- विष्णु बैकुण्ठे
१.
जोतिएर गोरुजस्तै काम गर्नुको मज्जा बेग्लै
घोटिएर देशभक्तिमा काम गर्नुको मज्जा बेग्लै
थाहाहुन्छ परिश्रम र पसिनाको मूल्य कति....
ठोकिएर दुःखसुखमा काम गर्नुको मज्जा बेग्लै
२.
दुःख सुख काम गर्दै कमाउँदैछु केही मात्र
परिवारमा जाउलो खान जमाउँदैछु केही मात्र
राष्ट्रभक्ति भावनाले नरुवाएको कहाँ हो र
परेदेशमा तिमी सम्झी रमाउँदैछु केही मात्र
३.
अप्सरा जस्तै छान्नु र हात समाई तान्नु
उनको वात मान्नु अनि घरबार पनि धान्नु
"मर्दका दशवटी" उमेरले के छेक्छ र
बराबर माया बाड्नु नत्र आफै जान्नु
४.
घमण्डमा रमाउनेहरु "कत्ती" देखाउँछन्
बुद्धी हुने बुद्धीमानहरु "भक्ति" देखाउँछन्
"लोभले लाभ" "लाभले विलाप" थेग्दैन ईर्श्याले
जानेर पनि अज्ञानीजस्तै आशक्ति देखाउँछन्
५.
नविराउनु नडराउनु भन्ने उक्ती छ
दुख्या घाऊ मेटाउने एउटा जुक्ती छ
स्वप्न सारा विर्सिएर अघिबढ्नु विपनीमा
गम्भिर भई लागू गरे त्रासद मुक्ती छ