेर चकनाचुर हुन्छ । म केही देख्न सक्दिनँ । चक्कर लागरे पुरै टाउको घुम्न थाल्छ । टाउको जोडले समाउछु र चिच्चाउछु "सुकन्या ˜..˜ ..।"
साभारः सखदा साहित्य

दाम, काम अनि नाम र हाम ?

- सम्राट श्रेष्ठ
'हे दैव ! के भएको मलाई मात्रै !' बाटुली रुँदै छोरा च्यापेर कान्छीको पछिपछि तारेभिरतिर लागी । सामान्यतः काम गरेपछि दाम कमाइन्छ अनि नाम . काम गर्नेबित्तिकै दाम कमाइहाल्ने र दाम कमाउनेबित्तिकै नाम पनि चाहिहाल्ने . काम पनि हेर्नुका हुन्छन् । कुनै काम गर्दा दामभन्दा नाम रहने खालका हुन्छन् भने कुनै काम जति दाम कमाए पनि नाम नरहने खालका हुन्छन् । फेरि पनि मानिस दाम र नाम कमाउनकै लागि मरिहत्ते गर्छन् ।

काम गरेर दाम कमाई नाम राख्ने ध्याउन्नमा लागेकामध्ये कतिका भने सपना सपनामा मात्र सीमित रहँदा जीवन निरश भएको छ । आफूले ताक्ने मुढो तर नकचरो बन्चरो भने ताक्ने घुँडो! के गर्नु ? जति सोझो भएर ध्यू तान्न खोज्यो उति ध्यू झक्न गाह्रो । पुर्पुरोमा लेखेको भए पो तान्न सकिन्छ! पुर्पुरोमै नलेखेपछि के लाग्छ ? काम पाउने आशामा दाम चढाउने कसरत गर्दा पनि केही सीप नलागेर त्यै चढाएको दाम अभिसाप बनेर बदनाम भएपछि पछुताउँदै दिक्क मान्नेहरू पनि भेटिन्छन् । जाबो एक रूपियाँको दामले गर्दा आफूले कमाएको जीवनभरको नाम बदनाम भएपछि जुनसुकै दरको सिक्का देख्दा पनि त्यै दाम सम्झेर झसङ्गझसङ्ग झस्किने बानी परेकाहरू भविष्यमा कतै दाम नचढाउने सोचमा पुग्दा हुन् ।

जीवनभर कहिल्यै क्यै लछारपाटो नलाए पनि तालुमा आलु फलेको छ भने काकताली परेर पनि नाम कमाइन्छ तर अपुताली र काकताली परेर कमाएको नामको महङ्खवभन्दा नियमितता नै श्रेयस्कर र दिगो हुन्छ । बुद्धि पुर्‍याउन नसक्नेलाई बुद्धिमा बिर्को लागेको भनिन्छ तर यथार्थमा बुद्धिमा बिर्को लगाउने कुनै त्यस्तो बिर्को बनेकै छैन । बुद्धि पुर्‍याएर काम गर्नेले सानै कामबाट पनि नाम अनि दाम कमाउन सक्छ । यसर्थ काम कुन साइजको छ भनी आँकलन गरी थालनी गरिँदैन बरू कसरी सफल गर्न सकिन्छ ? त्यो विचार गरिन्छ  र नै सफल हुने बढी मौका मिल्छ । आफू अगाडि सफलताका प्रशस्तै सम्भावना देखेर पनि दिग्भ्रमित भई बाटो पहिल्याउन नसक्दा जुरेको नाम पनि न्वारान नै नगरी हराएर जान्छ । उदाहरणका लागि हाम्रो संविधानसभाका एक प्रतिनिधिको जीवनमा यस्तै घटना घटेछ । कहिले बोलीको गोली त कहिले कताको टोलीले बन्दाबन्दैको तान पनि बीचमै स्थगित हुन पुगेछ । जीवनभर त्याग र तपस्या गरी कमाएको साख जाबो एउटा दामले बदनाम गरी कमाएको नामसमेत स्वाहा पारेछ । दाम नचढाए पनि जीवनभरको राजनीति दाउमा पर्ला कि भन्ने पीरले घर गरेकाले अरूकै सिको गरी फुत्त दाम निकालेर पाउमा राखी लम्पसार परिहाल्नुभयो आखिर त्यसैले चार चित्त खानुभयो । झक्कुले भक्कु मार्दा पनि नपुगेर कहिल्यै नाम नसुनेकाले समेत दोब्य्राए । देशको प्रमुखको दाबेदारी गर्ने बेलामा आफ्नै पङ्कितको कमान्डसमेत गुमाउनुपर्‍यो ।

दाम र नाम कमाउने चाहना सबैमा हुन्छ । यस देशमा हरेक व्यक्तिमा नाम अनि दाम कमाउने चाहना छ । कतिले त्यसैअनुरूप काम गरी नाम अनि दाम दुवै कमाए । कतिले नाममात्र कमाए भने कतिले दाममात्र । नाम र दाम कमाउँछु भन्ने काम नगरी बस्ने हो भने त्यो केवल एउटा तीतो सपना अनि तासको महल हुन्छ । हावाको एक झोकामा सब छरपस्ट हुन्छ । नाम कमाउने चाहना ममा पनि छ । ममात्रै नभएर सडकमा हिँड्ने बटुवादेखि ढँटुवा अनि बाख्रागोठालादेखि लिएर भैँसीगोठालोसम्ममा छ । आज हाम्रो देशमा भैँसीगोठालो पनि देशको प्रमुखका रूपमा आसिन छन् । उनले त्यसका लागि कडा परिश्रम अनि राम्रो काम गरे अनि सम्मानीय पदमा आसिन भए ।

हामी पनि यसबाट सिक्न सक्छौँ, राम्रो काम सकारात्मक सोचका साथ गर्‍यौँ भने पक्कै नाम अनि दाम कमाउन सकिन्छ । तर हाम्रो देशमा अराजक अनि भ्रष्ट तङ्खवहरूले भ्रष्टाचार गरी टन्न दाम त कमाए, जुन कहिल्यै दिगो हुन सकेन ।

विष्णुका तीन मुक्तकहरु

- विष्णु बैकुण्ठे
१.
उनीले भनेको सजिलै टेर्छौ रे ।
कम्मरमा पटुकी पनि बेर्छौ रे ।।
जाँगर देखाउँदै उनीलाई भेट्दा..
तिमी ट्वाल्ल परेर पो हेर्छो रे ।।

२.
तनको पाना झराउँदा भरठान्नु किन ?
रनको गाना हराउँदा डरमान्नु किन ?
भेटाउनेले साथ दिने जत्ती छन् यहाँ..
मनको बसाईं सराउँदा घरैतान्नु किन ?

३.
मर्न हैन आँखाले त हेर्न जा भन्छ ।
झिंगा धपाउने समय फेर्न जा भन्छ
जिन्दगी समयको दासी हो. ऊसको हात समाइ..
श्रृजना चराउने उद्गमस्थल घेर्नजा भन्छ ।।

अनलाईन साहित्यिक हाजिरी जवाफ प्रतियोगिताको दोस्रो भाग सार्वजनिक ।

अंक २ (दुई)
क्यूज विनेसाम/अनेसास साउदी अरेवियाले संयुक्त रुपमा यो प्रतियोगिताको आयोजना गरेको हो । विश्वमा छरिएर रहेका नेपालीहरुलाई नयां ज्ञान र वुद्धिको श्रृजना हुन अति नै सहयोगी हुने देखिन्छ यो प्रतियोगिता । अझै भन्ने हो भने सम्बन्धित क्षेत्रका युवा वर्गहरुलाई बौद्विक विकासमा केही सानो-तिनो सहयोग पनि यस प्रतियोगिताले दिलाउने हामीले अपेक्षा राखेका छौं ।

यस प्रतियोगितामा भाग लिनको लागि निम्न नियमहरु पालना गर्नुपर्नेछ ।
1, विनेसाम/अनेसासका केन्द्रिय बोर्ड साउदी अरेवियाका सदस्यहरु र सल्लाहकार बोर्डका सदस्यहरुले यस प्रतियोगितामा भाग लिन पाउने छैन ।
2, विश्वमा रहेको नेपालीहरुले जहांबाट पनि यस प्रतियोगितामा भाग लिन पाउने छ ।
3, सबै भन्दा बढी प्रश्नहरुको जवाफ मिलाउने प्रतियोगिलाई क्वीज मास्टर अफ द मन्थ घोषण गरिने छ र प्रत्येक महिनामा नगद रु १००१ र प्रशंसा पत्र पाउने छ । यो पुरस्कार विनेसामको केन्द्रिय कार्यालय नेपालबाट प्रत्येक बर्ष एक समारोह विच हस्तान्तरण गरिने छ । अंक बराबरी भएमा निर्णायक मण्डलद्वारा गोलाप्रथाबाट प्रथम घोषणा गरिने छ ।
4, लगातार ३ पटक सम्म क्वीज मास्टर अफ द मन्थ भएमा क्वीज मास्टर अफ द इयर छानिने छ जसको लागि नगद रु ५००१ र प्रशंसा पत्र प्रदान गरिने छ ।
5, प्रश्नहरु जम्मा २५ ओटा प्रत्येक महिनाको १० गते भित्र सोधिने छ । जसको जवाफ हरेक महिनाको २५ गते भित्र विनेसामको ईमेल gfnlksa@gmail.com मार्फत प्राप्त भएकोलाई समाबेस गरिने छ ।
6, महिनाको उत्कृष्ट प्रतियोगीको नाम पछिल्लो प्रश्न सोध्ने क्रममा उल्लेख गरिने छ ।
7, प्रत्येक अंकमा प्रायोजकहरुको नाम लेखिने छ ।
8, बर्षको एक पटक संकलन गरि सबै रेर्कडहरु समाबेस गरि एक संकलन पुस्तक निकालिने छ । उक्त प्रकाशनमा पनि प्रत्येक प्रायोजकहरुको नाम फोटो सहित प्रकाशन गरिने छ । स्मरण रहोस प्रायोजन गर्ने संघ/संस्था÷व्यक्तिले ३ महिना बराबरको प्रायोजन गर्न अनिवार्य छ तर सह प्रायोजनको लागी न्युनतम एक महिनाको लागि प्रायोजन गर्न अनिवार्य छ । प्रायोजन गर्न चाहनु हुने संघ/संगठन तथा ब्यक्तिहरुले विनेसामको ईमेल ठेगाना gfnlksa@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ ।

भाग २ का प्रश्नहरुः
१, छरिएर रहेको चिन्तनलाई निबन्ध भनिन्छ यो कसको भनाई हो ?
२, त्यो के हो जुन बर्षमा एक पटक आउंछ तर हप्तामा दुई पटक आउंछ ?
३, मानिस मानिसको बिचमा सम्बन्ध स्थापना गराउने अंग्रेजी वाक्य के हो ?
४, “देश भक्ति त मर्दैन चुत्थै देश भए पिन
पति भक्ति त मर्दैन पापी पति भए पनि” ॥
माथिको पंक्तीहरु कुन साहित्यीक नाटकमा पढ्न पाइन्छ ?
५, एशियाको नोबेल पुरस्कार भनेर कुन पुरस्कारलाई भनिन्छ ?
६, तिब्बतीहरुले सगरमाथालाई प्रयोग गर्ने शब्द के हो ?
७, मरुभूमिको हिरा भनेर कुन देशलाई बुझाउंछ ?
८, विश्व मानसिक दिवस कहिले मनाईन्छ ?
९, नेपालको राजनीतिक इतिहासमा सबै भन्दा बढी प्रधानमन्त्री हुने व्यक्ति को हुन् र कति पटक भएका थिए ?
१०, पहिलाको जमानामा नेपाल बैंकलाई के भनेर चिनिन्थ्यो ?
११, हिन्दु धर्म अनुसार प्रथम देवी-देवता भनेर कसलाई मानिन्छ ?
१२, गुणले नै सबै स्थानमा आपनो आदर कमाउँछ यो कस्को भनाई हो ?
१३, त्यो कुन देश हो जहाँ मान्छेको मृत्यु पस्च्यात नचाईन्छ ?
१४, प्रथम विश्व युद्व कति बर्ष सम्म भएको थियो ?
१५, पहिलो कम्प्युटर एप्पल कहिले बनेको थियो ?
१६, लोकतन्त्रबादी नेतृ आङ सान सुकी लामो नजरबन्दबाट कहिले मुक्त भएकी हुन् र उनी कुन देशकी हुन ?
१७, गुन्जन नामक संस्था कुन साहित्यकारहरुको माच हो ?
१८, सगरमाथाको चुचुरोमा २१ घण्टा विना अक्सीजन विताउने व्यक्ति को हुन ?
१९, मोहरम पर्व नेपालको कुन समुदायले मनाउंछ ?
२०, गजेडी ताल नेपालको कुन जिल्लामा पर्दछ ?
२१, बाहिरी बल नलाएसम्म बस्तु स्थिर रहन्छ भन्ने न्युटनकॊ चालसम्बन्धि कुन नियम हो ?
२२, वि.सं १९४४-४८ मा मोतिराम भट्टद्वारा रचना गरिएको शाकुन्तल नाटक कुन कालको प्रथम नाटकका रुपमा स्वीकार गरेको पाइन्छ ?
२३, अर्जुनको धनुलाई गाण्डिब भनिन्छ भने कर्णको धनुलाई के भनिन्छ ?
२४, ज्ञानेन्द्रले कहिले आफुले आफैलाई राजा घोषणा गरेको थियो ?
२५, नेपालमा प्रचण्ड पथ माओबादीको कतियौं सम्मेलनबाट पारित भएको हो ?
----------------------------------------------------------
आयोजकहरुः
विश्व नेपाली साहित्य महासंघ
साउदी अरेविया शाखा
अन्तराष्ट्रिय नेपाली साहित्य समाज
साउदी अरेविया च्याप्टर
____________________________________________
भाग १ मा सोधिएका प्रश्नहरुको जवाफहरु :
१, असार २९, २०६७ भानुभक्त जयन्ती ।
२, अमेरीकामा
३,प्रत्येक बर्ष सेप्टेम्बर २८ तारिख ।
४, पुतली
५,संखुवासभा ।
६, Hard & Black
७, खाल्डोमा माटोनै हुदैन ।
८, आईसल्याण्ड
९, गौंथली
१०, झोडा
११, ईच्छुक
१२, ८ मंसीर २०५८
१३, गुरु पसाद मैनाली
१४, सूर्य अत्याधिक तीव्र गतिले घुमिरहेको हुन्छ त्यसैले कुनै पनि सूर्य गह्रहण ७ मिनेट ५८ सेकेण्डभन्दा अधिक रहँदैन ।
१५, यासा्रगुम्बा
१६, डोल्पाको दुनै सदरमुकाम २०५७ साल अशोज ८ गते ।
१७, मुस्ताङ्ग जिल्लास्थित लोवा जातिमा
१८, पन्चम वेदका रुपमा स्वीकार गरेको पाइन्छ
१९, वि.सं १९८६ मा
२०, गोरखा दक्षिण बाहु
२१, सेतो बाघ, डायमण्ड शमशेर राणा
२२, मृत सागर
२३, खकार
२४, अक्टोबर ५
२५, खगेन्द्र थापा मगर १८ बर्षको उमेरमा उचाई ६७”०८ से.मी.

यस साहित्यीक हाजिरी जवाफ प्रतियोगिता भाग १ मा १७ अंक ल्याएर श्री निरज सापकोटा अमेरीकाबाट प्रथम हुनुभएको छ वहांलाई बधाई छ । सम्पूर्ण सहभागी र प्रयासरत अन्य पाठक र यस कार्यक्रम सफल बनाउनलाई आ-आफ्नो ठाँउबाट प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पुर्ण महानुभाबहरु प्रति कृतज्ञता प्रकट गर्दछौं आगामी दिनहरुमा पनि यस्तै निरन्तर सहयोग र सहभागीताको अपेक्षा गर्दछौं ।

श्रोतः हाजिरी जवाफ प्रतियोगिता समुह

प्लेनको ढोका ड्याङ् ड्याङ्

- शिव प्रकाश
एकजना पछाडिबाट पेल्दै आए अर्का मभन्दा अगाडी धुस्रिए । झनक्क रिस पनि उठ्यो तर रिसाएर के गर्नु आइलाग्नन् भन्ने डर ! तीन महिना यो मातृभूमि नेपाल बस्दा मलाई थाह भै सकेको थियो कि "नियम कानुन मान्नु र अनुशासनमा बस्नु भनेको सानु हुनु हो र नमान्नु र अनुशासनहिन हुनु भनेको ठूलो हुनु हो, मान्ने गन्ने हुनु हो" भन्ने कुरो । यही कुरो सम्झिएर आफू सानु हुदै भने भाइहरु विदेश जाँदै हुनुहुन्छ तर विदेशमा यसरी लाइनमा बसेको मान्छेलाई ठेल्नु हुदैन, छुनु पनि हुदैन खासमा भन्ने हो भने एक हात अघि वा पछि बस्नु पर्छ अनि कहिल्यै पनि लाइन मिच्नु हुदैन । यदि यस्तो गर्यो भने त्यो अपराध पनि हुन्छ र असभ्य पनि मानिन्छ । खासमा म भित्रभित्रै डराइ डराइ भनिरहेको थिए । के थाह मुर्खस्या ठिंगा बलम् ! तर केटाले कुरा बुझेछन् र भनेको माने ।

गतसाल त्रिभूवन अन्तर्राष्ट्रय विमान स्थलको प्रस्थान कक्षमा लाइनमा बसेको बेलाको कुरो हो यो । त्यहाँका कर्मचारीको व्यवहार अनुसार त गर्नु पर्ने त त्यस्तै हो तर मैले जानेको र बुझेको मैले गरें ।
त्यसपछि तलको प्रतिक्षालयमा गएर बसियो करीब आधा घण्टा पछि प्रतिक्षालयको ढोका खुल्यो र माइकमा भनियो प्लेन वोर्डिङ हुदैछ भनेर । त्यसपछि त बाबा ठाकुरे गोर्खाली साथीहरु त लडाइँ लड्नै कुदे जस्तो तछाडमछाड गरि तान्द्राड र तुन्द्रुङ झोला झुन्ड्याउँदै धिसार्दै उही ठेलमठेल गर्दै प्लेनमा उक्लिन लागे । रत्नपार्क लाइनको साझा बसमा चढ्ने दृष्य जस्तो थियो गल्फ एयरको त्यो प्लेनमा चढ्ने बेलाको दृष्य ! प्लेनको तल गेटमा बसेकाले चिच्याउँदै भने "ए भेडा बाख्रा जस्तो नगर ए पशुहरु जस्ता, लाइनमा बस् ।" मलाई उसँग पनि झोक नचलेको हैन तर के गर्नु चुपचाप रहे र सोचे - राम्रोसँग भनेको भए पनि त हु्न्थो नि !

अनि मनमनै विचार गरे दोष यि चढ्नेको पनि हैन र त्यो गेटमा बसेर भेडाबाख्रा भन्दै गाली गर्नेको पनि हैन । दोष हो यो देशको नीति, नियम र कानुनको ! दोष हो जिम्मेवार तर जिम्मेवार विहिन सरकारी अधिकारीहरुको र मेनपावर खोलेर बसेका मानव दलालहरुको । कहिल्यै प्लेन नचढेका, कहिल्यै विदेश नगएका सामान्य लेखपढमात्र गर्न सक्ने यस्ता अर्धशिक्षित नेपाली श्रमिकहरुलाई कमसेकम ति चोट्टा मेनपावर क‌ंपनी अर्थात सरकारले कम्तिमा ‍दूइचार घण्टाको ओरिन्टेशन क्लास पनि दिन सक्थे । अरु केही नभए नि प्लेन यसरी चढ्नु पर्छ । लाइनमा यसरी बस्नु पर्छ । प्लेनभित्र यस्तोयस्तो हुन्छ । ओर्लदा यसरी ओर्लनु पर्छ । आदि सामान्य कुराहरु ।

प्लेन उडेको करीब एक घण्टा पछि बाथरुममा छिरेको थिएँ । छिर्न पाएको छैन ढोका ढ्याङ्ढ्याङ् पार्न थाल्यो । म त एकाएक आत्तिए पनि । लौ प्लेनमा गडबडी भएर केही इमरजेन्सी परेछ कि क्या हो भन्ठानेर हत्त न पत्त ढोका खोलेको त उही हाम्रा गोर्खाली भाइहरु मध्येका एक भाइ पो ढोकामा ठिङ्ग उभिइरहेको ! के भो भाइ भनेर साधे, उनले भने - पिसाब लागेर फुट्ला जस्तो भयो । मैले उनलाई बाथरुम प्रयोग गर्न दिए र उनी निस्किएपछि भित्र पस्छु त आधा भूइँमा आधा ठाउँमा ! फ्लस गर्ने त कुरै छोडौ‌ !

हे ‍भगवान् भन्ठाने र फेरी सोचे यो दोष यिनीहरुको हैन यो दोष सरकार र मेनपावार कंपनीहरुको हो । यिनीहरुले परदेशमा नेपालको धज्जी यसरी पनि उडाइहरेका छन् ।
साभारः नेपालीमनहरु

दक्षिणाबाट उद्योगपति

- शेषराज खतिवडा
२०३७ शाल मा भारत को बनारस बाट शास्त्री को परिक्षा दिएर काठमान्डू आउँदा चाबहिल स्थित मामा कुशहरी दाहाल को घरमा पाउनाको रुपमा बसेकै बेला मामाकै सल्लाहमा बनारसमा आर्जेको दक्षिना को पैसा बाट रु.२७१४ लगानी गरि गलैचाको ब्यबसाय गर्न थालियो | काम सुरु गरे देखि नै बजारको अभाब, गुणस्तरहिन बस्तुको उत्पादन, बालमजदुरको समस्या, मागभन्दा बढी उत्पादन, बाताबरण प्रदुषण, जस्ता समस्याका समस्या, झमला नै झमेलाहरुलाई तरह, तरहले समाधान गर्दा, गर्दै २०५५ शाल सम्ममा झन्डै ५ लाख मानिस पाल्नसक्ने क्षमता बनाइसकेको सिङ्गो गलैचा ब्यबसाय नै राजनीति को सिकार हुन पुग्यो |

 
ब्यबसायका ठुला लागानीकर्ता र अगुवाहरु कतिले भारत प्रवेश गरे भने कति ज्यान बचाउन यूरोप र अमेरिका पसे कत्तिले भारतमा गएर गलैचा कै काम गरे | तेतिबेला आफु देशकै सबैभन्दा ठुलो बिदेशी मुद्रा आर्जन गर्ने उद्योग संघको बहालवाला महा-सचिब जताततै चहलपहल हुदाहुदै भारतीय गलैचामा नेपाली लेबल को अबैद्द कामलाई रोक्न सफल हुने हुँदा चर्चाको सिखरमा पुगेकै बेला महा-सचिबको पोस्टबाट राजिनामा गरी सयकडौं गलैचा ब्यबसायीकै लाईनमा अमेरिकातिर भासियो |

बसपार्क र जीवन

एक साँझ ! काठमाडौमा बेसरि बतास चलको छ । म राजदरबार उत्तर ढोका हुँदै old navy स्लिपरमा पैदल हिँडेको छु । केहि दिनदेखि पेट्रोल पाइएको छैन । मोटरसाइकल लाजिम्पाटको गल्लिमा थन्किएको छ । तराईमा तेल बोक्ने ट्यांकर ड्राइभरहरुले हडताल गरेका छन रे । त्यहि हो थाहा पाएको अखबारहरु पढेर । मलाई झ्याउ लागेको छ यार ! यथार्थ यहि थियो ।

अहिले लागेको छैन किनकि त्यो साँझ म कम्प्युटर झोलामा हालेर हाफ पेन्ट र स्लिपरमा गोगँबु बसपार्क पुगेँ । झम्याक्क रात परिसकेको थ्यो । बस पाए घरतिर(बुटवल) लाग्छु, नपाए फर्कन्छु । त्यसपर सोँचिएन । बसपार्क पुग्दा पानी र बतास दर्केका थे । छाता ओडेको थेँ, बालै भयन । पानी दर्केका बेला बसपार्कभित्र टेन्ट ओडायर बनाइयको च्या पसलाँ उभियँ । पसले बुढि थिइन, पानी छलेर लुते कुकुरसँगै उभियको म पात्रतिर हेर्दै सोधिन’ केहि चाहिएको हो कि बाबुलाई ?’ उनी दिनभरको बेपारबाट निम्तेका पुराना नोठहरु गन्दै थिइन् । बुढी ‘मल्टिटास्किङ’ रहिछिन् । मेरो मुला कपाल र हाफ पेन्टको पछिल्लो भाग पानीले पुरै भिजेको थ्यो ।

‘के दिन सक्नुहुन्छ ?’ नेपालि फिलिमको २ पैसे भिलेनले झै सोधेँ मैले ! बुढी हल्का तर्सिएकै हुन् मेरो डाइलगले । चाउरी परेका तिनका आँखा ठुला भए । यो मुलोले कतै दिनभरको बेपारसेपार चिरिपझ्याँठ पार्दिने त होइन हँ? बुढीका ठुला बनेका मौन आँखाले त्यहि सोधेका थे । उत्तर दिनु अनिवार्य थ्यो उनले – ‘मसित भाको त च्या, चुरोट हो लिनेभए बाबुले ‘दिनुस दुइटै !’
‘कतेवटा दिम चुरोट’
‘एउटो’
‘कुन दिम’ यतिबेलासम्म बुढिले बिरप्पनले भारतका जंगलमा चन्दन तस्करि गर्दा नमाझि च्या पकाउने भन्दा कम्तिको नदेखिने ताप्केमा पानी प्रशस्त मिसाएको दुधको एक कप खोलो बगाइसकेकि थिन्, त्यसै ‘मल्टिटास्किङ’को पद दिइन्छ र ? उनि माकुने त होइनिन् नि, केहि नगरि लड्डु पाउने ।

‘जुन महँगो छ त्यहिदिनुस न यार ‘ सुर्याभन्दा माथिल्लो त्यहाँ थिएन भन्ने त मलाई थाहा थियो, त्यहि पनि पानी सधै नपर्ला । यसरि भिलेन बन्न नपाइन सकिने संभावना राम्रै थ्यो । बुढीले सुर्या र लाइटको समेत काम गर्ने दाउराजत्रो लाइटर पास गरिन्, च्यापत्ति पनि थपिन् ताप्केमा । च्यामा रङ निकाल्ने काममा बिहानदेखि पकाइएका मृत च्यापत्तिहरुको भुमिका प्रसंशायुक्त देखियो । च्यापत्तिहरु ताप्केको भित्ता र ग्राउण्डमा जुको झैँ टाँसियका थे । मैले च्या र चुरोट इन गर्दै थेँ । जन्मजात दुःखी देखिने एउटो टेउसि ड्राइभर पानी छल्दै आयो र सोध्यो – के छ खानेकुरा ?

‘चाउचाउ खाने हो ? बनाइदिम् ?’ बुढिले कर्कशायुक्त आवाजमा सोधिन् । दुखिरामले टाउको हल्लायो र गोजीबाट शिखरको खिल्लि निकालेर ओँठमा च्याँप्यो । मतिर हेर्यो । त्यो हेराइमा के छ भनेर बुझ्न कुनै डिग्रि लिनु जरुरि छैन । चुरोट पिउने चुरोटेहरुले बुझ्छन् । मेरो चुरोटबाट सल्कायो । धन्यवाद सन्यवाद गए तेल लिन । केहि आएन । बुढिले च्या बनाएको ताप्के धसिन र जुके च्यापत्तिहरु पखालिन् । एकैछिनमा त्यसैमा चाउचाउ पाक्यो । वाइवाइमा २ रुप्पे परेछ । टेउसि ड्राइभरको आँखा छलेर बुढीले कुपन पटुकाभित्र पुराइन् ।

यो उमेराँ के खान बुढिले पसलाँ ऐना राखेकि होलिन्, हेर्दा त यिनलाई लाइन हान्ने एउटै उपर्युक्त पात्र गिरिजाप्रसादमात्र हुनसक्ने मेरो बिश्लेषण थ्यो, तर बुढा केहि दिनअघि नै हिँडिसकेका थे, कृष्णप्रसाद प्याक नै छन् । बुढी तर्सेको सम्झेर ऐनामा नजरपान गरेँ आफनै – किर्तिपुर रुटमा चल्ने बसको खलाँसीभन्दा बढी भन्नु मप्रति अन्याय हुने देखियो । सहर्ष स्विकारेँ । काम माग्न गएको भए कुनै मुला ड्राइभरले रिजेक्ट गर्ने हिम्मत थेन । गइन ।

पाखुरामा छाता च्याँप्दै टिकट काउण्टरमा पुगेँ । नर्कको कुनै हाटबजारभन्दा कम मान्नु न्यायसंगत थिएन बसपार्कलाई । मल र मुत्रगन्धले हार्दिक स्वागत गरिहाले । यी अपेक्षित नै थिए । काउण्टरमा भर्खर यमलोकबाट भागेर आएकाजस्ता देखिने दुई चण्ड र मुण्ड ढाकाटोपीमै थे । ओँठभित्रबाट भिजेको सुर्ति दुई औलाले निकालेर मुण्डचाँहिले अनुसन्धान गर्ने मुडमा हेर्यो, मानौ उ कन्फर्म गर्न चाहन्थ्यो भित्तामा झट्कारेर फाल्नुपुर्व सुर्तिमा कामलाग्ने केहि बाँकि त छैन । बढीमा नासा र कम्तिमा रोनाष्टमा हुनुपर्ने यो अनुसन्धानकर्मि काउण्टरमा हुनु मलाई निको लागेन । माकुने सरकारलाई एकपल्ट फेरि गाली गरेँ – योग्यताको कुनै कदर नै छैन अनि किन पलायन हुन्नन् त युवाहरु ? मुला तोरि सरकार !

केही सोध्न तयार हुँदैथेँ, चारै दिशाबाट केटाहरु प्रकट भए ‘ काँ जाने दाई, पोखरा हो, धनकुटा ? भैरहवा ? त्रिशुलि ? बिरगञ्ज ? जनकपुर ? गौर ? काँ हो काँ ? भन्नुस् न ? भिडियो कोच हाम्रो, बुटोल हो ? नेपालगञ्ज ? भएजतिका दिशाबाट बर्षियका यि प्रश्नहरुले मनमा डर उत्पन्न गराए – यी तोरिहरुले अपहरण नै गर्ने त हैनन् यार ? कुरो जायज छ ! अपहरणको बिगनेश नै अहिले चलेको बिगनेश हो नेपालाँ । ‘बुटवल हो’ तीनटा केटाबाहेक बाँकि तोरिहरु मेरो जवाफपछि ‘मुला पाजी तँलाई नेपालगञ्ज या जनकपुर या बीरगञ्ज नगएर बुटोल जानुपर्ने ?’ भन्ने भावसहित अदृश्य भए ।

साढे आठ भैसकेको थ्यो – बसपार्काँमा । अनुभव सबै लिनुपर्छ भन्ने मेरो मान्यता छ । प्रचण्ड नै बन्ने हो भने त ‘सबै अनुभव लिनुपर्छ भन्ने हाम्रो महान गौरवशाली पार्टीको मात्र होइन कि मेरो पनि महान ठम्याइ छ (यहाँनिर ३ सेकेण्डका लागि कुम हल्लिन सक्छ) । चप्पल र हाफपेण्टमा हुनाले म लुटिने सम्भावना न्युन थ्यो बरु मलाई पार गर्दै हिँडनेहरु र परपर खुलेका पसलधनीहरु जसको थुतुनो लोडसेडिङले हाइब्रिड कुखुराको जत्रो बनाइदिएको छ, उनीहरु मबाट लुटिनसक्ने सम्भावनातिर सचेत देखिन्थे । यो पनि एउटो मजै हो यार ! तिम्रो गेटअपले तिमिलाई बजारमा बिक्ने गुण्डाभन्दा कम्तिको देखाउन्न भने त्यो पनि खुबिलिटि नै हो । सहमत हुनु या नहुनुस्, कल्ले दिन्छ यार यहाँ बाल कसैलाई । बाँचो भाई जैसा चाहते हो । एक मित्र भन्छन् संसार मिलाएर चल्छ । चल्छ भने आपत्ति छैन- म भन्छु !

पानी दर्केकै छ काठमाडौमा ! हेलिकोप्टरबाट हेर्ने हो भने बसपार्क यतिबेला सुनामीपछिको इण्डोनेशियन तटभन्दा फरक नदेँखिदो हो । कृपया यो अनुमान मात्र हो । नत्र नेपालाँ बिरोध भैहाल्छ । फेरि नेपाली सेनासित मिलेर हेलिकोप्टर भाडामा लिँदा घोटाला गर्यो भनेर बसपार्क बन्द गर्लान् भन्ने डर । नहाँस्नुस् ! नेपालाँ के हुन्छ र हुनसक्छ भन्ने अनुमान गर्न स्वयं महादेवसमेत असमर्थ छन् । बसपार्कलाई नर्कको कुनै घाटभन्दा र चण्ड-मुण्ड, प्रचण्डहरुबाट मुक्त पार्न मैले केहिसमयपछि बिशेष प्रस्ताव लियर माकुनेको दैलो खट्खटाउने बिचारमा छु, कल्पना गर्नुस् माकुने यो प्रस्तावलाई ६०१ भेँडाहरुका सामुन्ने कसरी प्रस्तुत गर्लान् । माकुनेले बाँकी जेसुकै भनुन् तर सुरुवात यी शब्दबाट गर्नेछन् ‘बर्तमान परिपेक्ष्यमा…..’

लास्टाँ उहि भनेझैँ तीनटा केटाहरुले मलाई उनिहरुको बसमा जान अफर गरे । कार्ड त थेन त्यहिपनि ‘दालमेँ काल’ भनेँझै बिद्यार्थी डिस्काउण्ट त होला नि भाई हो ? सोधेँ । कुन कलेजको बिद्यार्थी तपाईं कार्ड छ ? मोटेचाहीँले पेट कन्याउँदै सोध्यो । ‘डकुमेन्ट्रि ओपन कलेज’ एकपल्ट हेराहेर गरे । सुनिएको थेन यस्तो नाम त, मिलाएर लैजाम्ला नि ब्रोलाई । हातमा यात्रुको नामलिस्ट समातेको ठिटोले भन्यो । कतिमा ? मेरो प्रश्न !

भाडा तीनसय साठी हो तिनसय मा लैजाम्ला नि , टिकट काट्नु पर्दैन हिँड्नुस् । कुरो ठिकै हो भाई, पहिलो त कार्ड सार्ड छैन । whatever is enough भनेर केटाहरुसित हिँडें । अघिको टेउसि ड्राइभरभन्दा कम्तिको बस देखिएन । बिचरा बस ! पुराउने हो कि बीचैमा स्वर्गे बनाइदिने हो, शंका उठेको हो । जेसुकै होस् । त्रिशुलिमै खसेछ भनेपनि पौडिन आउँछ यार । नौ बजे बस हिँड्यो । ३-४ पल्ट ऐया ऐया गर्दै स्टार्ट त भयो ।

बाँकी के भो भन्नु पर्ला र ? मलेखुपर ६ घण्टा जाममा परियो । सदुपयोगको सिद्वान्त अनुसार सुतियो । बिहान नौ बजे घरको गेट खोलेर भित्र पस्नेबित्तिकै कुकरको सिठि बजेको सुनियो । पाक्दै छ केहि ! सरासर छतमा गएँ किचनमा । दार्ही पालेको, हाफ पेन्ट र चप्पलमा, कालो चश्मा अनि ब्याग भिरेको बुढोजस्तो मान्छे छतमा देखेपछि आमाले ‘नमस्ते कल्लाई…….खोज्नु…’ भनिहाल्नुभो । मेरो थोरै अनुहारमात्र आमातिर फर्केको थ्यो । म बाहिर छतमा बोरामा माटो भरेर आमाले लगाउनुभएका सिमीका जस्तादेखिने बोटहरु हेर्दै थिएँ । हुर्किसकेछन् नि ।
‘सिमी हैनन र आमा यि….’ प्रश्नसँगै मैले ढोग्दिसकेको थेँ । आमाका आँखाले ‘ छोरा के भयौ यस्तो जोगिजस्तो भन्दै थे’ । आमाले मेरो प्रश्न सुन्नु नै भएन कि ?

एक हप्ता घरमा बसेँ । त्यहाँ इन्टरनेट थिएन, फेसबुक र इमेलहरु थियनन् । ज्याज थिएन र त्यहाँ साथीहरु थिएनन् तर धेरै थ्यो । केटाकेटीहरुसँग साँझमा फुटबल खेलेँ । तिनीहरुको बल टालेँ, हावा भरेँ । हेल्मेट नलाई कालिकानगरका भित्री सडकहरुमा मनिषलाई(दाइको छोरा) काखमा राख्दै मोटरसाइकल कुदाएँ । आमाले मेरै लागि ल्याउनुभयको कफिलाई कालो बनायर छतमा बसेर चेतन भगत पढेँ । छोरालाई गर्मि भयो भनेर बुवाले पिसपास पार्नुभयको के के झारको झोलपनि पिएँ । गजब काम गर्यो । बुवा र दाइसँग राति म्यारिजपनि खेलेँ । मेरो पक्षमा हुटिङ गर्न छेउमा आमा बसिरहनुभो । जित निश्चित थ्यो । भाउजुसँग सडकछेउ उभियर अमिलो चाटपनि खाएँ । भाउजु र आमालाई एक-एकवटा पश्मिना सल लैजानुपर्ला भनेर सोँच्दा माओवादी जनयुद्व शुरु भएको थिएन होला तर ती सल कहिले घरमा पुगेनन् । किन यति सारो तोरि भएको होला म ? रियल्लि झ्याउ नै लाग्छ कहिलेकाँहि त !

हाफ पेन्ट र टिशर्ट आमाले धोइदिसक्नुभएको थ्यो ।

एक हप्तापछिको एक साँझ म झोला बोकेर काठमाडौ फर्किएँ । मैले हाफ पेण्ट र टिशर्ट लगाउँदै गर्दा आमाले घरमा हरेक १०-१२ दिनमा आउनुपर्छ भन्दै हुनुहुन्थ्यो । टाउको हल्लाएँ ।

बसपार्कमा झरिसक्दासम्म मेरा चप्पल धुले भैसकेका थे ।

एउटा तोरि माइक्रोमा चढेर लाजिम्पाटतिर लागेँ ।
- sateliteblog बाट

पाँच मुक्तकहरु

- विष्णु बैकुण्ठे
१.
आउनै पर्छ मैले अब तिमीलाई सघाउन ।
बाचुञ्जेलको जिन्दगीमा बाली लगाउन ।।
स्वर्गरुपी संसारको स्वप्निल यात्रामा...
हात मिलाई अघि बढौ दुःख भगाउन ।।
२.
थाहै छ जन्मने एक्लै हो
पछि मर्ने पनि एक्लै हो ।
रोज एक साथदिने घात पखाली
अज्ञानी छौ भने त कुरा बेग्लै हो ।।
३.
म कस्तो मित्र भन्ने थाहा दिन्छु म
अन्त पाइला चाल्यौ भने डाह दिन्छु म
नच्यातेर मेरो तस्वीर सधैं हेरिरहौ..
भित्ता कोरी सजाउँदा वाह ! दिन्छु म ।।
४.
कुरा राख्दा हृदयदेखि सुनेकी थियौ ।
सँगै जिउने/मर्ने वाचा बुनेकी थियौ ।।
बाध्यता थियो भने किन सुनाइनौ ?
के कारणले मेरो बाटो थुनेकी थियौ ?
५.
"Alot can happen where ever love
We can get there a nice job
You like or not about it,
Every will make ahead to relation hub."

कामाग्नी

- शिव प्रकाश
“धेरै कुराहरु मेरो जीवनमा मध्यरातमा भए, त्यसैले मैले तिमीलाई मध्यरात मै फोन गरेकी हुँ । तिमीलाई स्मरण छैन होला त्यो रात पनि मध्यरात नै थियो, जुन रात मैले जीवनमा पहिलो पटक एउटा युद्ध लडेकी थिएँ तिमीलाई युद्ध नायक बनाएर, तिमीसँगै !” मैले झट्टै ठम्याउन सकिन यो नारी स्वर कसको थियो !

मलाई यो मध्यरातले एक्कासी २० वर्ष अधिको त्यो मध्यरातमा पुर्यायो । लालटिनको मधुरो उज्यालोभित्र इन्द्रावतीको धपधपी बलेको यौवन, अनि मध्य कात्तिकतिरको रिमरिमे चिसोलाई पगाल्ने त्यो यौवनको राप ! त्यो रात- म बलेको रात, म पग्लिएको रात, म बगेको रात ! त्यो रातको मातमा म हराएको रात ! मेरो पौरुषत्वलाई छताछुल्ल बनाएको रात ! दुई चट्टानहरु ठोकिएको रात ! दुई किनारहरु जोडिएको रात ! धरती र आकाशको मिलन भएको रात ! सधैं रातैरात मात्र रहिरहोस् जस्तो लागेको रात !

”इन्द्रावती तिमीले रक्सी पिएकी छौ ।” मैले अलि ठूलो स्वरमा सोधेँ ।
“हो, शाम्भव ! मैले पिएकी छु र आजैदेखि पिउन थालेकी हुँ । मलाई थाह छ तिमीले जीवनमा धेरै रक्सी पियौ । त्यसको कारण म थिएँ । वास्तवमा तिमीले रक्सी पिएको हैन, मलाई पिइरहेका थियौ । आज म रक्सी पिउँदै छु अर्थात अहिले म तिमीलाई पिउँदै छु । तिमीले रक्सी पिउन छोडीसकेका छौ । म बिना पनि तिमी जिउन थालिसकेका छौं । तिम्रो स्मरणमा कताकति सल्बलाइरहेकी, तिम्रो हृदयमा कताकति डुलिरहेकी मलाई तिमीले रक्सीसँगै तिलान्जली दियौ । तिमीले छोड्यौ मैले अँगाले । तिमी र रक्सी दुबैलाई ! थाह छैन कहिलेसम्म पिउँछु । तर नमरेसम्म पिइरहन्छु । अब मेरो जिउने आधार यही हुनेछ । रक्सी अर्थात तिमी ! तिमी अर्थात रक्सी ! हामी नारीले रक्सी पिउनु हुदैन तर पुरुषले जे पनि गर्न हुने । अनि हामीले जे पनि सहनु पर्ने ! अब म सहन्न । अहिले हरेक प्यालामा म तिम्रो छायाँ देख्दैछु । म त्यो छायाँसँग फेरि माया साट्दै छु ।”

“शाम्भव, आज तिमी केही नबोल मलाई बोल्न देउ ।” मैले हुन्छ भने ।
“शाम्भव, प्रेमका प्रकार र परिभाषाहरु अनेक हुँदा रहेछन् । प्रेम अमर हुन्छ भन्थे, मलाई त्यो सत्य लाग्न थालेको छ । अब म मेरो प्रेम हुर्काउने छु, सधै जीवित राख्ने छु र अमर बनाउने छु । धरहराको टुप्पोमा चढेर चिच्याउने छु र दुनियाँलाई सुनाउने छु- मेरो प्रेमी शाम्भव हो, मेरो प्रेम अमर छ । प्रेम आत्मा हो, कहिल्यै मर्दैन !

“शाम्भव प्रेमका बुझाइ र भोगाइहरु अनेक हुँदा रहेछन् । तिमीसँग मैले धेरै प्रेम गरेँ, मेरो बिहे अघि । तर त्यो प्रेम मेरो बुझाइको प्रेम थिएन, भोगाइको प्रेम मात्र थियो । तिमीले प्रेम सम्झियौ, मैले खेल सम्झिएँ । म भित्रको दम्भी सँस्कार मेरो प्रेममा पनि अवतरित भएको थियो । हामी गाउँका बोलबाला र हुनेखाने बाबुसाहेका सन्तानहरुले जे गर्दा पनि हुन्थ्यो, मैले त्यही गरेँ । प्रेम गरे पनि हुन्थ्यो, नगरे पनि हुन्थ्यो । तर मर्न बाहेक आफूलाई गर्न मन लागेको कुरा जे गर्दा पनि हुन्थ्यो । मैले प्रेमलाई बुझिन, भोगे मात्र । अब म बाबुसाहेबकी छोरी राजकुमारी इन्द्रावती हैन, तिम्री प्रेमीका इन्द्रावती भएकी छु ! रघुबीरकी स्वास्नी हैन, म मात्र एक नारी भएकी छु । मान्छे नारी !”

“तिमी ठान्दो हौ, मैले तिमीलाई धोका दिएँ ! तर मैले तिमीलाई मात्र धोका दिइन, रघुवीर र म आफैलाई झन ठूलो धोका दिएँ । जुन रात मेरो शिरमा सिंदुररुपी तरबार चल्यो, त्यहाँदेखि म तिमीलाई साच्चै प्रेम गर्न थाले । मभित्र अपराध बोधको बोधिवृक्ष त्यतिबेला मात्र पलायो, जतिबेला मेरो सिउँदो चिर्न रघुबीरले हात उठायो । मैल चारैतिर आँखा डुलाएँ तर तिमी थिएनौ । रघुबीरमा मैले यमराजको रुप देखे । उ मेरा अगाडि बज्र लिएर उभ्भिएको थियो, मेरो सिउँदो चिरेर जीवन उत्सव मनाउन । म टोलाएँ म लोलाएँ गरुडका सन्मुख परेको सर्प जस्तो भएँ म । जतिबेला तिमी आयौ, उसले मेरो अभागी टाउको रातम्मे बनाइसकेको थियो । तिमी त्यहाँ भै दिएको भए मण्डपका ती अवैध रेखा-रेखीहरुलाई सायद म कुल्चेर हिड्ने थिएँ होला !”

“तिमी बाहुनको छोरा हुनु म बाबुसाहेबकी छोरी हुनको सजाय पहिला मैले तिमीलाई दिएँ र पछि आफैंलाई । मेरा बुबामुमालाई क्षेत्रीको छोरो चाहिएको थियो । त्यो चाहनाभित्र मेरो पनि अभिमानी फरमान थियो- काजीको छोरो ! मैले मेरो अभिमानलाई स्वभिमान बनाएँ । मैले ठाने शाम्भव मेरो जीवनसाथी हुन सक्दैन । म बाबुसाहेबकी छोरी उ बाहुनको छोरो, असम्भव ! शाम्भव मात्र साधन हो साध्य हैन । भोकको भोग र भोजन मात्र हो । बत्तीको रापमा पग्लने मैन बत्तीमात्र हो । केही क्षण बल्छ आफैं निभ्छ । प्रणय खेल हो, तर प्रेम गरेको छैन । हरेक खेल जीवनको समय र अवस्था अनुसार खेलिन्छ । तिमीसँगका यौवनका खेलहरुलाई पुतलीको खेल सम्झिए । त्यो प्रेमिल स्पर्श र आर्वनतलाई दुई आत्माको मेल भनेर स्वीकार्न सकिन । त्यो खेलमा तिमी आफू हारेर मलाई जितायौ तर अहिले म झन् ठूलो पराजय भोग्दै छु । मभित्रका पीडाका पोका आज तिमी सामू खोल्दैछु । थकानका थाँतीहरु विसाउँदै छु । अब म निराशताका यी नियात्राहरुलाई निमिट्यान्न पार्न चाहन्छु । निरस्त यो बाँकी जीवनलाई निफन्न चाहन्छु । निस्पृह-निस्पन्दित बाँचेकी यो इन्द्रावती आज आफू भित्रका निसासिएका श्वासहरुलाई खोल्न चाहन्छे । मुटुभित्र भासिएका किलाहरुलाई उखेल्न चाहन्छे । आफूलाई निखार्न चाहन्छे र निखन्न चाहन्छे ।”

“बिहेको त्यो मध्यरातमा मैले मेरो शरीरमाथि उसले चाहेको बेला आक्रमण गर्ने अख्तियारनामामा हस्ताक्षर गरेर रघुवीरलाई दिइसकेकी थिएँ । साक्षीकिनारामा बसेका मेरा बुआमुआँ हाँसिरहेका थिए । म भित्रभित्रै जलिरहेकी थिएँ । मेरो पीडाको आगो सबै तापिरहेका थिए । रघुबीरकी स्वास्नी भएर गएको रात म युद्ध हारेको सिपाही जस्तो भएकी थिएँ । त्यो रातमा उसले पनि मध्यरातको साइत निकाल्यो । मेरो शरीरले उसको अधिकारसँग आत्मसमर्पण गरिसकेको थियो । उसको स्पर्श मलाई काँडाको घोचाई जस्तो भयो । उसले थिच्दा मलाई सिङ्गै पहाडले थिचेको जस्तो भयो । उ रक्सीले मातेको थियो । निशब्द मैले मेरो शरीरलाई मनबाट बाहिर निकालेर ओछ्याई दिएँ । मेरो मन मात्र मसँग छ, शरीर छैन । शरीर उसको अधिनमा छ । म फेरी गरुढको छायाँ परेको सर्प जस्तो भएकी छु । मौन छु । आँखा चिम्लेकी छु । त्यो रात मैले धेरै पटक आँखा चिम्लिए । म निदाउन सकिन । उसले आफ्नो अधिकारको प्रयोग बारम्बार गरिरह्यो । म आँखा चिम्लिरहेँ । आँखा खोल्दा उसको अनुहारमा भोकाएको बाघको अनुहार देख्थे । म फेरि आँखा चिम्लन्थे । उ सायद माया गर्थ्यो, तर मलाई चिथोरेको अनुभूत हुन्थ्यो । मैले सहनु र स्वीकार्नु भन्दा अरु केही थिएन । बिहे पछि उ सधैं मेरो लोग्ने हो तर कहिले भएन । उ लोग्ने देखियो तर भेटिएन । मैले आफूलाई खुशी बनाउन बारम्बार प्रयत्न गरे । तिमीलाई निकालेर फ्याक्न खोजे, तिमी आत्मा भएर बस्यौ । झन् गाडिँदै भित्रभित्रै झाँगिदै आयौ । मभित्र तिमी नै तिमी भयौ, तिमी नै तिमी हुन थाल्यौ ।”

“रक्सीको मातमा सल्किएको यौनाग्नी हरेक रात रघुबीर निभाउन चाहन्थ्यो । म निश्चल पोखरी बनिदिन्थे । उ डुबुल्की मारिरहन्थ्यो । उ मेरो शरीरको स्वामी हो । बुआमुआँको इच्छा र मेरो अहंकारको सहमतिमा उसले मेरो शरीर किनिसकेको थियो । मेरो शरीरलाई जुनसुकै आकारमा ढाल्न सक्थ्यो । उ मलाई तन्काउथ्यो, खुम्च्याउथ्यो, उल्टाउथ्यो, पल्टाउथ्यो, बटार्थ्यो, लथार्थ्यो । उसले थिच्दा आफूलाई हलुङ्गो बनाउन म तिमीलाई उसमा प्रतिस्थपन गर्थे । मेरा स्मृतिमा पत्रैपत्र बनेर बसेका तिम्रा बिम्वहरु असको अनुहार लेपन गर्थे । अनि आँखा चिम्लेर मनका आँखाले हेर्थे । मस्तिष्कमा तिमीलाई राखेर तृप्त हुन खोज्थे ! तिम्रो आकृतिको खोल ओढाएर रघुबीरको शरीरलाई तिम्रो शरीर ठानेर सुम्सुम्याउँथे । तिमीलाई ममा विलिन गराएको ठान्थे । आफूलाई बीस वर्ष अघिको औंसीको त्यही पहिलो रातमा पुर्याउथे । दोस्रो, तेस्रो, चौथो, पाँचौं, छैठौं, सातौं, गर्दै विगतका तिमीसँगका ती अनगिन्ति रातहरुलाई सम्झन्थे । हात्तिसारको चौरका कुना कुना सम्झन्थे हाटखोलका सुनसान टहराहरु सम्झन्थे । मेरो कोठाका तिनै तकिया र दोलाईहरुलाई सम्झन्थे । मुटुका ढुकढुकीहरु सम्झिन्थे । रघुबीरको पलङलाई मेरो आफ्नै कोठाको खटिया सम्झन्थे । हात्तीसारको चौरको नाच हेर्दा तिम्रो हातलाई तानेर छातिभित्र लुकाएको सम्झन्थे । उसका हातलाई तिम्रा हात सम्झन्छे ।”

“त्यो रात नाच हेर्दा हेर्दै एकाएक मभित्र कामाग्नी सल्कियो । म भित्रभित्रै जल्न थाले, भत्भती पोल्न थाल्यो । छट्पटी र डाह हुन थाल्यो । तिम्रा हातले मेरा यौवनपुाजहरुलाई चलायमान गराउँदा भित्रभित्रै भेल बनेर उर्लिसकेकी थिएँ । म बग्न चाहन्थे । निर्वाध बग्न चाहन्थे । मैले आफूलाई रोक्न सकिन । ज्वरो आएको बहाना गरि घर पुर्याइदिन तिमीलाई अनुरोध गरेँ । नाचमा बालेको मइन्टोलको उज्यालोबाट टाढिने बित्तिकै मैले तिमीलाई अँगालोमा कसेको सम्झिन्थे । तिम्रा ओठसँग मेरा ओठले पहिलोपटक भेटेको सम्झिन्थे । हामी नागबेली तला जस्तै लतारिदै छिटोछिटो गरी घर पुगेर दैलो लाएको सम्झिन्थे । कोठाको लालटिनको मधुरो उज्योलो सम्झिन्थे । मुटुको ढुकढुकी बढेको सम्झन्थे । शरीर बारम्बार रोमाञ्चक र तरंगित भएको सम्झन्थे । म सम्पूर्ण रुपले धपधपी बलेको सम्झन्थे । अनि तिमीलाई तिमीबाट खोसेर मभित्र लुकाएको सम्झिन्थे । प्यास मेटाउन मैले तिमीलाई तनतनी पिएको सम्झिन्थे । मभित्रको आगो निभाउन मैले तिमीलाई खलखली खन्याउको सम्झिन्थे । मभित्र उर्लेको भेललाई झन उराल्दै सलसली बगाएको सम्झिन्थे । सम्झनाका पत्रमाथि पत्र तहमाथि तह थप्दै लगेँ । तिम्रा सम्झनाका यिनै पत्रका परिधान ओढाउँदै हरेक पटक रघुबीरलाई म तिमी बनाउथेँ । तिमी भएको ठान्थे र आफुलाई उसँगै बगाएर केही हलुको बनाउथेँ । मन-मस्तिष्का यी दृष्य-परिदृष्यहरु छ्याप्पै छाप्पिएर बसेका थिए । रघुबीर र म लोग्नेस्वास्नीबीचका ती निराशिला खेलमा हरेक पटक, पटक-पटक यिनै तस्वीरहरुलाई पल्टाउथेँ । त्यो पल, त्यो क्षण, अनि त्यो तिम्रो बलिष्ठ व्यवहार र वातावरण ! यो छातीभित्र शिलालेख भएर बसेका आखेलहरु सम्झन्थे ।”

“म बिभाजित भै सकेकी थिएँ । शरीर र मन यी दुई मेरा अलग अस्तित्व भइसकेका थिए । यी दुबै अस्तित्वलाई जोगाउने क्षमता मसँग थिएन । मैले एउटालाई मार्नु र अर्कोलाई बचाउनु थियो । मैले मनलाई बचाएँ शरीरलाई मारेँ । शरीर रघुबीरलाई सुम्पिए मन तिमीलाई चढाएँ । एक नारी अवयव दुई लोग्ने स्वीर्कान वाध्य भयो ! शरीरको लोग्ने रघुबीर र हृदयको लोग्ने शाम्भव ! अहंकारको आवरणले ढाकिएर चट्टान बनेको मेरो कठोर हृदय कहिल्यै तिम्रो हुन सकेको थिएन । अब त्यो चट्टानरुपी हृदय फुटेर चकानाचुर भै सकेको थियो । त्यसले कोमलताको आकार लिएर त्यसभित्र तिमीलाई फक्राइ सकेको थियो । तर ती चट्टानका टुक्राहरु हृदयभित्रै अर्को ठाउँमा जम्मा भएर बसेका थिए, रघुबीरका लागि । उप्रति कठोर हुदै गए । दिन वित्दै गयो, त्यो चट्टानको आकार फैलदै गयो । जतिजति उ लोग्ने हुनुको वैयक्तिक विषेशाधिकार ममाथि लाद्न थाल्यो तिमीप्रतिको मेरो तृष्णा र उप्रतिको वितषृणाको उतिउति बढ्दै जान्थ्यो । मैले रघुबीरसँग न कहिल्यै सन्तुष्टि अनुभूत गरे न कहिल्यै आफूभित्र खुशी सिंचित गरे । उसले जे भन्यो त्यही मात्र गरेँ, गरिरहेँ । समयचक्रले ठीक विपरित दिशामा घुमायो मलाई । हिजो मैले तिमीलाई साधन बनाए आज म उसको साधन भएँ । उसको भोकको भोग र भोजन मात्र भएँ । उ भोकाइरहन्थ्यो, मरो शरीरले उसलाई तृप्त गराइरहन्थ्यो । भोक र भोजनको शिलशिला मेरो जीवनमा निरन्तर बीस वर्षसम्म चल्यो । उ हरेक दिन भोको हुन्थ्यो । उसलाई पहिले रक्सी अनि मेरो शरीरको भोक लाग्थ्यो । एउटा नौजवान सिपाहीले जस्तो साहसी खेल खेल्थे म तिमीसँग । बहादुर शिकारीका रुपमा प्रस्तुत हुन्थे । तर रघुबीरले मेरो त्यो साहसको अनुभूत सायद कहिल्यै गरेन । हुन सक्छ उसलाई जरुरत पनि थिएन । उ मेरो लाचार शरीरसँग उसको पौरुषता पोखिरहन्थ्यो । तिमीसँग यौवनका ती रंगीन खेलहरु खेल्दा कहिल्यै तिम्रो हुन नसकेको मेरो मन अब तिम्रो मात्र भइसकेको थियो । लोग्नेसँग झेल्दाका ती मल्लयुद्धरुपी शारीरिक खेलमा जति सामेल हुनु परे पनि मेरो मन कहिल्यै उसको हुन सकेन । मनले मनको दुरी कहिल्यै घटाएन । शरीरले जतिसुकै खुम्चिनु तन्किनु परे पनि मन जहीँको त्यहीँ जमेर बस्यो । हिउँको डल्लो जस्तो भयो, उसका लागि । शरीरको तातो उसले लिए पनि मनको न्यानो कहिल्यै पाएन । उसले मलाई जितेको थियो तर मभित्रको मलाई कहिल्यै जित्न सकेन । दोषी रघुबीर होइन । उसालाई स्वास्नी चाहिएको थियो, उसले पायो । तर मलाई मान्छे चाहिएको थियो, मैले मान्छेसँग लोग्ने साटे । मैले लोग्ने पाएँ मान्छे पाइन । उ निर्दोष छ । उ निर्दोष लोग्ने हो । म हूँ, दोषी स्वास्नी र पापिनी प्रेमिका ।”

“हो प्रेम र बिवाह अलग विषय हुन् । मान्छेले कि बिवाह गर्छ, कि प्रेम गर्छ । तर मैले जीवनमा न प्रेम गरे, न बिवाह गरेँ । न बिवाह गरेर प्रेम गर्न सकेँ, न प्रेम गरेर बिवाह गर्न सकेँ । प्रेम वा बिवाह दुई मध्ये एक हुनलाई शरीर र मन पनि एकै हुनु पर्दो रहेछ । मैले मेरो शरीर र मन कहिल्यै एकसाथ डोर्याउन सकिन । हिजो शरीरमात्र तिम्रो बनाए मन बनाउन सकिन । आज मन तिम्रो बनाए शरीर बनाउन सकिन । म आफ्नै लागि आफैं बिडम्वना भएँ ।”

“शाम्भव, रघुबीरलाई जुन सँस्कारले मेरो खाली सिउँदो चिरेर सिँदुर भर्ने अधिकार दिएको थियाे त्यही सँस्कारले मेरो त्यो सिँदुर पुछिसकेको छ । अब म सँस्कारको सिँदुर हैन तिम्रो नाउँको सिँदुर लाएर मरिसकेको यो बाँकी जीवन बिताउने छु । हो शाम्भव तिमी मेरो हुन सक्दैनौ तर म तिम्री भएर बस्नेछु ।”

इन्द्रावती इन्द्रले बर्षाएका घनघोर बर्षा जस्तै वर्सिरहेकी छे । म एकहोरो सुनिरहेको छु । म कताकता अलमलमा परे र सोधेँ- रघुबीर खै त ?

“मैले उसलाई हिजो बिदा गरेँ । उसको पैतालिसौं पुण्यतिथि हिजो थियो ।” यो अप्रत्यासित र अपत्यारिलो जवाफ सुनेर मेरो आँङ् सिरिङ् भयो । श्वास-प्रश्वास एकछिन अवरुद्ध भए जस्तो भयो । एकछिन निशब्द भएँ । मैले समवेदना र सहानुभूतिका केही शब्दहरु अर्पण गर्न चाहेँ तर उसले सुन्न चाहिन । आफूलाई सहज बनाउँदै सोधेँ - “तिम्रो छोरो खोइ त ?”

उ मनको भक्कानो फुटाउँदै क्वाँक्वाँ रुदै भन्न थाली “उ मेरो मात्र छोरो होइन तिम्रो पनि हो । तिमी र म दुबैको । हो शाम्भव ! सत्य यही हो । तर दुनियाँले उसलाई रघुबीर बस्नेतको छोरो सौगात बस्नेत भनेर चिन्छ । अन्धकारमा छ दुनियाँ । दुनियाँलाई सत्य के थाह ? धेरै सत्यहरु यसरी नै दागिएर बसेका छन् यो समाजमा ! मेरो बिहे भन्दा एक महिना अघि नै मैले मेरो कोखमा तिम्रो प्रेमको सौगातलाई स्वागत गरिसकेकी थिएँ । त्यसैले मैले उसलाई सौगत नाउँ दिएँ । मैले यो अपराध लुकाउन पनि रघुबीरलाई लोग्ने स्वीकारेकी थिएँ ।”

म छाँगाबाट खसे जस्तो भएँ । जीवनले अब कुन मोड लिने हो ? सोच्नै नसक्ने भएँ ।
बोस्टन, अमेरिका

नेपाली भाषामा शुद्धता

- भक्त खपाङ्गी प्राचार्य
नेपाली भाषामा शुद्धताभक्त खपाङ्गी प्राचार्य कथ्य होस्‌‌‌ वा लेख्य भाषा सकेसम्म शुद्ध प्रयोग गर्नु राम्रो हो। सामान्यतः शुद्धता भन्नाले प्रयोगमा एकरूपता भन्ने बुझिन्छ। विकसित भाषाहरूले संसारभरि एकै ढङ्गले प्रयोग गराउन शब्दकोश, व्याकरण पुऱ्याएका छन्‌। अङ्‌ग्रेजी भाषाले त उच्चारणमा समेत एकरूपता कायम गराउन विभिन्न ध्वनि सङ्‌केतहरूको तर्जुमा गरेको छ, शब्दकोशलाई संस्कारैपिच्छे उपयुक्त परिमार्जन गरिरहन्छ। नेपाली भाषाको भने त्यस्तो हैसियत रहेको छैन। यद्यपि, नेपाली भाषाको व्याकरणको पनि एउटा मानक रूप तयार भइसकेको छ तर व्यवहारमा लागू हुन भने सकिराखेको छैन। भाषाविज्ञानका दृष्टिबाट तर्कसङ्‌गत देखिए पनि अघिका व्याकरणहरूको प्रभाव हट्‌न सकेको छैन। अघिका व्याकरणहरू कुनै संस्कृतबाट र कुनै अङ्‌ग्रेजीबाट प्रभावित थिए।

त्यसबाट शिक्षित -दीक्षित पुस्ता नयॉं व्याकरण अपनाउन तयार देखिँदैन। आफूले जानेकै सही भन्ने मानसिकताबाट ग्रसित देखिन्छ। कतिपय भने व्याकरणका "अनावश्यक झन्झट' मा फस्न चाहॅंदैनन्‌। यस्तो सोच राख्नेहरूमा साहित्यकार, पत्रकार मात्र होइन नेपाली विषयका शिक्षक- प्राध्यापकसमेत देखिन्छन्‌। "अपाङ्ग' को विपरीतार्थक शब्द "सपाङ्ग' हो भन्नेमा दृढ देखिन्छन्‌‌‌। "साङ्‌ग' वा "सबलाङ्ग' शुद्ध रूप हो भन्नेमा उनीहरू सहमत हुन चाहॅंदैनन्‌‌‌। कतिपय विद्वानहरू त नेपालीको पनि शुद्धरूप हुन्छ भन्ने कुरा नै स्वीकार गर्नचाहॅंदैनन्‌। अङ्‌ग्रेजीका हजारौं शब्दको सही शुद्ध "स्पेलिङ' (हिज्जे) कण्ठस्थ पार्न सक्नेहरू नेपालीका दुइ-चारवटा शब्दको हिज्जे याद गर्न सक्दैनन्‌।

नेपाली भाषाको मानक व्याकरण अहिलेसम्म तयार भएको छैन? वर्णविन्यासको कुनै नियम बनेको छैन? त्यसैका आधारमा प्राथमिक विद्यालय तहदेखि विश्वविद्यालयस्तरका पाठ्यपुस्तकहरू लेखिइसकेका छन्‌। व्याकरणकै पुस्तकहरू पनि तयार भइसकेका छन्‌, पठन-पाठन भइराखेको छ। तर दुःदुखको कुरा पढाउने शिक्षकहरू नै स्पष्ट हुनसकिराखेका देखिँदैनन्‌, पुरानै नियममा अभ्यस्त देखिन्छन्‌। कान्तिपुर (दैनिक) लगायत राजधानी काठमाडौंबाट प्रकाशित हुने पत्र-पत्रिकाहरूले नयॉं व्याकरणको पालना गरिराखेका देखिन्छन्‌। तिनमा प्रयुक्त वर्णविन्यास नयॉं व्याकरणअनुसारकै छन्‌ तर त्यसबाट सकारात्मक असर परेको देखिँदैन। "कान्तिपुर'- जस्ता ठूला पत्रपत्रिकाले चलाएको (शुरु गरेको) वर्णविन्यास हामीले किन अनुसरण गर्ने? भन्नेहरू पनि भेटिन्छन्‌। यो वर्णविन्यास कान्तिपुरहरूले शुरु गरेको नभई स्थापित हुनआएको व्याकरणअनुसार उसले अप्नाएको पो हो भन्ने बुझ्न नसकेको भान हुन्छ। वास्तवमा नयॉं व्याकरण सजिलो, वैज्ञानिक र भाषाविज्ञानसम्मत प्रतीत हुन्छ। यद्यपि, अझै पनि धेरै अस्पष्टताहरू कायमै छन्‌।

अङ्‌ग्रेजी भाषाको गहिरो अध्ययन गर्ने नेपालीहरूको सङ्‌ख्या अहिले निकै ठूलो देखिन्छ। इङ्‌लिस ग्रामरका जटिल नियमहरू खर्लप्पै खाएका छन्‌‌‌। हिज्जे (स्पेलिङ) र उच्चारण (प्रनन्‌सिएशन) को खासै नियम नभएका हज्जारौं अङ्‌ग्रेजीका शब्दहरू कण्ठस्थ पारेका देखिन्छन्‌। अरूले बोलेका, लेखेकामा गल्ती औंल्याउने क्षमता राख्छन्‌‌‌ तर नेपाली भाषा-व्याकरणका सामान्य कुराहरू पनि ख्याल गर्दैनन्‌। "व्याकरणका वाहियात नियमहरू किन याद गर्नु?' भन्न हिच्किचाउँदैनन्‌। नेपाली भएर शुद्ध नेपाली भाषा लेख्न, बोल्न नसक्दा हीनताबेध होइन बरू गर्व गर्छन्‌। यस्तो अवस्थामा नेपाली भाषा र नेपाली समाजको कसरी प्रगति होला? अलिकति ध्यान पुऱ्याउने हो भने नेपाली व्याकरण सजिलै जान्न सकिन्छ, शुद्ध बोल्न, लेख्न सहज हुन्छ। यसका लागि केही आधारभूत कुरा थाहा पाउनु आवश्यक हुन्छ।

पहिले नेपाली अक्षर र वर्णहरूको जानकारी लिउँ
नेपाली स्वरहरूः भाषा वैज्ञानिक दृष्टिबाट हेर्दा नेपाली भाषामा 6 वटा मात्र स्वर पाइएका छन्‌‌‌- अ, आ, इ, उ, ए, ओ। ई ऊ भनेका इ उकै दीर्घ रूप मात्र रहेछन्‌। ऐ भनेको अ+इ को र औ चाहिँ अ+उ को संयुक्त रूपले काम दिने रहेछन्‌। अं अः मा त व्यञ्जनवर्णहरूको मिसावट भएको छ। यी छ वटा स्वरकै सहायताबाट जत्ति पनि नेपाली शब्द निर्माण हुनसक्छन्‌। परम्परागत संस्कृत स्वर वर्णमालाको काम छैन त? भन्ने प्रश्न उठ्‌छ। काम सकिएको होइन।

संस्कृत जस्ताको तस्तै आएका हज्जारौं तत्सम शब्दहरू लेख्नुपर्दा यिनको काम आउँछ। नेपाली व्यञ्जनवर्णहरूः निम्न 29 वटा मात्र नेपालीका व्यञ्जनवर्ण ठहरिएका छन्‌‌‌ क ख ग घ ङ च छ ज झ ट ठ ड ढ त थ द ध न प फ ब भ म य र ल व स ह। ञ ण नेपाली शब्द लेख्नका लागि आवश्यक पर्दैनन्‌। स मात्र नेपाली जिब्रोले सहज उच्चारण गर्नेभएकाले ष श पनि आवश्यक देखिएनन्‌। क्ष त्र ज्ञ संस्कृतमै पनि संयुक्त व्यञ्जन हुन्‌‌‌ नेपाली शब्द लेख्ता यिनको खॉंचो नपर्ने ठहर भएको छ। अनावश्यक मानिएका वर्णहरू पनि तत्सम शब्द लेख्ता भने चाहिने ठहरिएका छन्‌।

अब नेपाली शब्दका बारेमा थोरै चर्चा गरौः
संस्कृत भाषाबाट जन्मिएको नेपाली भाषामा संस्कृतका शब्दहरू प्रशस्त हुनु स्वाभाविक हो। कुनै तत्सम रूपमा (माता, पिता, विद्या, गुरु, पृथ्वी, सूर्य आदिः कुनै तद्‌भव रूपमा (दूध (दुग्ध), जोगी (योगी), जोड (योग), तितो (तिक्त), रित्तो (रिक्त), रक्छे (रक्षा) आदि)। यी बाहेक ङिच्च, प्वाक्क, लुत्त, सिन्कीजस्ता ठेट- झर्रा शब्दहरू पनि छन्‌। यसका अतिरिक्त संसारका धेरै भाषाहरूबाट थुप्रै शब्दहरू नेपालीमा प्रवेश गरेका छन्‌। तिनलाई आगन्तुक शब्द भन्ने गरिन्छ। यसरी स्रोतका आधारबाट हेर्दा नेपालीमा तीन खाले शब्द पाइन्छन्‌-तत्सम, तद्‌भव र आगन्तुक।

शुद्ध लेख्नका लागि मुख्य ध्यान दिनुपर्ने कुरा यिनै हुन्‌। मुख्य कुरा तत्सम शब्दचाहिँ चिन्नसक्नुपऱ्यो अर्थात्‌‌‌ संस्कृतबाट रूप नफेरिई आएका शब्दहरू ठहऱ्याउन सक्नुपऱ्यो। यसैका लागि अध्ययनको खॉंचो पर्छ। यी बाहेकका शब्द सबै तद्‌भव वा आगन्तुक हुन्छन्‌। तद्‌भव र आगन्तुक शब्दका लागि सरल नियमहरू बनाइएका छन्‌। परम्परागत जटिल व्याकरणका नियम तत्सम शब्दका हकमा मात्र लागू हुन्छन्‌। नयॉं नियम थाहा हुननसकेकोले तद्‌भव र आगन्तुक शब्दहरू संस्कृत व्याकरणका आधारमा लेखिने हुँदा अनौठा देखिन्छन्‌। हुन त नयॉं पाराले लेखिएकालाई चाहिँ अनौठो मानिने गरिन्छ। नयॉं वर्णविन्यासअनुसार इन्डस्ट्री, एसिया, ग्रिल, छेत्री, झन्डा, झुण्डयाउनु, टिस्टा, दस, दसैं, दर्साउनु, बर्सेनि, मिर्गौला, रुन्चे, सन्च, सहर, साहिद, सायद, साही, सुरु, सेर, स्वीकार्नुजस्ता शब्दहरू अझसम्म पनि पुरानै पाराले इण्डष्ट्री, एशिया, गृल, क्षेत्री, झण्डा, झुण्डाउनु, टिष्टा, दश, दशै, दर्शाउनु, वर्षेनि, मृगौला, रुञ्चे, सञ्च, शहर, शहीद, शायद, शाही, शुरु, शेर, स्वीकार्नु लेख्ने गरिन्छ। यो अशुद्ध रूप हो। उल्लिखित उनन्तीसवटा व्यञ्जन र छ वटा स्वरमै सीमित हुनु राम्रो हो। "स्विकार्नु' कतिलाई पाच्य नहोला। तत्सम शब्दका रूपमा "स्वीकार' सही हो। "स्विकार्नु' तद्‌भव भएकाले "स्वीकार्नु' सही नमानिएको हो।

अरबी - फारसी स्रोतबाट आएका शब्दहरू शहर, शायद, शहीद, शुरु, शेर हिन्दीमा यसरी नै लेखिने भएकाले त्यो नै शुद्ध हो भन्न सकिएला। संसारका सबै भाषाले अन्य भाषाबाट शब्द भित्र्याउनैपर्छ। हाम्रो हकमा पनि त्यही लागू हुन्छ। शब्द भित्र्याउँदा "सुशील बुहारी' बनाएर ल्याउनुपर्छ, मालिक्नी बनाएर होइन। संस्कृतबाहेक अरू भाषाबाट ल्याइने शब्दलाई नेपाली व्याकरणमा ढाल्नुपर्छ। मूल भाषाकै व्याकरणअनुसार भित्र्याउनु राम्रो होइन।

विभिन्न तत्वहरूले भाषिक शुद्धतालाई असर गरिराखेको हुन्छ। शुद्धता हेर्ने पहिलो कसी हो वर्णविन्यास। हिज्जे, वर्तमानी, खिप्ती पनि भनिने वर्णविन्यासअन्तर्गत ह्रस्व-दीर्घका अतिरिक्त श ष स, शिरबिन्दु चन्द्रबिन्दु र पञ्चमवर्णको प्रयोग य ए, क्ष क्ष्य, छे, ज्ञ ग्यॅं, ब व, हलन्त- अजन्त, पदयोग- पदवियोगजस्ता तत्वहरूको पनि महत्वपूर्ण भूमिका हुन्छ। यिनको पनि हेक्का राख्नैपर्छ।
आलोपालोबाट

फर्केका मलामीसँगै पसेको गाउँ

-दीपक सापकोटा
मध्यसाउनको एक दिन ।मध्याह्न्न १२ बजेतिर गाडीको छतमा बसेर खुला आकाशमुनि बनेपाको बसपार्कमा मानिसको भ्याइनभ्याइको हतारो हेरिरहेका थियौँ हामी साथीभाइको एक मण्डली । बनेपादेखि मंगलटारसम्म यो मौसममा पानीमा नभिजी छतबाट फुत्किएर कसरी पुग्न पाइएला भनी सोचिरहेका थियौँ । घुमाउरो बाटो अनि बसको लोसे गुडाइबाट मंगलटार पुग्नै चार घन्टा लाग्यो । बाटोमा कुनै पसल छैनन्, केही किनेर खान या सुस्ताउन ।

बेँसीबाटै खुब हिँड्नुपर्‍यो । जति माथि गयो पहाडको सडक तन्किएकोतन्कियै छ । कहालिलाग्दो उकालो ! जति हिँडे पनि सिँद्धिदैन । तर, बेँसीमा रोशीखोला उस्तैगरी कराइरहेछ । रोशीखोलाको सुसेली कानमा ठोक्किरहेछ । जति माथि पुगे पनि यसैले पच्छ्याइरहेझैँ लाग्छ । कहिले टाढाबाट, कहिले यहीँजस्तो । धेरै तल रोशीखोलाकिनारमा एउटा गुजुमुज्ज परेको बस्ती देखिन्छ । अनि, बर्सेनि बाढीले काटेको बगर । र, बालुवा ओसार्ने ट्रकहरूको हूल ।

यात्रामा उत्साह, उमंग, अत्यास, सबैखाले अनुभूति हुनेरहेछ । केही पहिले पढेको विश्वप्रसिद्ध कथाकार ओ हेनरीको एउटा कथाको सम्झना भयो । कथाको थिम यस्तो छ- युरोपको कुनै एउटा बेसक्याम्पमा एक पर्वतारोहीले कतै पनि बास भेटेन । रात परिसकेको थियो । बाध्यता कस्तो आइपर्‍यो भने उसले एउटी केटीसँग एउटै ओछ्यानमा रात बिताउनुपर्ने भयो । खाटको बीचमा तकिया राखेर उनीहरू सुते । भोलिपटक झिसमिसेमै पर्वतारोही उठ्यो र हिमाल चढ्न तयार भयो । होटलबाट निस्कनुअघि युवतीलाई ब्युँझाएर भन्यो, 'तिम्रो मायाले गर्दा राति बास पाएँ, नत्र म चिसोले कक्रिएर मरिसक्थेँ कि ? तर, अब ढुक्क छु, म यो चुचुरो मजाले चढ्न सक्छु ।' केटीले भनी, 'राति यत्रो जाबो तकिया त चढ्ने हिम्मत गरेनौ, यो हिमाल कसरी चढौला खै ?' ओ हेनरीको यो कथा सुनाएपछि सँगै हिँडिरहेका साथीहरूबीच सन्नाटा चिरेर हाँसो गुन्जियो ।
०००
हामीलाई भेट्टाउँला जसरी एक हूल मान्छे हतार-हतार कस्सिइरहेका छन् । तलदेखि माथिसम्म सेतो धोती लगाएको एउटा केटो हूलको अघि-अघि छ । अचम्म, केहीछिनमै ती पाइलाहरूले हामीलाई भेट्टाइछाडे । नजिक आएपछि थाहा भयो, त्यो मलामीको लर्को रहेछ । भर्खरै रोशीखोलाकिनारमा लास जलाएर उकालो लाग्दै गरेका मलामीहरू । हामीसँगै हिँडेका जगतसिंह तामाङले लगभग सबै मलामी चिनेका रहेछन् । जगतको घर उतै भोज्र्याङ हो । हामी उनैको घरमा जाँदै थियौँ । त्यही भीडबाट कछाड बेरेका, मैलो इस्टकोट लगाएका, रातो हात्तीछाप चप्पल लगाएका आइतबहादुर तामाङले भर्खर जलाएर आएको लासबारे भने, 'त्यो भर्खर ५१ वर्ष मात्र लागेको थियो । कालले चटक्कै चुँड्यो । बिचरा खुब दुःख गर्‍यो । यो लामो उकालो-ओरालो गर्दा-गदर्ैै मर्‍यो बिचरा ।' शोकमग्न मलामीको भीडमा ठिटा केही थिएनन् । मात्र हाडछाला बाँकी भएका बूढा मलामीको झुन्ड । 'गाउँमा ठिटा बस्दैनन्, तिघ्रा लागेपछि काठमान्डू, कतारतिर जान्छन्,' आइतबहादुरले सुस्केरा हाले ।
०००
हाम्रा पाइला भोज्र्याङ जित्न जसरी अघि बढिरहेका छन् । एकपछि अर्को पहाडको थुम्को नाघेर हामी भोज्र्याङ बस्ती छुन खोजिरहेका थियौँ । ठुल्ठूला ढुंगाका पहरा छिचोल्दा आफू केही वर्षपहिले रसुवाको गोसाईंकुण्ड गएको सम्झना भयो । अग्ला चट्टानी पहाड । तेज हावा बगिरहेको । 'जति माथि गयो, उति मज्जा, दृश्य सफा,' शिव हुमागाईं र शैलेन्द्र सापकोटा दृश्यपानको आनन्द लिइरहेका थिए । धेरै माथि पीपलबोटबाट तल हेर्दा रोशी उस्तै पारामा बगिरहेको थियो । हामी पुगेको दिन यो पहाडी गाउँमा कुहिरो डम्म थियो । दिन ढल्किँदै गएपछि अँध्यारोले पनि छोप्दै आयो । नजिकैको गहुँबारी र एकनासे घरबाहेक अरू केही कुरा देखिन छाड्यो । घरका धुरीबाट निक्लिरहेको धुँवाले गाउँले घर छिरिसकेको संकेत गथ्र्यो । रोशीखोलाबाट आएका एक हूल मलामीसँगै हामी पनि गाउँ पस्यौँ । हाम्रो यो प्रवेश अलिकति खल्लो पनि भयो, तर हामी त यात्री थियौँ । हामी यहाँ आएका थियौँ । अब जन्ती या मलामी, जुनसुकैको भीडसँग पनि हामी हिँड्न बाध्य थियौँ ।
०००
साँझ ढल्दै थियो । केही माथि पुगेपछि 'लेकका हामी केटाकेटी' गीत सुनियो । नजिँकिँदै जाँदा बुढ्यौली आवाज पो सुनिन थाल्यो । आँगनमै पुगेपछि थाहा भयो, यो केटाकेटीले गाएका थिएनन् । प्रौढकक्षा पढ्ने बूढाबूढी मिर्मिरे लालटिनको उज्यालोमा मस्त हाँसिरहेका थिए । कालोपाटीमा गीतको एउटा पंक्ति लेखिएको रहेछ-
कलमले लेख्ने मन थियो
हिउँले पो औँला खाइदियो
कुहिरोमा लुकेको स्कुलले
टाढै बसेर बोलायो

अँध्यारो गाउँ भोज्र्याङ ठूला डाँडा र पहराहरूबीच कतै हराएजस्तो लाग्यो । साथमा, हामी पनि अँध्यारेमा कतै बिलाइरहेछौँ, हराइरहेछौँ । देशले काँचुली फेरिसक्दा पनि हाम्रा गाउँहरू अझै अँध्यारोमै उस्तैगरी केही कुरिरहेछन्, केही ढुकिरहेछन् । लगभग ४ सय घरधुरी रहेको भोज्र्याङमा तामाङ जातिको बाहुल्य छ । केही बाहुन क्षेत्रीको पनि बसोबास रहेछ । गाउँ पूरै अँध्यारोमा बसेको छ । तर, गाउँमा जम्मा आठ घरले मात्र बिजुली बालेका छन् । आफैँले लगानी गरेर जोडेको सोलार प्यानलबाट उनीहरूले बिजुली बालेका हुन् । गाउँमा सबैभन्दा पहिले ०५२ सालमा किसानसिंह तामाङले आफ्ना घरमा बिजुली ल्याएका रहेछन् । 'गाउँलेले बढी भएको सम्पत्ति तह लगाएको भनेर कुरा पनि काटे ।' विगत सम्झँदै उनी भन्छन्, 'तर, बिजुली भएपछि छोराछोरीलाई पढ्न र बूढीलाई काम गर्न सजिलो भयो ।'

अँध्यारोमा बस्न बाध्य भोज्र्याङवासीले अझैसम्म पनि बिजुलीबाट वञ्चित हुनु भनेको दुःखलाग्दो पक्ष हो । सरकारले बिजुली ल्याउने भनेर उहिल्यै प्रत्येक घरधुरीबाट १ हजार ५ सय ५० रुपैयाँ उठाएको पनि हो । तर, बिजुली नआएपछि गाउँले निराश भएका छन् । 'अब दुई वर्षपछि आउँछ भन्ने आशा छ,' किसानसिंहले भने । किसानसिंहको परिवारले जस्तै सबै गाउँलेले उज्यालोमा बस्न पाउने दिन कहिले आउला ?

राजधानीका सम्भ्रान्त राजनीतिज्ञ, सम्पन्न व्यापारी र सत्ताका दलालहरूलाई मल्लिका शेरावत र विपाशा वसूजस्ता हिन्दी फिल्मका नायिकाका नखरासँग मतलब छ । यस्ता गाउँबारे सोचेर उनीहरूलाई के फाइदा ?

मलाई ०६१ मा तिमाल आउँदाको एक क्षणको सम्झना भयो । त्यसवेला बटुवाले बास पाउँदैनथे । साँझ गाढा भएकाले हामी एक गाउँलेको घरमा बास माग्न पुग्यौँ । 'तपाईंहरू राजाका सिपाही हो कि माओवादी ? साँझ बास माग्न आएका पाहुनालाई फर्काउन हुन्न त भन्छन् । तर, अहिले तपाईंहरूलाई बास दिँदा भोलि कुन बन्दुकले हामीलाई हिर्काउने हो ?' हामीले विद्यार्थी भएको र यसो गाउँ घुम्न निस्केको बताएपछि उनी बास दिन राजी भएका थिए । त्यसवेला सामान्य मानिसका यी अभिव्यक्ति सामान्य थिए । त्यसवेला मुलुकभरि फैलिएका त्रासका आवाज थिए यी । तर, अहिले समय फेरिएको छ । गाउँबस्तीले केही न केही सुविस्ताको सास फेर्न पाएका छन् । तिमाल मात्र होइन, देशको जुनसुकै कुनामा पुगे पनि बास पाइन थालेको छ ।
०००
बिहानीपख पातलो कुहिरो फाट्दै गयो । झुरुप्पै घर भएको एउटा बस्ती उज्यालियो । यो डाँडाबाट निकै तल हेर्दा रोशीखोला देखिन्थ्यो र सर्पझैँ गुडुल्किएका घुम्ती बाटोहरू देखिन्थे ।

गाउँका प्रत्येक घरमा टायलको छाना छ । अनि टोलैपिच्छे खेतबारीमा पानी लगाउन बनाइएको सिँचाइ पोखरी । केही घरमा चिटिक्क परेका शौचालय पनि थिए । शौचालयको दैलोमा भित्र पस्न चप्पलसहित हात धुने पानीको बाल्टी, जग, खरानी र साबुन थिए । काभ्रेको तिमाल क्षेत्रभित्र पर्ने मेच्छे गाविसको भोज्र्याङ गाउँ सफा र सुन्दर देखिन्छ । भोज्र्याङको सुन्दरताभित्र सबैथोक अटाएको छ । कति सुन्दर पहाडमाथि चढेर यहाँ रातो सूर्य उदाउँछ ! पहिलो झुल्को भोज्र्याङभरि पोखिएजस्तो लाग्छ । दिनभरि भोज्र्याङमै नाचेर दिन ढल्केपछि टाढाटाढा पश्चिमतिरको पश्चिमी डाँडाबाट त्यो बिलाउँछ । सयौँ वर्षदेखि भोज्र्याङमा जन्मेर मर्नेहरूले सधँै-सधैँ त्यो दृश्य देखिरहे । कमेरो र रातोमाटोले लिपेका घरहरू गुजमुज्ज परेर बसेका छन् । असार साउनमा गाउँभरि हरियो फैलिएर टाढाबाट हेर्दा घरहरू हरियो रंगमा बसेका सेता थोप्ला मात्र देखिन्छन् ।

तिमाल क्षेत्रकै सबभन्दा दुर्गम मानिने भोज्र्याङभित्र धार्मिक, सांस्कृतिक, ऐतिहासिक विशेषता सबै जोडिएका छन् । सुनकोसी र रोशीबीचको डाँडाभित्रका मेथिनकोटदेखि मेच्छेसम्मका गाउँ विविधताले भरिएका छन् । मेच्छे, मेथिनकोट, कानपुर, सस्युँखर्क, पोखरी नारायणस्थान, चापाखोरी, ठुलोपर्सेल, समरथली, बोल्देफेदीचे, कटुन्जेलगायत १० गाविस तिमाल क्षेत्रका रूपमा चिनिन्छन् ।

भोज्र्याङका गोरेटो, खोल्साखोल्सी, धारा, घरआँगन सबैले अनुहार फेरेका छन् । करेसाबारी सुख्खा छैनन् । गोलभेँडा, आँप, अनार, फर्सी, भन्टा, सिमीलगायत तरकारी र फलफूलले रंगीचंगी पारेका छन् भोज्र्याङलाई । तर, भ्रम नपरोस्, यहाँका मानिसका जिन्दगी सुखमय छैन ।
०००
तिमाल सुन्दर पर्यटकीय क्षेत्र पनि हो, जहाँ भोज्र्याङ छ । तिमालको इतिहास खोतल्दै जाँदा नेपालका २४ सय राज्यमध्येको एक तामाङ राज्य तिमालको कानपुरस्थित कोटतिमाल थियो । तामाङ राज्यका राजा स्वर्गीय रेन्जेन दोर्जेको ऐतिहासिक दरबारका थोरै अवशेष अझै पनि कोटतिमालमा छन् । कानपुरभित्रकै खरिदार पार्टीभित्रको ऐतिहासिक महत्त्व पनि कम छैन । सस्र्युंखर्कको गुफा प्रचार-प्रसार अभावमा ओझेल परेको छ । अनगिन्ती मन्दिरले यसलाई धार्मिक क्षेत्रका रूपमा समेत चिनाएका छन् । 'तिमालबाट हिमालदेखि महाभारतसम्मको सुन्दरतालाई नियाल्न सकिने रहेछ,' सँगै हिँडेका साथी शैलेन्द्र भन्दै थिए । विशेषगरी खाँटी तामाङको बस्ती रहेको तिमालका तामाङ तामाङनीको भेषभुषा र छुट्टै रहनसहनले तिमालको आकर्षण बढाइदिएको छ । जोकोही तिमालमा पुगे पनि त्यसको सुन्दरताले सबैलाई लोभ्याउँछ । तर, तिमालको दुर्भाग्य, यहाँ पर्यटनका क्षेत्रमा एकछेस्को काम पनि भएको छैन ।
०००
गाउँमा एउटा स्कुल छ, जहाँ कक्षा ८ सम्म मात्र पढाइ हुन्छ । ०३४ सालमा खुलेको जनज्योति निमावि उनै किसानसिंह तामाङ गाउँ पञ्चायतको अध्यक्ष भएका वेला उनकै पहलमा खुलेको हो । 'बालबालिका नियमित विद्यालय जान्छन,' उनी भन्छन्, 'अहिले गाउँ फेरिएकोजस्तो लाग्छ ।'

डाँडामा भएकाले सबैभन्दा बढी भोज्र्याङवासीले खानेपानी समस्या भोग्नुपरेको छ । भोज्र्याङ घर भएका जगत भन्छन्, 'मुख्य रूपमा खानेपानी, बाटो र बिजुलीबत्तीको समस्या छ गाउँमा ।' अहिले महाभारत क्षेत्रबाट झन्डै ४० करोड खर्च गरेर तिमाल क्षेत्रमा खानेपानी ल्याउने प्रयास सरकारबाट भइरहेको पनि गाउँलेहरू बताउँछन् । तर, पानी कहिले आउने कसैलाई थाहा छैन ।

विकासका सरोकार विविध स्वार्थ र असमानताले गर्दा विभाजित छन् । गाउँका ध्वस्त प्रशासकीय भवन अझै पनि मर्मत हुन सकेका छैनन् । शिक्षा र स्वास्थ्यका प्रारम्भिक आधार ठप्प छन् । मोटरबाटो पुगिसक्नुपर्ने जिल्लाका सडक आयोजना ठप्प छन् । बनिसकेको बाटोमा पनि सवारीसाधन चलेका छैनन् । यस्तै छ, हाम्रा गाउँको हाल, नेपालका धेरै गाउँ भोज्र्याङभन्दा पनि कहालिलाग्दो अवस्थामा छन् ।
०००
सँगै हिँडेका साथी जगत सधैँ भन्थे 'हिमाल हेर्ने भए तिमाल जाउँ ।' यो उखानजस्तै भइसक्यो । भोज्र्याङबाट पनि हिमालको सुन्दरता राम्रोसँग नियालियो । सदरमुकाम धुलिखेलदेखि मंगलटार अनि मेथिनकोटदेखि मेच्छेसम्म गाडीमा घुम्दाको मज्जा बेग्लै छ । तर, कच्चीबाटोको यात्रामा हुने ढिकिच्याउँसँगै यात्रा कष्टदायी बन्ने गर्छ । भोज्र्याङ र तिमाल क्षेत्रको घुमाइपछि के लाग्यो भने 'सुनकोसीको र्‍याफ्टिङ र रोशीको पहरोसँग रमाउँदै सुन्दर हिमाल हेर्ने योभन्दा उपयुक्त ठाउँ नेपालमा अरू छैनन् ।' तर, मन बडो भारी हुन्छ, तिमालमा खानेपानी, बाटो र बिजुली छैन । अब सदरमुकामबाट गाउँ जोड्ने मोटरबाटो, शुद्ध खानेपानी र सबै घरमा बिजुलीको सपना देखिरहेका छन् तिमालवासी ।

गाउँ अहिले यथास्थितिको विरोधमा विद्रोहको चेतनाले उद्वेलित छ । स्थापित सत्ताले कोरेका विकासे नारा मेटिन थालेका छन् । मानिसमा परिर्वतनको चाहना बढेको छ । मैले पढेको 'सोसियल साइन्स'मा भौगोलिक, प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक विविधताबीचको एकतालाई नेपालको विशेषताका रूपमा बखान गरिए पनि त्यो सूत्रलाई बलियो बनाउने कुनै आर्थिक आधार कतै भेटिन्न ।

भोज्र्याङबाट रोशीखोलातिर ओरालो लाग्दै गर्दा कानमा आफ्नै पाइलाको सर्सारहट, सहयात्रीको गाइँगुइँ र रोशीको मीठो सुसेली ठोक्किरहेको थियो ।
spkt.deepak@gmail.com

तिमी बाँच्नु पर्थ्यो

-ज्योति जड्गल
मैले विवाह गरेँ । यो एउटी कुमारीको विवाह होइन । विवाह कुमारीलाई डर र कुतकुतीको सम्मिश्रण हो तर एउटी अधवैँसे महिला, दुइटा बच्चाकी आमा, मैले पुनः बिहे गरेँ । बिहे नगरे म के गर्थेँ - यो शरीरले यौनको रस मज्जाले चाखेर हुर्किएको तीसको उमेरको । बिहेको संरचनावेगर कुनै महिला यौनिक तृप्ति प्राप्त गर्दिन । यो समाजको परिवेश हो । बसेकै थिएँ छोराछोरीको जिम्मा लिएर । तिमी मेरो भरोसाको सम्पत्ति छातीभरि बोकेर विदेशियौ । त्यो म नै थिएँ तिमीलाई बिदा दिने । जाऊ, कमाऊ र आऊ भन्ने । तिमी प्यारी पत्नी, त्रि्रो प्रेम पनि । खै प्रेम केलाई भन्छन् - कसरी यो आत्माबाट उत्पन्न हुन्छ र शरीरमा ठोकिएर मर्छ - तिमी गएको डेढ वर्षै त्यो प्रेम टाडाटाडा अदृश्यजस्तो लाग्न थाल्यो । प्रेम त अदृश्य नै हुन्छ । फेरि किन पातलियो - आतेस लाग्न थाल्यो । म मेरै समिपको कुनै अर्कै शरीरप्रेममा अल्झीए । छोराछोरीको तोतेबोलीसँग पनि म बट्टारिएँ । बुबा-आमा -सासु-ससूरा) को सन्देहपूर्ण बातहरूलाई दुइ चार दिन त सहेँ । नभएको कुरा पनि त थिएनन् ती । कुन प्रेम हो त्यो - तर म विस्तारै तानिँदै गएँ । कहिले बजार जाने निहुँले श्यामसँग भेट्थेँ ।

छेउमा वस्ता उसको सासको गन्धले पनि पग्लन्थेँ । एउटै उमेरका थियौँ र पनि ऊ अविवाहित थियो । कति सम्हालिएँ । थुप्रैपटक आफैँलाई गाली गरेँ, सम्झाएँ । मलेसियाबाट त्रि्रो फोन आइरहृयो । मीठो बोल्यौ । कहिल्यै दुःखको कुरा पनि भनेनौ । म तिम्रो फोन राखेपछि झन् द्वन्द्वमा फसिरहन्थेँ । छोराछोरीको अनुहार हेरेर टोलिन्थेँ । फेरि किन बदलिएँ । तिमीले पैसा पठाइरहृयौ । कति दुःख गर्‍यौ होला । म भित्रभित्रै दुःखी हुन्थेँ । कसले पत्याउला - अब यो भन्नुको कुनै अर्थ छैन । तिमीलाई पर्खिएर बूढी हुँली बरु, सेतै फुलुन्जेल नआए पनि मरौँला बरु भन्थ्यो एक मनले । फेरि श्याम, ऊ संयोगले मसम्म आइपुगेको उपहारझैँ थियो । कसरी पर भाग्न सकौँला - श्याम, मेरी भाउजूको काकाको छोरा । एकदिन बुधबारे बजारमा भेट भयो । कुरैकुरामा ऊ रातै बस्न आयो मेरो घरमा । मार्केटिङ गर्दोरहेछ एउटा हर्वल वस्तुको शृङ्गारका सामान, चिया, ज्जन...यस्तै यस्तै । म ग्राहक बनेकी थिएँ त्यसको । उसले सुरुमा पैसा लिन्थ्यो । मसँग अब पैसा पुग्दो थियो । तिमीले पसिना चुहाएर पठाएको पैसा ... । म पसिनाको सम्मान गथेँ तर अभिमान थिएन तिम्रो पैसामा । म भित्रभित्रै कुनै अर्कै उदासिनताले ग्रसित थिएँ । त्रि्रो पैसाको एक-एक हिसाब राखिदिएकी थिएँ तर अब यस हिसाबको के कुरा गरौँ । कुरा त तिम्रो मृत्युको गर्नुछ । मलाई पुराना उखानहरूले पनि उल्टा अर्थ दिए । मर्द को प्रतीकले मलाई गिज्याइरहृयो । मैले तिमीलाई कहिल्यै अविश्वास गरिँन तर तिमी त्यहाँ के चोखो बस्यौ होला र ! मैले एउटा परदेशीलाई पत्याइँन पनि । आफू तिमीभन्दा चुकेकी रहेँछु क्यारे । समाजले कसरी चियो गर्छ एउटी आइमाईलाई -मैले तल्लोघरकी सीमाको हुइँया खवरहरू सुनेर पत्याएकी छु । ऊ लोग्ने मरेकी विधवा, एउटी छोरी र ऊ... । कोही छिमेकी पुरुष आकृति त्यहाँ गयो कि बात बढिहाल्थ्यो गाउँमा । म विरुद्धमा थिएँ त्यो हल्लाको । सीमा विधुवा थिई तर काँतर थिई कि विवश थिई - त्यो मैले बेहोर्नु परेको थिएन... । म त श्यामकै वरिपरि रुमल्लिइरहेकी राधासरी थिएँ ।

सकुन्जेल सन्तानलाई अँगालेर सुतेँ । रातले कुटुन्जेल द्वन्द्वमा छचल्किएर उठेँ । फेरि एकदिन श्याम आयो । यसरी श्याम आउनुमा म डराइडर्राई खुसी हुन थालेँ । न ऊ प्रेमका कुरा गथ्र्यो, न ऊ उति रसिलो थियो तर ऊ आकषिर्त भएको पत्तो मलाई राम्ररी थियो । कहिले ठूलो साँझमा झपक्कै कसैले नदेख्नेगरी ऊ पाहुना बनेर आउँथ्यो । छोराछोरी चकलेट र अन्य उपहार, खेलौना पाएर मख्ख पर्थे । सायद बाबुको उपस्थितिको प्यास पनि मेट्थे होलान् । उनीहरू खुसी हुन्थे श्यामलाई देखेर । म पनि त्यही खुसीमा सामेल हुन्थेँ । खाना खाएर बच्चाहरू, सुतिहाल्थे । श्याम र म धेरैबेर कुरा गरेर बस्थ्यौँ । त्यसो त हामी साथीजस्तो पनि भइसकेका थियौँ । कति सहयोग व्यवहारले उसले गथ्र्यो पनि । त्यो दिन, झ्यालमा सेतैपर्दा हल्लिरहेको थियो । शीतल हावा, नीलो बल्बको मधूरो प्रकाश र एकजोडी स्त्री-पुरुष साथीहरू... । समाजको भाषामा म त्यसैदिन बिटुलिएँ । इमानको परिधि हुन्छ भने म त्यसैदिन बेइमान बनेँ । प्रकृतिको संरचना-स्त्री-पुरुष साथी, खै हारेजस्तो पनि लाग्यो तर शरीरका हरेक कोषकोष बिहान उठ्दा हलुका भएका थिए । तर्क-वितर्क, सत्य-असत्य, आमा-पत्नी, सबै नामबाट आफूलाई केलाएँ । यसरी चल्दै गयो महिना दुइ महिना/छ महिना... । महिनापछि महिना... । मेरो महिनावारी रोकियो । म अत्तालिएँ । श्यामलाई भनेँ । उसले आफ्नै कुरा गर्‍यो । हेर अब जे भो भो । हामी बिहे गरौँ । मलाई आफ्नो आतेस उतार्ने बलियो स्थान मात्रै मिलेन ऊप्रति अनौठो र्समर्पण पनि जाग्यो । ऊ जति शान्त थियो, त्यति नै उसको निचोड देखेर मेरो अपराधबोध अलि हलुका भयो । एकातिर सम्पत्ति कमाउन गएको लोग्ने, अर्कोतिर छोराछोरी र मेरो घरपरिवार अनि यो आकस्मिक परिवेशको अवतरणले मसामु पालैपालो औँला उठाउँथे र झर्थेँ । अनन्तः म समर्पित आमा पनि भइँन, समर्पित पत्नी पनि भइँन । म श्यामसँग बिहे गरेर त्यो गाउँ, जिल्ला र अञ्चलसमेत छोडेर बुटवलमा बस्न थालेँ । कहिलेकाहीँ छोराछोरीको एकदम याद आउँथ्यो । हिँड्ने बेलामा बजार जान्छु भनेर ढाँटेर हिँडेकी थिएँ । उमेशलाई सुम्सुम्याउँदै भनेकी थिएँ- "आमाघरमा बस्नु है, राति भयो भने बहिनीको ख्याल राख्नु । उसका निर्दोष आँखाले झ्वाट्ट आमाको फरक अनुभव गरेजस्तो झलक्क हेर्‍यो र उठेर कुद्यो । आमाघरमा राति कतिबेरसम्म बसेहोलान्, पर्खिएहोलान्, सुकसुकाएहोलान्, रोएहोलान् । यो अपराधबोधले मेरो मनमा सुइरोजस्तो घोचिरहन्थ्यो । आफ्नै बाटोमा हराएकी म उनीहरूको भविष्यबाट पनि गुमनाम भएँ । अब यो पीडाको पनि के व्याख्या गर्नु । कतिपल्ट उनीहरूको यादमा एक्लै रोएँ, श्यामसँग पनि डराएँ, मेरो मातृत्व मात्रै तपतप खसिरहृयो एक्लै । बाबुहरू जो भए पनि कोखको उत्पत्ति समान हुँदोरहेछन् । कहिलेकाहीँदेखिने सपनामा तिनै बालकहरू झल्किन्थे आँखाका डिलमा । अब त बालकबाट किशोर भइसकेका होलान् । थुप्रै वर्षबिते । सम्झन्थेँ बाबु पनि फर्किएहोलान् । हाम्रो एउटै मात्र सन्तान थियो अब सुमन उतै दोकान गरेर हामी एककिसिमले स्थायी भयौँ । स्थायी त मेरो पूर्वको जीवन र म पनि थियौँ । टेलिभिजनमा, रेडियोमा पूर्वका खबर सुनेर चङ्गा हुन्थेँ । अक्सर श्याम पनि घरको कुरा गर्थे सुसाउँथे र निदाउँथे । कताकता मेरो इतिहास मसँगै हिँड्छ मनमा । कहिले पश्चातापको रङ छ्यापिन खोज्थ्यो तर श्यामको नजिक म खुसी थिएँ । समयसँगै घुम्दै थिएँ उसकै वरिपरि । फेरि अचानक शम्भुसँग भेट भयो । मेरो दमकको छिमेकी । ऊ पनि व्यापारको सिलसिलामा बुटवल बस्न थालेको रहेछ । कहिलेकाहीँ मूलघर जाँदोरहेछ ।

मभित्र मेटिएका ती प्यारा अनुहार फेरि सलबलाउन थाले । उमेश, आशा र उनीहरूको बाबु कृष्ण । उसले चोइटिएका सीसाजस्ता खबरहरू बोल्यो । म अचानक चिरिएँ उसले ओकलेका सीसाहरूबाट । मैले आफूलाई अपराधी होइन, हत्यारा नै सम्झीए । हो मैले प्रत्यक्ष उसको हत्या गरिनँ तर म हत्यारा बनिसकेकी रहेँछु । ऊ मरेछ, मेरो पूर्वपति । मेरा विछोडिएका छोराछोरीको बाबु । आफ्नी पत्नीको आघातपपूर्ण खबर सुनेपछि उसले आफ्नो मूल्य त्यसैमा बगाइदिएछ । मप्रति देखाएको उसको अगाध त्यागले थिचिएर म आलसतालस भएँ । त्यसैत्यसै आफू यति घृणित महसुस गरेँ कि मलाई दिन सुहाउने अब कुनै शब्दै छैनन्, शब्दकोशमा । सयौँ भोल्टको बिजुली मेरो शरीरबाट पार हुँदैछ र मैले अझै सहेर बस्नुछ.. चुपचाप । संवेदनाको गहन ऐनामा मेरो कुरूप अनुहारको प्रतिविम्ब भित्रभित्रै थर्कियो र चर्किएर झर्‍यापझुरूप भयो । वास्तवमा ऊ मेरोलागि बाँचेको रहेछ । म हिँडेकी सुनेपछि कयौँ महिना बिरामी परेछ । "त्यहाँ रीता छैनन्, मेरो जीवन पनि छैन" भनेर पत्रहरूमा लेख्थ्यो रे । त्यो पसिना, त्यो पीडा, त्यो प्रेम ! जम्मै जिन्दगी उसले समाप्त गरिदिएछ आफ्नो । अर्थात् उसले आत्महत्या गरेछ । त्यो निस्वार्थ, स्निग्ध, त्यागी प्रेमको आभाले यतिखेर मेरो आत्मा पत्पत् धुवाइरहेछ । यो समाजको संरचना, आमाबाबु, छोराछोरी, यी शरीरका हरेक अङ्गहरू, सबै थुपारेर आगो लगाउनुजस्तो ताप छ भित्र तर म खरानी हुन सकिरहेकी छैन । यताको सानो घरबार, श्याम र सुमन । मीलेको गृहस्थी, शान्त श्याम, सबै हेर्छु यी परका टुहुराहरूकी आमा, जसले आमा मात्रै होइन, बाबु पनि खोसेकी छे । तिनीहरूको अधुरो स्नेह कल्पिन्छु र तानिन्छु सधैँ । बीचमा एउटी हत्याराको बोझ बोकेर हिँडिरहेँछु । मेरो आत्मसंयम, मेरो खेलाँची मनोदशा, शरीरमोह वा आघातको सजायले टुट्न लागेको डोरीजस्तो छ । म ड्रि्रेसनको घोर खाल्डोमा दिन प्रतिदिन धकेलिँदैछु । वर्षौं बिताइसकेँ । एउटै प्रश्नले पिटिन्छ- ऊ किन मर्‍यो - मैले उसलाई मारेँ वा उसले उसैलाई मार्‍यो - मलाई त जीवनभर मेरै जिन्दगीले मारिरहेछ । तैपनि यो पापी आत्मा आफैँलाई सान्त्वना दिन्छ घरिघरि । अब कुनै त्यस्तो मौका आउँदैन । नत्र सोध्ने थिएँ उसलाई- किन मर्‍यौ तिमी - बाँच्नु त जसरी पनि पर्थ्यो तिमीले अनि भन्ने थिएँ.. तिमी नमरेको भए हुन्थ्यो मेरोलागि पनि ।
अनेसामबाट

मुटु थर्काउने यात्रा

जुली गुरुङ
चढ्दिन भन्छु चढ्नैपर्छ, डराउदिन भन्छु डर लागिहाल्छ । कस्तो अत्यासलाग्दो छ हवाइजहाजको यात्रा । जहाजमा चढेर उड्नेबित्तिकै मुटु ढुकढुक हुन्छ । चढ्न नपाई पुगिहाले हुन्थ्यो, ओर्ली हाल्न पाए हुन्थ्योजस्तो लाग्छ । मुखले नभने पनि सबैको अनुहारले यस्तै कुरा प्रस्ट भनिरहेको हुन्छ । यसो प्लेन तलमाथि गर्‍यो कि मुटुले ठाउँ छोड्छ, पल्याकपुलुक हेर्‍यो निन्याउरो अनुहार लगायो, बस्यो । के गर्नु प्लेन नचढी, यातायातको एउटै मात्र विकल्प हो जहाज । सोलुखुम्बुवासीलाई यातायात भेट्ने ठाउँसम्म पुग्न हिँड्नलाई कम्तीमा दुईदेखि चार दिन लाग्छ ।

हवाई यात्रा गर्ने सोलुवासीको मन थीरमै हुँदैन । यही कात्तिक महिनामा मात्र सामान्य खालका तीनवटा दुर्घटना र भाइटीकाकै दिन फिस्टेल एयरको हेलिकोप्टर दुर्घटना भयो । यसअघि पनि धेरैजसो आकाशे यात्राको दुर्घटना सोलुखुम्बुमै भइरहेको छ । सम्झदा पनि मनै चिसो भएर आउँछ ।

जिल्लाका सबै विमानस्थलमा दुर्घटना भइसकेको छ । कात्तिक २१ गते कागेल विमानस्थल पुग्नै लाग्दा नेपाल एयरलाइन्सको टुइनअटर विमानको एकापट्टिको पंखा नघुमेपछि आपतकालीन अवरतण भयो । आँखाभरि आँसु लिएर यात्रुहरू विमानबाट ओर्लिए । 'प्लेन चढ्दाचढ्दै कुन दिन मरिन्छ जस्तो छ, आज त हामी बाँच्यौं, किन यस्तो हुन्छ हाम्रो ठाउँमा मात्र ?' मुक्ली घर बताउने सन्ताउन्न वर्षीय मनकुमारी राई भन्छिन् । अस्ति बिहीबार पनि स्विजरल्यान्डका सभामुख लुइस पास्को चढेको हेलिकप्टरमा सामान्य समस्या देखिएपछि फाप्लु विमानस्थलमा आपतकालीन अवतरण गरियो । लुक्लामा सीता एयरको जहाज दुर्घटना हुँदा सामान्य क्षति पुग्यो । बारम्बारको घटनालाई सम्झदै जहाज चढ्नैपर्छ ।

'खराब मौसमको बेला जहाज कहिले कुहिरोभित्र पुर्‍याउँछ, कहिले रिङ्गटा छुट्ने गरी शरीरको तापक्रमले नभ्याउने उचाइमा पुर्‍याउँछ, कहिले आङै जर्किने गरी तल झार्छ । कुनै बेला त सास फेर्नै मुस्किल हुन्छ । कतिपटक मेरो मुटु-कलेजो मुखसम्म आएको छ, अब त मानसिक रोग नै भइसक्यो, प्लेनमा चढेपछि डर लाग्ने र काप्ने हुन्छ' सल्लेरी ५ की लीला श्रेष्ठले भनिन् ।

हुन त यात्रु पनि अचम्मकै छन् । उड्ने बेला काठमाडौंबाट फाप्लु होस् या फाप्लु र कागेलबाट काठमाडौं, सबैको हातमा दस केजीको त हाते झोला नै हुन्छ । अझ सामान आउने र पठाउने त कुरै नगरौं । कोही रित्तो यात्रु देख्नै हुँदैन, एउटा न एउटाले अलिकति इमर्जेन्सी छ भन्छ अनि दुई-चार केजीको झोला भिराउँछ । 'हुँदैन भन्नु कसरी मान्छे नै त्यस्तै छन्,' नेचाका कुमार शर्माले भने ।

हिमाली जिल्लाको उडान, एकातिर डाँडाकाँडा अर्कोतिर मौसमको चुनौती, मुस्किल छ जहाजको यात्रा । गुणस्तर कुनै प्रविधिमा छैन, सबै जहाज थोत्रा छन् । दुर्घटना हुनुमा पैसाका लागि चुनौती मोल्ने एयरलाइन्सको हात पनि कम छैन । प्राइभेट एयरलाइन्सलाई मौसमको वास्ता छैन । थोत्रो जहाजमा यात्रु बोक्ने एयरलाइन्सलाई जहाज थप्नेभन्दा कसरी कुम्ल्याउने भन्ने दाउ छ । यात्रुलाई गन्तव्यमा छिटो र सरल तरिकाले पुग्न पाए भयो ।

धेरैजसो दुर्घटनामा प्राविधिक समस्या कारण भएको तथ्य आइरहेको छ । तर सरकारले राम्रो व्यवस्थापन र मर्मतमा किन ध्यान दिन सक्दैन ? कतिपय जहाज पुरानो हो भन्ने यात्रुलाई थाहा हुन्छ तर त्यही जहाज नचढेर के गर्नु ? बाध्यतापूर्वक चढ्नैपर्छ । जनता जोखिम मोलिरहेका छन् तर सरकारलाई वास्ता छैन । दुर्घटना भइहालेमा मात्र दुःख प्रकट गर्छ । नियममा कडाइ गरी नयाँ संरचना बनाउन, जहाज र हेलिकोप्टरको मर्मतमा ध्यान दिन, नयाँ जहाज किन्न निजी क्षेत्रलगायत सरकारले पनि ध्यान दिनुपर्ने हो ।

धेरै बाबुआमाको आशिष पाइलट, इन्जिनियर, डाक्टर हुनु भन्ने हुन्छ तर अब त पाइलट हुनु भन्ने आशीर्वाद कुनै बाबु र आमाको मुखबाट निस्कँदैन होला । तिहारको टीका लगाइदिएर दाजुभाइको लामो आयुको कामना गर्ने चेलीको फूलमाला हवाई दुर्घटनाका कारण एकाएक ओइलाउँदा कसको मन चुँडिएन होला । महिनैपिच्छे वा वर्षैपिच्छे ज्यान गुमाउनेमा पाइलट मात्र होइन थुप्रै सर्वसाधारण पनि पर्छन् तर उनीहरूको नाम त्यति आउँदैन । जति डर लागे पनि सबैको एउटै विकल्प भएको छ यो हवाइजहाज ।
कान्तिपुरबाट

गजल (बसाउँछु आँखाभरी)

- विष्णु बैकुण्ठे
सपनीमा आयौ तिमी बसाउँछु आँखाभरी
त्यसै त्यसै तिम्रो छायाँ टसाउँछु आँखाभरी

सप्तरंगी फूल सम्झी उनिएका मालाभित्र
रंग गन्दै मन्को सियो पसाउँछु आँखाभरी

विर्सुँ भन्छु अझै पनि विछोडको कालो दिन
भक्कानिदै पल-पल रसाउँछु आँखाभरी

न सक्छु म भुल्न तिमी न त सक्छौ तिमीले नै
सम्झनामै अश्रुधारा खसाउँछु आँखाभरी

घरि पोल्छ चस्स छाती छट्पटिदै यताउती
बेहोस मै काँडेविष डसाउँछु आँखाभरी

पूर्वको धार्मिक क्षेत्र "सतासीधाम"



नेपालको पूर्व भागमा रहेको जनकपुर पछिको प्रमुख तीर्थस्थल भनी प्रसिद्ध सतासीधाम समुद्र सतहबाट २८० देखि ३०० मिटरसम्मको उचाइमा ७६.५ वर्ग कि.मि. क्षेत्रभित्र फैलिएर रहेको छ । सतासीधाम दिगम्बेश्वर मन्दिर सतासीधाम गा.वि.स. वडा नं. ९ को सिमानामा अवस्थित छ । पूर्व पश्चिम राजमार्गको झिलझिलेबाट लगभग २ कि.मि. को दूरीमा चुरे पहाडसँगै अवस्थित सतासीधाम धार्मिक आस्थाका अतिरिक्त बनभोज जाने, फोटो खिच्ने र बिदाको समय उपभोग गर्न जाने उद्देश्यका लागि समेत उपयोग हुने गरेको पाईन्छ । विभिन्न किसिमका बोटबिरुवाका साथै आँपको बगैचाले घेरिएको यो क्षेत्र अत्यन्तै रमणीय रहेको छ ।

सतासीधाम क्षेत्रमा सताक्षी देवी दिगम्बेश्वर महादेव, हनुमान, गायत्री आदि मन्दिर र जसमुनी आश्रम पनि रहेको छ । सतासीधाम क्षेत्रको पूर्वमा सुरुङ्गा गाविस उत्तरमा इलामको महमाई गा.वि.स तथा दक्षिणमा शिवगञ्ज गाविसहरु पर्दछन् । रतुवामाई वृक्षारोपण आयोजनाद्वारा धामको दक्षिणमा वृक्षारोपण गरिएको छ भने पूर्व र पश्चिममा वन उपभोक्ता समितिको रेखदेखमा रहेको प्राकृतिक जंगल र उत्तरमा ईलाम जिल्लाको जंगलले घेरिएको छ ।

यहाँ मंसिर महिनामा वाला चतुर्दशीको अवसरमा तीन दिन सम्म र माघे संक्रान्तिको अवसरमा एक दिन मेला लाग्ने गरेको पाईन्छ । यस स्थानमा अन्य समयमा भने मंगलवार र शनिवार भक्तजनहरुको भीड हुने गरेको पाईन्छ । पौराणिक कालमा पाँण्डवहरु वनवासको समयमा यही स्थानमा हतियार लुकाएर विराटराजाको दरवार गुप्तवास बस्न गएरका थिए भन्ने किम्बदन्ती रहेको पाइन्छ । सतासीधाम क्षेत्रको उत्तरतर्फ रहेको पहाडमा पाईने ढुङ्गाहरु विभिन्न वीव जन्तुसंग मिल्दो जुल्दो आकार प्रकारका हुने गरेको पाईन्छ । मन्दिर नजिकै रहेको पानीमा तातो र नुनीलो गुण हुने र यसलाई औषधीको रुपमा लिने गरिएको समेत पाईन्छ ।

मन्दिरबाट लगभग आधा घण्टा पैदल यात्रा गरेपछि सहस्र धारा भन्ने स्थान पुगिन्छ । यहाँ रहेको रमणीय झरनामा युधिष्ठिरले सताक्षी देवीको पूजा आरधना गरी देवीको दर्शन पाएको स्थान भएको हुनाले यसलाई सताक्षी धाम भनिएकोमा पछि अपभ्रंश भई सतासीधाम भएको हो भन्ने भनाई समेत रहेको पाईन्छ । यस झरनाको उत्तरमा त्रिशुल अदि रहेको स्थानलाई पाथिभरा भन्ने गरिएको छ । सहस्र धारामा नुहाउनाले पाप नाश हुने जनविश्वास रहेको समेत पाइन्छ ।

सतासीधाम क्षेत्र वरिपरि अवस्थित जंगलमा विभिन्न दुर्लभ जडिबुटीहरु समेत पाइने भएकोले यस क्षेत्रमा सधैं साधुसन्तहरुको जमघट भईरहने गर्दछ । सतासीधाम देखि उत्तर माईनदीको किनारै किनार डांडोमा गएपछि अप्ठेरो भीरमा एउटा गुफा रहेको छ । गुफा भित्र शिवलिङ्ग जस्तो देखिने स्थान पनि छ । पाण्डवहरु गुप्तवासको समयमा भीमले लुकेर बस्ने ठाँउ बनाएको विश्वास गरीने यस स्थानमा हतपत कोही पनि नजाने भए पनि कहिलेकही साधु सन्तहरु भने बस्ने गरेको पाईन्छ ।

 पूर्व–पश्चिम राजमार्गबाट केवल ५ कि.मि. को दूरीमा अवस्थित भए पनि यहां सम्म जाने बाटोको राम्रो ब्यवस्था भने हुन सकेको देखिदैन । यस अतिरिक्त विद्युत एवं भक्तजनहरुलाई आवश्यक सत्संग भवन समेतको ब्यवस्था गरिएको खण्डमा मन्दिर क्षेत्रमा भ्रमण गर्ने तीर्थयात्रीहरुको संख्यामा वृद्धि हुन सक्ने देखिन्छ । यस मन्दिर क्षेत्रमा हाल पनि प्रशस्त मात्रामा बनभोज खाने समुहहरु आउने गरेको पाईन्छ । हिमालय पर्वतकी छोरी पार्वतीले उनको विवाह भगवान विष्णुसँग गरिदिन आटेपछि भागेर लुकेको ठाउँ भनी सतसीधामलाई लिने गरिन्छ । साथै पृथ्वीमा सुक्खा लागेपछि सतीदेवीले अफ्नो सयवटा आँखाबाट एकैछोटि अश्रुवर्षा गरी खोलो बगाउदा तिनै देवीको नामबाट सतासी हुदै सतासीधाम रहेको भन्ने धार्मिक विश्वास छ ।

झिलझिले बजारबाट लगभग ४ कि.मीं उत्तर चुरेपहाडको फेदीमा इलामको सिमानासंग जोडिएको यस स्थानमा रहेको प्राकृतिक मूर्तिका स्वरुपहरु, भित्तामा रहेका गाईका थुन आकारका प्रतीकहरु, सतासी खोलाको एक स्थानको बीच भागमा लगभग २० मिटरभित्र मात्र निस्कने गन्धक–पानी, फेदीमा रहेका अन्य मूर्तिहरुले पनि यो स्थान धार्मिक र प्राकृतिक दृष्टिले रोमाञ्चकारी रहेको छ । यहाँ जाने भक्तजनहरु आफ्नो मनोकांक्षा पूरा हुने विश्वासले पूजा आराधना गर्दछन् ।

सतासीधाममा प्रत्येक वर्ष बालाचतुर्दशीको दिन शतबीज छर्नको निम्ति दर्शनार्थीहरुको घुइचो लाग्ने गर्दछ । यसलाई पवित्र धार्मिक स्थल मानिन्छ ।
यताउतिबाट